सिकलसेलका कारण थारु समुदाय तनावमा

sakal_cell_719123138छोरालाई ‘सिकलसेल एनिमिया’ देखिएपछि बाँके, टिटिहिरीया–३ निवासी भग्गुलाल थारुको परिवार यतिखेर तनावमा छ। परिवार भित्रै रोग देखिएपछि सबै सदस्यको रगत अनिवार्य जँचाउनु पर्ने बाध्यता छन्, उनी। रगत जँचाउन प्रतिव्यक्ति कम्तिमा पनि २ हजार रुपैयाँ शुल्क लाग्छ। प्रत्येक सदस्यको रगत जँचाउन ३० हजार भन्दा कम नलाग्ने भएपछि भग्गुलालले आँट्न सकेका छैनन्। Continue reading “सिकलसेलका कारण थारु समुदाय तनावमा”

संगीत सिक्न मन छ? संगीतकार विकास चौधरीलाई सम्पर्क गर्नुस्

Bikash Chaudhary

संगीतकार विकास चौधरीले संगीत शिक्षा सिक्न चाहने तर सिक्नका लागि आर्थिक समस्यामा परेका संगीत पारखीहरुलाई निःशुल्क संगीत शिक्षा दिने भएका छन् । चलचित्र एवं आधुनिक गीतसंगीतको क्षेत्रमा क्रियाशील रहँदै आएका संगीतकार विकास चौधरीले अनाथ, गरिब तथा जेहेन्दार व्यक्तिहरुलाई तीन महिनासम्म निःशुल्क संगीत शिक्षा प्रदान गर्ने भएका हुन् । विकास चौधरीले संचालन गर्दै आएको शान्ति इन्टरटेनमेन्ट संगीत पाठशालाद्वारा तीन महिनासम्म संगीतका पारखीहरुलाई निःशुल्क शिक्षा प्रदान गर्ने तर उक्त विद्यार्थीहरु अनाथ, गरिब तथा जेहेन्दार हुन् भन्ने सिफारिस भने अनिवार्य हुनुपर्ने संगीतकार चौधरीले बताए । Continue reading “संगीत सिक्न मन छ? संगीतकार विकास चौधरीलाई सम्पर्क गर्नुस्”

महाधिवेशन बहस : विजय गच्छदारले पार्टीको नाम फेर्लान् ?

Bijaya

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको राष्ट्रिय महाधिवेशन आगामी वैशाख २० देखि २२ गतेसम्म विराटनगरमा हुने भएको छ । महाधिवेशनमा पार्टीको नाम परिवर्तनबारे छलफल हुनेछ । पार्टी स्थापना भएको सात वर्षपछि फोरम लोकतान्त्रिकले पहिलोपटक राष्ट्रिय अधिवेशन गर्न लागेको हो । Continue reading “महाधिवेशन बहस : विजय गच्छदारले पार्टीको नाम फेर्लान् ?”

आन्दोलनमा सुरक्षा निकायको बल प्रयोग जायज थियो : गृहमन्त्री

Shakti Basne

गृह मन्त्री शक्ति बस्नेतले मधेस आन्दोलनमा सुरक्षाकर्मीबाट बल प्रयोग भएको घटना समयसापेक्ष भएको बताएका छन्। उनले सुरक्षाकर्मीबाट बल प्रयोग नगरेको भए देशको माहौल अहिलेजस्तो सहज नहुने बताए।  Continue reading “आन्दोलनमा सुरक्षा निकायको बल प्रयोग जायज थियो : गृहमन्त्री”

एमाले नेता भन्छन्- ‘आन्दोलनको कुनै अर्थ र औचित्य छैन’

yogesh-bhattaraiनेकपा एमालेका नेता योगेश भट्टराईले संविधान कार्यान्वयन र राष्ट्रिय एकता बलियो बनाउन नेपाली कांग्रेस सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका छन् । Continue reading “एमाले नेता भन्छन्- ‘आन्दोलनको कुनै अर्थ र औचित्य छैन’”

सवारी दुर्घटनामा निरञ्जन चौधरीसहित दुईको मृत्यु

Accident1पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दुम्किबास ५, ज्यामिरेमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट आउँदै गरेको लु १ ख ७८४५ नम्बरको ट्रकको ठक्करबाट दुई जनाको घटना स्थलमै ज्यान गएको हो । Continue reading “सवारी दुर्घटनामा निरञ्जन चौधरीसहित दुईको मृत्यु”

‘सयौं वर्षदेखि ब्राह्मण समुदायको मात्रै शासन सत्तामा वर्चस्व छ, यो जातीय राज्य होइन ?’

ashok-rai

सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले नेपाल अहिलेसम्म जातीय राज्य भएको आरोप लगाएका छन्। सयौं वर्षदेखि ब्राह्मण समुदायको मात्रै शासन सत्तामा वर्चस्व हुनुले अहिलेको राज्य नै एकल जातीय राज्य भएको बताए। Continue reading “‘सयौं वर्षदेखि ब्राह्मण समुदायको मात्रै शासन सत्तामा वर्चस्व छ, यो जातीय राज्य होइन ?’”

संविधानको व्यवस्था विपरीत राजदूत नियुक्ति गरेको भन्दै सर्वोच्चमा रिट

Supreme Court

सरकारले २१ देशका लागि राजदूत सिफारिस गरेको एक दिन नबित्तै उनीहरुको नियुक्ति रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ। अधिवक्ता रक्षाराम हरिचनले बुधबार राजदूत सिफारिस संविधानको व्यवस्था विपरीत भएकाले उत्प्रेषणको आदेशले बदर हुनुपर्ने माग गर्दै निवेदन लगेका हुन्। उनको रिट बुधबार हेर्दाहेर्दै भएकाले दर्ता वा दरपीठ दुवै गरिएको छैन। बिहीबार थप अध्ययनपछि निर्णय हुने सर्वोच्चले जनाएको छ। Continue reading “संविधानको व्यवस्था विपरीत राजदूत नियुक्ति गरेको भन्दै सर्वोच्चमा रिट”

अबको आन्दोलनले जनतालाई सास्ती हुँदैन : संघीय गठबन्धन

photo madheshiसरकारलाई दवाव दिन आन्दोलनको घोषणा गर्ने तयारीमा रहेको संघीय गठबन्धनले जनतालाई सास्ती नदिने कार्यक्रम गर्ने भएको छ। गठबन्धनको बुधबार बसेको बैठकले आन्दोलका कार्यक्रमलाई अन्तिम रुप दिएपनि सार्वजनिक भने गरेको छैन। Continue reading “अबको आन्दोलनले जनतालाई सास्ती हुँदैन : संघीय गठबन्धन”

प्रचण्डले मधेससँग लभ परेको भनेर ओलीसँग बिहे गर्नुभोः बाबुराम भट्टराई

Baburam bhattaraiनयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले एमाओवादी अध्यक्ष प्रचण्डमाथि मधेसलाई धोका दिएको आरोप लगाएका छन् । नयाँ शक्ति नेपालको मधेस जागरण अभियान अन्तर्गत गौरमा आयोजित कार्यक्रममा एमाओवादीका पूर्व नेता समेत रहेका भट्टराईले भने, ‘प्रचण्डजीले मधेससँग मेरो लभ परेको छ त भन्नु भो । तर, विवाह भने ओलीजी सँग नै गर्नु भो ।’ Continue reading “प्रचण्डले मधेससँग लभ परेको भनेर ओलीसँग बिहे गर्नुभोः बाबुराम भट्टराई”