आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सार्थक वार्ताको वातावरण बनाउन आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफी पत्र पठाउने भएको छ। बुधबार साँझ मोर्चामा सहभागी तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्षको अनौपचारिक बैठकले वार्तामार्फत समस्या समाधान खोज्न मोर्चा तयार रहेको ठहर गरेको हो। Continue reading “मधेसी मोर्चाले प्रधानमन्त्रीलाई जवाफ लेख्ने”
Author: admin
नेपाल-भारत जनताबीचको सम्बन्धबारे भारतीय मानव अधिकारकर्मीकाे बयान
उमाशंकर मिश्र ‘दद्दु’।
नेपाल भारतको इतिहास संस्कृति सभ्यता एकै मुलको छ भनेर विश्वका इतिहासविदहरुको प्रमाणित तथ्य हो । हाम्रो रहनसहन, परम्परा, लवाई खवाई भेषभुषा धर्म कर्म आदि सबै समानजस्तै छन् । अपभ्रंसमा परिवर्तन भएको केही साना मसिना कुरा बाहेक खासै ठूलो भिन्नता छैन । ऐतिहासिक राज्य सत्ताको शासन प्रर्णालीमा नेपाल मुस्लिम शासकवर्गको सत्ताबाटै टाढा रहयो र जहिले पनि हिन्दु सम्राटहरुबाट मात्रै शासित रह्यो । यो नेपालको इतिहासबाट हामी भारतमा बसोबास गर्ने भारतवासी खास गरेर हिन्दू वर्ग अत्यन्त उत्साहित हुन्छौं र नेपालप्रति गर्व पनि गर्छौं । नेपाल र भारतको शासन सत्ता चालकले के गर्छन् ? यिनको रणनीतिक योजनासँग भने दुबै देशको जनताको खासै त्यस्तो चासो रहँदैन । हामी भारतीय जनस्तरबाट के मात्र बुझ्छौ भने जब जब नेपाल र भारतको सम्बन्धमा दरार पैदा हुन थाल्छ त्यति बेला यो के हुँदैछ ? आश्चार्यबोधक दृष्टि सिवाय केही पनि सोँच्न सक्दैनौ । तपाई नेपाली दाजु भाईलाई पनि त्यस्तै हुन्छ होला भन्ने अनुमान गर्न सक्छौं । Continue reading “नेपाल-भारत जनताबीचको सम्बन्धबारे भारतीय मानव अधिकारकर्मीकाे बयान”
आरक्षण बहस
राधेश्याम थारु।
समाजमा सामाजिक न्याय प्रजातन्त्रको बहस हुन थालेको शताब्दीयौं भए पनि सीमान्तकृत र बन्चितीमा परेका मानिसहरुलाई लक्ष्य गरेर समाबेशीकरण शब्दको प्रयोग हुन थालेको दुई दशक पनि भएको छैन । राष्ट्रिय मूल प्रवाहमा समेटिना नसकेका वा स्रोत साधन र शासकीय अभ्यास एवं अवसरबाट बन्चितीमा परेका ब्यक्तिहरुलाई पनि समाहित गर्न सक्ने अवस्था नै समाबेशीकरण हो । Continue reading “आरक्षण बहस”
नवलपरासीमा ट्रक पल्टिँँदा ४ को मृत्यु, १७ घाइते
पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैडाकोट नगरपालिका —११ स्थित हर्कपुर चोकमा मिनि ट्रक पल्टिँँदा ४ जनाको मृत्यु भएको छ। सल्यानबाट काठमाडाैं जाँदै गरको बा२क ११३७ नम्बरको मिनिट्रक सडक छेउमा रहेको रुखमा ठोक्किँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवपपरासीले जानकारी दिएको छ । Continue reading “नवलपरासीमा ट्रक पल्टिँँदा ४ को मृत्यु, १७ घाइते”
करेन्ट लागेर एमाले नेता परशुराम चौधरीको मृत्यु
करेन्ट लागेर जहदा गाविस मजौनीका नेकपा (एमाले) नवलपरासी क्षेत्र नं ५ का क्षेत्रीय इन्चार्ज ५० वर्षीय परशुराम चौधरीको आज निधन भएको छ। Continue reading “करेन्ट लागेर एमाले नेता परशुराम चौधरीको मृत्यु”
थारूहरू धर्तीपुत्र हुनु वरदान रहेनछ, अभिशाप पो रहेछ !
उन्नती चौधरी।
थारू समुदायको इतिहास हेर्ने हो भने अन्य समुदाय भन्दा धेरै फरक देखिन्छ। थारूको खानपान, बोली भाषा, विचार, रहनसहन, चाडपर्व बेग्लै छ। थारू समुदाय वैचारिक रूपमा पनि फरक छन्। धेरै पहिलेदेखि नै कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङमा विशेषगरी थारू बस्ती थियो। Continue reading “थारूहरू धर्तीपुत्र हुनु वरदान रहेनछ, अभिशाप पो रहेछ !”
प्रधानमन्त्रीकाे पत्रले गठबन्धनमा विवाद बढ्यो
काठमाडौं केन्द्रित आन्दोलन गर्ने नगर्ने भन्ने विषय मै विवादित भएका मधेसी मोर्चाका नेताहरुबीच सोमबार साँझ प्रधानमन्त्री केपी ओलीले मधेसी मोर्चालाई सम्बोधन गरी पत्रचार गरेपछि मोर्चाभित्रको विवाद झन बढेको छ। Continue reading “प्रधानमन्त्रीकाे पत्रले गठबन्धनमा विवाद बढ्यो”
प्रधानमन्त्रीले बोलाएको वार्तामा मोर्चा नजाने, संघीय गठबन्धनलाई बोलाउनुपर्ने माग
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सरकारले बोलाएको त्रिपक्षीय बैठकमा नजाने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सत्तारुढ, कांग्रेस र मधेसी मोर्चाको बैठक बोलाएका छन् । प्रधानमन्त्री कार्यालयले गठवन्धनमा आवद्ध दलका नेताहरुलाई फोन गरेर नै वैठकबारे जानकारी गराएका थिए । Continue reading “प्रधानमन्त्रीले बोलाएको वार्तामा मोर्चा नजाने, संघीय गठबन्धनलाई बोलाउनुपर्ने माग”
संविधान पुनर्लेखनको सपना नदेख्न आन्दोलनकारीलाई गच्छदारको चेतावनी
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले संविधानको पुर्नलेखनको सपना नदेख्न मधेसी आन्दोलनरत दललाई चेतावनी दिएका छन्। हजारौं सहिदको रगत र वलिदानवाट बनेको संविधानलाई पुर्नलेखन गर्ने कुरा सोच्नपनि नसकिने गच्छेदारको भनाइ थियो। Continue reading “संविधान पुनर्लेखनको सपना नदेख्न आन्दोलनकारीलाई गच्छदारको चेतावनी”
धनिरामलाई पाँच प्रश्न- जनताको साथ लिने कि साशकको संयोजकज्यु ?
थारु बर्दियाली विकास मञ्चका अध्यक्ष एवं युवा अगुवा सीताराम थारुले थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजकलाई पाँच बुँदे प्रश्न तेर्स्याएका छन्। राजधानीमा आयोजित समितिको केन्द्रीय भेलाले गरेको निर्णय र संयोजक चौधरीको वक्तव्यसँगै उनले प्रश्न तेर्स्याएका हुन्। Continue reading “धनिरामलाई पाँच प्रश्न- जनताको साथ लिने कि साशकको संयोजकज्यु ?”