मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले एक महिनाभित्र सरकार छाड्ने प्रतिबद्धता जनाएका छन्। शनिबार सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै गच्छदारले सरकार गठनअघि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भएको आठ बुँदे सहमति कार्यान्वयन नभए आफूले आगामि एक महिनाभित्र सरकार छाड्ने प्रतिबद्धता ब्यक्त गरेका हुन्। Continue reading “पार्टीमा चर्को विरोधपछि गच्छदारले भने- ‘एक महिनाभित्र ओलीलाई छाडिदिन्छु’”
Author: admin
आयल निगममा जागिर खुल्यो, एसएलसी पास गरेकालाई पनि अवसर
नेपाल आयल निभगले विभिन्न पदमा कर्मचारी भर्ना गर्न दरखास्त आवेदन माग गरेको छ । आयल निगमले एक विज्ञापन प्काशित गर्दै विभिन्न ६२ पदमा जागिर खुलाएको हो । मेकानिकल र सिभिलतर्फकोे उपप्रवन्धकदेखि सहायक मिस्त्रीसम्मका पदमा जागिर खुलेको छ । प्राविधिक देखि अप्राविधिकतर्फ पनि दरखास्त माग गरिएको छ । Continue reading “आयल निगममा जागिर खुल्यो, एसएलसी पास गरेकालाई पनि अवसर”
विवेक चौधरीको क्यामेराबाट
मेस्सीको कीर्तिमानी गोल
अर्जेन्टिनाका स्ट्राइकर लियोनेल मेस्सीले ग्याब्रियल बाटिस्टुटाको नाममा रहेको ५४औं अन्तर्राष्ट्रिय गोलसँग बराबरी गरेका छन्। आइबार बिहान सम्पन्न भेनेन्जुएलाविरुद्धको खेलमा ६०औं मिनेटमा गोल गर्दै मेस्सीले बाटिस्टुटाको नाममा रहेको कीर्तिमान गोलसँग बराबरी गरेका हुन्। Continue reading “मेस्सीको कीर्तिमानी गोल”
संसद नियमावली पारित, १५ सदस्यीय समितिमा फोरम लोकतान्त्रिकबाट योगेन्द्र चौधरी
दलहरुबीच सहमति नहुँदा लामो समयदेखि रोकिएको व्यवस्थापिका संसद कार्यसंचालन नियमावली पारित भएको छ । आइतबार बसेको व्यवस्थापिका संसद बैठकले नियमावली पारित गरेको हो । योसँगै संसदीय सुनुवाई समितिमा सहमति जुटेको छ। संसदीय समिति पुरानै व्यवस्था अनुसार ७५ सदस्यीय हुनुपर्ने भन्दै कांग्रेसले गर्दा गराएको संशोधन प्रस्ताव फिर्ता लिएपछि संसदीय सुनुवाई समिति नयाँ संविधान अनुसार १५ सदस्यीय हुने भएको हो। Continue reading “संसद नियमावली पारित, १५ सदस्यीय समितिमा फोरम लोकतान्त्रिकबाट योगेन्द्र चौधरी”
फेरि सरकारले वार्ताको लागि पत्र पठायो रे !
शेर बहादुर चौधरी।
फेरि सरकारले वार्ताको लागि पत्र पठायो रे!
– पल पल झुठा मुद्दाको आरोप खेपीरहेका कैदीहरुका कान ठाडा भए, धनीरामको नेतृत्वमा वार्ता टोली गठन भयो रे!
– अर्को कैदीले अनलाइनमा आएको समाचारको जानकारीका साथ बोले- गच्छदारले अब सरकार छोड्ने रे!
– अर्को कैदीले सुनाउँदा सबै कैदीको मुख उज्यालियो। जेलभित्र लुकाएर लगेको मोबाइलले दिनभरि यस्तै खबर खोतलखातल गर्छ। जेल बाहिर रहेका साथीहरुले सहयोगस्वरुप गरिदिएको रिचार्जले घर व्यवहारबारे कमैमात्र जानकारी राख्छ होला। कहिले वार्ता होला र कहिले मुक्त हुन्छौं प्रत्येक पल प्रहर यस्तै सोँचाईका साथ बित्छ अरे! उपेन्द्र यादव वार्तामा नजाने रे! Continue reading “फेरि सरकारले वार्ताको लागि पत्र पठायो रे !”
