थरुहट सम्मिलित सङ्घीय गठबन्धनको २६ बुँदे माग, संयुक्त आन्दोलन गर्ने

Tharuhat Protest at Dhangadhiमधेसवादी पार्टी तथा जनजाति पार्टीहरुको संघीय गठबन्धनले फाष्ट ट्रयाकको नाममा जारी भएको ‘नेपालको संविधान’ ले मुलुकलाई प्रतिगमन तर्फ धकेल्ने कार्य गरेको भन्दै संविधानबारे साझा अवधारणा–पत्र सार्वजनिक गरेको छ । विभिन्न आन्दोलनरत पक्षसँग गरेका सम्झौताबिरुद्ध संविधान जारी गरिएको भन्दै गठबन्धले संविधानबारे २६ बुँदै माग तथा सुझावहरु प्रस्तुत गरेको हो । Continue reading “थरुहट सम्मिलित सङ्घीय गठबन्धनको २६ बुँदे माग, संयुक्त आन्दोलन गर्ने”

दुखाप्रसाद चौधरीको कथा- ‘राजदरवार कनेक्सनदेखि गरिजाप्रसाद कोइरालाको ड्राइभरसम्म’

Dukha Prasad Chaudhary

१२ वर्षकै उमेरमा घर छाडेर काठमाडौ भागेका थिए दुखाप्रसाद चौधरी । दुखाप्रसादलाई पढ्नका लागि घरमा कर गरेका थिए आमा बुवाले । उनलाई पढ्ने मन लागेन, अनि कसैलाई पत्तै नदिई २०२६-२७ साल तिर काठमाडौं आएका थिए ।

आफ्नो नाम दुखाप्रसाद भएपनि उनले आफ्नो जीवनमा धेरै सुखी मानिसहरु देखे । तीनै मानिसहरुसँग संगत गर्ने मौका पनि पाए । तर, दुखाप्रसादको आफ्नो जीवन चाहिँ धेरै सुख आईलागेन । उनको जीवनकथा चाहिँ साच्चैकै गजव छ । Continue reading “दुखाप्रसाद चौधरीको कथा- ‘राजदरवार कनेक्सनदेखि गरिजाप्रसाद कोइरालाको ड्राइभरसम्म’”

बाबुरामको चुनौती : संविधान नमान्ने हो भने सांसद पद छाड

Baburam bhattarai

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले नयाँ संविधान नमानेको हो भने संसद छाडेर आउन मधेसवादी दलहरुलाई चुनौती दिएका छन् । मधेस जागरण अभियान अन्तरगत आइतबार धनुषामा आयोजित कार्यक्तममा भट्टराईले मधेसवादी दलहरुले संविधान पनि मान्य छैन भन्ने र त्यही संविधान अन्तरगतको संसदमा बसेर भत्ता पनि खाने गरेको बताए । यदि आन्दोलन गर्ने हो भने भत्ताको लोभ नगर्न र संसद छाडेर आउन उनले चुनौती दिए । Continue reading “बाबुरामको चुनौती : संविधान नमान्ने हो भने सांसद पद छाड”

एमालेले तोक्यो प्रादेशिक राजधानी, दाङ, सुर्खेत र अत्तरीयालाई प्रस्ताव

Uml

सत्तारुढ दल नेकपा एमालेभित्र संघीय प्रदेशका राजधानीहरुका विषयमा छलफलका लागि प्रस्ताव पेस भएको छ। हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा एमालेको सल्लाहकार परिषदबाट प्रस्तावित राजधानीका विषयमा छलफल भने भएको छैन। Continue reading “एमालेले तोक्यो प्रादेशिक राजधानी, दाङ, सुर्खेत र अत्तरीयालाई प्रस्ताव”

थारु साहित्यिक मेलामा प्रश्न- थारु भाषलाई सरकारी कामकाजी बनाउन सकिँदैन ?

Tharu Literature Festivel dang 10

सन्तोष दहित
थारु भाषा, कला, सस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको थारु साहित्यिक मेला २०७३’ १४ बुँदे घोषापत्र जारी गर्दै शनिबार राजपुरमा सम्पन्न भएको छ। शुक्रबारदेखि सुरु भएको थारु साहित्यिक मेलामा ९ जिल्लाका थारु साहित्यिनुरागीहरुको सहभागिता थियो। Continue reading “थारु साहित्यिक मेलामा प्रश्न- थारु भाषलाई सरकारी कामकाजी बनाउन सकिँदैन ?”

बालिका बलात्कारका मुख्य अभियुक्त कृष्ण महतो पक्राउ

Krishna Mahatoनवलपरासीको कावासोतीका १३ वर्षीया बालिकालाई सामुहिक बलात्कार गर्ने मध्येका मुख्य योजनाकार भनिएका कृष्ण महतो पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय नवलपुरबाट गएको प्रहरीको टोलीले विशेष अपरेशनको क्रममा महतोलाई मोरड्डको विराटनगरबाट शुक्रबार दिउंसो पक्राउ गरेको हो । Continue reading “बालिका बलात्कारका मुख्य अभियुक्त कृष्ण महतो पक्राउ”

पत्रकार लक्की चौधरी सम्मानित

Lucky_Sammanगोरखापत्रकर्मी लक्की चौधरी सक्रिय युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। सूचना तथा सञ्चारमन्त्री शेरधन राईले शनिबार एक कार्यक्रमकाबीच पत्रकार चौधरीलाई सम्मानित गरे।  Continue reading “पत्रकार लक्की चौधरी सम्मानित”

कमाउन विदेश हिँडेको दुई दिनमै बाकसमा फिर्ता

bakasखोटाङको राखाबांदेल–९ की ३२ वर्षीय लक्ष्मी राई दुबई जाने अन्तिम तयारीमा थिइन्। हाल राजधानीमा बस्दै आएकी लक्ष्मी विदेश जानुअघि एकपटक आमा र दाईलाई भेट गर्न भनेर राखाबांदेल पनि आइन्। गाउँ आएलगत्तै राजधानी फर्किएकी उनी महादेवस्थान–१ बर्खेटारमा मंगलबार भएको बस दुर्घटनामा बितिन्। Continue reading “कमाउन विदेश हिँडेको दुई दिनमै बाकसमा फिर्ता”

इक्वेडरमा शक्तिशाली भूकम्प, कम्तिमा २८ को मृत्यु [भिडियो]

Earthquake Hits Near Ecuador's Coast

ल्याटिन अमेरिकी देश इक्वेडरमा ७.८ रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी अहिलेसम्म २८ जनाले ज्यान गुमाएको सरकारी अधिकारीहरुले जनाएका छन् । राजधानी क्योटो बाट १ सय ६० किलोमिटर परको म्युसिनी शहरलाई केन्द्रबिन्दु बनाउदै भूकम्प गएको हो । १९ किलोमिटर गहिराईमा मापन गरिएको भूकम्पले राजधानी क्योटोमा पनि ठूलो धक्का महसुस गरिएको थियो ।

भूकम्पले बढी मात्रमा प्रभाव परेका ६ वटा क्षेत्रमा सरकारले संकटकालको घोषणा गरेको छ । भूकम्पका कारण सुनामी आउने खतरा रहेको भन्दै सजग रहन उक्त क्षेत्रका बासिन्दालाई आग्रह गरिएको छ ।

भिडियो हेर्नुस्: