देशै हल्लाउने एउटा सेक्स टेप काण्ड

Sex Tape

देशलाई नै हल्लाउने सेक्स टेप काण्डमा संलग्न दुई जनालाई अधिकारीहरूले पक्राउ गरेका छन्। विभिन्न यौन क्रियाकलापमा व्यस्त भएका वरिष्ठ राजनीतिज्ञहरू संलग्न सेक्स टेपलाई गृहमन्त्रालयका पूर्व अधिकारी र एक जना वकिलले फैलाएको आशंकामा पक्राउ गरिएको हो। Continue reading “देशै हल्लाउने एउटा सेक्स टेप काण्ड”

अबको थरुहट आन्दोलन निर्णायक बनाउनुपर्छ : सांसद दहित

Gopal Dahit

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद गोपाल दहितले जारी गरिएको संविधानले आदिवासी थारुको माग सम्बोधन नभएको बताएका छन्। बर्दियाको राजापुर नगर समितिको प्रथम अधिवेशनमा बोल्दै उनले अधिकार प्राप्तिका लागि सशक्त आन्दोलन गर्नुपर्ने बताए। ‘प्रतिमागी जनविरोधी संविधानले आदिवासी थारु, जनजाति, दलित मुस्लिम, मधेसी महिलाहरुको अधिकार र मुद्दालाई समूचित हिसाबले सम्बोधन गरेको छैन। त्यसैले अधिकार प्राप्तिको लागि सशक्त संघर्ष गर्दै अबको थरुहट आन्दोलनलाई निर्णायक बनाउनुपर्छ,’ दहितले भने। Continue reading “अबको थरुहट आन्दोलन निर्णायक बनाउनुपर्छ : सांसद दहित”

प्रधानमन्त्री ओलीको पुत्ला दहन

फाइल तस्बिर
फाइल तस्बिर

आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरूले आइतबार साँझ विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । स्थानीय रोडशेष चोकमा मोर्चाका कार्यकताले प्रधानमन्त्री ओलीविरुद्ध नारावाजी गर्दे उनको पुत्ला जलाएका हुन् । बाक्लो संख्यामा उपस्थित प्रहरीलाई छल्दै मोर्चाका कार्यकर्ताहरूले ओलीको पुत्ला जलाएका थिए । मोर्चाका कार्यकर्ताले पुत्ला जलाइसकेपछि आएका प्रहरीले निभाएका थिए । Continue reading “प्रधानमन्त्री ओलीको पुत्ला दहन”

थारु राष्ट्रिय अभियानको घोषणा पत्र

Tharuhat Aandolan_Kailai 02

हामीले आत्मसात गरि नै सक्यौं कि अब हामी हिजोका नेपाल राज्य बन्नु भन्दा अगाडिको राष्ट्र अथवा जनता रहेनौं। करिब २५० वर्ष देखि नै हाम्रो स्वतन्त्र राष्ट्रियता नेपाल राज्यको अधिन आयो र हामीलाई समेत अबको आधुनिक विश्वसमाजमा हाम्रो स्वतन्त्रता, आत्मसम्मान, समानताको रक्षा गर्न नेपाली पहिचान तथा नेपाल राज्यको अपरिहार्यता भइसके। हामी आज एक तहसम्मको राज्य अन्तरघुलन भइसकेका छौं। Continue reading “थारु राष्ट्रिय अभियानको घोषणा पत्र”

प्रधानमन्त्री ओली ८ दिने भ्रमणमा चीन प्रस्थान

PM Departureप्रधानमन्त्री केपी शर्मा ओली जनगणतन्त्र चीनका प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले बिदाइ गरेका थिए।

प्रधानमन्त्रीका साथ उनकी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसद, मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिव, नेपाल सरकार वरिष्ठ अधिकारी, व्यापारी र सञ्चार प्रतिष्ठानका प्रतिनिधि पनि चीन प्रस्थान गरे।

भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गर्नेछन्। चीनको ‘ग्रेट हल अफ द पिपल’मा आयोजना हुने स्वागत समारोहमा यही चैत ८ गते उनी सरिक हुनाका साथै उनले आफ्ना समकक्षी लीसँग वार्तामा पारस्परिक हित र साझा चासोका विषयमा द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

