जनजाति पत्रकार महासंघ बारामा पिठाकोटे मगर

Bara Fonij

बाराको सिमरा उद्योग वाणिज्य संघको प्राङ्गणमा विहिवार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाराको गठन भएको छ। नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रिय प्रतिनिधि निरज पिठाकोटे मगरको अध्यक्षतामा उक्त महासंघ गठन गरिएको छ। Continue reading “जनजाति पत्रकार महासंघ बारामा पिठाकोटे मगर”

नाकको लम्बाइ नाप्ने कि इतिहासको गहिराइ ?

युग पाठकYug-Pathak-1

केही मित्रलाई लाग्छ– युग पाठक बाहुनको छोरो भएर पनि जनजाति–मधेसीका कुरा किन गर्छ ? यो प्रश्नभित्र गहिरो रहस्य लुकेको छ । ती फेरि भन्छन् – बाहुनको कोखमा जन्मनु एक संयोगमात्रै हो, यसमा मेरो के दोष ? झट्ट सुन्दा ठीकै पो हो कि जस्तो लागे पनि यी प्रश्नमा परम्परागत राजनीतिको रङ चढेको छ । Continue reading “नाकको लम्बाइ नाप्ने कि इतिहासको गहिराइ ?”

कांग्रेसका सांसद एवं पर्सा अध्यक्ष सुरेन्द्र चौधरीले पार्टी छाडे

Surendran Chaudhary

कांग्रेस नेता सुरेन्द्रप्रसाद चौधरीले पार्टी परित्याग गरेको जनाएका छन् । पर्सा जिल्ला अधिवेशनमा पराजित भएपछि चौधरीले सांसदसहित साधारण सदस्यतासमेत नरहने गरि पार्टी परित्याग गरेको जानकारी दिए । उनले जिल्ला अधिवेशनमा आफू भने सहभागी नभएको दाबी गरेका छन् । Continue reading “कांग्रेसका सांसद एवं पर्सा अध्यक्ष सुरेन्द्र चौधरीले पार्टी छाडे”

पाइलट र को-पाइलट जसले आफू मरेर यात्रुहरु जोगाए

kastamandap-air-crash-2

एयर काष्ठमण्डपको विमान कालिकोटमा दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । लमृत्यु हुनेमा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष राना छन् । विमानमा खरावी आएपछि आकस्मिक अवतरण गर्ने क्रममा चिलखाया गाविस २ मा दुर्घटना भएको हो । Continue reading “पाइलट र को-पाइलट जसले आफू मरेर यात्रुहरु जोगाए”

बुटवलका अजिन चौधरी होस्टेलको बाथरुममा झुण्डिएको अवस्थामा फेला

बुटवलको एभरेष्ट उच्च मावि कक्षा ६ मा अध्ययनरत अजिन चौधरी होस्टेलको बाथरुममा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । १४ वर्षिय चौधरी गएराति ११ बजे झुण्डिएको अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । Continue reading “बुटवलका अजिन चौधरी होस्टेलको बाथरुममा झुण्डिएको अवस्थामा फेला”

थरुहटको चेतावनीपछि इन्सेकले भन्यो- सत्यतथ्यको पक्षमा छौं, गल्ती सच्याउँछौं

Bimochan_Insecअनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले टीकापुर घटनावारे उल्लेखित मानव अधिकार सम्बन्धी आफ्नो प्रतिवेदन सच्याउने भएको छ । हालै सार्वजनिक गरिएको प्रतिवेदन तथा मानवअधिकार वर्ष पुस्तक २०१६ मा उल्लेतित टीकापुर घटनाको विवरणप्रति आन्दोलनरत थरुहट/थारुवान संयुक्त संघर्ष समितिले कडा विरोध जनाएपछि इन्सेकले आफ्नो उक्त प्रतिवेदन सच्याउने भएको हो । Continue reading “थरुहटको चेतावनीपछि इन्सेकले भन्यो- सत्यतथ्यको पक्षमा छौं, गल्ती सच्याउँछौं”

जेलमुक्त भए संजय दत्त

India Sanjay Dutt

भारतीय अभिनेता संजय दत्त बिहीबार जेलमुक्त भएका छन्। पुनेस्थित यरवडा जेलबाट बिहानै रिहा भएलगत्तै संजयले सञ्चारमाध्यमसँग अब आफूलाई सन् १९९३ मा भएको मुम्बई बमविस्फोटमा जोडेर समाचार नलेख्न आग्रह गरे।

