१५ तस्बिरमा हेर्नुस् चिरै भजहर

Tharu Woman Festive- Chirai Bhajahar 01

शब्द/तस्बिर : अविनाश चौधरी।

 कैलालीको थारु महिलाले धनगढीमा चिरै भजहर पर्व मनाएका छन्। सखी सञ्जाल कैलालीको आयोजनामा भजहर पर्व मनाइएको हो। थारु महिलाले स्वतन्त्रताको रुपमा यो पर्व मनाउने गरेका छन्। यस पर्वमा महिलाहरु आफू चराजस्तै स्वतन्त्र मानेर रमाउने गरेको सखी सञ्जालका जिल्ला अध्यक्ष इन्दु चौधरीले बताइन्। उनका अनुसार यो पर्वका क्रममा महिला तथा युवतीहरुले आफू स्वतन्त्र भएर रमाउने गर्छन्।
भजहर पर्वमा मिठो परिकार खाने, बाटो छेकेर स्वैच्छिक चन्दा सङ्कलन गर्ने चलन रहेको छ। यो पर्वमा कोइली दिदी, तारा चिरउवर, उक्रुङ्ग ढुक्रुङ्ग जस्ता पौराणिक खेल खेल्ने गरिन्छ। त्यस्तै, नाचगान गर्दै रमाउने समेत गरिन्छ।
Chirai bhajahar 12

चिरै भजहर पर्व मनाएमा गाउँघरबाट रोगव्याधी हट्ने जनविश्वास रहेको छ। परापूर्वकालमा थारु समुदायमा देखिएको दादुरा र औलो रोग हटाउनका लागि यो पर्व मनाउन सुरु गरिएको किंबदन्ती रहेको स्थानीय दुर्गा कुश्मीले बताइन्। उनले भनिन्, ‘चिरै भजहर पर्व मनाएमा यस्ता रोग नलाग्ने जनविश्वास रहेको छ।’
गाउँघरमा सुख, शान्ति प्राप्तीका लागि पहिल्यैदेखि नै भजहर पर्व मनाउने चलन रहेको दुर्गा महतोले बताइन्। उनले यो पर्व मनाएमा कृषिबाली सप्रिने विश्वास समेत गर्दै आएको बताइन्।
थारु समुदायको परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले विगत दुई वर्षदेखि युवापिढीले यो पर्व धनगढीमा मनाउने गरेको सखी सञ्जालका अध्यक्ष चौधरीको भनाइ छ। उनले यसवर्ष पनि युवा पिढीले नै जुर्मुराएर गाउँघरमा मनाउँदै आएको पर्वलाई धनगढीमा मनाएको बताइन्।

Chirai bhajahar 01

Chirai bhajahar 02

Chirai bhajahar 03

Chirai bhajahar 04

Chirai bhajahar 05

Chirai bhajahar 06

Chirai bhajahar 07

Chirai bhajahar 13

Chirai bhajahar 11

लखन चौधरीका तस्बिर हेर्नुस्.

Chirai bhajahar 08

Chirai bhajahar 09

Chirai bhajahar 10

Chirai bhajahar 14

नयाँ संविधानको धारा २८२ उल्लंघन गर्दै २१ राजदूत सिफारिस, थारु परेनन्

नेपालको नयाँ संविधानको धारा २८२ लाई उल्लंघन गर्दै मन्त्रिपरिषद्ले २१ राष्ट्रका लागि राजदूत सिफारिस गरेको छ।संविधानमा समावेशी सिद्धान्तको आधारमा राजदूत नियुक्ती गर्नु पर्ने व्यवस्था छ। तर संविधान कार्यान्वयनका लागि हुनुपर्ने सरकार स्वयम् संविधान मिच्न थालेका छन्। Continue reading “नयाँ संविधानको धारा २८२ उल्लंघन गर्दै २१ राजदूत सिफारिस, थारु परेनन्”

