तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारको रबैया नबदलिए फेरि नाकाबन्दी गर्नेे चेतावनी दिएका छन्। रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले भने,’ संविधान हामीलाई उपेक्षा गरेर ल्याइयो, संशोधन पनि त्यसरी नै गरियोे, सीमांकनकालागि उच्चस्तरीय राजनीतिक संयन्त्र पनि सरकारले एकतर्फी रुपमा गठन गर्यो । यस्तै रवैया जारी रहे मोर्चाको बैठक बसेर शसक्त आन्दोलनको कार्यक्रम ल्याउँछौं।’ Continue reading “‘सरकारको यस्तै रवैया जारी रहे फेरि नाकाबन्दी गर्छौं’”
Author: admin
इन्सेकले भन्यो- दुई वर्षे बालकको हत्या थारु आन्दोलनकारीबाट

लखन चाैधरी/कैलाली
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशित नेपाल मानवअधिकार वर्ष पुस्तक २०१६ को एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । इन्सेक सुदूर पश्चिम संयोजक खडकराज जोशीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला न्यायधिश धनसिंह महरा रहेका थिए । भने विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी मोहन चापागाई रहेका थिए । Continue reading “इन्सेकले भन्यो- दुई वर्षे बालकको हत्या थारु आन्दोलनकारीबाट”
भलमन्साहरुको चेतावनी- अब दमन सहन्नौं

टीकापुर घटनालाई लिएर प्रहरी प्रशासनद्वारा आफुहरु माथि व्यापक दमन र धडपकड भएको भन्दै कैलाली जिल्लास्थित बड्घर/भलमन्साहरुले कडा रुपमा प्रस्तुत भएका छन् । थरुहट आन्दोलनको क्रममा भलमन्सा र सर्वसाधारणहरु माथि राज्य पक्षबाट बर्बर दमन भएकोले अव उप्रान्त अन्याय, दमन तथा धडपकड नसहने बताउँदै त्यस्ता कार्यहरुको विरुद्ध कडा रुपमा प्रस्तुत हुने उनीहरुले चेतावनी दिएका हुन् । Continue reading “भलमन्साहरुको चेतावनी- अब दमन सहन्नौं”
ओलीलाई दिल्लीमा कालो झन्डा देखाउने मधेसी थारुलाई जेलमा हालियो
प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिल्लीमा कालो झण्डा देखाएका थारु मधेशी विद्यार्थीलाई दिल्ली प्रहरीले जेल चलान गरेको छ । शान्ति सुरक्षा खल्बलाएको आरोप लगाउँदै ती विद्यार्थीहरुलाई दिल्लीमै रहेको तिहार जेलमा पठाएको छ। भ्रमणमा दिल्ली पुगेका प्रधानमन्त्री ओलीलाई उनीहरुले एयरपोर्ट बाहिर कालो झण्डा देखाएका थिए।
त्यसपछि साँझमा भारतस्थित नेपाली दूतावासमा प्रजातन्त्र दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा भाग लिन गएका प्रधानमन्त्री ओलीलाई सोही विद्यार्थीहरुले पुनः कालो झण्डा देखाएका थिए। कालो झण्डा देखाउने क्रममा करिब दुई दर्जन विद्यार्थीलाई त्यहाँको प्रहरीले पक्राउ गरेको थियो।
प्रकाउ गरेका उनीहरुलाई त्यहीको थानामा राखिएको थियो। शनिबार उनीहरुलाई अदालतको आदेशमा फागुन ११ गतेसम्मका लागि जेल पठाएको छ। उनीहरुमाथि आइपीएस १०७ र १०५ को चार्ज लगाएको छ।
पक्राउ परेका मधेशी–थारुहरुको रिहाईको माग गर्दै मधेशका जिल्लाहरुमा प्रदर्शन सुरु भएको छ। दिल्लीमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने क्रममा २२ जना मधेशी–थारु विद्यार्थीहरुलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ। उनीहरुको रिहाईको माग गर्दै जनकपुरसहितको शहरमा प्रदर्शन सुरु भएको छ ।
आइतबार बीरगञ्ज तथा विराटनगरमा मधेशीहरुले भारतीय बाणिज्य दुतावास अगाडि प्रदर्शन गर्नेछन् । त्यस्तै आइतबार काठमाडौंमा पनि रिहाईको माग गर्दै भारतीय दुतावास अगाडि प्रदर्शन गर्ने तयारी हुँदैछ।
सेवेन्द्र कुसुम्या सम्मानित

