भारतलाई हराउँदै वेस्ट इन्डिज फाइनलमा

West Indies

भारतलाई घरेलु मैदानमा ७ विकेटले हराउँदै वेष्ट इण्डिज टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। भारतले जितका लागि १९३ रनको लक्ष्य प्रस्तुत गरेको थियो, जसलाई वेष्टइण्डिजले अन्तिम दुर्इ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो। अन्तिम दुई ओभरमा वेष्टइण्डिजलाई २० रन चाहिएको थियो । Continue reading “भारतलाई हराउँदै वेस्ट इन्डिज फाइनलमा”

फेसबुकबाट चरित्रहत्या गर्ने निरजकुमार चौधरी पक्राउ

facebook crime

सामाजिक सञ्जाल फेसबुकमार्फत धम्की दिई चरित्र हत्या गरेको अभियोगमा निरजकुमार चौधरी पक्राउ परेका छन्। हेटौंडा उपमहानगरपालिका-८ कमाने बस्ने ‘निरज बाबा’ उपनामले चिनिने चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार मकवानपुर हेटौंडास्थित बुद्धचोकबाट पक्राउ गरेको हो। Continue reading “फेसबुकबाट चरित्रहत्या गर्ने निरजकुमार चौधरी पक्राउ”

सीके राउतको अन्तर्वार्ता प्रसारण गर्ने ABC टिभीलाई काउन्सिलको निर्देशन

Ck raut

एबिसी टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘एबिसी वाच’ले पत्रकार आचारसंहिताको उल्लङ्घन गरेको भन्दै प्रेस काउन्सिल नेपालले गल्ती सच्याउन निर्देशन दिएको छ । यही चैत १७ गते सो टेलिभिजनबाट प्रसारित सो कार्यक्रममार्फत सिके राउतको अन्तरवार्ताप्रति गम्भीर ध्यानाकर्षण भएको काउन्सिलले जनाएको छ । Continue reading “सीके राउतको अन्तर्वार्ता प्रसारण गर्ने ABC टिभीलाई काउन्सिलको निर्देशन”

बामदेवको खुलासा : थरुहट राज्य कहिल्यै अस्तित्वमा थिएन

Bamdev Gautam

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मधेस र थरुहट राज्य कहिल्यै अस्तित्वमा नभएको बताएका छन् । साथै उनले बहुराष्ट्रिय राज्यको माग नेपाल विखण्डन गर्ने माग भएको समेत बताएका छन् । अखिल नेपाल किसान महासंघको राष्ट्रिय सम्मेलनका लागि गौतमले तयार पारेको सैद्धान्तिक-राजनीतिक प्रतिवेदनमा तराई-मधेसमा भएको आन्दोलन राष्ट्रिय स्वतन्त्रता, अखण्डता एवं सार्वभौमसत्ता विरुद्ध भएको बताएका छन् । Continue reading “बामदेवको खुलासा : थरुहट राज्य कहिल्यै अस्तित्वमा थिएन”

थारु विद्यार्थी समाजले राजधानीबासी विद्यार्थीलाई प्रशिक्षण दिने

Tharu Students

थारु विद्यार्थी समाजले चैत २५ गते प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। राजधानीबासी विद्यार्थीहरुलाई तीन जना विज्ञले कार्यपत्र प्रस्तुत गर्ने तयारी रहेको थारु विद्यार्थी समाजका महासचिव चन्द्रप्रसादले जानकारी दिए। Continue reading “थारु विद्यार्थी समाजले राजधानीबासी विद्यार्थीलाई प्रशिक्षण दिने”

मेरो भाषाको सम्मान खोइ ?

Indu Chaudhary

इन्दु थारु
मैले सुगुंरको मासु खान सानै हुँदा छोडेको। छोड्नुको एउटा विशेष कारण थियो, साथीहरुले सुंगुरको मासु खान्छ भनेर जिस्क्याउँथे। मलाई साह्रै हिनताबोध भएर आउँथ्यो। सुंगुर खाएर गर्नै नहुने अपराध गरेजस्तो। मुसा को हकमा पनि त्यही भयो। सुंगुर र मुसा खान छोडेर देखाउन चाहन्थे– हेर सुंगुर र मुसा खाने थारु म होइन, तिमीहरुको उच्च संस्कृति अंगाल्ने भएको छु। Continue reading “मेरो भाषाको सम्मान खोइ ?”

कालो संविधान र सांसदहरुविरुद्ध लेखीको पार्टीले आन्दोलन गर्ने

Na Sa Pa- Lekhi

नागरिक समाजवादी पार्टीका (नासपा)का संयोजक राजकुमार लेखीले कालो संविधानविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन्। बिराटनगरमा आयोजित कार्यक्रममा बोल्दै लेखीले कालो संविधानका हस्ताक्षरकर्ताहरुविरुद्ध गाउँ गाउँ र झुपडीबाट आन्दोलन गर्ने तयारी भइरहेको बताए। Continue reading “कालो संविधान र सांसदहरुविरुद्ध लेखीको पार्टीले आन्दोलन गर्ने”