आन्दोलनकारीलाई प्रधानमन्त्रीको पत्र, वार्ताबाटै समस्या समाधान गर्न अपिल

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी मोर्चालाई वार्तामा आउन आग्रह गर्दै सोमबार साँझ पुनः पत्राचार गरेका छन् ।विगतमा भएका वार्ता र संवादले समस्या समाधानका लागि सकारात्मक रहेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले त्यसकै परिणामस्वरुप संविधान संशोधनसमेत भएको स्मरण गराएको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । Continue reading “आन्दोलनकारीलाई प्रधानमन्त्रीको पत्र, वार्ताबाटै समस्या समाधान गर्न अपिल”

मध्यरातमा भूकम्पको झड्का

सोमबार मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । राति १२ बजेर ५४ मिनेट जाँदा ४.२ रेक्टर स्केलको पराकम्प गएको हो । यसको केन्द्र धादिङ थियो ।  Continue reading “मध्यरातमा भूकम्पको झड्का”

काठमाडौंको आन्दोलन ट्रेलरमात्र होः महतो

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संघीय गठबन्धनले काठमाडौंमा गरिरहेको आन्दोलन ट्रेलर मात्र भएको बताएका छन् । भैरहवामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महतोले भने, ‘फिल्म त अझै बाँकी छ ।’ यदि सरकारले आफुहरुको माग सम्बोधन नगरे कठोर आन्दोलन गनेए उनको चेतावनी थियो ।

काठमाडौंबाट खाली हात नफर्केने भन्दै महताले यदि खाली हात फर्किनु परे राज्यको लागि अनर्थ हुने बताए । मुलुकको राष्ट्रिय एकता र अखण्डताका लागि आन्दोलन जारी रहेको महतोले भने, ‘हाम्रो नाता निकै मजबुत धागोले बाँधिएको छ । यदि राज्यले मधेसीको अधिकार मधेसीलाई नदिएमा नाता टुट्न सक्छ ।’

अधिकारको लागि काठमाडौंमा दलित, जनजातिले पनि लड्नु पर्ने भन्दै उनले दलित जनजाति लड्न तयार नरहेपनि मधेसी एक्लै लड्न तयार रहेको बताए ।

प्रधानमन्त्री ओलीले समस्या समाधान गर्नतर्फ लाग्नु भन्दा उखान टुक्का तिर लागेर समय बर्वाद गरिरहेको उनको आरोव छ । ‘जुन काम गर्नु छैन त्यही बोल्छन् र जे काम गर्न छ त्यो गर्दैनन्’ अध्यक्ष महतोले भने, ‘कहिले रेल कुदाउँछु भन्छन् त कहिले पानी जहाज चलाउँछु भन्छन् । तर देशको समस्या समाधान गर्ने तर्फ लागेकै छैनन् ।’

कार्यक्रममा तराई मधेस लोकतान्त्रिक पार्टी, राप्रपा लगायतका विभिन्न पार्टी परित्याग गरी २ सय जना सदभावनामा प्रवेश गरेको उपाध्यक्ष ओमप्रकाश यादवले (गुल्जारी) बताएका छन् ।

थरूहट थारूवानद्वारा १५ बुँदे घाेषणा पत्र जारी, अामहड्ताल गर्ने कुरामा सहमति जुटेन

थरुहट थारुवान संयुक्त संघर्ष समितिको केन्द्रीय भेलाले १५ बुँदे घोषणा पत्र जारी गरेको छ । राजधानीमा आयोजित दुई दिने भेलाले आमहड्ताल गर्ने कुरामा भने सहमति जुटाउन सकेन । थारुहरु रोपाईमा व्यस्त हुने समय भएकाले हाललाई आमहड्ताल गर्न नसकिने निष्कर्ष निकाल्दै प्रस्तावित जेठ ३१ गतेको आमहड्ताल कार्यक्रम हटाइएको छ । Continue reading “थरूहट थारूवानद्वारा १५ बुँदे घाेषणा पत्र जारी, अामहड्ताल गर्ने कुरामा सहमति जुटेन”

राजीनामा माग्नेहरुलाई धनिरामको जवाफ- पहिले पक्राउ परेकाहरुलाई निकालौं [अडियाे सुन्नुस्]