ठुम्रार साहित्यिक बखेरी गजलकार तथा रेडियो कार्यक्रम प्रस्तोता सेवेन्द्र कुसुम्याहे सम्मानित कर्ले बा। फागुन ८ गते बखेरीके छत्तीसौ साहित्य श्रंृखला त्रिवि कीर्तिपुर परिसरमे हुइल कार्यक्रममे कुसुम्याहे सम्मानित कैगैलक हो। उहाँहे बर्का पहुना नेवा बस्ती नेवा स्कूल अभियानके संयोजक दीपक तुलाधर सम्मान पत्र डेलाँ। साथे, ठुम्रार साहित्यिक बखेरीके संयोजक कृष्णराज सर्वहारी उहे कार्यक्रममे बिक्री हुइल मेरमेरीक थारु किताबके बिक्री बापतके रकम १ हजार ७ सय ५० रुपैया हौसलास्वरुप कुसुम्याहे प्रदान कर्ला। हसुलिया–८, डम्मारा, कैलाली निवासी सेवेन्द्र कुसुम्याके उत्पादन तथा प्रस्तुतीमे ल्वाह्रल मन थारु साहित्यिक साप्ताहिक कार्यक्रम नेपालके १४ ठो एफएम रेडियो ओ अनलाइनमे प्रसारण हुइठ।
सम्मानित व्यक्तित्वके उपर प्रकाश पर्टी कवि/गीतकार सुशील चौधरी कहलाँ– रेडियोकर्मी सेवेन्द्र अनलाइन मार्फत् बिदेशमे समेत थारु साहित्यहे अडियो मार्फत् छिट्क्वइनामे लागल ओरसे उहाँ सम्मानके हकदार बटाँ। सम्मानित व्यक्तित्व सेवेन्द्र आपन कोठाहे स्टुडियो बनाके बँचल समय रेडियो कार्यक्रम उत्पादनमे लगैलक सम्झटी सम्मान कर्लकमे ठुम्रार साहित्यिक बखेरीहे धन्यवाद डेलाँ। सम्मानले साहित्यमे निरन्तर लागे पर्नामे थप जिम्मेवारी आइल उहाँ बटैलाँ।
कार्यक्रममे प्रकृतिपूजा चौधरी, भूमिका थारु, शिव शक्ति, दीपक चौधरी, नन्दु सर्वहित, रोशन रत्गैया, सरिता पछलडंग्या, फोन मार्फत् बर्दियाके स्रष्टा ठाकुर अकेला लगायत कविलोग आआपन रचना सुनैले रहिट। कार्यक्रममे पैल्हा फेरा उपस्थित हुइल नवलपरासीके शिक्षक ज्ञानेन्द्र महतो कीर्तिपुरके कार्यक्रमले आपन जिल्लामे कार्यक्रम करना उत्प्रेरणा मिलल बटैलाँ। बर्का पहुना दीपक तुलाधर राजधानीहस ठाउँमे निरन्तर तीन बरस थारु साहित्य शृंखला कर्लकमे आयोजक प्रशंसायोग्य बा कहटी भाषा जोगाइक लग थरुहट क्षेत्रके स्कूलमे थारु किताब लागु करे पर्नामे जोड डेलाँ।
थारु संगीतमा प्रेम र समर्पण
मदन चौधरी– अरी काहासेन सिरिजल चकियाक पिहि्रया
अरी कहासेन सिरिजल चकियाक खुटिया
श्रीखोला सिरिजल चकियाक पिहि्रया
बिजा बन सिरिजल चकियाक खुटिया
विवाहको सिजनसँगै यतिबेला यी हरफहरु पश्चिम थारु गाउँमा गुन्जयमान छन्। विशेषतः थारुको विवाहमा गाइने यो गीत निकै लोकप्रिय मानिन्छ। यसलाई थारु भाषामा ‘माँगर’ भनिन्छ। थारुको विवाह माघ–फागुनमै हुने भएकाले यो गीतको महत्व पनि यही महिनामा बढी हुने थारु विज्ञहरु बताउँछन्। त्यसो त थारुहरुको नयाँ वर्ष ‘माघ’ अर्थात् ‘माघी’लाई जनाउँछ। थारु समुदायले नयाँ वर्षको आगमनसँगै ‘मघौटा’ नाच्ने गर्छन्। Continue reading “थारु संगीतमा प्रेम र समर्पण”
यस्ता छन् ओलीले भारतसँग गरेका ९ सम्झौता

