कार्यवाहक प्रधानमन्त्री गच्छदारले भने- तराईमा २ प्रदेश निर्माण असम्भव

Bijay Gachhadarकार्यवहाक प्रधानमन्त्री विजयकुमार गच्छदारले मधेसी मोर्चाको सहमतिमा नै तीन महिनाभित्र सीमाङकनको विवाद सावाधान गर्ने बताएका छन् । यद्यपी मोर्चाले भने जस्तो तराईमा २ प्रदेश निर्माण असम्भव रहेको वताए । Continue reading “कार्यवाहक प्रधानमन्त्री गच्छदारले भने- तराईमा २ प्रदेश निर्माण असम्भव”

मंगलबारदेखि भरी सिलिण्डर बजारमा

Nepal Gas

भारतीय नाकाबन्दीपछि आधा सिलिण्डर ग्यास बेच्ने निर्णय गरेको सरकारले आफ्नो निर्णय उट्याउँदै भरी सिलिण्डर ग्यास बेच्ने दिन निर्णय गरेको छ। वाणिज्य तथा आपूर्ति मन्त्रालयले नाकाबन्दी भरी सिलिण्डर बजारमा बिक्री गर्न दिने निर्णय गरेको हो। Continue reading “मंगलबारदेखि भरी सिलिण्डर बजारमा”

प्रिती जिन्टा विवाह बन्धनमा बाधिँदै

Prety Zinta

केही दिन पहिला डिम्पल गर्लका रुपमा परिचित बलिउड अभिनेत्री प्रिती जिन्टाको विवाहको चर्चाले सामाजिक संजालमा निकै चर्चा पायो। १४ फेब्रुअरीमा प्रितीको अमेरिकी व्याईफ्रेण्ड जेनसँग विवाह हुने चर्चा चलेको थियो। तर, सो चर्चाप्रति प्रितीले भने आपत्ति जनाएको भारतीय संचारमाध्यमले जनाएका छन्। उनले सो चर्चालाई अफवाहको सज्ञा दिएकी थिइन्। तर फेरि अहिले बलिउडमा प्रिती जिन्टाको विवाहको खबरले चर्चा पाएको छ। Continue reading “प्रिती जिन्टा विवाह बन्धनमा बाधिँदै”

मातृभाषा कविता महोत्सव मनागैल

Bhumika Chau

पिँजरा मनिक चिरैहस

बिल्कुल बाँधल बटुँ मै

जहाँ मोर पीडा

मै बाहेक कोइ नै जानठ

सामान हस बिकल टुँ Continue reading “मातृभाषा कविता महोत्सव मनागैल”

अनेरास्ववियू अध्यक्षमा नवीना लामा निर्वाचित

Nabina Lama

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियू अध्यक्षमा नवीना लामा निर्वाचित भएकी छिन्। दीपक गौतमलाई २१६ मतले हराउँदै लामा अध्यक्षमा निर्वाचित भएकी हुन्। लामाले ८६५ मत ल्याइन् भने अर्का प्रत्यासी गौतमले ६४९ मत पाए। निर्वाचन आयोगले यो परिणामलाई औपचारिकता दिन भने बाँकी छ।

नवीना रामकुमारी झाँक्रीपछि अखिलको नेतृत्व सम्हाल्ने दोस्रो नेतृ हुन्। नवीना एमालेभित्र केपी ओली पक्षकी हुन्। पराजित हुने गौतम माधव नेपाल पक्षका हुन्।

पदाधिकारीहरु अधिकांश संस्थापन पक्षका निर्वाचित भएका छन्। उपाध्यक्षमा महेश बर्तौला, रश्मि आचार्य, सुनिता बराल तथा सलेश लामा विजयी भएका छन्। महासचिवमा ऐन महर विजयी भएका छन्।

सचिवमा आरसी लामिछाने, समिक बडाल, मकरबहादुर खड्का, सदेश पराजुली, अमृत बुढा, आरती लामा, ओसिम आलम निर्वाचित भएका छन्। कोषाध्यक्षमा झपिन्द्र खत्री निर्वाचित भएका छन्।

माघ २८ देखि अखिलको अधिवेशन प्रज्ञा भवन कमलादीमा भएको थियो। प्रतिनिधि विवादका कारण लम्बिएको महाधिवेशनमा फागुन ५ र ६ गते नेतृत्व चयनका लागि निर्वाचन भएको थियो। निर्वाचनमा १ हजार ५ सय २० मत खसेको थियो।

कान्ति ओरालोमा बसले किच्दा दुई चिकित्सकको मृत्यु

Doctor-in-Accident

चिकित्सा शास्त्र अध्यान संस्थान (आइओएम) महाराजगञ्जमा एमडी अध्ययनरत २ जना चिकित्सकको गाडीको ठक्करबाट मृत्यु भएको छ। प्रहरीका अनुसार प्युठानका २६ बर्षीय डा. सन्दिब सुवेदी र भारत बिहारका डा. सोनी आनन्दको मृत्यु भएको हो। दुवैजना एमडी पहिलो बर्षमा अध्यानरत थिए। Continue reading “कान्ति ओरालोमा बसले किच्दा दुई चिकित्सकको मृत्यु”

दिल्लीमा ओलीले भने- ‘संविधानले कसैलाई विभेद् गरेको छैन’

PM- Oli

नयाँ संविधानलाई थप समावेशी बनाउन नेपालमाथि दवाब दिंदै आएको छिमेकी भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले असोज ३ गते जारी भएको संविधान हदैसम्मको समावेशी भएको बताएका छन्। नेपालको नयाँ संविधान सबैभन्दा लोकतान्त्रिक प्रक्रिया र प्रतिनिधिमूलक बिधिबाट जारी भएको समेत उनले स्पष्ट पारेका छन्। Continue reading “दिल्लीमा ओलीले भने- ‘संविधानले कसैलाई विभेद् गरेको छैन’”

ओलीलाई कालोझण्डा देखाउने विद्यार्थीहरु रिहा

kalo-jhanda-1

भारतको नयाँदिल्लीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने सबै विद्यार्थीहरु आइतबार रिहा भएका छन् । भारत भ्रमणमा गएका प्रधानमन्त्री ओलीलाई इन्दिरागान्धी अन्तराष्ट्रिय विमानस्थलमा मधेस केन्द्रित दलका विद्यार्थीहरुले कालो झण्डा देखाएका थिए । उनीहरुलाई पक्राउ गरी तिहाड जेल चलान गरिएको थियो । Continue reading “ओलीलाई कालोझण्डा देखाउने विद्यार्थीहरु रिहा”

मातृभाषा दिवसमा थारु झाँकी

mother language day (2)

अन्तर्राष्ट्रिय मातृ भाषा दिवसको अवसरमा निकालिएको र्‍यालीमा झाँकी प्रस्तुत गर्दै थारु युवती। तस्बिर : उपेन्द्र लामिछाने