सरकारको पत्र नआएसम्म वार्तामा नबस्ने गठबन्धनको निर्णय, काठमाडौंमा १२ घन्टे रिले अनशन बस्ने

संघीय गठवन्धनले वार्ताको आहृवानसहित आफ्नो नाममा पत्र नआएसम्म सरकारसँग वार्तामा नबस्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मात्र वार्ताको आहृवानसहित मधेसी मोर्चालाई पत्र लेखेका थिए । प्रधानमन्त्रीको पत्रलाई लिएर मधेसी मोर्चाका नेताहरुको फरक-फरक धारणा आएपछि शुक्रबार गठवन्धनको बैठक बसेको छ । Continue reading “सरकारको पत्र नआएसम्म वार्तामा नबस्ने गठबन्धनको निर्णय, काठमाडौंमा १२ घन्टे रिले अनशन बस्ने”

केवलप्रसाद थारुले जिते एक लाख

रेडबुल क्यासफुल प्रचार योजना अन्तर्गत बाँके, कोहलपुरका केवलप्रसाद थारुले एक लाख रुपैयाँ जितेका छन्। हालसम्म २० जनाले एक लाख र देशभरका चार हजार पाँच सयभन्दा बढीले एक हजार, दुई हजार, पाँच हजार, १० हजार र २० हजार रुपैयाँ प्राप्त गरिसकेका छन्। Continue reading “केवलप्रसाद थारुले जिते एक लाख”

सांसद रुक्मिणी चौधरीको निर्वाचन क्षेत्रमा बायोडायनामिक खेती तालिम

कारी महतो/चितवन।

शहिद कमल विपिन स्मृति प्रतिष्ठान चितवनको आयोजनामा आजदेखि चितवनको निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत नारायणी नगरपालिकाको मेघौलीमा दिगो कृषिका लागि बायोडायनामिक (अर्गानिक) खेती तालिम सुरु भएको छ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)का माननीय रुक्मिणी चौधरीको निर्वाचन क्षेत्र विकास कार्यक्रमको सहयोगमा पाँच दिनसम्म चल्ने उक्त तालिम जेठ १३ र १४ गते मेघौलीमा र १५ देखि १७ सम्म माडीमा सञ्चालन जनाइएको छ।

थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य सन्त बहादुर महतोको प्रमुख आतिथ्यमा भएको उद्घाटन सत्रमा अतिथिहरु थारु कल्याणकारिणी सभा चितवनका पूर्व सभापति टिकेन्द्र चौधरी, थारु साँस्कृतिक संग्रहालय मेघौलीका उपाध्यक्ष हरिश्चन्द्र चौधरी, थारु शैक्षिक विकास संस्थाका अध्यक्ष सूर्यनारायण चौधरी, सचिव पतिराम महतोले थरुहट शहिदहरुको सम्झना स्वरुप कृषक तालिमका साथै अन्य तालिम गोष्टीहरु निरन्तर रुपमा आयोजना गरिरहनु पर्ने सुझाव दिएका छन्।

वर्तमान समयमा चितवनमा विषादीको अत्यधिक प्रयोगले मानव जीवनलाई नकारात्मक असर पारिरहेको अवस्थामा बायोडायमिक कृषि तालिमले कृषकहरुलाई अर्गानिक तरिकाले कृषि उत्पादन बढाउनका लागि कृषकहरुलाई उर्जा पैदा हुने बताइएको छ।

कार्यक्रम शहिद कमल विपिन स्मृति प्रतिष्ठानका उपाध्यक्ष ललित कुमार चौधरीको अध्यक्षतामा भएको थियो। पाँच दिनसम्म चल्ने तालिमको सहजीकरण प्रशिक्षक सुदर्शन चौधरीले गर्ने जानकारी कार्यक्रम संयोजक ललितकुमार चौधरीले जानकारी दिए। ३५ जनाको लागि आयोजना गरिएको तालिम लिनका लागि ५५ जना कृषकहरुको उपस्थिति रहेको थियो।

कृषक तालिम पश्चात संस्थाले क्षेत्र नं. १ मा थारु महिलाहरुका लागि हस्तकला तालिम, जिल्ला स्तरमा पत्रकारिता तालिम र मोटर ड्राइभिङ्ग तालिम सञ्चालन गर्ने जानकारी कार्यक्रम संयोजक ललित कुमार चौधरीले जानकारी दिए।

मनिषाका प्रेमी आषिश चौधरीले बयानमा भने- राति ११ बजे पासो लगाएको देखेँ

प्रहरी नियन्त्रणमा रहेका मनिषाका प्रेमी आशिष भनिने रुद्रनारायण चौधरीले दिएको प्रारम्भिक बयानअनुसार बुधबार वेलुकापख मनिषासँग सिमकार्डको विषयमा विवाद भएको थियो। ‘मनिषाले रुद्रनारायणसँग सिमकार्ड मागेकी रहिछन्, उसले दिन नमानेपछि दुबैजनाबीच भनाभन भएको रैछ’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने ‘केटीले पहिले झापड हानेको र बदलामा केटाले पनि झापड हनेको बयानमा छ।’

