पूर्वराष्ट्रपतिले भने- मधेसको ९० प्रतिशत माग पूरा भइसक्यो

rambaran yadavपूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले संविधान संशोधान मार्फत मधेसका ९० प्रतिशत माग पुरा भएको बताएका छन् । साथै उनले बाँकी मागलाई पनि राजनीतिक सहमतिमार्फत चाँडै टुङग्याउन आग्रह गरेका छन् ।
विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रपति यादवले सीमाकंनका विषयमा ठूला दलहरुले मधेसवादी दलहरुलाई समेत विश्वासमा लिएर समस्या समाधान गर्नुमा जोड दिए । Continue reading “पूर्वराष्ट्रपतिले भने- मधेसको ९० प्रतिशत माग पूरा भइसक्यो”

प्रेमिका भेट्न घरमा अाएका प्रेमीको घाँटी थिचेर हत्या

santosh-sah

कलैया–६ का सन्तोष साहको हत्या भएको खुलेको छ। उनले प्रेमिका निभा कुमारीसँग जबरजस्ती बिहे गर्न खोज्दा हत्या भएको प्रहरीले शनिबार पत्रकार सम्मेलन गरेर विवरण सार्बजनिक गरेको छ। मृतक साहले बिहीबार बेलुका कलैया–४ की प्रेमिका निभालाई फोन गरेको र निभाकै आग्रहमा घरमा भेट्न गएको खुलेको छ। Continue reading “प्रेमिका भेट्न घरमा अाएका प्रेमीको घाँटी थिचेर हत्या”

थरुहट आन्दोलनका विभिन्न आयामहरु

Tharuhat Protest at Dhangadhi

सीएन थारु।
थरुहट आन्दोलन अहिलेको राष्ट्रिय राजनीतिमा कहीं पनि याद गरिंदैन। मधेसीहरुको आन्दोलनबाट थोरै पछाडि हट्ने कामसँगै थारु पनि कतै नदेखिने गरी आन्दोलन छोड्नु पर्ने? स्वभाविक हो कि थारुहरु पूर्व पश्चिम राजमार्गको छेउ बासोवास गर्दै आएका छन्। उनीहरु आन्दोलनमा सडक तताउने काम सजिलै गर्न सक्छ तर परिणाम निकाल्ने गरी नेगोसिएसन गर्न सक्ने स्थितिमा छैन। सबैले स्वीकार गरिसके कि थारु संविधान घोषणा पछि सबैभन्दा बढी मार्कामा परे। उनै शासकवर्गको हालीमुहाली सहितको राजनीतिलाई स्वीकार गरेर विजय कुमार गच्छदार आफ्नो भाग सत्तामा सर्म्पणसँग भेटाए। अहिले यसको विकल्पमा कुनै आन्दोलन छैन। Continue reading “थरुहट आन्दोलनका विभिन्न आयामहरु”

तपाईँका भित्तेपात्रोमा थारू समुदायको चाडपर्व गलत मितिमा त छैन?

calender

विभिन्न प्रकासनद्वारा प्रकाशित आउँदो नयाँ वर्ष २०७३ सालको भित्तेपात्रोहरुमा थारू समुदायको चाड पर्वहरुलाई गलत मितिमा प्रकाशित गरेको पाइएको छ । भर्खरै बजारमा आएको दत्तात्रेय प्रकाशनद्वारा प्रकाशित जयश्रीराम र दुर्गा साहित्य भण्डार वाराणसीद्वारा प्रकाशित दुर्गा सजिलो पात्रोमा फरक मितिमा प्रकाशित भएको पाइएको हो । Continue reading “तपाईँका भित्तेपात्रोमा थारू समुदायको चाडपर्व गलत मितिमा त छैन?”

हाम्रा प्रधानमन्त्रीलाई के काम गर्ने थाहा छैन ?

Dosharan Chaudharyदोषहरण चौधरी।

गत असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो संविधान घोषणा भएपछि त्यस्को खुसीयासीमा तीन करोड़ जनतामध्ये एक तिहाईले दीपावली मनाएका थिए। संविधानप्रति असन्तुष्ट जनतामा पनि केही आशा त पक्कै पलाएको थियो। Continue reading “हाम्रा प्रधानमन्त्रीलाई के काम गर्ने थाहा छैन ?”

प्रेमिका भेट्न गएका प्रेमी मसुरो खेतमा मृत भेटिए

santosh-sah

बाराको कलैयामा एक युवकको हत्या भएको छ । हत्यामा संलग्न रहेको आशंकामा उनकी प्रेमिकासहित चार जना पक्राउ गरेका छन् । कलैया नगरपालिका-६ का २६ बर्षीय सन्तोषप्रसाद साह स्थानीय युवतीसँग प्रेममा परेका थिए । Continue reading “प्रेमिका भेट्न गएका प्रेमी मसुरो खेतमा मृत भेटिए”

रीता चौधरीको उपचारमा आर्थिक समस्या, आएनन् अधिकारकर्मी

rita 2घोराही २ गुलरियाकी रीता चौधरीमाथि एसिड प्रहार भएको एक साता भयो। उनी अहिले नेपालगन्जमा उपचाररत छिन्। प्रारम्भिक चरणमा एसिडले खाएको बाह्य छालाको मात्रै अपरेसन भएको उनको स्वास्थ्यमा परेको असरको अझै एकिन भइसकेको छैन। Continue reading “रीता चौधरीको उपचारमा आर्थिक समस्या, आएनन् अधिकारकर्मी”

