देश खिण्डनको घोषित अभियानमा रहेका सिके राउतको बुधबार एबिसी टेलिभिजनले लिएको अन्तरवार्तालाई लिएर उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले कडा आपत्ति जनाएका छन्। देश टुक्र्याउनुपर्छ भनेर अन्तरवार्ता दिने राउतलाई ‘इन्काउन्टर’ गर्नुपर्ने र अन्तरवार्ता लिने टेलिभिजनमाथि समेत कारवाही गर्नुपर्ने उपराष्ट्रपति पुत्र पुनले प्रतिक्रिया दिएका छन्। Continue reading “उपराष्ट्रपतिपुत्र दिपेश पुनले भने- सिके राउतलाई ‘इन्काउन्टर’ गर्नुपर्छ”
Author: admin
गङ्गाराम राना र १७ वर्षीय छोरी उर्मिला राना एकसाथ प्रवेशिका परीक्षा दिँदै
कञ्चनपुरको देखतभूली–३ सिगलपट्टिका बुबाछोरी एउटै परीक्षा केन्द्रमा सँगै प्रवेशिका परीक्षामा सहभागी भएका छन्। शिव शक्ति माध्यमिक विद्यालय कालागौँडीमा अध्ययनरत ४० वर्षीय गङ्गाराम राना र उहाँकी १७ वर्षीय छोरी उर्मिला रानाले राष्ट्रिय उच्च माध्यमिक विद्यालय पिपलाडीमा रहेको परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन्। Continue reading “गङ्गाराम राना र १७ वर्षीय छोरी उर्मिला राना एकसाथ प्रवेशिका परीक्षा दिँदै”
नदीमा बगेको खुसी फर्किँदा…

विनाश चौधरी/कैलाली
आठ वर्ष अगाडि आएको ठूलो बाढीले कैलालीको ललितपुर गाउँलाई तहसनहस पार्यो। गाउँका स्थानीयहरु जेनतेन ज्यान जोगाउन सफल भए। तर, सम्पत्ति, चौपाया सबै गुमाए। मिलेर बसेको गाउँलाई बाढीले उजाड बनायो। ८५ परिवार थातथलो छाडेर विस्थापित भए।
‘बल्लतल्ल ज्यान जोगाएर सुरक्षित स्थान पुगेका थियौं’, २०६४ मा आएको बाढीलाई स्मरण गर्दै स्थानीय अटुवारी चौधरीले भन्नुभयो–’तर, सम्पत्ति, पशु चौपाया सबै बाढीले लग्यो। केही बाँकी राखेन।’ लगाएको कपडा र मान्छेमात्रै जोगिएको सुनाउँदै उहाँले त्यसपछि सबैले गाउँ छाड्न वाध्य भएको बताउनुभयो।
त्यस बेला आएको बाढी एक डेढ हप्तापछि सामान्य भए पनि विस्थापित स्थानीयको जनजीवन सामान्य हुन सकेन। ‘बाढी त गयो तर, गाउँ, जग्गा जमिन रहेन।’, चौधरीले अगाडि थप्नुभयो–’२०४० सालदेखिको बस्ती र जग्गा बगर बनेपछि हामी तत्काल फर्कन सकेनौं।’
धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको ललितपुर गाउँ छ वर्षसम्म सुनसान रह्यौ। थातथलो छाडेर अन्यत्र विस्थापित स्थानीयहरु मोहना र घुरहा नदीका कारण छ वर्षसम्म पुरानो ठाउँमा बसोबास र खेतीपाती गर्न सकेनन्। उनीहरु विभिन्न ठाउँमा रहेका आ–आफ्ना आफन्तहरुको सहारामा जिविका चलाए। तर, केहि वर्ष अगाडि मोहना नदीमा जैविक तटबन्ध बनाइएपछि जग्गा कटानी रोकिएको छ। जग्गा कटानी रोकिएसंगै ३० परिवार २०७० मा पुनः थातथलो फर्केका छन्।

