
Author: admin
मिस नेपालमा वर्षा

चीनले पनि स्वागत गर्यो नयाँ संविधान, इन्धन व्यापार र रेल्वेमा सहयोग गर्ने

चीनले नेपालमा जारी संविधान राजनीतिक विकासक्रमको दिशामा ‘ऐतिहासिक प्रगति’ भन्दै स्वागत गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका सिलसिलामा बुधबार जारी (१५ बुँदे) संयुक्त वक्तव्यमा उक्त अवसरलाई नेपालले राजनीतिक स्थायित्व र आर्थिक उन्नयनका लागि उपयोग गर्ने आशा व्यक्त गरिएको छ। Continue reading “चीनले पनि स्वागत गर्यो नयाँ संविधान, इन्धन व्यापार र रेल्वेमा सहयोग गर्ने”
कोरियाका थारूहरूकाे सहयाेगमा टीकापुरका पीडित परिवारलाई अार्थिक सहयाेग

थरूहट थारूवान संयुक्त संघर्ष समिति कैलालीले टीकापुर घटनाका पीडित परिवारलाई राहत वितरण गरेकाे छ। संघर्ष समितिका कार्यबाहक संयाेजक कृष्णकुमार चाैधरी र प्रवक्ता माधव चाैधरीले २२ पीडित परिवारलाई जनही ४ हजारका दरले अार्थिक राहत हस्तान्तरण गरेका थिए। Continue reading “कोरियाका थारूहरूकाे सहयाेगमा टीकापुरका पीडित परिवारलाई अार्थिक सहयाेग”
स्वास्थ्यमन्त्री रामजनम चाैधरीकाे क्वाटरमा ड्राेन क्यामेरा खस्याे
स्वाथ्यमन्त्री रामजनम चौधरीको पुल्चोकस्थित स्वाटर अगाडि ड्रोन क्यामेरा खसेको छ । मंगलबार साँझ करिव ६ बजेतिर मन्त्री क्वाटर अगाडि ड्रोन क्यामेरा खसेको हो । Continue reading “स्वास्थ्यमन्त्री रामजनम चाैधरीकाे क्वाटरमा ड्राेन क्यामेरा खस्याे”
मिस नेपालमा वर्षा लेखीको यात्रा (फोटो-भिडियो)

फत्तेपुर, सप्तरीकी वर्षा लेखी थारु समुदायबाट मिस नेपाल–२०१६ मा सहभागिता जनाउने प्रतियोगी हुन् । २२ वर्षीया वर्षा वातावरण विज्ञानमा बीएस्सी सकाएकी छिन्। ५ फिट ६ इन्च अग्ली वर्षा चित्रकला एवं नृत्यमा रुचि राख्छिन् । Continue reading “मिस नेपालमा वर्षा लेखीको यात्रा (फोटो-भिडियो)”
राना-कठारिया समुदायको एक महिने होरी

पुष्पराज जोशी
पश्चिम तराईबासी राना र कठरिया थारू समुदायमा होरी (होली) पर्वको रौनक सुरु भएको छ। माघ शुक्लपूर्णिमाका दिन गाउँका अगुवा (भलमन्सा) ले होरी बनाएर राखेपछि कैलाली, कञ्चनपुरमा बसोबास गर्ने रानाथारू समुदायमा सो पर्वको रौनक छाएको हो। यस्तै, कैलालीमा मात्रै बसोबास गर्ने कठरिया थारू समुदायलाई पनि एक महिना अगाडिदेखि होरी पर्वले छोइसकेको छ। Continue reading “राना-कठारिया समुदायको एक महिने होरी”
स्वागतम् राजकुमार

थारु गाउँमा राजकुमार

भारतीय ट्रकको ठक्करबाट दीपक चौधरीको ज्यान गयो
धनगढी उपमहानगरपालिकाको भन्सार रोडमा भारतीय टि एन ५२ ए६९७९ नंको मालवाहक ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार अत्तरिया नगरपालिका-१२ का दीपक चौधरीको मृत्यु भएको छ। कैलाली भन्सार नाकाबाट नेपालतर्फ आउँदै गरेको म१ प ९६५४ नंको स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार कैलालीका चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। Continue reading “भारतीय ट्रकको ठक्करबाट दीपक चौधरीको ज्यान गयो”