दिल्लीमा जमेका दंगाली कमल

Kamal Chaudharyकृष्णराज सर्वहारी

यही फागुन ९ देखि १७ गते सम्म नागरिक समाजको एक टोली पूर्व सभासद दमननाथ ढुंगानाको नेतृत्वमा दिल्ली पुगेको थियो। टोलीले विभिन्न दलका करीब १६ जना सभासद, प्रमुख दलका नेता, नेपालका लागि भारतीय पूर्व राजदुत तथा विदेश सचिव एस जयशंकरसँग भेटघाट गरेको थियो। त्यसबारे कुनैबेला अर्को लेखमा वर्णन गरुलाँ। यस आलेखमा भने दिल्लीमा भेटिएका एक दंगालीबारे चर्चा गर्न गइरहेको छुँ।  Continue reading “दिल्लीमा जमेका दंगाली कमल”

कोषाध्यक्षमा पराजित भएका उमाकान्त चौधरी पनि केन्द्रीय सदस्यमा मनोनित

Umakant Chaudhary

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उमाकान्त चौधरीसहित ७ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्। देउवाले बुधबार १३औं महाधिवेशनमा आफूसँग पराजित भएका नेता रामचन्द्र पौडेल, कृष्ण सिटौलालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्। Continue reading “कोषाध्यक्षमा पराजित भएका उमाकान्त चौधरी पनि केन्द्रीय सदस्यमा मनोनित”

कृष्णकुमार चौधरीको संयोजकत्वमा नयाँ शक्ति कैलालीमा ८२ सदस्यीय जिल्ला परिषद

Naya_shakti Kailali 02

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको अन्तरिम कैलाली जिल्ला परिषद एक कार्यक्रमको बीच आज (मंगलबार) धनगढीमा घोषणा गरिएको छ । नयाँ शक्ति नेपालका सूचना तथा सञ्चार विभाग प्रमुख मुमाराम खनालको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व सभासद तथा थरुहट नेता कृष्णकुमार चौधरीको संयोजकत्वमा ८२ सदस्यीय जिल्ला परिषद र भवानी गिरीको संयोजकत्वमा १५ सदस्यीय सल्लाहकार परिषद घोषणा गरिएको हो ।

सम्पन्न उक्त अन्तरिम जिल्ला परिषदमा एमाओवादीका पूर्व सभासद, उद्योगपति, पूर्व लडाकु, नेकपा एमाले, नेपाली काँग्रेसलगायत विभिन्न राजनीतिक दलबाट प्रवेश गरेका नेता कार्यकर्तादेखि सहिद परिवारका सदस्य समेत रहेका छन् ।

पार्टीका सचिवालय सदस्य केशव दाहाल, केन्द्रीय परिषद सदस्य जनक शाह, प्रदेश नं. ७ की इन्चार्ज तथा पूर्व सभासद लिला भण्डारी, केन्द्रीय सदस्य तथा पूर्वसभासद हरि श्रीपाइली, सुक्दैया चौधरीलगायतको सहभागिता रहेको घोषणा तथा प्रशिक्षण कार्यक्रमलाई नयाँ ढंगबाट सञ्चालनको अभ्यास गरिएको थियो । जिल्ला संयोजकसमेत रहेका कृष्ण कुमार चौधरीले आफै अध्यक्षताको आसन ग्रहण गरी कार्यक्रम सञ्चालन गरेका थिए ।

Naya_shakti Kailali 01को–को छन् जिल्ला परिषदमा ?

जिल्ला परिषदमा उद्योगपति तथा नेकपा एमाले परित्याग गरेका राजेन्द्र देवकोटा, खडक सावद, भवानी गिरी रहेका छन् । सदस्यमा एमाओवादी कैलाली वाइसिएल इन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य नयबहादुर चौधरी रहेका छन् ।

त्यस्तै, जिल्ला परिषद सदस्यमा भक्तबहादुर बिक (मसुरिया), नृप खडका (लम्की), नृप बोहरा (लालपुर), ध्रव खत्री (टीकापुर), भरत निशानी (फूलवारी), अनिल चौधरी (गदरिया), सुरेन्द्र खडायत (मसुरिया), खडकराज भुषाल (मसुरिया), मीनराज बडु (निगाली), हरि तिमिल्सेना (टीकापुर), सिर्जना शाही (टीकापुर), बजारी चौधरी (सहिद परिवार), विवेक चौधरी (लम्की), लौटन चौधरी (लम्की), कृष्ण बोहरा (लम्की) रहेका छन् ।

त्यस्तै, कैलाश जोशी (धनगढी, काँग्रेस परित्याग गरी), दिपक खडका (धनगढी, काँग्रेस परित्याग गरी), वीरबहादुर गौतम (धनगढी), बसन्त बागचन (धनगढी), चक्र थापामगर (अत्तरिया), गंगा योञ्जन, दशरथ चौधरी, प्रेम विसी, धनबहादुर बिक, गणेश ताम्राकारलगायत रहेका छन् ।

यसैबीच, एनेकपा माओवादी निगाली गाविस इन्चार्ज मीनराज बडुसहित ५४ जना नयाँ शक्तिमा प्रवेश गरेको जिल्ला संयोजक चौधरीले जानकारी दिए ।