थारु कल्याणकारिणी सभाका अध्यक्ष एवं थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक धनिराम चौधरीले आफू लुकेर आन्दोलन तुहाउन खोजेको आरोपलाई खण्डन गरेका छन् । राजधानीमा आयोजित समितिको दुई दिने भेलाको अन्तिम दिन बोल्दै संयोजक चौधरीले भने– केही मान्छेहरुले मलाई कि आन्दोलन गर कि राजीनामा देऊ भनिरहेका छन् । के म चुप लागेर बसेको छु ? Continue reading “राजीनामा माग्नेहरुलाई धनिरामको जवाफ- पहिले पक्राउ परेकाहरुलाई निकालौं [अडियाे सुन्नुस्]”

बल्ल आयो शान्तिदेवीको जीवनमा शान्ति

केही वर्ष अघिसम्म आर्थिक विपन्नताका कारण दैनिकजसो परिवारमा उत्पन्न अशान्ति खेप्दै आएकी सप्तरीको मानराजा–३ की शान्तिदेवी चौधरीको जीवनमा अहिले बल्ल शान्ति आएको छ । Continue reading “बल्ल आयो शान्तिदेवीको जीवनमा शान्ति”

सिकलसेलको औषधि नेपालमा प्रतिबन्धित, डम्बर चौधरी भन्छन्- भारतबाट किनेर ल्याउँछु

नेपाल सरकारले सिकलसेल एनिमिया रोगको औषधोपचार निशुल्क घोषणा गरेपनि विरामीहरु भने सहज रुपमा औषधी पाउन सकेका छैनन् । रोगीहरुले केहि औषधी देशभित्रै खरिद गर्न पाएपनि केहि औषधी नेपालमा प्रतिबन्धित भएकोले भारतीय बजारहरुबाट खरिद गर्नु पर्ने बाध्य रहेको छ । प्रायः नेपालमै नपाइने औषधीको अभाव हुँदै आएको विरामीहरुको दुखेसो रहेको छ । Continue reading “सिकलसेलको औषधि नेपालमा प्रतिबन्धित, डम्बर चौधरी भन्छन्- भारतबाट किनेर ल्याउँछु”

थरुहट थारुवानको भेलामा ९ बुँदे प्रस्ताव

Thakasa Velaथरुहट/थारुवान संयुक्त संघर्ष समितिले जेठ १६ देखि ३१ गतेसम्म शान्तिपूर्ण आन्दोलन गर्ने प्रस्ताव गरेको छ। राजधानीमा बसेको दुई दिने भेलाको पहिलो दिन समितिले आमहडतालसहितको कार्यक्रम प्रस्ताव गरेको हो। Continue reading “थरुहट थारुवानको भेलामा ९ बुँदे प्रस्ताव”

उफ… षड्यन्त्रै, षड्यन्त्र!!

शेर बहादुर चौधरी।

नेपालको राजनीति वनको बुटी मार्ने वनमाराजस्तै जनता मार्ने तानाबानाको एउटा सञ्जाल रहेछ। खैर, संसारको राजनीतिले केही उचाई लिए पनि नेपालको राजनीति भएको सगरमाथाको ठुम्कोको उचाई घटाउने, शान्तीका दूत बुद्धभूमीलाई असान्त बनाउने, पशुपतिनाथलाई काल भैरव बनाउने, जानकीको मण्डपमा दाइजो मागेर बबाल मच्चाउनेहरुको झुण्ड रहेछ। Continue reading “उफ… षड्यन्त्रै, षड्यन्त्र!!”

थारूहरूले के क्रान्तिविरोधी काम गरे कमरेड प्रचण्ड ?

सन्तोष थारु।

एमाओवादी, वैद्यबाट छुटेका बादल समूह, मातृका यादव, मणि थापा, जयपुरी घर्ति समूह, बिप्लपबाट आएका तिलक परियार समूहबीच पार्टी एकता भई नेकपा माओवादी केन्द्र गठन भएको छ, जुन स्वागत योग्य छ। अहिलेको अपरिहार्यता पनि यही हो। Continue reading “थारूहरूले के क्रान्तिविरोधी काम गरे कमरेड प्रचण्ड ?”