नेपाल र चीनबीच दश बुँदे सहमति, सहमति पत्रमा के छ?

Nepal China Meeting

नेपाल र चीनबीच बेइजिङमा भर्खरै सम्पन्न प्रधानमन्त्री स्तरीय द्विपक्षीय वार्तामा दश बुँदे सहमति भएको छ । नेपाल र चीनबीच पारबहन यातायात, खुला व्यापार, नेपालमा चिनियाँ बैँक स्थापना तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चीनले सहुलित ऋण दिने सम्झौता सहित द्विपक्षीय सम्बन्धका अन्य विषयहरूमा सहमति भएको हो। Continue reading “नेपाल र चीनबीच दश बुँदे सहमति, सहमति पत्रमा के छ?”

राजकुमार ह्यारी जब थारु गाउँ डाला पुगे… [नौ तस्बिर हेर्नुस्]

नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार नेपाली ढाका टोपीमा सजिएका छन्। थारु होमस्टेमा राजकुमार ह्यारीलाई स्थानीय थारु समुदायले ढाका टोपी र फूल माला पहिर्‍याइदिए। ढाका टोपी लगाइदिएपछि राजकुमार ह्यारी खुसी देखिए र हातले टोपी मिलाउँदै हाँसे। थारु भेषभुषामा सजिएका कुमारी पाँच कन्याले ह्यारीको स्वागत गरे। शिव सामुदायिक वनका अध्यक्ष मंगल थारुले उपहारस्वरुप प्रदान गरेकोमा उनी सजिए।  Continue reading “राजकुमार ह्यारी जब थारु गाउँ डाला पुगे… [नौ तस्बिर हेर्नुस्]”

मधेसी मोर्चाले होली नमनाउने

Madhesi Morcha

मधेस केन्द्रित दलहरुले होली पर्व नमनाउने भएका छन् । मधेस आन्दोलनका क्रममा पाँच दर्जन बढीको मृत्यु भएको शोकमा होली पर्व नमनाउने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले घोषणा गरेको हो । मधेस केन्द्रित सात दलका नेताहरुले सोमबार जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संघर्षको क्रममा ५ दर्जनभन्दा बढी आन्दोलनकारीहरुको निर्मम नरसंहार गरिएको छ । घरमा शोकको यस्तो अबस्थामा होली मनाइँदैन । होलिका दहन झैं यस वर्षको होली उच्चतावादी अहंकार, बर्चस्ववाद र दानवी प्रवृत्तबिाट राज्यलाई मुक्ति देओस् ।’ Continue reading “मधेसी मोर्चाले होली नमनाउने”

बाबुरामको नयाँ शक्ति नयाँ शक्ति होइन, जनता विरोधी शक्ति हाे : लेखी

R Lekhi 02

नागरिक समाजवादी पार्टीका संयोजक राजकुमार लेखीले आन्दोलन नगरी अधिकार प्राप्त नहुने बताएका छन् । वीरगन्जमा आयोजित कार्यक्रममा उनले आदिवासी, जानजातिविरोधी संविधानको भण्डाफोर गर्नुपर्ने बताए । उनले कालो संविधान बनाउन शीर्ष चार नेता जतिकै थारु मधेसी सभासद पनि दोषी भएको बताए । Continue reading “बाबुरामको नयाँ शक्ति नयाँ शक्ति होइन, जनता विरोधी शक्ति हाे : लेखी”

नारायणपुर उच्च माबिमा थारु विद्यार्थी समाज

थारु विद्यार्थीहरुलाई कृयाशिल तथा एकजुट बनाउने उद्देश्यले नारायणपुर उच्च माबिमा थारु विद्यार्थी समाज इकाई कमिटी गठन गरिएको छ। समाजले पुष्पमान चौधरीको अध्यक्षतामा १५ सदस्यीय इकाई कमि६ी गठन गरेको छ। Continue reading “नारायणपुर उच्च माबिमा थारु विद्यार्थी समाज”

राजकुमार ह्यारीलाई मंगल थारुको टोपी, स्टकोट र रुमाल उपहार

Prince Harry In Bardiya 04

बेलायतका राजकुमार हेनरि चार्ल्स अल्बर्ट डेभिड ‘ह्यारी’ बर्दिया राष्ट्रिय निकुन्जको भ्रमणमा सोमबार बिहान ९:१९ मिनेटमा ठाकुरद्धारा पुगे। एन ५७ हेलिकोप्टरमा निकुन्जको गैंडा मचानको हेलिप्याडमा ह्यारी ओर्लिए। र, उनी सिधै कर्णालLको गेरुवा भंगलाको शाखा खौराहा खोलामा र्‍याफटिङमा रमाए। Continue reading “राजकुमार ह्यारीलाई मंगल थारुको टोपी, स्टकोट र रुमाल उपहार”

कमलरी प्रथामा आधारित ‘झुम्की’को पोस्टर सार्वजनिक

कमलरी प्रथामा आधारित ‘झुम्की’को पोस्टर सार्वजनिक भएको छ। सोमबार ‘झुम्की’ फिल्मको आधिकारिक फेसबुकबाट पोस्टर सार्वजनिक गरिएको हो। निर्देशक अपिल बिष्टले ‘झुम्की’ फिल्मलाई निर्देशन गरेका हुन्। Continue reading “कमलरी प्रथामा आधारित ‘झुम्की’को पोस्टर सार्वजनिक”

थारू जनकवि बमबहादुर थारू

Bam Bahadur chaudhary

मनोज थारु।
साहित्यका विविध विधामा कलाम चलाउने बाहुमुखी प्रतिभाशली जनकवि बमबहादुर थारूको नाम नसुनेका सायद कामै होलन्। चार दाशक लामो साहित्य क्षेत्रमा योगदान दिनुभएका बमबहादुर थारूको जन्म रूपन्देही जिल्लाको गजेडी-२, बकुलगाढ भन्ने स्थानमा भएको थियो। जुन बुटवलबाट १५ किलोमिटर पश्चिममा पर्छ। आमा डुठिया थारूको कोखबाट उहाँ वि.सं २०१२ साउन २३ गते यो धर्तीमा पाइला टेक्नुभएको थियो। Continue reading “थारू जनकवि बमबहादुर थारू”

राजकुमार ह्यारी बर्दियामा, थारु संस्कृति हेर्न ‘डल्ला होमस्टे’ जाने

prince-harry-02-800

नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार ह्यारी बर्दिया पुगेका छन्। उनी चढेको एनए ०५७ कलसाइनको हेलिकोप्टर सोमबार बिहान ९:१९ बजे बर्दिया राष्ट्रिय निकुन्जको गैंडा मचानको हेलिप्याडमा अवतरण गरेका छन्। अवतरण गरेलगत्तै निकुन्जका संरक्षक रमेश थापाको नेतृत्वमा राजकुमार ह्यारी र्याफ्टिङ गरेका छन्। ह्यारी कर्णालीबाट छुट्टिएको गेरुवा नदीको शाखा ‘खौराहा’ मा करिब एक घन्टा र्याफ्टिङको मजा लिए। निकुञ्जको गैँडामोचन पोस्टबाट सुरु भएको र्याफ्टिङ बघौरा फाँटमा पुगेर टुङ्गिएको थियो। Continue reading “राजकुमार ह्यारी बर्दियामा, थारु संस्कृति हेर्न ‘डल्ला होमस्टे’ जाने”