पुरानै गाउँमा झुपडी बनाएर बसेका उनीहरुले बगर बनेको जग्गामा विगत दुई वर्षयता सामूहिक उखु खेती गर्दै आएका छन्। करिब ११ विघा जमिनमा गरिएको उखु खेतीले नदीमा बगेको स्थानीयको खुशीलाई फर्काएको छ। सामूहिक उखु खेतीले आम्दानी हुनुका साथै बलौटे जमिनलाई मलिलो बनाउने काम गरेको स्थानीयले सुनाएका छन्। यसवर्ष माटो मलिलो भएपछि गहुँ खेती समेत गरिएको छ।
बाढीका कारण ठूलो दुःख पाएका बेला बलौटे जमिनमा गरिएको सामूहिक उखु खेतीले गाउँमा खुशी फर्काएको सो गाउँका अगुवा गयादिन चौधरीले बताउनुभयो। उहाँले फर्केका मध्ये २२ परिवारले सामूहिक उखु खेती गर्दा त्यसले ठूलो राहत भएको जानकारी दिनुभयो।
मर्सिकोरको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी कैलालीले आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन परियोजना लागू गरेर स्थानीयहरुलाई उखु खेतीमा अग्रसर गराएको हो। उक्त परियोजनाको सहयोगमा उखु खेती थालेका स्थानीयहरु अहिले खुशी छन्।
‘यो खेतीले काम र दाम दुवै दिएको छ’, अटुवारी चौधरीले सुनाउनुभयो–’गुजाराका लागि मजदुरी गर्दै आइएकोमा त्यो काम पनि अहिले गर्नु परेको छैन।’ उखु बेचेर उनीहरुले एउटा ट्रयाक्टर, ट्रली र पम्पसेट किनेका छन्। आम्दानीको रकम समूहको कोषमा राखिएको छ भने यसवर्ष केहि रकम समूहमा आवद्ध परिवारलाई बाँडिएको छ। कोषको रकम आपतविपद्मा सहयोग गर्ने गरेको जनाइएको छ।

बगर बनेको खेतमा उखु खेती गरेपछि गाउँलाई दोहोरो फाइदा भएको स्थानीय राजकुमारी चौधरीले बताउनुभयो। उहाँले भन्नुभयो–’एकातिर हाम्रो बलौटे जग्गा अन्य बालीका लागि योग्य बनेको छ भने अर्कोतिर आम्दानीमा समेत वृद्धि भएको छ।’ गहुँ, धान बाली भन्दा उखु खेतीले बढी फाइदा भएको उहाँले सुनाउनुभयो।
आफूहरु दुःख गरेर पुनः गाउँ फर्के पनि बाटो र विजुली नहुँदा भने ठूलो समस्या भएको स्थानीयको भनाइ छ। गाउँबाट हुलाकी सडकसम्म पुग्नका लागि बाटो नहुँदा ओहोर दोहोरमै समस्या भएको सोनिया चौधरीले दुखेसो गर्नुभयो। ललितपुर गाउँ उपमहानगरपालिकाभित्रै भए पनि आफूहरुको जीवन बत्तीमुनीको अँध्यारो जस्तै रहेको उहाँको भनाइ छ।
ललितपुर गाउँ पुग्नु भएका जिल्ला विकास समिति कैलालीका विमल ओझाले बाटोका लागि आफ्नो कार्यालयमा कुरा राख्ने प्रतिवद्धता जनाउनुभयो। उहाँले सरोकारवाला निकायलाई झक्झक्याई राख्न गाउँबासीलाई आग्रह समेत गर्नु भएको छ।
‘प्रक्रिया अनुरुप तपाईहरु योजना माग्नुस’, उहाँले भन्नुभयो–’लक्षित वर्गका लागि आउने कार्यक्रम पनि तपाईहरुको गाउँलाई पर्न सक्छ।’
