
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको माग सम्बोधन गर्ने गरी सरकारले ठोस कदम नचाले उत्तर र दक्षिण दुबै तिरका नाका अवरुद्ध गर्ने गरी आन्दोलन गर्ने बताएका छन् । अहिले सरकारलाई मुद्दा सम्बोधन गर्ने अवसर भएको उनले बताए । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा यादवले भने ‘राज्य यो अवसर खेर फाल्दैछ । राज्य यसरी नै अघि बढे अबको आन्दोलन वीरगञ्जमात्रै होइन, उत्तर र दक्षिण दुबै तिरका नाका बन्द गर्दै अघि बढ्छ ।’ Continue reading “वीरगञ्जमात्रै होइन, उत्तर नाका पनि बन्द गर्ने उपेन्द्र यादवको चेतावनी”


मेघौलीमा सञ्चालन भइरहेको आदिवासी साँस्कृतिक महोत्सव हेर्न आफ्नो जातीय पोशाक लगाएर आएका थारु समुदायका युवती। तस्विर : रमेशकुमार पौडेल
कृष्णराज सर्वहारी
थारू विद्यार्थी समाज (थाविस) त्रिभुवन विश्वविद्यालयको आठौं इकाई समिति गठन भएको छ। बुधबार त्रिभुवन विश्वविद्यालय (टियु)को सिनास हलमा सम्पन्न भेलाले महेश कोचिला नेतृत्वमा १५ सदस्यीय समिति गठन भएको हो।
आन्दोलनरत थरुहट/थारुवान संयुक्त संघर्ष समितिले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई १५ दिनभित्र प्रतिवेदनसहितको पुस्तक सच्याउन कडा अल्टिमेटम दिएको छ । विना तथ्य, विना प्रमाण एक तर्फी रुपमा तथा पूर्वाग्रही ढंगबाट मानवअधिकार वर्ष पुस्तक २०१६ प्रकाशन गरेको भन्दै उक्त पुस्तक सच्याउन इन्सेकलाई अल्टिमेटम दिएको हो । थरुहट\थारुवान संयुक्त संघर्ष समिति कैलाली संयोजक कृष्णकुमार चौधरीद्वारा प्रेसित विज्ञप्ती अनुसार प्रति नसच्याए इन्सेकका हरेक गतिविधिलाई वहिकार गर्ने चेतावनी समेत दिएइएको छ । 
सेवा सबैभन्दा ठूलो धर्म हो। आफूले सक्ने सेवा अरुलाई प्रदान गर्दा आनन्द अनुभूत गराउने सशास्त्रमा पनि उल्लेख छ। यही सेवा भावले युएईका थारुहरुले ‘प्रवासी थारु समाज युएई’को गठन गरेका छन्। चार वर्षअघि सन् २०१२ मा स्थापना भएको यो समाजले हालसम्म विभिन्न क्षेत्रमा समाजिक काम गर्दै आएको छ। आफ्नो समुदायलाई आपतविपद् परेको बेला सहयोग गर्न सकियोस् भनेरै नवलपरासी स्थायी घर भएका नेत्र थनेतले यो समाजलाई जन्म दिएका हुन्।