व्यवस्थापिका संसदको शुक्राबारको बैठक मधेसी मोर्चा आबद्ध दललले बहिष्कार गरेका छन्। आफ्नो मागप्रति राज्य उदासिन भएको भन्दै मोर्चा आबद्ध दलले संसद बैठक बहिष्कार गरेका हुन्। बैठकको सुरुमा संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता अशोक राईले आफ्नो धारणा राखेपछि मधेसी मोर्चा आबद्ध दलले बैठक बहिष्कार गरेका हुन्। Continue reading “मधेसी मोर्चाले गरे संसद बैठक बहिष्कार”
Author: admin
आमा [कविता]
बिनोद चौधरी (काले)
आमा आज
तिम्रो मुख हेर्ने दिन रे,
यो कस्तो दिन हो आमा
वर्षमा एक पटक आउँछ रे,
मलाई लाग्थ्यो
आमाको मुख हेर्ने
कुनै दिन
त्योकिएको छैन रे,
तर
आज कानमा गुन्जियो
मातातिर्थ औँशी,
आमाको मुख हेर्ने दिन रे।।
भन्छन्,
‘जननी जन्मभूमि स्वर्गादपी गरियसी’ रे
हो आमा,
मैले बुझेको छु
जन्म दिने आमा
र
जन्मेको ठाँउ
स्वर्ग भन्दा प्यरो हुन्छ रे,
त्यसैले त,
आमा तिम्रो छहारिमा
सधैँ रमाउँदै
चरण स्पर्श गर्छु।।
हो, आमा
मलाई लाग्थ्यो
तिमी मन मुटुमा
बसेकी छेउ,
तिमी मेरी पूजा हौं
अनि
शुभ दिनको सुरुवात
आमा तिम्रो आशीर्वाद छ
त्यसैले सिकेको छु
सत्यको बाटो हिँड्न्।।
आमा तिमीले
मेरो मुख हेर्न कुर्नु पर्दैन रे,
जति बेला मन लागे हेर्दा हुन्छ रे,
तर,
आमा मैले
तिम्रो मुख हेर्न दिन पर्खनु पर्ने रे,
हो, आमा
यो कस्तो सत्कार
सिकायो मलाई
आफ्नो आमाको मुख हेर्न
पनि
दिन कुर्नुपर्ने रे।।
आमा आज तिमीलाई
भेट गरी मुख हेर्नू रे,
मिठो मसिनो खुवाएर
आशिर्वाद लिनु रे,
हिजो, अस्ती भेट गरेको
ती, सबै
स्वार्थको खेल थियो रे,
त्यसैले
आज जसरी भए पनि
आमाको मुख हेर्नू रे,
किनकि आज आमाको
मुख हेर्ने दिन हो रे।।
एमाले र माअोवादीबीच ९ बुँदे सहमति, यस्तो छ सहमति पत्र

बालुवाटारमा वार्तारत सत्तारुढ दलहरु एमाले र एमाओवादीबीच ११ बुँदे समझदारीको तयारी भएको छ । दुवै पक्षबीच वार्ता जारी छ । स्रोतका अनुसार ११ बुँदे समझदारीभित्र सरकार सञ्चालन सम्वन्धी विविध विषयका साथै सत्य निरुपण आयोगबाट एमाओवादीको चिन्तालाई सम्वोधन गरिएको छ । Continue reading “एमाले र माअोवादीबीच ९ बुँदे सहमति, यस्तो छ सहमति पत्र”
गच्छदारले भने- सहमतीय सरकारलाई समर्थन

एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सहमतिको सरकार बने फोरम लोकतान्त्रिकले सशर्त समर्थन गर्ने जनाएको छ। बिहीबार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले विराटनगरमा पत्रकार सम्मेलन गरी मुलुकको राजनीतिक समस्या समाधान गर्ने शर्तमा सहमतिको सरकार बनाउन सहयोग गर्ने बताएका हुन्। Continue reading “गच्छदारले भने- सहमतीय सरकारलाई समर्थन”
‘झुम्की’की थरुनी रेश्मा गुरुङ यस्ती देखिइन् [ट्रेलर हेर्नुस्]

