सरस्वती चौधरी प्रशिक्षणका लागि जापान जाने

Sarswati Chaudhary

राष्ट्रिय भलिबल टोलीकी स्पाइकर सरस्वती चौधरीले वैदेशिक प्रशिक्षण र प्रतियोगिता खेल्नका लागि जापान जाने अवसर पाएकी छन्। एपिएफ क्लबबाट घरेलु प्रतियोगिता खेल्ने उनी नेपाली भलिबलकी अग्ली स्पाइकरमा पर्दछिन् । ६ फिट उचाइकी सरस्वती राष्ट्रिय टोलीकी पनि पहिलो रोजाइकी स्पाइकर हुन्। Continue reading “सरस्वती चौधरी प्रशिक्षणका लागि जापान जाने”

चाेख्खाउनी [विचार]

Tharuhat-Birodh-Sabha_Dhangadhi-02

शेरबहादुर चौधरी

कथाकार महेश विक्रम शाहले पश्चिमी थारुहरुको बस्तीमा घट्ने यौन अपराधिक घटनामा आधारित कथा लेखेका छन्– ‘चोख्खाउनी’। अर्काको श्रीमतीलाई यौन दुर्व्यवहार गरेबापतको सजायस्वरुप एउटा सुंगुर, केही बोतल रक्सी, थौरै पैसा जारलाई (जार भनेको यौन पीडित महिलाको श्रीमान) दिएपछि दोषी दोषमुक्त हुन्छ, त्यही जरिमानाबापत मनाइने भोजलाई ‘चोख्खाउनी’ भनिन्छ। Continue reading “चाेख्खाउनी [विचार]”

एमाओवादीको थारु भातृसंस्थाले टीकापुर घटनामा जेल परेकालाई रिहाई गर्न पहल गर्ने

Tharu Mukti Morcha- maobadi 02

दाङको तुलसीपुरमा सम्पन्न थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको तेस्रो सम्मेलनले १३ वटा प्रस्ताब पारीत गरेको छ । २ दिन सम्म चलेको सम्मेलनले समसामयीक प्रस्ताब पारीत गरेको नब निर्बाचित अध्यक्ष सन्त कुमार थारुले आज तुलसीपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिए।  Continue reading “एमाओवादीको थारु भातृसंस्थाले टीकापुर घटनामा जेल परेकालाई रिहाई गर्न पहल गर्ने”

भूकम्प संस्मरण : मृत्युसँग साक्षत्कार गरेको दिन

Shushil Chaudhary
सुशील चौधरी
महाभुकम्प २०७२ ले ९ हजार भन्दाबढीको ज्यान लियो । हजारौ घाइते भए, लाखौलाखा घरवारविहनीन भए । त्यस मध्ये परिवार मेरो पनि प्रत्यक्ष प्रभावित परिवार रहन गयो । भूकम्पको पीडा बिर्सन नसकेर काठमाण्डौको अस्थायी बसोवास पनि मैले बर्दिया सारें । प्रवेशिका परिक्षा दिन तयार छोराको विद्यालय पनि स्थानान्तरण गर्नुपर्यो । धन्न शिक्षा मन्त्रालयले भूकम्पपीडित परिवारले सहजै आफ्ना बालबालिकाको विद्यालय स्थानान्तरण गर्ने अनुमति दियो ।  भुकम्पको दिन दिन ( १२ देखि १४, बैशाख, २०७२) मा मैले जे देखें, त्यो क्षण र परिवेश मेरालागि अविस्मरणीय छन् । म कहिल्यै भुल्न सक्नेछैन । जीवन र मृत्यु आकस्मिक कुरा हो, भाग्य भन्ने चिज छ भने मैले भाग्यले आजको जीवन पाएँ। संगै धरहरामा गएर पनि म धरहरा नचढ्नाले ज्यान जोगियो ।

Continue reading “भूकम्प संस्मरण : मृत्युसँग साक्षत्कार गरेको दिन”

विवादका बीच सकियो थारु राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलन, अध्यक्षमा सन्तकुमार थारु

tharu mukti morcha

थारु राष्ट्रिय मुक्ति मोर्चाको तुलसीपुरमा भएको तेस्रो राष्ट्रिय सम्मेलनमा चर्को विवाद भएको छ। विवाद उत्पन्न भएपछि बैठकमा सहभागी प्रतिनिधिहरु घर फर्किएका छन्। Continue reading “विवादका बीच सकियो थारु राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलन, अध्यक्षमा सन्तकुमार थारु”