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भएको भेटवार्तामा विभिन्न नौ वटा सम्झौतामा हस्ताक्षर भएको छ। दुई देशका प्रधानमन्त्रीबीच भएको छलफलपछि भारतले नेपालालाई बांगलाबन्द र विशाखापट्नम बन्दरगाहा प्रयोग गर्न दिने भएको छ। विशाखापट्नम बन्दरगाहा प्रयोग गर्न रोहनपुर-सिंहवाद रेल्वे रुटको प्रयोग गरिने सम्झौता भएको जानकारी गराइएको छ।
यस्तै भूकम्पपछिको पुनर्निर्माणको कार्यनीति सम्झौतामा पनि हस्ताक्षर भएको छ । यस्तै हुलाकी मार्ग निर्माण र संगीत नाट्या एकेडेमीकाे बारे पनि सम्झाैता भएकाे छ। यस्तै दुई देशका प्रधानमन्त्री ढल्केबर–मुजफ्फरपुर अन्तर–देशीय विद्युती प्रसारण लाईनको पनि औपचारचिक उद्धघाटन गरेका छन्।


सबै वर्गलाई समेटेर लैजान ओलीलाई मोदीको आग्रह (भाषणको भिडियो)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधानलाई दशकौंको संघर्षपछि प्राप्त एक महत्वपूर्ण उपलब्धि बताएका छन्। तर, यसको सफलता सहमति र सम्वादमा निर्भर रहने उनले बताए। शनिबार प्रधानमन्त्री केपी ओलीसँग हैदारावाद हाउस भएको भेटवार्तामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले भने- ‘दशकौंको संघर्षबाट बनेको नेपालको संविधान एक महत्वपूर्ण उपलब्धि हो।’ Continue reading “सबै वर्गलाई समेटेर लैजान ओलीलाई मोदीको आग्रह (भाषणको भिडियो)”
ओली-मोदीले गरे ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा ढल्केबर– मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन गरेका छन्। भारतको नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले स्वीच दबाएर सो प्रसारण लाइनको उद्घाटन गरेका हुन्। Continue reading “ओली-मोदीले गरे ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन”
निन्द्रा लाग्दैन? अपनाउनुस् नौं उपाय

गहिरो निद्रा सबै प्राणीको लागि आवश्यक तत्व हो। मानिसलाई उमेर अनुसार दैनिक रुपमा कम्तीमा ६ घन्टा मस्त निद्रा चाहिन्छ। तर, पछिल्लो समयमा पनि विश्वव्यापी रुपमै मान्छे कम निदाउने वा निदाउन नसक्ने अनुसन्धानहरुले समेत प्रष्ट पारेका छन्। अनुसन्धानहरुले पछिल्लो समयमा विभिन्न कारणले मानिसको निद्रा विथोलिएको देखाएका छन्। आफ्नै र बाह्य कारणले गर्दा मानिसको निद्रा अनियमित हुँदै गएको छ। Continue reading “निन्द्रा लाग्दैन? अपनाउनुस् नौं उपाय”