मंसिरमा स्थानीय निकायको चुनाव गराउने सरकारको घोषणा [पूर्ण पाठसहित]

सरकारले १५ वर्षदेखि रिक्त स्थानीय निकायको चुनाव आगामी मंसिरमा गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसदमा सरकारको नीति तथा कार्यक्रम पेस गर्दै २०७३ मंसिरमा स्थानीय निकायको चुनाव गर्ने घोषणा गरेकी हुन् ।

‘संघीय संरचना अनुरुप स्थानीय तहको संख्या र सीमाना निर्धारण तथा कानूनी आधार तयार गर्न केही समय लाग्ने हुँदा विगत १५ वर्ष देखि रिक्त स्थानीय निकायमा संक्रमणकालिन व्यवस्था अनुरुप २०७३ साल मंसिर महिनामा हाल कायम स्थानीय निकायको निर्वाचन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘यसबाट स्थानीय निकायमा जनप्रतिनिधिविहीन स्थितिको अन्त्य भै जनस्तरमा लोकतन्त्रको अभ्यास, विधिको शासन र स्थानीय विकासमा जनप्रतिनिधिको नेतृत्व कायम गर्न सहयोग पुग्नेछ ।’

सरकारले आगामी आर्थिक वर्षलाई संविधान कार्यान्वयन र शासन प्रणालीको रुपान्तरणको वर्षकारुपमा लिने उल्लेख गर्दै नीति तथा कार्यक्रममा प्रदेशहरुको सिमांकनमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न सरकारले राजनीतिक समिति गठन गरिसकेको छ र त्यसलाई शीघ्र पूर्णता दिई काम अगाडि बढाउन सरकार तत्पर रहेको जनाएको छ ।

सरकारले संघीयताको कार्यान्वयन र तथा प्रशासनिक पुनर्संरचनाको लागि राजनीतिक तहमा उच्चस्तरीय निर्देशक समिति र प्रशासनिक तहमा समन्वय समिति गठन गरेको जनाएको छ ।

स्थानीय तहको पुनर्संचनाका लागि गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण गर्न गठित आयोग कार्यरत छ । साझा तथा संघ, प्रदेश र स्थानीय तहको अधिकारका विषयको व्यवस्थापनका लागि प्राकृतिक साधन, स्रोत तथा राजस्वको बाँडफाँड समितिको गठन तत्कालै गर्ने जनाइएको छ ।

पूर्ण पाठ पढ्नुस् होस् 

आर्थिक वर्ष २०७३-७४ को नेपाल सरकारको नीति तथा कार्यक्रम

१३ बुँदे माग सम्बोधन नगरेको भन्दै थरुहटद्वारा नीति तथा कार्यक्रम बहिस्कार

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा व्यवस्थापिका–संसद्मा आज प्रस्तुत सरकारको चालु आव २०७३-७४ को नीति तथा कार्यक्रममा मधेसी, थारू, आदिवासी जनजाति, दलित, मुस्लिम समुदाय प्राथमिकतामा नपरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध सात दलले असन्तुष्टि व्यक्त गरेका छन् । Continue reading “१३ बुँदे माग सम्बोधन नगरेको भन्दै थरुहटद्वारा नीति तथा कार्यक्रम बहिस्कार”

वार्तामा आउन मोर्चालाई सरकारको पत्र, मोर्चा जाला वार्तामा?

 kamal-thapa1

सरकारले गठन गरेको वार्ता टोलीले आइतबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वार्ताका लागि औपचारिक पत्र पठाएको छ। वार्ताबाट नै सबै समस्याको सामाधान गर्ने प्रतिवद्धतासहित वार्तामा आउन मोर्चालाई आग्रह गरिएको छ। Continue reading “वार्तामा आउन मोर्चालाई सरकारको पत्र, मोर्चा जाला वार्तामा?”

थारु युवालाई गोपाल दहितको प्रशिक्षण- अहिले नलडे कहिले लड्ने?