धरहराको प्रतिमूर्ति बनाएर भूकम्पको सम्झाना [फोटो फिचर]

deep prajwalan 01

गत वर्ष वैशाख १२ गतेको भूकम्प र त्यसपछिको परकम्पनबाट दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आज बेलुका सरकारले दीप प्रज्वलन गरेको छ । मृत आत्माको चिरशान्तिको कामना गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय चित्रबहादुर केसी र टोपबहादुर रायमाझी, गृहमन्त्री शक्तिबहादुर बस्नेत, वन तथा भू–सरंक्षणमन्त्री अग्नि सापकोटा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखेरलले माइतीघर मण्डलामा मैनबत्ती बालेर दीप प्रज्वलन गरे ।

deep prajwalan 02

दीप प्रज्वलनमा नेपालस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, सुरक्षाकर्मी, कलाकार, पत्रकार, उद्योगपति व्यवसायी एवम् समाजका विभिन्न क्षेत्रसँग आवद्ध लब्धप्रतिष्ठित एवम् सर्वसाधारणको ठूलो सङ्ख्यामा उपस्थिति रहेको थियो ।

deep prajwalan 04

विसं २०७२ वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर ७।६ रिक्टर स्केलको भूकम्प जाँदा लगभग नौ हजार मानिसको मृत्यु भएको थियो । दुई हजार २०० भन्दा बढी घाइते हुनुका साथै झन्डै पाँच लाख घर ध्वस्त भएका थिए । हालसम्म चार रिक्टर स्केल र त्यसभन्दामाथिका ४४९ परकम्प गएका छन् ।

deep prajwalan 03

यसैगरी, नेपालमा हालैको भूकम्प गएको एक वर्ष पुगेको अवसरमा सो भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्न आज दीप प्रज्वलन कार्यक्रमको आयोजना गर्यो ।

काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रम तथा त्यस क्षेत्रका विभिन्न सङ्घसंस्थाको विशेष पहलमा आयोजित त्यस कार्यक्रममा सो भूकम्पमा परी मृत्यु भएका आठ हजार ८५६ जनाको सम्झनामा आठ हजार ८५६ वटा दीप सामूहिक प्रज्वलन गरिएको थियो ।

deep prajwalan 05काठमाडौँको दमकल अगाडि माइदेगः, वसन्तपुरमा धरहरा र काष्ठमण्डपको प्रतिमूर्ति बनाउनुका साथै दशअवतार देखाउने देवल, माइदेगः, माद्यो पार्वतीको मन्दिर तथा नगरामा पनि दीप प्रज्वलन गरिएको थियो । दीप प्रज्वलनमा झन्डै २०० व्यक्तिले सिन्कामा कपडाले बेरेर घ्यू राखिएको इता प्रज्वलन गरी दीप बालिएको थियो ।

तस्बिर : रासस

मन्त्रीको दुखेसो- थारु आन्दोलनकारीले मञ्जु चौधरीको हातखुट्टा काट्न किन आएनन् ?

Manju Chaudhary

सहरी विकास राज्यमन्त्री मञ्जु चौधरीले नयाँ संविधानले कसैलाई भेदभाव नगरेको बताएकी छन्। विमल चौधरी नेतृत्वमा गठन भएको थारु विद्यार्थी समाज उपत्यका समितिले आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरीले नयाँ संविधानमा थारुको अधिकार पनि सुनश्चित भएको बताइन्। Continue reading “मन्त्रीको दुखेसो- थारु आन्दोलनकारीले मञ्जु चौधरीको हातखुट्टा काट्न किन आएनन् ?”

चम्पन सांस्कृतिक समूहको बेजोड प्रस्तुती (भिडियो हेर्नुस्)

विमल चौधरी नेतृत्वमा गठन भएको थारु विद्यार्थी समाज उपत्यका समिति (समानान्तर)ले आयोजना गरेको कार्यक्रममा चम्पन सांस्कृति समूहले आफ्नो प्रस्तुती देखाएको छ। हेर्नुस् भिडियो र तस्बिर हेर्नुस्: Continue reading “चम्पन सांस्कृतिक समूहको बेजोड प्रस्तुती (भिडियो हेर्नुस्)”

थारु विद्यार्थीद्वारा समुदायका पाँच युवालाई सम्मान प्रदान [फोटो फिचर]

Tharu Student Programe 08

विमल चौधरी नेतृत्वमा गठन भएको थारु विद्यार्थी समाज उपत्यका समिति (समानान्तर)ले थारु समुदायका प्रतिभावान पाँच जनालाई सम्मान गरेको छ। Continue reading “थारु विद्यार्थीद्वारा समुदायका पाँच युवालाई सम्मान प्रदान [फोटो फिचर]”