अवैध हतियार राखेको अभियोगमा संजयलाई अदालतले दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको थियो। अदालतको फैसलापछि उनी सन् २०१३ मेदेखि जेलमा ४२ महिना बसे। ५६ बर्से उनी सन् २००७/०८ मा १८ महिना जेल बसेका थिए। टाडा कानुनअन्तर्गत स्पेसल कोर्टले उनलाई सुनाएको ५ वर्ष कैद सजाय सन् २०१३ मा सुप्रिम कोर्टले सदर गरेको थियो।

रिहाइपछि गरेको पत्रकार सम्मेलनमा संजयले भने, ‘म आतंकवादी होइन। र, अब मलाई सन् १९९३ को मुम्बई बमविस्फोटसँग जोडेर समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमसँग आग्रह गर्छु।’ जेलमुक्त भएपछि परिवारसँग भेट हुने र फेरि कहिल्यै जेल नफर्कने सोचेर चार दिनयता भोजन नगरेको र गएराति नसुतेको उनले बताए।

संजयका अनुसार उनले मुद्दाबाट स्वतन्त्र हुन २३ वर्ष पर्खनु परे पनि अन्त्यमा स्वतन्त्रता पाएको बताए। उनले आफू स्वतन्त्र भएको अनुभूत गर्न अझै केही दिन लाग्ने पनि बताए। यतिबेला आफूले सबैभन्दा बढी पिता सुनिल दत्तलाई ‘मिस’ गरेको भन्दै उनी जीवित हुन्थे भने सायद आफ्नो रिहाइबाट सबैभन्दा बढी खुशी हुन्थे भने।

जेलबाट निस्कनासाथ संजयले भूमि चुमेका र भारतको राष्ट्रिय झण्डालाई सलामी दिएका थिए। यसबारे उनले भने, ‘धर्ती मेरी आमा हुन्। म भारतीय धर्तीलाई माया गर्छु र आफू भारतीय भएकोमा गर्व गर्छु।’

सन् १९९३ को मुम्बई विस्फोटमा २ सय ५७ जनाको मृत्यु भएको थियो भने ७ सय १३ जना घाइते भएका थिए। संजयलाई बमकाण्डका अभियुक्तसँग हतियार किनेको अभियोगमा अदालतले दोषी ठहराएको थियो। उनले भने विस्फोटपछि भएको हिन्दु–मुस्लिम साम्प्रदायिक दंगामा आफ्नो परिवारको सुरक्षा गर्न हतियार आवश्यक भएको जिकिर गरेका थिए।

जेल बसाइमा संजयलाई उनको असल व्यवहार र रेडियो कार्यक्रम सञ्चालनजस्ता गतिविधिका कारण ४ महिना २४ दिनको सजाय माफ गरिएको थियो।

मिस नेपाल २०१६ मा वर्षा लेखी

Barsha Lekhi
तस्बिर सौजन्य : मोनिका झा

मिस नेपाल २०१६ को अन्तिम स्पर्धामा वर्षा लेखी छनोट भएकी छन्। हिड्न ट्रेजरले आयोजना गर्दै आएको मिस नेपाल प्रतियोगिताको अन्तिम २२ प्रतिस्पर्धीमा लेखी पनि पर्न सफल भएकी हुन्। गत वर्षको स्पर्धा पनि थारु समुदायकी निश्मा चौधरी छनोट भएकी थिइन्। उनी शीर्ष पाँच र मिस बब्लीको टाइटल पनि जितेकी थिइन्। Continue reading “मिस नेपाल २०१६ मा वर्षा लेखी”

कीर्तिपुर केन्द्रबिन्दु बनाएर भूकम्प

Bhukampa-Nepal

राजधानीमा बिहीबार राति फेरि भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार राति ९ बजेर २१ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । ३.५ रेक्टरको गतिमा महसुस गरिएको भूकम्पको केन्द्रविन्दु कीर्तिपुर रहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।  Continue reading “कीर्तिपुर केन्द्रबिन्दु बनाएर भूकम्प”

बेलायती राजकुमार ह्यारीले नेपाल भ्रमण गर्ने

harryबेलायती राजकुमार ह्यारीले आगामी मार्च महिनाको २० देखि २३ तारिक नेपालको औपाचारिक भ्रमण गर्ने भएका छन्। केनसिनटोन प्यालेसले बिहीबार ट्विट गर्दै ह्यारीले नेपालको ४ दिने औपाचारिक भ्रमण गर्न लागेको पुष्टि गरेको हो।  Continue reading “बेलायती राजकुमार ह्यारीले नेपाल भ्रमण गर्ने”