ललितपुरबासीहरुको प्रयासको प्रशंसा गर्दै जिल्ला कृषि विकास कार्यालयका प्रमुख युवराज पाण्डेयले बगर खेतीका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो। उहाँले स्थानीयहरु इच्छाएमा तरकारी खेतीमा सहयोग गर्न कृषि विकास कार्यालय तत्पर रहेको बताउनुभयो।
‘तपाईहरु गर्छौं भन्नुस, हामी सहयोग गर्न तयार छौं’, पाण्डेयले भन्नुभयो–’तर, व्यावसायिक रुपमा अगाडि बढ्ने गरी प्याकेज बनाएर आउनुस।’ उहाँले तरकारी खेतीको कार्यक्रमबाट पनि आयआर्जन हुने उल्लेख गर्नुभयो।
छ वर्षसम्म सुनसान बनेको ललितपुर गाउँमा पुनः खुशी छाउन थालेको छ। कृषिमा आधारित कामले जिविकोपार्जनमा सहज भएपछि गाउँमा केहि हद्सम्म चहल पहल बढेको देख्न सकिन्छ।
शान्ति चौधरीको ६२औं कृति विमोचन

लेखिका तथा कवियत्री शान्ति चौधरीको ६२औं कृति हिन्दी भाषाको कविता संग्रह मेरी कवितामे मोदीको पुस्तक चैत १७ गते विमोचन भएको छ। सिर्जना विकास केन्द्रद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि सांसद आरजु देउवाले पुस्तकको विमोचन गर्नु भएको हो। पुस्तकको विमोचन गर्दै देउवाले भने- समाजसेवा संगसंगै आफ्नो उमेरभन्दा बढी कृति लेख्ने कवियत्री शान्तिबाट अन्य दिदी बैनीहरुले पनि प्रेरणा लिन सक्नुपर्छ। Continue reading “शान्ति चौधरीको ६२औं कृति विमोचन”
टीकापुर घटनामा साढे नाैं कराेडकाे क्षति
कैलालीको टीकापुरमा भदौ ७ र ८ गते घटेको घट्नाको क्रममा भएको तोडफोड र आगजनीबाट भएको क्षतिको प्राराम्भिक विवरण सार्वजनिक गरिएको छ । सार्वजनिक कार्यक्रम मूल्यांकन समितिले तयार पारेको क्षति विवरण अनुसार आगजनी र तोडफोडबाट ७६ जनाको व्यापार व्यवसाय र घरभवनमा आगजनि र तोडफोड भै करिब साढे नौ करोड भन्दा वढीको क्षति भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । Continue reading “टीकापुर घटनामा साढे नाैं कराेडकाे क्षति”
उपत्यका विद्यार्थीकाे अधिवेशन चैत २७ मा हुने
थारू विद्यार्थी समाज उपत्यका समितिकाे अधिवेशन चैत २७ गते हुने भएकाे छ। मंगलबार बसेकाे उपत्यका समितिकाे बैठकले साे निर्णय गरेकाे समितिका सचिव विमल चाैधरीले जानकारी दिए। Continue reading “उपत्यका विद्यार्थीकाे अधिवेशन चैत २७ मा हुने”
नासपा सिरहामा जिल्ला कार्यसमिति र विद्यार्थी फ्रन्ट गठन
राजकुमार लेखी नेतृत्वकाे नागरिक समाजवादी पार्टीले सिरहा जिल्लामा कार्यसमिति गठन गरेकाे छ। अाइतबार बसेकाे भेलाले दश्मीलाल चाैधरीकाे संयाेजकत्वमा २५ सदस्यीय कार्यसमिति गठन गरेकाे हाे। दश्मीलाल फाेरम लाेकतनन्त्रिक परित्याग गरेर नेतृत्व लिएकाे पार्टीका प्रवक्ता राज थारूले जानकारी दिए। Continue reading “नासपा सिरहामा जिल्ला कार्यसमिति र विद्यार्थी फ्रन्ट गठन”
