दाङमा रिता चाैधरीमाथि एसिड प्रहार

घोराही नगरपालिका-२ गुलरियाकी ३२ वर्षीया रिता चौधरीमाथि गएराति एसिड प्रहार भएको छ । आफ्नै किराना पसलमा बसिरहेको बेला दुई अपरिचित व्यक्तिले एसिड प्रहार गरेका थिए । एसिडबाट दायाँ गाला र गर्धन पोलिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । Continue reading “दाङमा रिता चाैधरीमाथि एसिड प्रहार”

राजकुमार लेखीले घाेषणा गरे नयाँ पार्टी, यस्ता छन् २७ सदस्यीय समिति

Rajkumar Lekhiअादिवासी जनजाति महासंघका पूर्वअध्यक्ष एवं थारू नेता राजकुमार लेखीले नयाँ पार्टी घाेषणा गरेका छन्।राजधानीकाे बबरमहलस्थित साप फाल्चामा बिहीबार लेखीले अाफ्नै संयाेजकत्वमा नागरिक समाजवादी पार्टी घाेषणा गरेका हुन्।
लेखीले पहिलाे चरणमा २७ सदस्यीय केन्द्रीय समिति गठन गरेका छन्। जसकाे प्रवक्ता राज थारू छन्। Continue reading “राजकुमार लेखीले घाेषणा गरे नयाँ पार्टी, यस्ता छन् २७ सदस्यीय समिति”

कांग्रस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनमा कार्यवाहक सभापति रामचन्द्र पौडेललाई ५२६ मतको अन्तरले हराउँदै देउवा सभापति बनेका हुन् ।
सोमबार राति सकिएको मतगणना परिणामअनुसार देउवाले १८२२ मत प्राप्त गरे भने पौडेलले १२९६ मत ल्याए । आइतबार भएको निर्वाचनमा देउवाले बढी मत ल्याए पनि कसैले पनि बहुमत नल्याएका कारण सोमबार पुन: निर्वाचन भएको हो । महामन्त्री कृष्णप्रसाद सिटौलाले तेस्रो मत ल्याएकाले उनी सोमबारको चुनावको प्रतिस्पर्धाबाट बाहिरिएका हुन् भने बढी मत ल्याएका देउवा र पौडेलबीच प्रतिस्पर्धा भएको हो ।
१० औं र १२ आंै महाधिवेशनमा सभापतिमा पराजय बेहोरेका देउवा १३ औं महाधिवेशनबाट कांग्रेसको सर्वोच्च पदमा पुग्न सफल भएका हुन् । पोखरामा भएको १० औं महाधिवेशनमा देउवा गिरिजाप्रसाद कोइराला र काठमाडौंमा भएको १२ आंै महाधिवेशनमा सुशील कोइरालासँग पराजित भएका थिए ।
सुशील कोइरालाको निधनसँगै मुलुकको ठुलो र पुरानो पार्टी नेतृत्वको बागडोर देउवामा हातमा आएको छ । ०५३ मा नवौ महाधिवेशन झन्डै २० बर्ष कोइराला परिवारमा नेतृत्व रहेको थियो । १३ औं महाधिवेशनबाट पार्टी नेतृत्व कोइराला परिवारबाट बाहिर आएको छ ।
२०४८ यताका संसदीय निर्वाचनमा निरन्तर विजय यात्रा जारी राखेका देउवाले पार्टी नेतृत्वको आन्तरिक प्रतिस्पर्धामा भने २०५८ साउनमा संसदीय दलको नेताबाहेक पटक–पटक हारेको इतिहास यसपटक तोडेका छन् ।
५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने प्रावधानअनुसार देउवाले पहिलो चरणमा आवश्यक बहुमत सकेनन् । त्यसैले सोमबार भएको दोस्रो चरणको मतदानबाट देउवा सभापति चुनिएका हुन् ।
तीन जना उम्मेदवार भएकाले पहिलो चरणमा ५० प्रतिशन नकटाए दोस्रो चरणमा दुई बढी मत ल्याउनेबीच पुन: निर्वाचन गराउने प्रावधान विधान छ । त्यसैले दोस्रो चरणको चुनावमा पहिलो र दोस्रो स्थान हासिल गरेका देउवा र पौडलबीच प्रतिस्पर्धा भएको हो । तेस्रो स्थान हासिल गरेका नेता सिटौलाले ३ सय २४ मत प्राप्त गरेका थिए । उनले ल्याएको र बदर मत समेतका कारणले परिणाम अनिर्णीत भएको थियो । त्यसैले पहिलो चरणमा देउवालाई जित्नका लागि ११ मत पुगेको थिएन ।
दोस्रो चरणको निर्वाचनमा सिटौलालाई देउवा र पौडेल दुबैले आफ्नो पक्षमा तान्ने कोसिस गरेका थिए । उनले आफ्नै ‘राजनीतिक गुरु’ गिरिजाप्रसाद कोइरालासँग १० औं महधिवेशनमा चुनावी प्रतिस्पर्धा गरेपनि पराजित भए । Continue reading “कांग्रस सभापतिमा शेरबहादुर देउवा निर्वाचित”