आत्महत्या गरेकी प्रत्युषा गर्भवती भएको खुलासा

274129-pratyusha-banerjee

आत्महत्या गरेकी टिभी अभिनेत्री प्रत्युषा बनर्जीका विषयमा नयाँ नयाँ तथ्य सार्वजनिक हुने क्रम जारी छ। हालै मात्र प्रत्युषा गर्भवती भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। प्रत्युषाले आत्महत्या गर्नुअघिल्लो दिन मात्र उनले गर्भपतन गराएको सञ्चारमाध्यमले जनाएका छन्। Continue reading “आत्महत्या गरेकी प्रत्युषा गर्भवती भएको खुलासा”

थरुहट आन्दोलन कमजोर हुनुका आठ कारण [विचार]

Sitaram Chaudharyसिताराम थारु

अहिलेको नयाँ संविधानमा थारु, मधेसी जनजाति दलित, मुश्लिमहरुको अधिकार नयाँ संविधानमा नसमेटिएको कारणले गर्दा महिनौंदेखि थरुहटबासीहरु आन्दोलनमा थिए। यसरी महिनौं दिन बितिसक्दा पनि राज्यले थारुहरुको आन्दोलन बेवास्ता गर्दै गयो। Continue reading “थरुहट आन्दोलन कमजोर हुनुका आठ कारण [विचार]”

संघीय गठबन्धनको घोषणा- एकपटक फेरि आन्दोलन

interaction program offederal alliance-03

नयाँ संविधानप्रति विमति जनाउँदै आएका संघीय गठबन्धनका नेताले मुलुक जोगाउनका लागि पुनः एकपटक आन्दोलन गर्नुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित बृहत अन्तरक्रिया कार्यक्रममा गठबन्धनमा आबद्ध संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले समेत आन्दोलनलाई राष्ट्रिय स्वरूप दिनुपर्नेमा जोड गरेका हुन्। गठबन्धनमा मोर्चामा आबद्धसहित २६ साना दल छन्। Continue reading “संघीय गठबन्धनको घोषणा- एकपटक फेरि आन्दोलन”

थारु महिलाले यसरी मनाए चिरै भजहर [फोटो फिचर]

Tharu Woman Festive- Chirai Bhajahar 01कैलालीको धनगढी उपमहानगरपालिकामा बसोबास गर्दै आएका आदिवासी थारू, रानाथारू र कठरियाथारू समुदायले भव्यतापूर्वक चिरै भजहर पर्व मनाएका छन् । नारी स्वतन्त्रता र रोग प्रतिरोधी पर्वको रुपमा मनाइने प्रचलन रहेको आदिवासी थारू समुदायका महिलाहरुले परम्परागत विभिन्न कार्यक्रम गरी हर्षोल्लासपूर्वक चिरै/चरै भजहर पर्व मनाएका हुन् । बैशाखको टन्टलापुर घामको पनि वेवास्ता गरी परम्परागत लेहंगा र चोलिया पोशाकमै सजिएर रमाएका थिए । Continue reading “थारु महिलाले यसरी मनाए चिरै भजहर [फोटो फिचर]”

पारसको शतकमा नेपाल विजयी, नामिबियालाई ३ विकेटले हरायो

Paras-Khadka2

आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा नामिबिया विरुद्धको दोश्रो खेल पनि नेपालले जितेको छ। काठमाडौं कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियालाई ३ विकेटले हराएको हो। Continue reading “पारसको शतकमा नेपाल विजयी, नामिबियालाई ३ विकेटले हरायो”

टीकापुरमै भयो थारु-पहाडी युवा-युवतीबीच विवाह

Resma Mahato And Babu Dewkota

दुलहा ब्राह्मण। दुलही आदिबासी थरुनी। दुई भिन्नै समुदायबीच सम्पन्न मागी विवाह धेरैका लागि अनौठो लाग्यो। भदौ ७ को घटनापछि पहाडी र थारू समुदायबीच सद्भाव बिग्रिएको ठानिन्छ। यो अवस्थामा ब्राह्मण र थारूबीचको  विवाह अनौठो लाग्नु स्वभाविकै हो। Continue reading “टीकापुरमै भयो थारु-पहाडी युवा-युवतीबीच विवाह”