फोरम लोकतान्त्रिकको उम्मेद्वारी आज, गच्छदार निर्विरोध होलान्?

Bijay-Kumar-Gachchhadar

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) को अध्यक्षलगायत विभिन्न पदको उम्मेदवारी आज दर्ता हुने भएको छ।विराटनगरमा जारी प्रथम राष्ट्रिय अधिवेशनको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधान पारित गरेको र विभिन्न विषयमा अझै पनि छलफल जारी रहेकाले उम्मेदवारी दर्ता आज हुने सो पार्टीका उपाध्यक्ष भारतेन्दु मल्लिकले जानकारी दिए। निर्विरोध नभएको अवस्थामा आजै मतदान हुने सम्भावना रहेको उनले बताए। Continue reading “फोरम लोकतान्त्रिकको उम्मेद्वारी आज, गच्छदार निर्विरोध होलान्?”

माइक्रोबसको ठक्करबाट चौधरीको मृत्यु

Dead body in a mortuary
Dead body in a mortuary

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भूनाथ नगरपालिकामा माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा३ख ८४६० नं को माइक्रोबसले ठक्कर दिँदा सप्तरीको मधुपट्टी गाविस-९ बस्ने २६ वर्षीया धर्मेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । Continue reading “माइक्रोबसको ठक्करबाट चौधरीको मृत्यु”

मिस नेपाल इन्टरनेशनल वर्षा लेखीले यसरी मनाइन २२औं जन्मदिन

Barsha lekhi miss Nepal international celebrating her birthday a t orphans house 13

मिस नेपाल इन्टरनेशनल वर्षा लेखीले आफ्नो २२औं जन्मदिन मनाएकी छन्। उनले ललितपुरको भैंसेपाटीस्थित दी अर्फान्ज हाउसका बालबालिकासँग जन्मदिन मनाएकी हुन्। उनले त्यहाँका बालबालिकामाझ केक काटेर जन्मदिन मनाएकी हुन्। सो अवसरमा बालबलिकाले आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका थिए। तस्बिर हेर्नुस्: Continue reading “मिस नेपाल इन्टरनेशनल वर्षा लेखीले यसरी मनाइन २२औं जन्मदिन”

थारुहरुद्वारा आन्दोलन घोषणा, जेठ २ गते आमहड्ताल

tharu1

थरुहट प्रदेशको माग गर्दै आन्दोलन गर्दै आएको थारुहट-थारुवान संघर्ष समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। घोषित आन्दोलनका कार्यक्रमहरुमा बैशाख २४ गते सम्पूर्ण जिल्लामा थारु जातीय संगठनबीच सर्वपक्षीय बैठक गर्ने, २५ गते महोत्तरी, सर्लाही, रौतहत, २६ गते बारा र पर्सा, २७ गते झापा, मोरङ, सुनसरी, २८ गते सप्तरी, सिराहा, उदयपुर, २९ गते रुपन्देही, कपिलबस्तु, ३० गते बर्दिया, ३१ गते कैलाली, चितवन, नवलपरासी, जेठ १ गते कञ्चनपुर, दाङमा विरोधसभा गर्ने र जेठ १ गते मशाल जुलुस गर्ने र जेठ २ गते थारुहट जिल्लामा आमहडताल गर्ने रहेको छ। Continue reading “थारुहरुद्वारा आन्दोलन घोषणा, जेठ २ गते आमहड्ताल”

सुनसरीमा बन्दैछ बु्द्धको भीमकाय मूर्ति, थारुको संस्कृति झल्काइने

Bhagwati Chaudharyपूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले औरावनी–९ सुनसरीमा ६० फिट अग्लो बुद्धको प्रतिमा निर्माणको शिलन्यास गरेका छन् । करिब ११ बिगाहा क्षेत्रफलमा फैलिएको गढदेव बुद्ध पर्यटकीय स्थलमा बन्न लागेको उक्त बुद्धको प्रतिमाले लुम्बिनीको झल्को दिने बताइएको छ । Continue reading “सुनसरीमा बन्दैछ बु्द्धको भीमकाय मूर्ति, थारुको संस्कृति झल्काइने”

युवा नेताको प्रस्ताव- नेपाल फोरम लोकतान्त्रिक वा नेपाल लोकतान्त्रिक फोरम नामाकारण गरौं

Sailendra Chaudhary

शैलेन्द्र कुमार चौधरी

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको ऐतिहासिक प्रथम महाधिवेशन बिराटनगरमा जारी छ। लाखौं जनसमुदाय, देशी विदेशी पाहुनाको सहभागितामा भइरहेको महाधिवेशनमा सम्पूर्ण जनसमुदायको चासो र उत्सुकता बढेको छ। पार्टीको महाधिवेशनले भूकम्प पीडितको राहत, पूनर्वास, जनजीविकालगायत, आर्थिक-राजनीतिक अवधारणा कस्तो लिने आमचासोको विषय बनेको छ।

यसै सन्दर्भमा फोरम लोकतान्त्रिकको प्रथम महाधिवेशनमा उठाउनैपर्ने पार्टीको नाम परिवर्तन लगायत आर्थिक राजनीतिक एजेन्डाबारे चर्चा गरिएको छ। लामो राजनीतिक क्रान्तिबाट देशमा गणतन्त्र स्थापनासँगै नयाँ संविधान जारी भएको छ। राजनीतिक अधिकार, एजेन्डा, संविधानमा एक हदसम्म सम्बोधन भइसकेको, सम्पूर्ण देश र पार्टीहरुको ध्यान आर्थिक क्रान्तितिर केन्द्रित भएको छ। क्षेत्रीयताभन्दा राष्ट्रिय उन्नति समृद्धि र क्षेत्रीय भावनाभन्दा राष्ट्रिय भवना जागृत भएको छ। यसै पृष्ठभूमिमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टी क्षेत्रीय भावना र दायराभन्दा माथि उठेको छ। व्यवहारमा राष्ट्रिय चरित्र, भावना र स्वरुप निर्माण गरिसकेको छ। त्यसैले पार्टीको नाम क्षेत्रीय वा समुदाय विशेष प्रतिनिधित्व गर्ने खालको हुनुहुँदैन वा देखिनु हुँदैन। सबै क्षेत्र, जात र वर्गको भावना झल्किने र समेटिने खालको राष्ट्रिय पार्टीको नामाकरण हुनुपर्छ।

मेधसी जनअधिकार फोरम लोकतान्त्रिकलाई प्रथम महाधिवेशनबाट नाम परिवर्तन गरी नेपाल फोरम लोकतान्त्रिक वा नेपाल लोकतान्त्रिक फोरम नामाकरण गर्नुपर्छ।

नेपाली कांग्रेस लगायत लोकतान्त्रिक पार्टीहरुले लोकतान्त्रिक पद्धति र पुँजीवादी अर्थ व्यवस्थालाई वकालत गरिरहेपनि त्यो शासन पद्धति केवल ठूलाबडा, हुने खाने, सामन्त र अभिजात (Elite) वर्गको स्वार्थ सिद्ध गर्ने साधन बनेको छ। त्यसैले नागरिक समानता बिनाको लोकतन्त्र, गुदीविनाको फलजस्तै भएको छ। त्यसैले यो असफल भएको छ।

एमाले-एमाओवादीलगायत कम्युनिस्ट पार्टीहरुले समाजवादमार्फत साम्यवादमा पुग्ने र सर्वहाराहरुको अधिनायकत्व स्थापना गर्ने सपना देखेता पनि नेपालको सामाजिक, आर्थिक बनोट र धरातलीय यथार्थले त्यो सम्भव देखिँदैन।

१९औं शताब्दीमा बेलायत र फ्रान्समा गरिबी हटाइ समतामूलक समाज र समृद्ध राष्ट्रनिर्माण गर्न र राज्यमा सबैको पहुँच हुने राजनीतिक दर्शन प्रजातान्त्रिक समाजवाद (democratic Socialism)को विकास भयो। नेपालको सन्दर्भमा लोकतान्त्रिक समाजवाद (democratic Socialism)लाई राज्यले र पार्टीहरुले व्यवहारमा लागू गरेपनि गरिबी निवारण गर्न, समातामूलक समाज निर्माण गर्न र राज्यमा सबैको पहुँच पुर्‍याउन र समृद्ध राष्ट्र निर्माण गर्न असफल रह्यो। त्यसैले यो शासन पद्धति पनि असफल सावित भएको छ।

नयाँ संविधान घोषणापश्चात राजनीतिक, आर्थिक सन्दर्भ बदलिएको छ। जनताको चाहना, आवश्यकता बढेको छ। राजनीतिक परिदृश्य, देशको संरचना, राजकीय स्वरूप परिवर्तन भएको छ। देश संघीय, प्रादेशिक र स्थानीय कार्यकारी अधिकारसहितको संरचनामा कार्यान्वयनको चरणमा रहेकाले नयाँ ढंगको आर्थिक-राजनीतिक दर्शन र शासन प्रणाली खोजी हुनु स्वभाविक हो। उपरोक्त आधारमा लोकतन्त्र र आर्थिक व्यवस्थाको पुन:परिभाषित हुनुपर्ने जरुरी देखिएको छ।

यसै सन्दर्भमा स्थीर र सम्मुनत शासन व्यवस्था र सम्बृद्ध राष्ट्र निर्माणका लागि नयाँ अर्थ राजनीतिक बहस फोरम लोकतान्त्रिक प्रथम राष्ट्रिय महाधिवेशनले सुरु गरेको छ।

चौधरी युवा फोरम लोकतान्त्रिकको केन्द्रीय उपाध्यक्ष हुन्। 

विजय गच्छदारलाई टेरेनन् मधेसी नेताहरुले

bijay party 01मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको महाधिवेशनको उद्घाटन समारोहमा मधेसी मोर्चामा आवद्ध दलहरु देखिएनन् ।विराटनगरमा सोमबारदेखि सुरु भएको महाधिवेशनको उद्घाटन शत्रमा कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपालदेखि माले र राष्ट्रिय जनमोर्चाका नेताहरु देखिए । Continue reading “विजय गच्छदारलाई टेरेनन् मधेसी नेताहरुले”