
पोखराबाट हिमालपारिको जिल्ला मुस्ताङको जोमसोमका लागि बुधबार विहान उडेको तारा एयरको ट्वीनअटर विमान भेटिएको स्थानीयले बताएका छन्। म्याग्दीको दाना गाविस-२ स्थित सोलीघोप्टे आसपासबाट आवाज आएको दाना रुप्सेका स्थानीयले बताएपछि श्याम पुन, लालबहादुर पुन, नविन खड्का र शेरबहादुर बुढाथोकी सहित एक जना प्रहरी त्यसतर्फ गएका थिए। Continue reading “हराइरहेको विमान जलिरहेको अवस्थामा भेटियो”

इन्दु थारु

मल्टि ग्यासगनसहित पक्राउ परेका एक जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरीको क्षेत्रीय अनुसन्धान टोली (आरआईटी) ले एक थान मल्टि ग्यासगनसहित पक्राउ गरेको कैलाली हसुलिया–८ मनाउका ३९ वर्षीय निर्दङ्ग भन्ने कुकरा चौधरीलाई सार्वजनिक गरेको हो ।
मातृभाषालाई सम्पत्तिको रुपमा संरक्षण गर्नुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । आइवार सहयोग समाज नेपाल दाङको आयोजनामा तथा भाषा विकास केन्द्र काठमाडौंको सहयोगमा बिजौरीमा भएको १७औं अन्तर्राष्ट्रिय मातृ भाषा दिवस कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो कुरामा जोडदिएका हुन्। भाषा लोप हुनु भनेको कला, संस्कृति लोप हुनु हो त्यसैले यसको विकास गर्नलाई मातृभाषामा प्राथमिक शिक्षामा अध्यापन गराउनु आवश्यक रहेको बातएका थिए।
छ दिने भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड हस्तीहरुसँग पनि अन्तर्क्रिया गर्ने भएका छन्। बुधबार मुम्बईमा आयोजना हुने कार्यक्रमको चाजोपाजो भने बलिउड अभिनेत्री मनिषा कोइरालाले गरेकी छन्। दिल्लीस्थि नेपाली राजदूतावासको पहलमा उनले बलिडकर्मीहरुसँग प्रधानमन्त्री ओलीको भेटतालिका बनाएकी हुन्।
भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी ओलीको विरोधमा आज नयाँ दिल्लीको जंतर मंतरमा मधेशी–थारुहरुले प्रदर्शन गर्दैछन् । उनीहरुलाई विहारका नेताहरुले पनि सहयोग गर्दैछन् भने डा.सीके राउतका कार्यकर्ताहरुले पनि सहयोग गर्ने भएको छ ।