
व्यवस्थापिका संसदको विधायन समितिले देवानी तथा फौजदारी संहिता विधेयक २०७१ माथि देशव्यापी सुझाव संकलन सुरु गरेको छ। पाँचवटा उपसमिति बनाएर देवानी तथा फौजदारी कानुनमा वृहत परिमार्जन गर्ने प्रस्तावमाथि छलफल र सुझाव संकलन सुरु गरेको समिति सचिव ध्रुवप्रसाद घिमिरेले जनाए। Continue reading “गंगा चाैधरी सभापति रहेको विद्यायन समितिद्वारा जन्मकैद ३० वर्ष प्रस्ताव”
राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीले सप्तरीमा कार्यसमिति गठन गरेको छ। शुक्रबार कन्चनपुर नगरपालिकामा भएको भेलाले पूर्णप्रसाद चौधरीको संयोजकत्वमा ३५ सदस्यीय कार्यसमिति चयन गरेको छ। समितिमा श्यामानन्द चौधरी, कल्पना चौधरी, दीपक चौधरी, शिवजी मोची, विन्दु राम, चम्पालाल मन्डल, प्रदीप चौधरी, मुखिलाल चौधरी छन्। 
भारतीय राजदूत रन्जित रेले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका अध्यक्षसँग लन्च मिटिङ गरेका छन्। नयाँ संविधानप्रति विमति जनाउँदै तराई–मधेसमा आन्दोलनरत मोर्चा नेतालाई लैनचौरस्थित भारतीय दूतावासमा बोलाएर छलफल गरिएको घटनालाई अर्थपूर्ण रूपमा हेरिएको छ।
गत फागुन ८ गतेबाट हराइरहेहकी र फागुन ११ गते भक्तपुरको नगरकोट नगरपालिका ११ मनपोखरीस्थित बाँसघारीमा लाश फेला परेकी धनकुटाकी भेनिशा लिम्बुको सामुहिक यौन सम्बन्ध राख्न नमान्दा हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घनकुटा राजारानी–३ घर भई काठमाडौं–६ कपन बस्ने ती २० वर्षीया युवतीको हत्यामा संलग्न अभियोगमा प्रहरीले काठमाडौं–६ बौद्धका २८ वर्षीय सनि लामा, २४ वर्षका सजित लामा तथा मोरङको पथरी–३ घरभई काठमाडौंको थली बस्ने १९ वर्षका राजन राईलाई बिहीबार पक्राउ गरेको महानगरीय अपराध शाखा टेकुले जनाएको छ। 


