बोल्न नसक्ने महिलालाई बलात्कार गर्ने सशस्त्र प्रहरी जवानलाई कारबाही गर्न माग गर्दै कपिलवस्तुबासीले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन् । ३० जेठमा कपिलवस्तुको शिवराज नगरपालिका,१० कि बोल्न नसक्ने महिलालाई सशस्त्र प्रहरी बल विन्ध्यवासीनी गणका जवानले बलात्कृतर गरेका थिए । भैंसी चराउन गएकाबेला महिलालाई सशस्त्र प्रहरीका जवानहरुले हात खुट्टा बाँधेर पालैपालो बलात्कार गरेका थिए । Continue reading “बलात्कारी शसस्त्र प्रहरी जवानलाई कारबाही माग, निश्पक्ष छानविन गर्ने सशस्त्रको प्रतिवद्धता”
Author: admin
एसएलसीकाे नतिजा अाज अाउँदै, काेही फेल नहुने
परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको एसएलसी परीक्षा नतिजा बिहीबार प्रकाशित गर्दैछ। ग्रेडिङ प्रणाली लागू भएपछिको पहिलो एसएलसी परीक्षा हो। परीक्षानियन्त्रक कृष्ण काप्रीले नतिजा प्रकाशनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको र बिहीबार नतिजा सार्वजनिक गरिने जानकारी दिए। गत वर्षभन्दा करिब २ साता अगावै नतिजा प्रकाशित हुन लागेको हो। Continue reading “एसएलसीकाे नतिजा अाज अाउँदै, काेही फेल नहुने”
यी हुन् आन्दोलनका नयाँ इन्चार्जहरु, असार १ गतेदेखि सत्याग्रह
थरुहट थारुवान संयुक्त संघर्ष समितिले नयाँ जिम्मेवारी तोकेको छ। जसअन्तर्गत थारु युवा सभाका अध्यक्ष कानुनलाल चौधरीलाई झापा मोरङ सुनसरीको जिम्मेवारी दिइएको छ। थारु महिला समाजका अध्यक्ष सरस्वती चौधरीलाई उदयपुर, नागरिक समाजवादी पार्टीका अध्यक्ष राजकुमार लेखीलाई सप्तरी र सिरहा, थारु कल्याणकारिणी सभाका महामन्त्री अमिरी चौधरीलाई धनुषा, महोत्तरी र सर्लाहीको जिम्मेवारी दिएको छ। जेठ ३० गते बसेको केन्द्रीय आन्दोलन परिचालन समितिको बैठकले सो जिम्मेवारी तोकेको हो। Continue reading “यी हुन् आन्दोलनका नयाँ इन्चार्जहरु, असार १ गतेदेखि सत्याग्रह”
वार्ताको पत्रले गठबन्धन दुई धारमा
प्रधानमन्त्री केपी ओलीले आन्दोलनरत मधेसी मोर्चाका शीर्ष नेतालाई सम्बोधन गरी वार्तामा आउन आग्रह गर्दै पत्र पठाएपछि संघीय गठबन्धनमा असन्तुष्टि बढेको छ। मधेसी मोर्चामा आबद्ध संघीय समाजवादी फोरम नेपालबाहेकका दलले प्रधानमन्त्रीको पत्रलाई सकारात्मक भनेका छन्। Continue reading “वार्ताको पत्रले गठबन्धन दुई धारमा”
‘प्रधानमन्त्री नै मानसिक रुपमा तयार छैनन्, कसरी गर्ने वार्ता?’
संघीय समाजवादी फोरम नेपालका नेता अशोककुमार राईको वार्ताका लागि प्रधानमन्त्री स्वयं मानसिक रुपले तयार नभएको जिकिर गरेका छन्। राजधानीको खुलामञ्चमा अनसन बसिरहेका राईले सरकारले वार्ताको हल्ला मात्रै गरेको बताए। राजधानीकेन्द्रित आन्दोलनमा रहेको संघीय गठबन्धनका ३० नेता-कार्यकर्ताको नेतृत्व गर्दै राई आज बिहानदेखि रिले अनसनमा छन्। Continue reading “‘प्रधानमन्त्री नै मानसिक रुपमा तयार छैनन्, कसरी गर्ने वार्ता?’”
‘अबको वार्ता सार्वजनिक ठाउँमा गरौं, प्रत्यक्ष प्रशारण गरौं’
संघीय गठबन्धन अन्र्तगर्तको आन्दोलनरत मधेशी मोर्चाको एक घटक मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले अबको वार्ता बन्द कोठाभित्र नभएर सार्वजनिक ठाउँमा प्रत्यक्ष प्रशारण हुने गरि गरिनुपर्ने बताए । उनले भने,‘हामी सरकारको चिया विस्कुट खानको लागि मात्रै वार्तामा बस्दैनौं, वार्तामा को जिम्मेवारी छैन भनेर जनतालाई थाहा पाउन समेत सजिलो हुनेगरि सार्वजनिक ठाउँमा वार्ता गर्नु उचित हुन्छ ।’ Continue reading “‘अबको वार्ता सार्वजनिक ठाउँमा गरौं, प्रत्यक्ष प्रशारण गरौं’”
थारु महिलालाई बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरी जवान पक्राऊ
कपिलवस्तुको शिवराज नगरपालिका-१० की एक महिलालाई बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरी जवान लोकराज वस्ती पक्राउ परेका छन् । आइतवार राति करिब ८ बजे थारु सामुदायकी एक बोल्न नसक्ने महिलालाई जबरजस्ती गरेको आरोप वस्तीमाथि लागेको छ । Continue reading “थारु महिलालाई बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरी जवान पक्राऊ”
थारु नेताको खोक्रो राजनीति
किशाेर चाैधरी ‘सारिका’।
भनिन्छ, हात्तीको पनि दुई वटा दाँत हुन्छ एउटा देखाउने र अर्को चपाउने। यी दुई दाँतको विशेषता पनि फरक फरक। भनाईको तात्पर्य जुनसुकै क्षेत्रमा पनि भित्रि र बाहिरी दुई चरित्र अर्थात् एउटा देखाउने र अर्को लुकाउने। कुरा नेपाली राजनीतिको र त्यसमा पनि थारु राजनीति र राजनीतिज्ञको।
Continue reading “थारु नेताको खोक्रो राजनीति”
गाँजा तस्कर र प्रहरीबीच पर्सामा गोली हानाहान
पर्साको शङ्करसरैया गाविसमा गएराति लागुऔषध कारोबारी र प्रहरीबीच गोली हानाहान भएको छ। गाविसको वडा-८, मा पर्ने भलुवही खोलाको बगरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको हो। Continue reading “गाँजा तस्कर र प्रहरीबीच पर्सामा गोली हानाहान”
सिकलसेलका दुई बिरामी भेटिए
थारु समुदायमा मात्र देखा पर्ने सिकलसेलका दुई जना बिरामी कञ्चनपरको झलारीपिपलाडी नगरपालिकामा भेटिएका छन् । झलारी पिपलाडी नगरपालिका–३ का स्थानीय १९ वर्षीय रनु चौधरी र उहाँकी १७ वर्षीया बहिनी रमिता चौधरीलाई उक्त रोग लागेको परिवारजनले जनाएको छ । दाजु र बहिनी दुवै बिरामी भएपछि केही दिनअघि सेती अञ्चल अस्पताल धनगढीमा चेक जाँच गराउँदा उक्त रोग देखा परेको हो । Continue reading “सिकलसेलका दुई बिरामी भेटिए”