बर्दिया राजापुरकाे विकास किन हुन सकेन ?

Sitaramसीताराम थारू
कर्णालीको दुई वटा भंगालोको बिचमा निक्कै संबेदनसिल अवस्थामा रहेको तापुलाइ भौरा टप्पा भनेर चिनिन्छ । थारु जातिहरुको बहुल्यता रहेको यो क्षेत्र साँस्कृतिक हिसाबले निक्कै धनी तर आर्थिक र राजनितिक हिसाबले पछाडी पारिएको छ । क्षेत्रफलको अनुपातमा नेपालको सबभन्दा बढी थारु जातिहरुको बसोबास गर्ने यो क्षेत्र बिकासको दृष्टिकोणले राज्यबाट ठगिएको छ । यस क्षेत्रमा ८५ प्रतिसत भन्दा बढी थारु जातिको बसोबास छ । Continue reading “बर्दिया राजापुरकाे विकास किन हुन सकेन ?”

जन्ती बस पल्टिँदा बर्दियामा चार थारूकाे मृत्यु

गएराति बर्दियाको बबई नगरपालिका-६ सैनावार मैनावार सडक खण्डमा जन्ती बस पल्टिँदा घटनास्थलमा चारजनाको मृत्यु भएको छ ।
भे १ ख ८५४ नम्बरको उक्त बस दुर्घटनामा परि २६ जन्ती घाइते भएका छन् । प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीका अनुसार धधवार गाविस-७ का १७ वर्षीय विष्णु थारु, १९ वर्षीय सन्तोष थारु, १९ वर्षीय निरज थारु र १४ वर्षीय अरुण थारुको घटनास्थलमा मृत्यु भएको हो । ती मध्ये २० जना गम्भीर घाइतलाई उपचार्थ कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको छ ।
बर्दियाको धधवार गाविसको दुद्याबाट बबई नगरपालिका-१० शाहीपुरमा बिबाहको कार्यक्रम सकिएर फर्कने क्रममा दुर्घटना भएको प्रहरी उपरिक्षक गिरीले बताए ।

पाैडेलले काेषाध्यक्षकाे उम्मेदवार नबनाएपछि पद्मनारायण चाैधरी असन्तुष्ट

Padmanarayan Chaudharyकांग्रेसको नेतृत्वका लागि उम्मेदवारी घोषणा पछि केही नेताहरुको असन्तुष्टी बाहिर आएको छ। अन्तिम समयमा उम्मेदवारी घोषणा गरेका कार्यबहाक सभापति रामचन्द्र पौडेलले कोषाध्यक्ष खालि राखेपछि अघिल्लो महाधिवेशनमा संस्थापनबाट कोषाध्यक्षका उम्मेदबार बनेका पद्यमनारायण चौधरी असन्तुष्ट बनेका हुन्। उनले तराई–मधेसका बासिन्दालाई निश्चित स्वार्थपुर्ति गर्नमात्र प्रयोग गर्ने गरेको बताए। उनले सबै मुख्य पार्टीमा यस्तो समस्या रहेको बताए। उनले घुमाउरो पारामा पौडेलप्रति असन्तसष्टि पोखे। चौधरीले आफू यसअघि कम मतले हारेको भन्दै आफ्ने मूल्यांकन हुनुपर्ने बताए।