मनिषासँग विवाद पछि सामान्य हानाहान भएको झोँकमा प्रेमी रुद्रनारायणले एकबोतल बियर खाएर मनिषाको घरमा गएको प्रहरी वयानमा स्वीकारेका छन्। रुद्रनारायणले प्रहरी बयानमा बताए अनुसार मनिषा घर भित्र र आफू घर बाहिर सुतेका थिए। ‘राति ११ बजे ब्युँझेर कोठा भित्र गएर हेर्दा मनिषा पासो लगाएर झुण्डिएको देखेँ,’ रुद्रनारायणले प्रहरीमा भनेका छन् ‘हेर्दा उनको मृत्यु भैसकेको थियो, मैले पासो खोलेर खाटमा राखेँ त्यसपछि आमालाई (रुद्रनारायणको आमा) घटना सबै बताएँ।’

आमाले गल्ती छैन भने कतै नभाग्न भनेर रुद्रनारायणलाई सल्लाह दिएको प्रहरी प्रारम्भिक वयानमा बताएकी छन्। रुद्रनारायणले आफूले हत्या नगरेको प्रहरी वयानमा बताएका अनुसन्धानमा संलग्न ती अधिकारीले जानकारी दिए।
मृत अवस्थामा घर भित्र खाटमा भेटिएकी मनिषाको शव आसपासमा पासो लगाएको डोरी भने भेटिएन। पछि प्रेमी रुद्रनारायणले पासो आफूले घर छेउको कल्भर्टमा लुकाएको भन्दै पासो निकालेर प्रहरीलाई दिएका थिए। प्रहरीका अनुसार उक्त पासो समेत शवसँगै फरेन्सिक टेस्टका लागि काठमाडौं ल्याइएको छ।

अज्ञात समूहद्वारा ड्राइभरको कन्चटमा गोली हानेर उद्योगी सुरेश केडियाको अपहरण

वीरगन्जको प्रतिष्ठित औद्योगिक घाराना केडिया समूहका एकजना उद्योगी सुरेश केडिया अपहरणमा परेका छन्। सुरेशका चालकलाई गोली हानेर उनलाई अपहरण गरिएको हो। प्रहरीका अनुसार बिहीबार साँझ करिब साढे ६ बजे बाराको बरियारपुरभन्दा पश्चिम पसाहा नदी नजिक घट्ना भएको हो। अपहरणकारीको गोली प्रहारबाट वीरगन्ज उपमाहानगरपालिका–२२ बिन्दवासनी घर भएका चालक श्यामउमेश प्रसाद साह गम्भीर घाइते भएका छन्। Continue reading “अज्ञात समूहद्वारा ड्राइभरको कन्चटमा गोली हानेर उद्योगी सुरेश केडियाको अपहरण”

मनिषा हत्या अभियोगमा प्रेमी आशिष चौधरी पक्राउ

राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती घरमा मृत अवस्थामा भेटिएकी छन्। १७ वर्षकी मनिषा बुधवार राति आफ्नै घर बर्दघाट नगरपालिका ८ मा मृत अवस्थामा भेटिएकी प्रहरीले जानकारी दिएको छ। ११ कक्षाको परीक्षा दिएकी मनिषा बुधबार घरमा एक्लै थिइन्। Continue reading “मनिषा हत्या अभियोगमा प्रेमी आशिष चौधरी पक्राउ”

थरुहट संघर्ष समिति कैलालीको छुट्टै आन्दोलन घोषणा, २७ गते टीकापुरमा विरोध सभा गर्ने

लखन चौधरी/कैलाली।

तराईमा छुट्टै प्रदेशको माग राखी आन्दोलनरत थरुहट/थारुवान संयुक्त संघर्ष समिति र संघीय गठबन्धन कैलालीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। दुई आन्दोलनरत पक्षले संयुक्तरुपमा धनगढीमा पत्रकार सम्मेलन गरी आफ्ना आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन्। Continue reading “थरुहट संघर्ष समिति कैलालीको छुट्टै आन्दोलन घोषणा, २७ गते टीकापुरमा विरोध सभा गर्ने”

फुटबलर विमल घर्ती मगरकी बहिनीको हत्या

नेपाली फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्ती मगरकी बहिनाको हत्या भएको छ । विमलकी बहिनी १७ वर्षीया मनिषा नवलपरासीको बर्दघाट ८ भुताहस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी हुन् । गएराति उनी घरमा एक्लै थिइन् । उनकी आमा वुटबल गएको बताइएको छ । Continue reading “फुटबलर विमल घर्ती मगरकी बहिनीको हत्या”

सात बर्षीया बालिका बलात्कृत अभियोगमा ५४ वर्षीय कपिलदेव पक्राउ

रौतहटको चन्द्रनिगाहपुरमा एक सात बर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले ५४ वर्षीय कपिलदेव साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घरमा अभिभावक नभएको मौका छोप्दै बलात्कार गरेको भन्दै ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी परेको थियो । Continue reading “सात बर्षीया बालिका बलात्कृत अभियोगमा ५४ वर्षीय कपिलदेव पक्राउ”

अमनलाल मोदीसँग बजेट गफ : थारु ग्रामलाई विकास गर्ने योजना छ

अमनलाल मोदी/सांसाद।

मेरो निर्वाचन क्षेत्रमा बाटोघाटो र पुलपुलेसा नै बढी चाहिएको छ । पूर्वाधारको पनि पूर्वाधार मानिने सडकको योजनाहरु मेरो क्षेत्रमा धेरै परुन् भनेर पहल गरेको छु । त्यसैअनुसार विभिन्न मन्त्रालयमा योजनाहरु पेश गरेँ । धेरैजसो योजना सडक सम्बन्धि नै छन् । Continue reading “अमनलाल मोदीसँग बजेट गफ : थारु ग्रामलाई विकास गर्ने योजना छ”