वीर्यदाता खोजेर बिहे

अघिल्लो बिहे बिग्रेपछि अमिना हर्टले कृत्रिम गर्भधारणबाट सन्तान जन्माउने योजना मात्र बनाएकी थिइन् तर तिनै वीर्यदातासँग बिहे होला भन्ने कल्पनासम्म गरेकी थिइनन् तर नियतिले त्यस्तै जुरायो। लन्डनमा जन्मिएकी अमिना, ४५, विरक्तिएर अस्ट्रेलिया बसोबास गर्न थालेकी थिइन्। एक्लो जीवनमा रंग भर्न उनले कृत्रिम गर्भाधान रोजिन्। जसै छोरी लैला हुर्कन थालिन्, अमिनालाई वीर्यदाता खोज्ने हुटहुटी जागेर आयो।
त्यसो त अस्पतालले वीर्यदाताका बारेमा जानकारी दिन रुचाउँदैनन् तर उनले कुनै उपाय लगाइन् र लैला एक वर्षकी भएपछि वीर्यदाता स्कट एन्डरसनसँग भेटिन्। दुवैको भेट ‰याँङि्दै जाँदा ती दुईबीच बिहेसम्म पुगे।
‘हामी दुवैले बिहेसम्म कुरा पुग्ला भन्ने सोचेका थिएनौं,’ स्कटले भने, ‘म छोरीको मोहमा हुरुक्कै भएँ अनि मात्र अमिनासँग प्रेममा डुबेँ।’ स्कट आफैं छोरीप्रति मोहित भएपछि तीन वर्षअघि महिनामा एक दिन भेट्न थाले। हुँदाहुँदा लैलाले स्कटलाई ‘बाबा’ भनेर बोलाउन थालेपछि क्रमशः अमिनाप्रति आकर्षित भए।
विज्ञापन एजेन्सीमा काम गर्ने अमिनाका लन्डनमा रहेका पतिबाट दुई छोरा थिए तर केही समय अन्तरमा दुवैको देहान्त भयो। त्यो बेला उनलाई थाहा भयो, उनको शरीरमा बिरलै पाइने ‘जेनेटिक डिसअर्डर’ छ, जसका कारण छोरा जिउँदो हुँदैनन् तर छोरी चाहिँ बाँच्न सक्छन्।
४२ वर्षको उमेरमा उनले अन्तिम प्रयास गरेर कृत्रिम गर्भाधानमार्फत् छोरी जन्माएकी थिइन्। छोरी हुर्कंदै जाँदा आफूलाई यति गज्जबको उपहार दिने ‘पुरुष’ खोज्न थालिन्।
त्यसो त कानुनअनुसार यस्ता सन्तान १८ वर्ष नपुगुञ्जेल वीर्यदाताले सन्तान भेट्न पाउँदैनन् तर अमिनाले छोरीको तस्बिर पठाएपछि स्कट भेट्ने लोभबाट जोगिन सकेनन्। उनले भने, ‘छोरी ठ्याक्कै मैजस्ती थिई, नभेटी मनैले मानेन।’
यसअघि दुई पटक विवाहित स्कटका चार अन्य सन्तान छन्। भेट्दै जाँदा अमिनालाई स्कट एउटा ‘असल केटो’ लाग्यो। एक दिन वर्षाका कारण सडक अवरुद्ध हुँदा स्कट घर फर्कन पाएनन्। अमिनाले स्कटलाई चुम्बन प्रस्ताव राखिन्। यही चुम्बनपछि प्रेम बढाउन काफी बन्यो।
यसपछि यो जोडीले थाइल्यान्डमा बिना मनाउने क्रममा बिहेका लागि औंठी साटासाट गरे।
यो कथा नौलो छ त? ‘वीर्यदान’ बाहेक कथामा नौलोपन पक्कै छैन। अंग्रेजी फिल्मका दर्शकले यसअघि यस्तै कथामा ‘लभ एक्चुअल्ली’ र ‘ब्रिगेट जोन्स डायरी’ हेरिसकेका छन्। कथा नौलो नभए पनि अमिनाले पछिल्लो समय लेखेको आत्मकथा ‘हाउ आइ मेट हर फादर’मा हलिउडले फिल्म बनाउने घोषणा गरिसकेको छ।
शिवानीसिंह थारूलाई १३ आरोप : तपाईँ पुरूषको अस्तित्व स्वीकार्न नचाहने महिला हो ?