औपचारिक वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा दुवै मुलुकका उच्च अधिकारीले हस्ताक्षर गर्नेछन्। चिनियाँ प्रधानमन्त्री लीले प्रधानमन्त्री ओली र उहाँ नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन दिवाभोज आयोजना गर्नेछन्।

प्रधानमन्त्रीले ‘चाइनिज पिपल्स पलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्स’का अध्यक्ष यु झेङसेङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले रेनमिन विश्वविद्यालयमा विद्वत्वर्ग, प्राज्ञ र व्यापारी वर्गको उपस्थितिमा आयोजना हुने ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स’ विषयको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।

उनको उपस्थितिमा साङ्घाइ सहयोग सङ्गठन (एससिओ) को संवाद साझेदारी प्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ। साथै उनले चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद्मा नेपाली र चिनियाँ व्यापारीको उपस्थितिमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री ओली चीनका लागि नेपाली राजदूत डा महेश मास्केले चैत ९ गते बेइजिङस्थित नेपाली दूतावासमा आयोजना हुने स्वागत भोजमा सरिक हुनुहुनेछ । सोही समारोहमा उहाँले सञ्चारकर्मीसँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीले हेनान प्रान्तको बोआओमा आयोजना हुने एसियाका लागि बोआओ मञ्चको ‘एसियाको नयाँ भविष्य : नवीन आयाम, नवीन दृष्टिकोण’ विषयको सम्मेलनलाई चैत ११ गते सम्बोधन गर्नेछन्। सोही दिन अपराह्न उनले सान्याको नान्सान उद्यानस्थित नेपालमण्डपको भ्रमण गेर्ने कार्यक्रम छ।

समाचार/तस्बिर : रासस

कैलालीका नयाँ सिडिओले भने- टीकापुर घटनाका पीडितलाई क्षतिपुर्ति दिलाउन पहल गर्छु

Abdul_Klam_khanभर्खरै सरुवा भई आएका कैलालीका प्रमुख जिल्ला अधिकारी अब्दुलकलाम खाँले टीकापुर घटनाका पीडितलाई क्षतिपुर्ति दिलाउन पहल गर्ने बताएका छन् । रेडियो धनगढीके विषेश प्रस्तृतीमा शनिबारको बहसमा कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी खाँले घटनाका पीडितलाई क्षतीपुर्ति दिलाउन पहल गर्ने बताएका हुन् । Continue reading “कैलालीका नयाँ सिडिओले भने- टीकापुर घटनाका पीडितलाई क्षतिपुर्ति दिलाउन पहल गर्छु”

बेलायती राजकुमार ह्यारी बर्दिया जाने

prince-harry-02-800बेलायतका राजकुमार हेनरी चार्ल्स अल्वर्ट डेभिड ‘ह्यारी’ नेपालको पाँचदिने औपचारिक भ्रमणमा आएका छन्। नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा राजकुमार ह्यारी नेपाल आएका हुन्। Continue reading “बेलायती राजकुमार ह्यारी बर्दिया जाने”

प्रधानमन्त्रीलाई दबाब दिन संघीय गठबन्धनले चीन गुहार्यो

Wu-Chintai-Chineseambassadorमधेसी मोर्चासहितको संघीय गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ राजदूतलाई ज्ञापन पत्र बुझाएको छ । उनीहरुले आफ्नो माग सम्बोधनका लागि कूटनीतिक दबाबसमेत दिन आग्रह गरेको छ ।
मधेसी मोर्चासहित १५ पार्टीआवद्ध संघीय गठबन्धनका नेताहरुले शुक्रबार विहान नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताइलाई भेटेका छन् । होटल सांगि्रलामा भएको भेटमा गठबन्धनका नेताहरुले दुई पेजको ज्ञापन पत्र बुझाएका छन् । Continue reading “प्रधानमन्त्रीलाई दबाब दिन संघीय गठबन्धनले चीन गुहार्यो”