कमलरी प्रथामा आधारित ‘झुम्की’ फिल्ममा थारु भूमिकामा देखिएकी अभिनेत्री रेश्मा गुरुङ लुक्स सार्वजनिक गरिएको छ। बुधबार ‘झुम्की’ फिल्ममा अभिनय गरेको अभिनेत्री गुरुङको थारु लुक्स सार्वजनिक भएको हो। Continue reading “‘झुम्की’की थरुनी रेश्मा गुरुङ यस्ती देखिइन् [ट्रेलर हेर्नुस्]”
जर्मन फिल्ममेकरले बनाए ‘उर्मिला’बारे बृत्तचित्र
पूर्वकमलरी उर्मिला चौधरीबारे बृत्त चित्र निर्माण भएको छ। जर्मन फिल्म मेकर सुसन ग्लुथले उनको जीवनीमा आधारित ‘उर्मिला : दी लिबर्टी’ फिल्म बनाएकी हुन्। धेरै वर्षको प्रयासपछि फिल्म निर्माण भएको उनले थारुवानलाई बताइन्। Continue reading “जर्मन फिल्ममेकरले बनाए ‘उर्मिला’बारे बृत्तचित्र”
गच्छदार फेरि अध्यक्ष, ४२ जना केन्द्रीय सदस्य चुनिए

मधेसी लोकतान्त्रिकको विराटनगरमा जारी प्रथम महाधिवेशनबाट ४२ जना केन्द्रिय सदस्य चुनिएका छन् । सर्वसम्मतिबाट चुन्नका लागि नवनिर्वाचित अध्यक्ष विजयकुमार गच्छदारलाई जिम्मा दिइएपछि उनले सदस्य छनोट गरेका हुन् । यसका लागि राति १२ बजेसम्म गच्छदारले विभिन्न चरणमा छलफल गरेका थिए । Continue reading “गच्छदार फेरि अध्यक्ष, ४२ जना केन्द्रीय सदस्य चुनिए”
प्रचण्ड नेतृत्वमा सरकार बनाउने एमाओवादीको निर्णय

एकीकृत नेकपा माओवादीले अध्यक्ष प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णय गरेको छ । उसले एमाले, कांग्रेस, राप्रपा नेपाल लगायत सबै दललाई एमाओवादी नेतृत्वमा गठन हुने सहमतिको सरकारमा सहभागी हुन अपीलसमेत गरेको छ । Continue reading “प्रचण्ड नेतृत्वमा सरकार बनाउने एमाओवादीको निर्णय”
चितवनका मर्दनिया समुदाय संगठित हुँदै
थारु समुदायमा पनि पछाडी परेका चितवनका मर्दनिया समुदायहरु संगठित बन्न थालेका छन् । राज्यको पहुँच सम्म पुग्न नसकेको समुदायको रुपमा रहेको मर्दनिया समुदाय पिछडावर्गको रुपमा परिचित छन् । चितवनमा झण्डै तीनसयको हाराहारीमा मर्दनियाको जनसंख्या रहेको अनुमान गरिएको छ । Continue reading “चितवनका मर्दनिया समुदाय संगठित हुँदै”
बेलायती एक्स फ्याक्टरमा छानिए सुयोग रामदाम
बेलायतको चर्चित एवं लोकप्रिय टेलिभिजन रियालिटी शो एक्स फ्याक्टरमा एक नेपाली युवा छानिएका छन् । भैरवहा निवासी २१ वर्षीय सुयोग रामदाम अडिसन चरण पास गरि दोस्रो चरणमा प्रवेश गरेका हुन् । Continue reading “बेलायती एक्स फ्याक्टरमा छानिए सुयोग रामदाम”