मोडलिङ, सञ्चारकर्म हुँदै लेखनमा लागेकी शिवानीसिंह थारू नामभन्दा पनि ब्रान्ड भइसकेको छ । मानवअधिकार, सामाजिक न्यायमा बेलाबेला आवाज उठाइरहने शिवानी अहिले पहिलो उपन्यास लेखनमा सक्रिय छिन् । २०७३ भित्र उपन्यास ल्याइसक्ने बताउने शिवानीका प्रशंसक र आलोचक उत्तिकै छन् । यसपटक बाह्रखरीका लेनिन बञ्जाडेले विभिन्न क्षेत्रका ५ व्यक्तिसँग उनीमाथिका १३ आरोप लिएर सोधेका छन्ः
१) कुनै बेला मेरो गीत मेरो सन्देश जस्ता चर्चित कार्यक्रम चलाउने शिवानीसिंह थारू अचेल कता हराइन् ?
टेलिभिजनको पर्दाबाट हराएको भन्न खोजेको हो भने हराएकै हो । कसैले टेलिभिजनकै पर्दामा खोजिराखेका छन् भने केही समय पर्खिनुपर्ला । भेट्न कसैले खोजेका छन् भनेमेरो नयाँ ठेगाना सबैलाई थाहै छ । आजकाल त्यतै झुल्किने गरेकी छु ।
२) तपाईंले उपन्यास लेख्छु भन्न थालेको एक दशक हुन लागिसक्यो । किन ढाँटनुभएको ? अझै कति दशक पर्खिनुपर्ने हो ?
एक दशक भएको छैन । हुन लागेको छ । लेख्दै नलेखेर लेखिराखेकी छु भने पो ढाँटेको भन्न मिल्छ । लेखिराखेकै छु । आफ्नै डेडलाइन उछिनेर हो भनेको कुरा नमिलेको । अब किन ढिला भयो भन्ने हो ! यसको कारण पनि रोचक नै छ । अहिले भन्यो भने स्पष्टीकरण दिएझैं सुनिन्छ । उपन्यास आएपछि भन्दा बल्ल औचित्य पुष्टि हुन्थ्यो । त्यसैले यो प्रश्नको उत्तर अहिलेलाई उधारो ।
३) तपाईं पुरूषको अस्तित्व नै स्वीकार्न नचाहने महिला हो रे ! टिप्पणी गर्नेहरू त्यसै भन्छन् । सही हो कि गलत ?
कुन आधारमा यसो भनियो, बुझिएन । तर,जेठमा नेपालगन्ज जाँदा त म मच्छडको अस्तित्व स्वीकार्ने मान्छे, कहाँ पुरुषको कुरा गर्नुभएको ! मलाई माया गर्ने पुरुष, मलाई हेला गर्ने पुरुष, मलाई इज्जत गर्ने पुरुषहरुले गर्दा नै म महिला हुनुको परिपक्वता अनुभूत गर्छु ।
४) सामाजिक सञ्जालमा तपाईं आक्रामक हुनुहुन्छ । कसैले तपाईंको कुरामा असहमति जनाउँदा पनि गाली गर्नुहुन्छ भन्छन् । किन त्यसो गर्नुहुन्छ ?