पार्टीका नेताहरुको प्रवृत्ति प्रयोग गर्ने खालको मात्र भएको उनको टिप्पणी थियो। पौडेलले आफ्नो समूह घोषणा गर्नुअघिसम्म चौधरीलाई कोषाध्यक्षको उम्मेदबार बनाउने आश्वासन दिएको स्रोतले बतायो। यता चौधरीलाई ‘होल्डमा’राखेर पौडेल पक्षले देउवा पक्षको समेत समूह हेरेर मात्र निक्र्यौल निकाल्ने तयारी गरेको स्रोतले बतायो। कार्यबहाक सभापति पौडेलले बुधबार चार बजे महामन्त्री सशांक कोइराला सहित आफ्नो उम्मेदबारी घोषणा गरेका थिए। उनीअघि महामन्त्री कृष्णप्रसाद सिटौलाले महामन्त्रीमा गगन थापा र कोषाध्यक्षको उमेदवारमा उमाकान्त चौधरी सहितको उम्मेदबारी घोषणा गरेका थिए।

कैट्रिना भन्छिन्- ‘हावादारी समाचार आउँदा हाँस्छु’

Katrina-Kaifदुई वर्षयता कट्रिना कैफका फिल्म हिट भएका छैनन् । सन् २०१४ मा ऋतिक रोशनसँग उनको फिल्म ‘बैंग बैंग’ले खासै कमाल गरेन । फिल्म ‘फैंटम’बाट पनि उनले निराश हुनुपर्यो । हालै रिलिज फिल्म ‘फितुर’बाट कट्रिनाले आशा गरेकी थिइन् । त्यहाँ पनि कट्रिनाका हात निराशा नै लाग्यो । यस वर्ष उनका दुइटा फिल्म ‘जग्गा जासुुस’ र ‘बार बार देखो’ आउने छन् । ‘जग्गा जासुस’मा कट्रिनाले ब्रेकअपपछि पहिलोपटक रणवीर कपुरसँग स्क्रिन सेयर गर्नेछिन् भने ‘बार बार देखो’मा उनी सिद्धार्थ मल्होत्रासँग देखिनेछिन् । व्यावसायिक जीवनसँगै आजभोलि व्यक्तिगत जीवनमा पनि कट्रिना अप्ठ्यारो समयबाट गुज्रिरहेकी छिन् । उनले एक भारतीय मिडियासँग गरेको कुराकानीः

गत वर्ष धेरैपटक तपाईंका रोमान्स र बिहेका खबर आए । तर, तपाईंले कुनै समाचारमा पनि कमेन्ट गर्नुभएन ?

म त्यही कुरामा कमेन्ट गर्छु, जुन मैले सावर्जजकि रूपमा भनेकी छु । तर, मैले आजसम्म कुनै पनि फिल्मको प्रमोसनका क्रममा वा अरू कुनै कार्यक्रममा आफ्नो व्यक्तिगत जीवनबारे बोलेकी छैन । त्यसैले म के कुरामा कमेन्ट गरुँ ?

हालै रणवीर कपुरसँग तपाईंको ब्रेकअपको खबर आयो । त्यसमा पनि तपाईं चुप लाग्नुभयो ?

मैले यसबारे कहीँकतै के पनि भनेको छैन त मैले के कुराको जबाब दिने । मलाई लाग्छ कि फिल्म स्टार कुनै समाचारमा कमेन्ट गर्दैनन् र आफूबारे छापिएका मनगढन्ते समाचार देखेर र सुनेर पनि चुप लाग्छन् । यसो गर्दा मिडियाले सजिलै उनीबारे जस्तोसुकै समाचार पनि ल्याइदिन्छ । तपाईं मलाई मेरो कुनै पनि यस्तो अन्तर्वार्ता देखाइदिनुस्, जसमा मैले रणवीर कपुर वा अरू कुनै स्टारबारे बोलेकी छु । त्यसैले मलाई लाग्दैन कि मैले आधारहीन समाचारमा कमेन्ट गर्नुपर्छ वा जवाफ दिनुपर्छ । मिडियाले फिल्मकर्मीको व्यावसायिक जीवनलाई व्यक्तिगत जीवनसँग जोडेको देख्दा नराम्रो लाग्छ । म त सधैँ आफ्नो व्यावसायिक जीवन र व्यक्तिगत जीवनलाई अलग–अलग राख्ने प्रयास गर्छु । टीभी च्यानल वा कुनै पत्रिकामा यस्ता हावादारी समाचार हेर्दा वा पढ्दा म आफ्नो मुड खराब गर्दिनँ, बरु हाँसो लाग्छ ।

भन्नाले तपाईं अहिले पनि सिंगल हुनुहुन्छ ?

