डिजेल-पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाउने घोषणा

सरकारले भारतबाट आयात हुने पेट्रोलियम पदार्थको मूल्य ५ रुपैयाँ बढाएको छ । बढाइएको मूल्यबाट संकलन हुने रकम बूढीगण्डकी जलविद्युत आयोजनामा लगानी गरिनेभएको छ ।  Continue reading “डिजेल-पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाउने घोषणा”

तराईका जिल्ला जोड्ने हुलाकी राजमार्गलाई ४ अर्ब २० करोड

सरकारले तराईका जिल्लाहरुलाई एक अापसमा जोड्ने हुलाकी राजमार्ग निर्माणको लागि ४ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले संसदमा बजेट प्रस्तुत गर्दै भारत सरकारको अनुदान सहायता तथा नेपाल सरकारको आफ्नै स्रोतबाट राजमार्ग निर्माण कार्य द्रुत गतिमा अघि बढाउने उल्लेख गरे। Continue reading “तराईका जिल्ला जोड्ने हुलाकी राजमार्गलाई ४ अर्ब २० करोड”

काठमाडौं–तराई जोड्ने फास्टट्रयाक बनाउन १० अर्व बजेट विनियाेजन

सरकारले काठमाडौं-तराई-मधेस फास्ट ट्र्याकको लागि १० अर्ब बजेट विनियोजन गरेको छ। यो अघिल्लो वर्षको बजेटभन्दा ९ अर्बले बढी हो । अघिल्लो वर्ष सरकारले एक अर्ब बजेट विनियोजन गरेको थियो। Continue reading “काठमाडौं–तराई जोड्ने फास्टट्रयाक बनाउन १० अर्व बजेट विनियाेजन”

आशिष चौधरीको बयान : मैले सबैभन्दा बढी माया गर्ने मनिषालाई नै हो

मैले सबैभन्दा बढी माया गर्ने मनिषालाई नै हो । मैले मनिषाको हत्या गरेको होइन । हो, म बिहीबार राति मनिषाको घर गएको थिएँ । मलाई मनिषाले बोलाएकी थिई । मलाई मेरो मोटरसाइकलमा साथी निर्मल रायमाझीले उसको घरनजिकै छोडिदिएको थियो । Continue reading “आशिष चौधरीको बयान : मैले सबैभन्दा बढी माया गर्ने मनिषालाई नै हो”

मनीषाका प्रेमी आशिषको बोली पत्ता लगाउन पोलीग्राफ गरिने

फुटबलर विमल घर्ती मगरकी बहिनी मनीषाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका रुद्रनारायण चौधरी ‘आशिष’ लाई प्रहरीले सात दिनकोे म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । Continue reading “मनीषाका प्रेमी आशिषको बोली पत्ता लगाउन पोलीग्राफ गरिने”

धनिरामलाई थरुहट संघर्ष समितिको तीन दिने अल्टिमेटम

थरुहट संघर्ष समितिले आन्दोलन परिचालन समिति थरुहट थारुवान संघर्ष समितिका कारण थारु आन्दोलन कमजोर बन्दै गएको भन्दै ज्ञापन पत्र बुझाएको छ। सीताराम चौधरी नेतृत्वको टोलीले शनिबार आन्दोलन परिचालन समितिका सदस्य प्रेमीलाल चौधरीलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन्। पत्रमा उनीहरुलाई हटाएकोप्रति सार्वजनिक माफी माग्न तीन दिने अल्टिमेटम पनि दिइएको छ। Continue reading “धनिरामलाई थरुहट संघर्ष समितिको तीन दिने अल्टिमेटम”

तरकारी फलाउँदै पूर्वसभासद पट्टु थारु

पहिलो संविधानसभा संविधान नबनाइ विघटन भएपछि पट्टु थारु निराश भएर राजधानी काठमाडौंबाट घर फर्किए। उनी पहिलो संविधानसभा सदस्य थिए। संविधान सभा विघटन भएपछि उनको रोजाइ बन्यो कृषि। बाँके, बैजापुर–१, नवलपुरका थारुले तीन वर्षअघि करिब चार कट्ठामा तरकारी खेती सुरु गरे। आम्दानी राम्रो भएपछि उनले एक वर्षपछि क्षेत्रफल बढाएर ८ कट्ठामा खेती गर्न थाले। अहिले उनी व्यावसायकि तरकारी कृषक बनेका छन्। Continue reading “तरकारी फलाउँदै पूर्वसभासद पट्टु थारु”

१० खर्ब ४८ अर्ब ९२ करोडको बजेट आज

सरकारले आगामी आर्थिक वर्ष २०७३/७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँको बजेट तयार पारेको छ। अर्थमन्त्री विष्णु पौडेलले शनिबार ४ बजे व्यवस्थापिका संसदमार्फत बजेट सार्वजनिक गर्दैछन्। सरकारले ल्याउन लागेको यो बजेट चालु वर्षको भन्दा २ खर्ब २९ अर्ब रुपैयाँले बढी हो। पैसा खर्च गर्न नसकेर आलोचना खेपिरहेको सरकारले एकै वर्षमा २७ प्रतिशतले बजेट अंक बढाएको हो। Continue reading “१० खर्ब ४८ अर्ब ९२ करोडको बजेट आज”

