फुटबलर विमल घर्ती मगरकी बहिनी महिषाको हत्या आरोपमा पक्राउ परेका आशिष चौधरीको पोलिग्राफ आज गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक प्रकाश सापकोटाका अनुसार पहिलो चरणको पोलिग्राफ आज हुनेछ। Continue reading “आशिष चौधरीको पोलिग्राफ आज गरिने”
Author: admin
तराईका जिल्ला सदरमुकामलाई आधुनिक सहरमा रुपान्तरण गरिने
तराई–मधेसका जिल्ला सदरमुकामलाई आर्थिक र व्यावसायिक केन्द्रका रुपमा विकास गरी आधुनिक सहरमा रुपान्तरण गरिने भएको छ । Continue reading “तराईका जिल्ला सदरमुकामलाई आधुनिक सहरमा रुपान्तरण गरिने”
अज्ञात समूहद्वारा चौधरीको हत्या
कालिका गाविस वडा–४ तेसन्नपुरका ३० वर्षीय अन्नत चौधरीको गएराति धारिलो हतियार प्रहार गरी अज्ञात समूहले हत्या गरेको छ । उक्त समूहले मुखमा सेतो पट्टि बाँधेर चौधरीको हत्या गरेको इलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ । Continue reading “अज्ञात समूहद्वारा चौधरीको हत्या”
बजेटका २८ विशेषता यस्ता छन्
बजेटका विशेषता
कर्मचारीको तलवमा २५ प्रतिशतले वृद्धि
आयकर छुटको दायरा बढाइयो । व्यक्तिका लागि ३ लाख ५० हजार र दम्पत्तिका लागि ४ लाख वाषिर्क आम्दानीमा कर नलाग्ने ।
सामाजिक सुरक्षा भत्ता दोब्बरले वृद्धि
आफ्नै गाउँ आफै बनाउँ कार्यक्रमको बजेटपनि दोब्बरले वृद्धि
निर्वाचन क्षेत्र विकास कोषको रकम ३ करोड पुर्याइयो ।
संसदीय विकास कोषको बजेट ५० लाख ।
पत्रकारलाई सरकारी अस्पतालमा उपचारमा ५० प्रतिशत छुटको व्यवस्था ।
रेल मार्ग र काठमाडौंमा मेट्रो रेलको अध्ययन गरिने
पानी जाहाज सञ्चालनको अध्ययन गरिने ।
शैक्षिक प्रमाणपत्रका आधारमा ऋण ।
प्रत्येक प्रदेशमा एक मेडिकल कलेजको अवधारणा ।
पेट्रोलियम पदार्थमा ५ प्रतिशत पूर्वाधार कर ।
पुनःनिर्माणमा एक खर्ब ४० अर्ब ।
तरार्इका प्रत्येक सदरमुकामको विकासमा ५० करोड ।
थप विशेषता
आगामी वर्ष ६.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य ।
क्यान्सर, मुटु र मृगौलाका उपकरण आयातमा मूल्य अभिवृद्धिकरमा सबै छुट , भन्सार १ प्रतिशत मात्र।
अखबारी कागजमा १ प्रतिशत मात्रै भन्सार लाग्ने ।
कृषि, सिंचाइका लागि आवश्यक उपकरणमा १ प्रतिशत मात्रै भन्सार लाग्ने ।
बन्द, हडताल गर्ने, आयोजनाको काममा अवरोध गर्नेलाई क्षतिपूर्ति भराइने ।
काठमाडौंमा निर्माण हुने घरमा अनिवार्य सोलार जोड्नु पर्ने ।
गरिबसँग विश्वेश्वर कार्यक्रमलाई निरन्तरता ।
नगरपालिकालाई दिइने अनुदान पनि दोब्बर ।
२०७३ लाई आन्तरिक भ्रमण वर्षको रुपमा मनाइने।
सबै नेपालीको बैंक खाता ।
तीन वर्षभित्र सबै नेपालीको स्वास्थ्य विमा गरिने ।
एक प्रदेश एक औधौगिक क्षेत्र स्थापना गरिने ।
आगामी ५ वर्षभित्र सम्पूर्ण कृषियोग्य भूमीमा सिंचाइ पुर्याइने
हुलाकी सडकको पहिलो चरण तीन वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य ।
वृद्धभत्ता दोब्बरले बढ्यो
सरकारले सामाजिक सुरक्षा अन्तर्गत जेष्ठ नागरिक अर्थात् वृद्ध भत्तालाई दोब्बर बनाएको घोषणा गरेको छ । यो सरकारी घोषणासँगै अव वृद्ध-वृद्धाले मासिक २ हजार रुपैयाँ भत्ता दिने व्यवस्था मिलाएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । Continue reading “वृद्धभत्ता दोब्बरले बढ्यो”
पत्रकारको स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट
सरकारले बजेट भाषण मार्फत् पत्रकारको स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । व्यवस्थापिका संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले पत्रकारको उपचारका लागि सरकारी अस्पतालमा ५० प्रतिशत छुटको व्यवस्था गरिने घोषणा गरेका हुन् । Continue reading “पत्रकारको स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट”
एक जना सांसदलाई साढे ३ करोड बजेट
सरकारले सांसदहरुले पाउँदै आएको सुविधा बढाएको छ । सांसदहरुले पाउने विकास बजेटमात्रै होइन, व्यक्तिगत सुविधामा समेत बढोत्तरी गरिएको छ । Continue reading “एक जना सांसदलाई साढे ३ करोड बजेट”
सरकारी कर्मचारीलाई खुसीको खबर, तलब २५ प्रतिशत बढ्ने
सरकारले निजामति कर्मचारीहरुको तलबमा २५ प्रतिशत बृद्धि गरेको छ । बजेटमा यसको घोषणा गरिएको हो । साथै योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था गरिने भएको छ । Continue reading “सरकारी कर्मचारीलाई खुसीको खबर, तलब २५ प्रतिशत बढ्ने”
गणतन्त्र दिवसको अवसरमा चार थारु सम्मानित
गणतन्त्र दिवसका अवसरमा थारु समुदायका ब्यक्तिहरु विभिन्न पदकबाट सम्मानित भएका छन् । बझाङका सिडिओ हिरालाल चौधरी प्रवल जनसेवाश्री पदकबाट सम्माति भएका छन् । त्यस्तै फुटबल खेलाडी आदित्य चौधरी र अमृत चौधरी र भलिबलकी सरस्वती चौधरीलाई सुकीर्ति पदकबाट सम्मानित भएका छन् । Continue reading “गणतन्त्र दिवसको अवसरमा चार थारु सम्मानित”
बर्दिया र कञ्चनपुरमा थारु संग्राहलय बनाउने घोषणा
सरकारले बर्दिया र कञ्चनपुरमा थारु संग्राहलय बनाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०७३–०७४ को बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गरेका हुन् । बजेट भाषणअनुसार बर्दियामा थारु र कञ्चनपुरमा राना थारुको संग्राहलय स्थापना हुनेछन् । Continue reading “बर्दिया र कञ्चनपुरमा थारु संग्राहलय बनाउने घोषणा”