मैले धेरैपटक भनिसकेँ र आज एकपटक फेरि भन्छु, जबसम्म बिहे हुँदैन, तबसम्म मानिस सिंगल नै हुन्छ । यो कुरा ममाथि पनि लागू हुन्छ ।

तपाईंको सबैभन्दा ठूलो कमजोरी ?

मेरो परिवार नै मेरो सबैभन्दा ठूलो कमजोरी हो । हामी छ बहिनी छौँ । मेरा बहिनीहरू मेरा लागि ‘एन्जल’भन्दा कम छैनन् । उनीहरूको सबै जिम्मेवारीलाई म आफ्नो ठान्छु । आफ्ना बहिनीहरूको खुशीका लागि म जे पनि गर्न सक्छु ।

आज तपाईं सफलताको शिखरमा हुनुहुन्छ । इन्डस्ट्रीका नम्बर वानहरूसँग काम गरिसक्नुभएको छ । बीस वर्षपछि आफूलाई कहाँ देख्नुहुन्छ ?

बीस वर्षपछि म आफूलाई परिवारसँग खुशी देख्न चाहन्छु । बीस वर्षपछि पनि म आफूलाई बलिउडमा सक्रिय भएर फिल्म गरेको देख्न चाहन्छु ।

थारु प्रतिनिधि भन्छन्- थारु मधेसीको समस्या समाधान गर्न कांग्रेस जिम्मेवार बन्नुपर्छ

nc adhibesen

मधेस आन्दोलनमा सहभागी भएका केही मधेसी नेताहरु कांग्रेस महाधिवेशनमा सहभागी भएका छन्। मधेस आन्दोलनका कार्यक्रममा पार्टीको नीति उल्लंघन गरेर आन्दोलनमा सहभागी भएको अरोप खेपेका नेताहरु पनि महाधिवेशनमा सहभागी भएका हुन्। कांग्रेस मधेसको हितमा रहेकोले फेरी यसैमा लागेको रौतहट क्षेत्र नम्बर ३ बाट महासमिति सदस्य बनेर अधिबेशनमा सहभागी भएका कपिलदेव यादवले बताए। Continue reading “थारु प्रतिनिधि भन्छन्- थारु मधेसीको समस्या समाधान गर्न कांग्रेस जिम्मेवार बन्नुपर्छ”

कांग्रेस महाधिवेशनमा जे देखियो

dance

सिबी अधिकारी/दीपेन्द्र सापकोटा
खुला मञ्चमा अपराह्न करिब २ बजे औपचारिक रुपमा सुरु भएको नेपाली काँग्रेसको १३औँ महाविधेशनको उद्घाटन सत्रमा रोचक र घतलाग्दा दृष्य देखिए । निर्धारित समयभन्दा ठीक एक घन्टा ढिलो सुरु भएको उद्घाटन सत्रमा विभिन्न दृष्य रोचक र केही कमजोरीसमेत झल्किए । स्वागतगानपछि पाहुनाका रुपमा एक भारतीय नेता पल्लवसिंह गुप्ताले बोलेपछि काँग्रेसका संस्थापक नेता बिपी कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाको तस्बिरमा काँग्रेस कावा सभापति रामचन्द्र पौडेल लगायत शीर्ष नेताले माल्यार्पण गर्नुभयो । Continue reading “कांग्रेस महाधिवेशनमा जे देखियो”

कांग्रेस महाधिवेशनमा मधेसी मोर्चाका नेता गएनन्

Madheshi-morchaप्रधानमन्त्री चुनावमा कांग्रेसलाई भोट हाल्न गएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सोही दलको १३ औं महाधिवेशन भने बहिष्कार गरेको छ । ‘मधेसविरोधी संविधान बनाउने’ कांग्रेसको निम्ता आफूहरुलाई प्राप्त भए पनि आफूहरु नगएको मोर्चा नेताहरुले बताए । ‘मधेसको भोट लिएर पहिलो पार्टी बनेको कांग्रेसले मधेसी जनताकै विरोधमा संविधान बनायो,’ सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोले भने, ‘कांग्रेसले मधेसलाई माया गरेको भए हामी पनि उसलाई माया गर्थ्यौं । अबदेखि ठूला दलले हामीलाई जति माया गर्छन्, त्यति मात्रै माया गर्छौं ।’ Continue reading “कांग्रेस महाधिवेशनमा मधेसी मोर्चाका नेता गएनन्”