थरुहट तराई पार्टी नेपालका वरिष्ठ एवं सांसद गोपाद दहितले थारु युवाहरुलाई प्रशिक्षण दिएका छन्। शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले थारु अत्यन्तै जटिल अवस्थामा भएको बताए। यस्तो अवस्थामा केही गर्न नसके थारुका आउँदा सन्ततीले झनै दुःख भोग्नुपर्ने उनले बताए। Continue reading “थारु युवालाई गोपाल दहितको प्रशिक्षण- अहिले नलडे कहिले लड्ने?”

थरुहट संघर्ष समितिको घोषित कार्यक्रममा युवा दस्ताको असहमति

tharu intraction 01

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आन्दोलन स्वरुप हालै घोषणा गरिएको विभिन्न कार्यक्रमहरुप्रति कडा असहमति जनाइएको छ । थरुहट आन्दोलनको दाँया हातको रुपमा रहेको थारू यूवा दस्ताले आफुलाई वेवास्ता गरिनुको साथै जिल्ला स्तरमा विना छलफल आन्दोलनका विभिन्न कार्यक्रमहरु घोषणा गरेको भन्दै विरोध जनाएको हो । Continue reading “थरुहट संघर्ष समितिको घोषित कार्यक्रममा युवा दस्ताको असहमति”

द्वन्द्वपीडित दुहनी चौधरी भन्छिन्- ‘हामीमाथि सौदावाजी नहोस्’

एमाले र एमाओवादीबीच बिहीबार राति भएको सहमतिमा द्वन्द्वकालीन घटनाका दोषीलाई उन्मुक्ति दिने प्रावधान राखिएको भन्दै पीडितले असन्तुष्टि जनाएका छन् । सरकार टिकाउन दुवै पक्षबीच नौ बुँदे सहमति भएपछि पीडकले उन्मुक्ति पाउने शंका गर्दै पीडितले आपत्ति जनाएका हुन् । Continue reading “द्वन्द्वपीडित दुहनी चौधरी भन्छिन्- ‘हामीमाथि सौदावाजी नहोस्’”

उपेन्द्र यादवलाई संयोजक बनाएपछि मोर्चामा खैलाबैला

नयाँ संविधानप्रति विमति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआबद्ध प्रमुख चार दल संघीय गठबन्धन बैठकमा अनुपस्थित भएका छन्। संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई संघीय गठबन्धनको संयोजक बनाइएपछि असन्तुष्टि जनाउँदै ती दल बैठकमा नगएका हुन्। मोर्चाको जारी आन्दोलनलाई गठबन्धनमा लगेर फसाएको भन्दै उनीहरू असन्तुष्ट थिए। Continue reading “उपेन्द्र यादवलाई संयोजक बनाएपछि मोर्चामा खैलाबैला”

गच्छदारको दाबी- तीन महिनाभित्र दाहाल प्रधानमन्त्री

Bijay Gachhdarमधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले अब तीन महिनाभित्रमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण हुने बताएका छन्। Continue reading “गच्छदारको दाबी- तीन महिनाभित्र दाहाल प्रधानमन्त्री”

दीक्षा दहितको प्रश्न- ओलीजस्तै प्रचण्ड, देउवा पत्तासाफ हुने त होइनन् ?

Tharu Girl

दीक्षा दहित
स्व. मनमोहन अधिकारीको जनताप्रति उत्तरदायी शासनपद्धति, जनप्रिय नेता मदन भण्डारीको दूर-दृष्टिको धरातलमा एमाले अहिलेसम्म अडिरहेको कुरा अहिलेका अध्यक्ष तथा डन कमरेड केपी ओलीले बिर्सनु हुन्न। टुक्काको भरमा जनताले एकछिन मनोरन्जन त लिन्छन्, जहाँ गयो त्यहीँ युवा युवतीलाई धाप मार्दा सानो जमात घेराभित्र ऐँठिएको जस्तो त लाग्छ तर घार छोडेको भगौडा माहुरीको हुल त होइन? बेलैमा बुझ्नु पनि पर्छ। दूर-दृष्टि राख्नेको सोँचको आकारको आयतन पनि ठूलै हुनुपर्छ। Continue reading “दीक्षा दहितको प्रश्न- ओलीजस्तै प्रचण्ड, देउवा पत्तासाफ हुने त होइनन् ?”