सरकारलाई मुक्त कमैयाकाे ६ दिने अल्टिमेटम

राज्यले कमैया मुक्त घोषणा गरेको १५ बर्ष पुग्न लाग्दासमेत आफुहरुलाई पुनर्वासको व्यवस्था नगरेको भन्दै मुक्त कमैयाहरुले सरकारलाई ६ दिनको अल्टिमेटम दिएका छन् ।

मुक्त कमैया एकता संघर्ष समितिले शुक्रवार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी १० बुँदे माग सार्वजनिक गर्दै आगामी जेठ २० गतेसम्मको अल्टिमेटम दिएको हो ।

समितिले २०५८ सालदेखि २०७२ असार मसान्तसम्म पुर्नस्थापना भएका कमैयाहरुलाई घर निर्माण तथा ३५ क्यूफिट काठको सट्टा एकमुष्ट १ लाख ५५ हजार उपलब्ध गराउनु पर्ने, मुक्त कमैयावीचकेा भेदभाव अन्त्य गर्नु पर्ने, सट्टा भर्ना लागु गर्नु पर्ने, यथास्थानमा बसोबासको ब्यवस्था गर्नु पर्ने लगायतको माग राखेको छ ।

त्यस्तै पुर्नस्थापना स्थलमा आधारभुत आवश्यकताको ब्यवस्था गर्नु पर्ने, परिचयपत्र उपलब्ध गराउनु पर्ने, मुक्त कमैया बस्तीमा जनता आवास कार्यक्रम लागु गर्नुपर्ने, कमलहरी, बुकरहीलाई परिचय पत्र दिनु पर्ने मुक्त कमैयाका बालबच्चालाई उच्च शिक्षा र स्वास्थ्यको निशुल्क ब्यवस्था गर्नुपर्ने लगायतका माग १० बुँदाभित्र छ ।

पत्रकार सम्मेलनमा कमासु दिगो विकास समाजका अध्यक्ष विन्तिराम थारुले २०५७ सालमा मुक्त घोषणा गरिएका कमैयाहरुको अहिलेसम्म पुर्नस्थापना हुन नसकेको अवस्थामा सरकारले २०७२ सालमा घर निर्माणकोलागि ५५ हजार र काठकोलागि १ लाख रुपैया दिने निर्णय गरेपनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको भन्दै तत्काल सबैलाई सोही निर्णय अनुसार पुर्नस्थापना गर्न माग गरे ।

उनले आफूहरुले दिएको समयसीमाभित्र सरकारले आफूहरुको माग पुरा गर्न तत्परता नदेखाए फेरि जिल्ला देखि केन्द्रसम्म आन्दोलन थाल्ने चेतावनी दिए ।

कार्यक्रममा ब्यवस्थापिका संसदका सदस्यहरु मोहन सिंह राठौर, योगेन्द्र चौधरी र गंगा चौधरीले मुक्त कमैया पुर्नस्थापनामा सरकारको उदासिनताले ढिलाई भएको भन्दै आफूहरुले पुर्नस्थापनामा सरकारले गरेको निर्णय कार्यान्वयनको लागि दवाव सृजना गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

उनीहरुले मुक्त कमैयाको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएकोले राज्यले उदासिनता देखाईरहे अर्को द्धन्दको सुरुवात हुन सक्ने तर्फ सचेत गराए ।

टीकापुर घटनामा पक्राउ परेकालाई तत्काल रिहाई गर्न सांसदकाे माग

सांसदहरुले कैलालीको टीकापुर घटनामा संलग्न भएको भन्दै पक्राउ परेकाहरुलाई रिहा गर्न माग समेत गरेका छन् ।

थरुहट तराई पार्टीकी सांसद गंगा चौधरीले अधिकार माग्दा कैलालीको टीकापुर घटनामा सरकारले दमन गरेको भन्दै पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग गरिन् ।

संसद बैठकमा सांसद चौधरीले अधिकारका लागि संघर्षमा उत्रिएका थारुहरूलाई पक्राउ गरेर मुद्दा लगाएर सरकारले बिभेद गरेको आरोप लगाइन् । ‘थारुले अधिकार मागेर आन्दोलन गर्दा दमन गर्ने, मुद्दा चलाउने यस्तो विभेद गर्न पाइदैन’, उनले भनिन्, ‘टीकापुर घटनामा पक्राउ परेकाहरूलाई विनासर्त छाड्नुपर्छ ।’

कैलालीको टीकापुरमा गत वर्ष भदौ ७ गते थारु आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा नेपाल प्रहरीका उच्च अधिकारीसहित नौं जनाको हत्या भएको थियो ।

यसैबीच, थारु, मधेसी र जनजाति सांसदहरूले संसद बैठक बहिष्कार गरेर बाहिरिएका छन् । उनीहरूले आफ्ना माग पूरा नहुँदासम्म बैठकमा नबस्ने अडान दोहोर्‍याएका छन् ।