सामाजिक सञ्जाल धेरैले धेरै कुराका लागि चलाउँछन् । म मेरो आवाज मुखर गर्न प्रयोग गर्छु । राज्यप्रति मेरो असहमति नै होइन, आक्रोश छ– जसरी अहिले आम नेपालीमा छ । राजनीतिका ठेकेदारहरुको डबल स्ट्यान्डर्ड देखेर तीब्र घृणा हुन्छ । जसरी अहिले आम नेपालीलाई छ । मैले त्यही गरिराखेकी छु, जुन सबैले गरिराखेका छन् । फरक के छ भने म चिनिएको भएर मेरो आवाज चर्को सुनिन्छ ।
आजसम्म मुखै छाडेर मैले गाली गरेकी त छैन । दन्तबझान त भइराख्छन् । त्यति नगरे छाला कसरी बाक्लो हुने ?
५) तपाईंको व्यक्तित्व ग्ल्यामरस छ । ग्यालमरले मात्रै टिकिरहन्छु जस्तो लाग्छ ?
कुनै लाइट र क्यामराबिना नै मलाई ग्ल्यामरस देख्नुहुन्छ भने त राम्रो कुरा हो । म ग्ल्यामरस भएरै तपाईंहरुले यो अन्तर्वार्ता लिनुभएको हो ? हो भने धन्यवाद । होइन, यसबाहेक अन्य कारणले पनि अन्तर्वार्ता लिनुभएको हो भने म त्यसकै भरमा टिकेकी हुँ ।
६) एकपटक बलात्कारी पुरुषको लिंग काट्नुपर्छ भन्नुभयो, खुब हल्लीखल्ली भयो । यो त हिटलर शैली भएन र ?
मलाई अहिले पनि लाग्छ– बलात्कारीको लिंग काटिनुपर्छ । राज्यले यही सजाय तोक्नुपर्छ बलात्कारीका लागि । लिंग काटिनु भनेको मार्नु होइन, क्रूरचाहिँ हो । सोच्नुस् त ! बलात्कार गरिएकी महिला कसरी हरेक दिन त्यो अपमानबोधमा बाँच्नुपर्छ । यस्तै खालको सजाय बलात्कारीलाई दिनुपर्दा अरु के हुन सक्छ ? मेरो आक्रोशित दिमागले योभन्दा उपयुक्त सजाय अरु सोच्न सकेन । अरुको दिमागमा आए मोस्ट वेलकम । तर, हाललाई बलात्कारीले हरेक दिन त्यो हिंसासित बाँच्ने सजाय भनेको यही नैहो जस्तो लाग्छ ।
७) बुवाको नाम र जातले तपाईंलाई धेरै अवसर दियो भनियो भने सही हुन्छ कि गलत ?
म राजनीतिमा लागेको भए मलाई मेरो बुवाको नाम र जात दुवैले फाइदै फाइदा हुन्थ्यो होला । तर, मैले टेलिभिजमा काम गरें, रेडियोमा काम गरें, नाटकमा काम गरें, मोडलिङ गरें, अहिले साहित्यकर्ममा छु । यी क्षेत्रमा तपाईं फत्तेहसिंह थारुकी छोरी हुनुस् वा बाराक ओबामाकी– तपाईंलाई तपाईको मेहनतबाहेक कसैले साथ दिँदैन ।
८) तपाईं सञ्चारकर्म र लेखन क्षेत्रमा जम्नुभयो । तर, तपाईंको लेखनमा थारुलगायत सीमान्तकृत समुदाय किन अटाएनन् ? लेखनमा पनि वर्ग हुन्छ ?
यो प्रश्नको जवाफ म मेरो उपन्यास आएपछि दिनेछु ।
९) तपाईं कतै पनि अडिन नसक्ने, जता पनि हात हाल्ने गर्नुहुन्छ भन्ने सुनिन्छ । सबै चिजको अनुभव लिनुपर्छ भनेर हो कि काम गर्न नसकेर ? खासमा तपाईंको परिचय के हो ? मोडल, सञ्चारकर्मी, लेखक वा अरू केही ?
