विमलकी बहिनीको हत्या अभियोगमा आशिष चौधरीलाई जन्मकैदको मागसहित मुद्दा दर्ता

कावासोती, ६ असार । फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनिषाको हत्याका अभियुक्त आशिष चौधरीलाई आजीवन कैदको माग गर्दै सरकारी वकिलको कार्यालय नवलपरासीले जिल्ला अदालत परासीमा आज मुद्दा दर्ता गरेको छ ।

सरकारी वकिल रुद्र पन्थीले परिस्थितिजन्य प्रमाणका आधारमा प्रतिवादीमाथि मुद्दा दर्ता गरिएको बताउनुभयो । कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरिएको हो । अदालतले थुनछेकको बहस गरेर प्रतिवादीको बयान लिने र पछि मुद्दा फैसला गर्ने पन्थीले बताउनुभयो । रासस

पल शाह र आशिष्मा नकर्मीसँगै अन्जु चौधरी र्‍याम्पमा उत्रिने

भिन्टेज नेपाल फेसन सोमा थारु चेली उत्रिने भएकी छन्। उनी १९ मोडलसँगै रोयल इभेन्ट्स बैंकटमा हुन गइरहेको फेसन सोमा उत्रिने छिन्। उनी र्याउम्पमा उत्रिँदा नेपालका चर्चित मोडलहरु आशिष्मा नकर्मी, माला लिम्बु, पल शाको पनि साथ पाउनेछिन्। Continue reading “पल शाह र आशिष्मा नकर्मीसँगै अन्जु चौधरी र्‍याम्पमा उत्रिने”

फोरम लोकतान्त्रिकमा रामजनम चौधरीको उपाध्यक्षमा बढुवा

गत वैशाख २०, २१, २२ र २३ गते विराटनगरमा प्रथम अधिवेशनपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले चार उपाध्यक्ष मनोनयन गर्दा देव पर्न सकेनन्। आइतबार घोषणा गरिएका पदाधिकारीमध्ये चार उपाध्यक्षमा रामेश्वर राय यादव, नसिर सिद्दिकी, आशा चतुर्वेदी र रामजनम चौधरी छन्।
Continue reading “फोरम लोकतान्त्रिकमा रामजनम चौधरीको उपाध्यक्षमा बढुवा”

तमलोपाको पहिलो महाधिवेशन आजदेखि नवलपरासीमा सुरु

तराई मधेस लोकतान्त्रिक पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । मध्यान्ह १२ बजे महाधिवेशन नवलपरासीमा सुरु हुनेछ । रामग्रामस्थित स्थानीय आर्दश उच्चमाविमा तीनदिनसम्म चल्ने महाधिवेशनमा काठमाडौ उपत्यकाका तीन जिल्लासहित २५ जिल्लाबाट १ हजार प्रतिनिधि र ४ सय पर्यवेक्षक आउने तपलोपाले जनाएको छ । Continue reading “तमलोपाको पहिलो महाधिवेशन आजदेखि नवलपरासीमा सुरु”

बर्दियामा थारु साहित्यकारहरुद्वारा कल्वा खवाही

जंग्रार साहित्यिक बखेरीको आयोजनामा साहित्य चिन्तनसहितको कल्वा खवाही सम्पन्न भएको छ। कल्वा खवाही बर्दियाको राजापुर नगरपालिका १०, चख्खापुर गाउँमा सम्पन्न गरिएको हो। थारु समुदायमा धान रोपाई सुरु गर्नुभन्दा अगाडि कल्वा खाने प्रचलन छ। Continue reading “बर्दियामा थारु साहित्यकारहरुद्वारा कल्वा खवाही”

मधेसवादी र थरुहटद्वारा आज पनि संसद बहिष्कार

काठमाडौं- मधेस केन्द्रित दलहरुले लामो समयदेखि जारी आन्दोलनको सुनुवाइ नभएको भन्दै आज पनि व्यवस्थापिका–संसद्को बैठक बहिष्कार गरका छन् । सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले बैठकको सुरुमै लामो समयदेखि जारी आन्दोलनको कुनै सुनुवाइ नभएको, सरकारले पत्राचार मात्र गरेको आरोप लगाउँदै संविधानमा भएको असन्तुष्टिलाई सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने बताए।  Continue reading “मधेसवादी र थरुहटद्वारा आज पनि संसद बहिष्कार”

नेपाली चढेको बसमाथि आत्मघाति बम अाक्रमण, १४ को मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहानै भएको आत्मघाति बम विस्फोटनमा नेपालीको मृत्यु भएको छ। समाचार संस्थाहरुले नेपाली सुरक्षा गार्ड चढेको बस आत्मघाति हमलामा परेको उल्लेख गरेका छन्। Continue reading “नेपाली चढेको बसमाथि आत्मघाति बम अाक्रमण, १४ को मृत्यु”

कर्मचारीलाई ५० प्रतिशतसम्म प्रोत्साहन भत्ता

सरकारले करिब एक अर्ब रुपैयाँ वित्तीय दायित्व पर्ने गरी कर्मचारीलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता (इन्सेन्टिभ) दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्अन्तर्गतको आर्थिक पूर्वाधार समितिको केही दिनअघिको बैठकले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क राख्ने निकायलाई भन्दा पनि पहुँचदार सरकारी कार्यालयका कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । Continue reading “कर्मचारीलाई ५० प्रतिशतसम्म प्रोत्साहन भत्ता”

गच्छदारले मुख फेरे, भने- सरकार छाड्दैनौं

मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका केही नेताले सरकार छाड्ने बताइरहेका बेला पार्टी केन्द्रीय समितिले भने तत्काल सरकारबाट नहट्ने निर्णय गरेको छ। आइतबार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष विजयकुमार गच्छदारले उक्त जानकारी दिएका हुन्। Continue reading “गच्छदारले मुख फेरे, भने- सरकार छाड्दैनौं”