सरकार विघटन गर्न सघाउँछाैं, सरकारमा जाने सम्भावना छैनः उपेन्द्र यादव

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विघटन गर्न संयुक्त लोकतान्त्रिक मोर्चाका संयाेजकसमेत रहेका सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन्। व्यवस्थापिका–संसद भवन परिसर नयाँबानेश्वरमामा सञ्चारकर्मीसँग कुराकानी गर्दै वर्तमान सरकारलाई हटाउन मोर्चाको समर्थन हुने तर नयाँ बन्ने सरकारमा भने सहभागी हुने सम्भावना नरहेको उनले बताए। Continue reading “सरकार विघटन गर्न सघाउँछाैं, सरकारमा जाने सम्भावना छैनः उपेन्द्र यादव”

माओवादी केन्द्रद्वारा ओली सरकारबाट बाहिरिने निर्णय

राजनीतिक वृत्तमा निकै चासोसाथ हेरिएको सरकार परिवर्तनको विषयले नाटकीय रुप लिएको छ । माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार विहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको कार्यालयको बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना आठ जना मन्त्रीहरुलाई सरकारबार फिर्ता बोलाएको छ । Continue reading “माओवादी केन्द्रद्वारा ओली सरकारबाट बाहिरिने निर्णय”

फुटबलर देवनारायण चौधरीलाई अमेरिकामा सम्मान

फुटबलर देवनारायण चौधरी अमेरिकामा सम्मानित भएका छन्। थारु एन्ड फ्रेन्ड्स एसोसिएसन (टफा)ले अमेरिकाको सिकागोस्थित वार्षिक पिकनिक कार्यक्रममा चौधरीलाई सम्मान गरेको हो। देवनारायण चौधरीले नेपालको फुटबल क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको भन्दै सम्मान गरेको हो। टफका अध्यक्ष तिलक महतोले चौधरीलाई सम्मान प्रदान गरेका थिए। Continue reading “फुटबलर देवनारायण चौधरीलाई अमेरिकामा सम्मान”

थारु पत्रकार संघ कञ्चनपुर शाखा पुनर्गठन

थारु पत्रकार संघ कंचनपुर शाखाको पहिलो अधिवेशनबाट डी बी (धनबहादुर) कुश्मीको अध्यक्षततामा नयाँ कार्यसमिति गठन भएको छ । डी बी कुश्मी झलारी कंचनपुरबाट प्रकाशित हुने पहिचान खबरका प्रकाशक सम्पादक हुन् । Continue reading “थारु पत्रकार संघ कञ्चनपुर शाखा पुनर्गठन”

सुशीला कार्की प्रथम महिला प्रधानन्यायाधीश

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाशीध सुशीला कार्कीलाई आज पद तथा गोपनीयताको शपथ खुवाएकी छन्। राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा कार्कीले शपथ लिएकी हुन्।  Continue reading “सुशीला कार्की प्रथम महिला प्रधानन्यायाधीश”

चितवनको होटलमा युवतीको लास भेटियो

नारायणगढको कलश होटलमा गएराति एक युवती मृत अवस्थामा भेटिएकी छिन् । वडा प्रहरी कार्यालय नारायणगढले दिएको जानकारीअनुसार, भरतपुर उपमहानगरपालिका–१६ मङ्गलपुरकी २७ वर्षीया रीता भुजेल मृत भेटिएकी हुन् । Continue reading “चितवनको होटलमा युवतीको लास भेटियो”

सप्तरी निवासी बौवाला चौधरीको कतारमा मृत्यु

रोजगारीको सिलसिलामा कतार गएका एक नेपालीको मृत्यु भएको छ । मृृत्यु हुनेमा सप्तरीको बनौली गाविस–९ निवासी ३१ वर्षीय बौवाला चौधरी रहेको पीडितका परिवारले आज बताएका छन् । Continue reading “सप्तरी निवासी बौवाला चौधरीको कतारमा मृत्यु”

मुख्यमन्त्रीको सुविधा निर्धारण गरिँदै

सरकारले नयाँ संवैधानिक व्यवस्थाअनुसार प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक एवं सुविधा निर्धारण प्रक्रिया अघि बढाएको छ। Continue reading “मुख्यमन्त्रीको सुविधा निर्धारण गरिँदै”

भद्र सहमति गर्नेहरू अभद्र भएपछि गठबन्धनमा समस्या : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  भद्र सहमति गर्नेहरु  नै अभद्र रुपमा प्रस्तु भएको कारण वर्तमान सत्ता गठबन्धनमा समस्या आएको बताएका छन् । Continue reading “भद्र सहमति गर्नेहरू अभद्र भएपछि गठबन्धनमा समस्या : प्रचण्ड”

फ्रान्सलाई हराउँदै पोर्चुगलले जित्यो युरोकपको उपाधि

इडरको अतिरिक्त समयमा गरेको गोलले आयोजक फ्रान्सलाई पराजित गर्दै पोर्चुगलले युरोकप २०१६ को उपाधि कब्जा गरेको छ। गएराति स्टाडे फ्रान्समा सम्पन्न खेलमा पोर्चुगलले फ्रान्सलाई १-० गोलले पराजित गरेको हो। Continue reading “फ्रान्सलाई हराउँदै पोर्चुगलले जित्यो युरोकपको उपाधि”