म मिडियामै छु । क्षेत्र मेरो उही हो, मात्र माध्यम फरक भएको हो– समयसमयमा । म डाक्टरबाट पाइलट भएकी होइन । मोडल हुँदा भावभंगिमामा म अभिव्यक्त हुन्थें/हुन्छु । रेडियो नाटक लेख्दा नाटकमा अभिव्यक्त गर्थें/गर्छु । टेलिभिजनमा हुँदा म आफैं प्रस्तुतिहरुमा अभिव्यक्त हुन्थें/हुन्छु । अहिले मैले उपन्यास लेखिरहेकी छु । मैले आफू साथसाथै एउटा समाज अभिव्यक्त गर्दैछु । खास भन्ने हो भने मैले अहिले पनि यी सबै कुरा गरिराखेकै हुन्छु ।
जसका लागि जुन कर्मले म बेसी चिनिन्छु, मेरो परिचय त्यही हो । मलाई फोटोसेसन गर्ने फोटोग्राफरहरुले मोडल भन्दा मैले सच्याउने गरेकी छैन ।
१०) तपाईंमा के कुराको घमण्ड छ ?
मलाई कुनै कुरामा घमण्ड छैन । साथसाथै मलाई सबै कुरामा घमण्ड छ । आफूसँग जे–जे छ, त्यही कुरामा मलाई घमण्ड छ । आफूसँग जे–जे छैन, त्यही नहुनुमा पनि मलाई घमण्ड छ । मलाई आफू हुनुमा घमण्ड छ ।
११) मिडियासँग नजिक भएर तपाईं बेलाबेलामा चर्चामा आइरहनुहुन्छ भन्ने आरोप लाग्यो भने कसरी खण्डन गर्नुहुन्छ ?
म बालै दिन्नँ । चल्नैपर्ने विषयमा चर्चा चल्दा किन टाउको दुखाउने ? त्यसपछि मिडियासँग नजिक हो किटाढा– तपसिलका विषय हुन्छन् ।
१२) हामी केटकेटी हुँदा पनि यस्तै देखिनुहुन्थ्यो, अहिले पनि उस्तै देखिनुहुन्छ । मेकअपमा सालाखाला कति खर्च गर्नुहुन्छ ?
मैले टेलिभिजन कार्यक्रम गर्दाप्रयोग गरेको मेकअप किट अहिलेसम्म बाँकी छ । अहिले पनि मैले त्यही चलाइरहेकी छु । मेरो खर्चजति किताबमै जान्छ । अँ उस्तै देखिन्छु कि देखिन्नँ, थाहा छैन । देखिन्छु भने त्यो मलाई माया गर्नेको लाली हुनुपर्छ । प्रेममा परिरहनू, हरियाली त्यसै भइराख्छ ।
१३) विवाहबारे तपाईंको धारणा के हो ? मान्छेलाई जोडी किन चाहिँदोरहेछ ? वा चाहिन्न ?
मेरो विवाह भएको आठ वर्ष भयो, मैले अहिले पनि विवाहबारे ठोस धारणा बनाउन सकेकी छैन । अरुले भन्ने जस्तो ‘सेटल’ हुन मैले विवाह गरेकी थिइनँ, भइनँ पनि । मेरा श्रीमान् अहिले पनि मेरा प्रेमी हुन् । हामी धेरै कुरामा खुसी छौं, केही कुरामा दुःखी । मेरो लागि विवाह यही हो । मान्छेलाई जोडी वा साथी त चाहिन्छ तर त्यसका लागि बिहे नै गर्नुपर्छ भन्ने छैन ।
मलाई गर्व छ म थारु भएकोमा (कविता)

–प्रकृति पूजा
मलाई गर्व छ
म नेपाली भएकोमा
मलाई गर्व छ
म थारु भएकोमा
म खुसी छु
मेरो रगतमा थारु बगेको छ
म खुसी छु
मभित्र थारु हुनुको अपनत्व लुकेको छ Continue reading “मलाई गर्व छ म थारु भएकोमा (कविता)”