थरुहट आन्दोलनको सही बाटो

गोपाल दहित।
बिगत लामो समयदेखि पहिचान र अधिकारको लागि नेपाललगायतका विश्वका कैयन मुलुकमा सडक तथा सदन संघर्ष भई आएको सर्वविदितै छ । नेपालका थारुलगायत आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, महिला, खस, पिछडावर्ग, आदिले पटक पटक विभिन्न स्वरुपको आन्दोलन गरिआएका छन्, र नेपाल सरकारसँग १५१ भन्दा बढी पटक विभिन्न आन्दोलनकारीले लिखित सम्झौता गरेका छन् । तर, आन्दोलनकारीहरुसित भएका लिखित सम्झौताहरु राज्यपक्षले जानाजान बेवास्ता गर्दै कार्यान्वयन नगरेको दिनको घामसरी जगजाहेर छ । Continue reading “थरुहट आन्दोलनको सही बाटो”

काठमाडौंबाट अधिकार लिएर मात्रै फर्कन्छाैंः महतो

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूहरु काठमाडौँबाट अधिकार लिएरमात्रै फर्कने बताए। थापागाउँस्थित पार्टी कार्यालयमा शनिबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष महतोले काठमाडौं केन्द्रित मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनको शान्तिपूर्ण आन्दोलनलाई थप प्रभावकारी बनाउने बताए।  Continue reading “काठमाडौंबाट अधिकार लिएर मात्रै फर्कन्छाैंः महतो”

२९ दलीय संघीय गठबन्धन भर्सेस विप्लव पार्टी

किशाेर चाैधरी ‘सारिका’।
हुन त आफूलाई राजनीतिको ‘र’ र विषलेशनको ‘व’ थाहा नभएको ठान्छु । तर पत्रकारितामा लामो समयको अनुभव र नाङ्गो आँखाले देखेको राजनीतिक उतारचढाव र रस्साकस्सीको परिदृश्यलाई जस्ताको तस्तै वर्णन गर्न सक्षम ठान्छु आफूलाई । यसर्थ मेरो लेखलाई राजनीतिक विश्लेषन ठानेको छैन, ठान्ने पनि छैन । Continue reading “२९ दलीय संघीय गठबन्धन भर्सेस विप्लव पार्टी”

सूर्यमा कालो दाग देखियो

यही जेठ ५ गतेदेखि सूर्यमा लाग्दै आएको दाग अझै केही दिन रहने बताइएको छ । सूर्यमा देखिएको दाग हेर्दा सानो देखिए पनि पृथ्वीको आकारभन्दा धेरै ठूलो रहेको छ । सूर्यमा हुने गतिविधिले तापक्रममा घटबढ हुँदा यस्ता दाग देखिने गरेको नेपाल खगोलीय समाजका अध्यक्ष सुरेश भट्टराईले बताए। Continue reading “सूर्यमा कालो दाग देखियो”

‘बजेट लगत्तै’ माअोवादी नयाँ सरकारको गृहकार्यमा जुट्ने

आगामी आर्थिक वर्षको बजेट लगत्तै नयाँ सरकार गठन हुने भएको छ । सत्तागठबन्धन प्रमुख दल नेकपा एमाले र तत्कालीन एमाओवादीबीच जेठ २३ मा भएको ९ बुँदे सहमति र भद्र सहमति बमोजिम सत्तारुढ दल नै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट प्रस्तुत गरेपछि नयाँ सरकार गठनको गृहकार्य जुट्ने तयारीमा  छ । Continue reading “‘बजेट लगत्तै’ माअोवादी नयाँ सरकारको गृहकार्यमा जुट्ने”

मधेस आन्दोलनमा सरकारको ५ करोड निकासा

तराई मधेस आन्दोलनका क्रममा सरकारले पाँच करोड १ लाख रुपैयाँ निकास गरेको छ । सरकारले आन्दोलनमा ज्यान गुमाएका ४७ जनाका परिवारलाई १०/१० लाख रुपैयाँ  घाइतेहरुको उपचारका लागि ५ करोड १ लाख रुपैयाँ निकासा गरेको छ । Continue reading “मधेस आन्दोलनमा सरकारको ५ करोड निकासा”

‘वार्ताको नाटक गर्ने होइन, गम्भीर भए वार्ताको टेबुलमा बस्छौं’

नयाँ संविधानप्रति विमति जनाउँदै काठमाडौंकेन्द्रित आन्दोलन थालेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासमेत आबद्ध संघीय गठबन्धनले शनिबार राजधानीको स्वयम्भूमा विरोध प्रदर्शन गरेको छ। दस दिने आन्दोलनअन्तर्गत गठबन्धनले तेस्रो दिन सीतापाइलाबाट निकालेको र्‍याली अपराह्न ३ बजे स्वयम्भू–चोकमा विरोधसभामा परिणत भएको हो। सभालाई संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवलगायत नेताले सम्बोधन गरेका थिए। Continue reading “‘वार्ताको नाटक गर्ने होइन, गम्भीर भए वार्ताको टेबुलमा बस्छौं’”

नेपाललाई प्राज्ञिक केन्द्र बनाउने घोषणा

राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी गुरुयोजना छिटो सम्पन्न गरेर समग्र लुम्बिनीक्षेत्र विकासमा अघि बढ्न सरकारलाई आग्रह गरेकी छन्। बुद्धसँग जोडिएका रूपन्देही, कपिलवस्तु र नवलपरासीका ऐतिहासिक संरचना  संरक्षण गर्दै अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्ने उनको भनाइ छ। Continue reading “नेपाललाई प्राज्ञिक केन्द्र बनाउने घोषणा”

विधवासँगको प्रेम

इन्दु थारु।
समयमै बिहा गरी घरजम गरिहाल, उमेर ढल्किन लागिसक्यो। कहिले बिहे गर्ने? कहिले भोज खुवाउने? अहिले नगरे कहिले गर्ने, बुढेसकालमा? घरमा, अफिसमा, बाटोमा हिँड्दा होस् वा साथीभाइ माझमा, थाकिसके सुनेर। चिनजानका सबैले प्राय यस्तै प्रश्न गर्छन्। विवाह गर्ने ठ्याक्कै उमेर कति हो म अनभिज्ञ छु। १५ वर्षकै कलिलो उमेरमा विवाह गरी घरजम गरेको पनि देखेको छु मैले, तिनको तुलनामा त मेरो विवाह गर्ने उमेर निकै ढिलो भइसकेको छ। मैले ५० वर्षका उमेरका व्यक्तिलाई पनि विवाह गरेको देखेको छु। तिनको तुलनामा भने अझै धेरै नै काचो छु म। ५० पुग्न अझै २० बाँकी छ। विवाह गर्न मलाई भन्दा पनि भोज खानेहरुलाई बढी हतारो छ यहाँ। Continue reading “विधवासँगको प्रेम”

सलमानले बिहे गर्ने!

सलमान खानले बिहेको बारेमा चलेका अड्कलहरुलाई थप सनसनीपूर्ण बनाएका छन्। उनले आफ्नो बिहेको बारेमा चल्ने हल्लाहरुलाई यस अघि खारेज गर्ने गर्थे तर यस पटक भने त्यसो नगरि सामाजिक सञ्जाल मार्फत बिबाहको जानकारी दिने बताएका छन्। संञ्चारमाध्यमहरुले उनले आफ्नो ५१ औं जन्म दिनको अवसर पारेर गर्लफ्रेन्ड यूलियाका साथ बिहे गर्ने जनाएका छन्। Continue reading “सलमानले बिहे गर्ने!”