शहिद कमल विपिन स्मृति प्रतिष्ठानबाट पत्रकारिता तालिम
कारी महतो/चितवन।
शहिद कमल विपिन स्मृति प्रतिष्ठान र थारु पत्रकार संघ चितवनको संयुक्त आयोजनामा दुई दिने पत्रकारिता तालिमको समुदघाटन चितवन जिल्लाको स्थानीय विकास अधिकारीले गरेका छन्। शहिद कमल विपिन स्मृति प्रतिष्ठानका अध्यक्ष जीतबहादुर महतोको अध्यक्षतामा जिल्ला विकास समिति चितवनको बैठक हलमा सञ्चालन हुने उक्त तालिमका साथै मोटर ड्राइभिङ तालिमको समेत समुदघाटन गरियो। Continue reading “शहिद कमल विपिन स्मृति प्रतिष्ठानबाट पत्रकारिता तालिम”
ए नानु ! क्षमा गर हामीले तिम्रो लागि रुमाल ल्याएनौं !
आशिष चौधरी।
ए नानु!
क्षमा गर हामीले तिम्रो लागि रुमाल ल्याएनौं
बग्न देऊ त्यो आसुँ
नपुछ तिम्रो आसुँ
यै आसुँले तिमीलाई बलियो बनाउने छ। Continue reading “ए नानु ! क्षमा गर हामीले तिम्रो लागि रुमाल ल्याएनौं !”
टीकापुर घटनामा पक्राउ परेका कैदी परिवारका छोराछोरीलाई कापी कलम
राजधानी बस्ने थारु विद्यार्थीहरुले टीकापुर घटनामा पक्राउ परेका परिवारलाई शैक्षिक सामग्री सहयोग गरेका छन्। विमल चौधरीको नेतृत्वमा गएको टोलीले टीकापुरको जोसीपुरस्थित झबहीमा कार्यक्रम गरी पक्राउ परेका २५ कैदी परिवारलाई सहयोग गरेको हो। उनीहरुले कापी, कलम, पेन्सिल, मसी, ब्यागलगायत शैक्षिक सामग्री सहयोग गरेका थिए।
अभिभावक नै जेलमा भएपछि उनीहरुको परिवारमा विचल्ली भएको र छोराछोरीलाई पढ्नसमेत गाह्रो भएको खबर सञ्चारमाध्यममा आएपछि उनीहरुका लागि शैक्षिक सामग्री जुटाउन अभियानमा लागेको विमल चौधरीले बताए। ‘आर्थिक संकलन गरेर कैदीका छोराछोलाई शैक्षिक सामग्री किन्यौं। आज त्यही सामग्री भाइबहिनी र उहाँहरुको परिवारलाई दिन पाउँदा खुसीको सीमा छैन,’ विमल चौधरीले टेलिफोनमा भने। उनले सबैले आ-आफ्नो स्थानबाट सकेको सहयोग गर्न अपिलसमेत गरे। यसले उनीहरुको पीडमा महलम लगाउने प्रयास हुने उनले बताए।

कार्यक्रममा थारु अधिकारकर्मी दिलबहादुर चौधरी, थरुहट आन्दोलन कैलालीका अगुवा माधव चौधरी, ठाकुर करिय प्रधानलगायतको उपस्थिति थियो। उनीहरुले राज्यले गरेको विभेदप्रति आक्रोशित बने। झुठो अभियोग लगाएर कैदी बनाएका थारुहरुलाई तत्काल रिहाइ गर्नुपर्ने माग उनीहरुले गरे।



घोडाघोडीमा रुखलाई बनाइयो ‘भ्यु टावर’
लखन चौधरी कैलाली।
घोडाघोडी तालको दृष्य अवलोकन गर्न ताल छेउमै रहेको एउटा ठूलो रुखलाई नै भ्यु टावर बनाइको छ । कैलालीको घोडाघोडी नगरपालिकास्थित विश्व रामसार सुचीमा समेत सुचीकृत उक्त तालको अवलोकनमा सहजता आओस तथा पर्यटन प्रवद्र्धनमा टेवा पुगोस् भनेर टावर निर्माण गरिएको हो । साथै केही मानिस बस्न मिल्ने चौतारो आकारमा टावरको चुचुरो पनि बनाईको छ । Continue reading “घोडाघोडीमा रुखलाई बनाइयो ‘भ्यु टावर’”