संघीय गठबन्धन ससर्त वार्तामा बस्न तयार

संघीय गठबन्धनले सरकारले पत्राचार गरेको अवस्थामा आफू वार्ताका लागि तयार रहेको बताएको छ । तर, उसले आफूहरुका माग सम्बोधनका लागि सरकार तयार हुनुपर्ने सर्त राखेको छ । Continue reading “संघीय गठबन्धन ससर्त वार्तामा बस्न तयार”

२०७४ माघ ७ भित्र सबै निर्वाचन

मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ। Continue reading “२०७४ माघ ७ भित्र सबै निर्वाचन”

बलात्कार गर्नेहरुलाई कारबाही गर्न आयोगको आग्रह

कपिलवस्तुको शिवराज नगरपालिका नौडिहवाकी बोल्न नसक्ने एक महिलालाई बलात्कार गर्ने सशस्त्र प्रहरीका जवानहरुमाथि अनुसन्धान गरी कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ । Continue reading “बलात्कार गर्नेहरुलाई कारबाही गर्न आयोगको आग्रह”

सरकारले ल्यायो डेढ वर्षमा तीन चुनाव गर्ने कार्यतालिका

सरकारले २०७४ सालको मंसिरभित्र तीन वटै निर्वाचन (स्थानीय, प्रदेश, संघीय संसद्)को चुनाव गर्ने कार्ययोजना तयार पारेको छ । सरकारले २०७४ सालको कात्तिक र मंसिर महिनामा राष्ट्रिय सभा र प्रतिनिधिसभाको निर्वाचन गरिसक्ने गरी संविधान कार्यान्वयनको कार्यतालिका बनाएको हो । Continue reading “सरकारले ल्यायो डेढ वर्षमा तीन चुनाव गर्ने कार्यतालिका”

कैलालीमा बेहडा बाबा मेला सुरु

लखन चौधरी/धनगढी।

धनगढी उपमहानगरपालिका–१६ (साविक उर्मा–४) रामपुरमा मंगलवारदेखि सुरु भएको बेहडा बाबा मेला हिलाम्मे बनेको छ । बुधबार विहान नौ बजेदेखि करिब साढे ११ बजेसम्म लगातार परेको पानीले बजार क्षेत्र हिलाम्मे हुन पुगेको हो । जसबाट दर्शनार्थी, मेला आगन्तुक र व्यापारीलाई सास्ती भएको छ । Continue reading “कैलालीमा बेहडा बाबा मेला सुरु”

थारु महिलाका लागि हस्तकला तालिम

कारी महतो, चितवन।

‘जसरी गड्यौलाले माटोलाई मलिलो बनाउँछ, त्यसरी नै तराईको भूमिलाई उर्वर र मलिलो बनाउने समुदाय तराईका भूमिपुत्र नै थारु समुदाय हुन्।’ खैरहनी नगरपालिकाको कार्यकारी अधिकृत अमरनाथ ढकालले थारु महिलाहरुका लागि आयोजित हस्तकला तालिमको उद्घाटन गर्दै उक्त कुरा भनेका हुन्। Continue reading “थारु महिलाका लागि हस्तकला तालिम”

यो शासन व्यवस्थालाई सिकल सेल होस्!

गोविन्द अधिकारी।

दी न्यु योर्क टाइम्सको जुन १३ को ‘दी वर्ल्ड कुड एन्ड एडस इफ इट ट्राइड’ शीर्षकको सम्पादकीयमा राजनीतिक इच्छाशक्ति हुने हो भने औषधि र प्रविधिको विकासका कारण अब संसारलाई केही वर्षमा एडस मुक्त बनाउन सकिनेछ भन्ने उल्लेख गरिएको छ । एडसले बीसौं शताब्दीको अन्तिम दशकतिर संसारलाई नराम्ररी तर्साएको थियो । जनसंख्या र विकासका क्षेत्रमा संलग्न रहेका कारण त्यो भयावहता मैले पनि थाहा पाउने मौका पाएको थिएँ । रोगीलाई छुँदैमा एडस् सर्दैन भन्ने धेरै पटक पढेको भए पनि अमेरिकन फाउन्डेसन फर एडस रिसर्चको निम्तोमा सन् १९९४ मा न्यु योर्क गएका बेला हस्पिसहरूमा राखिएका बिरामीसँग हात मिलाउन निकै डर, घीन र हिचकिचाहट भएको अझै सम्झना छ । सँगै जाने अर्का साथी त सकेसम्म परिचयको समय नै छल्थे । अस्पतालहरूमा त अमेरिकामै समेत एचआईभी संक्रमितहरूको उपचार गर्न अस्वीकार हुने गरेको गुनासो सुनिन्थ्यो । Continue reading “यो शासन व्यवस्थालाई सिकल सेल होस्!”

उपेन्द्रको हिम्मत भए मोर्चा छैन भनोस् : राजेन्द्र महतो

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महताेले प्रधानमन्त्री केपी ओलीले मधेसी मोर्चालाई पत्र पठाउनु सकारात्मक भएको भन्दै त्यसबाट कोही पनि आत्तिन नहुने बताएका छन्। बुधबार नागरिकन्युजसँग कुरा गर्दै अध्यक्ष महतोले मधेसी मोर्चा सार्थक वार्ताको लागि तयार रहेको बताए। Continue reading “उपेन्द्रको हिम्मत भए मोर्चा छैन भनोस् : राजेन्द्र महतो”

वैशाखमा प्रान्तीय चुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

केपी ओली नेतृत्वको सरकारले तीन वटा निर्वाचन गर्ने मिति प्रस्ताव गरेको छ । प्रधानमन्त्री ओलीले स्थानीय, प्रदेशिक र संघीय सदस्यको चुनावको मिति प्रस्ताव गरेका हुन् । Continue reading “वैशाखमा प्रान्तीय चुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव”

संघीयता खारेजीको माग गर्दै उपप्रधानमन्त्री केसी नेतृत्वको जनमोर्चा आन्दोलनमा

सरकारको एक घटक राष्ट्रिय जनमोर्चाले संघीयताले मुलुकको राष्ट्रियता विखण्डनको दिशातर्फ लगेको भन्दै संघीयता खारेजीको माग गर्दै बिहीबारबाट आन्दोलनमा उत्रने भएको छ। Continue reading “संघीयता खारेजीको माग गर्दै उपप्रधानमन्त्री केसी नेतृत्वको जनमोर्चा आन्दोलनमा”