
Author: admin
प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’ (फोटो फिचर)
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा ६ दिने राजकीय भ्रमणमा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री केपी ओलीलाई शनिबार बिहान राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । उक्त कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई स्वागत गरेका थिए । Continue reading “प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’ (फोटो फिचर)”
२३ वर्षअघि भारतलाई हराउने स्टार देवनारायण चौधरी (भिडियो)

टेकराज पौडेल/अमेरिका
दक्षिण एसियामा हरेक क्षेत्रमा दादागिरी कायम गर्दै आएको भारतलाई हालै सम्पन्न साग फुटबलको फाइनलमा नेपालले पराजित गर्यो । भारतलाई १ का विरुद्ध २ गोल गरेर नेपालले फुटबलको स्वर्ण पदक जित्यो । यो जितसँगै नेपालमा साग फुटबलमा सहभागी नेपाली टोलीको प्रशंसा भइरहेको छ । त्यसमा पनि सागभरी नै चम्किएका स्ट्राइकर नवयुग श्रेष्ठको त झन् बढी नै प्रशंसा भइरहेको छ । नेपालले २३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जितेको हो । तर २३ वर्षअघि यसैगरी भारतलाई फुटबलमा हराएर स्वर्ण पदक जित्न भूमिका निर्वाह गरेका देवनारायण चौधरी गुमनाम छन् । उनको अहिले कुनै चर्चा परिचर्चासम्म छैन ।
कुनै व्यक्ति, संस्था वा देशको इज्जत बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका मानिसको इतिहास यस्तै बेला सम्झिनुपर्ने हुन्छ । विकसित देशमा खेल क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेका महत्वपूर्ण मानिसलाई राज्यले आजीवन सम्मान र श्रद्धा गरेर राख्ने तथा उनीहरुको ज्ञानको उपयोग भावी पुस्तालाई समेत दिने प्रचलन छ । तर दुर्भाग्य भनौं या नियति हाम्रो हाम्रो मुलुकमा खेलकुद क्षेत्रलाई पार्टीका कार्यकर्ता पोषण गर्ने थलोको रुपमा परिणत हुँदै गएको छ । खेलकुदका क्षेत्रमा गरेको योगदानलाई बुझ्ने र सम्झने प्रयाससम्म हुने गरेको छैन । त्यसैका कारण पनि सक्षम युवा खेलाडीहरु विदेश पलायनसमेत हुने गरेका छन् । आफ्नो जिविकोपार्जन गर्न तथा परिवार पाल्नका लागि बाध्य भएर काम खोज्दै विदेशिनुपर्ने बाध्यता खेलाडीमा छ । त्यस्तै बाध्यतामा परेर विदेश भासिनेमा २३ वर्षअघि भारतलाई हराएर स्वर्ण पदक जित्न सहयोग गर्ने एक सफल फुटबल खेलाडी देवनारायण चौधरी पनि हुन् । चौधरी अहिले अमेरिकाको सिकागोमा बस्छन् ।

सागका हिरो
बंगलादेशको ढाकामा सन् १९९३ मा सम्पन्न छैठौ साग खेलकुद प्रतियोगिता नेपालले फुटबलमा स्वर्ण पदक जितेको थियो । हालका प्रमुख प्रशिक्षक राजुकाजी शाक्य नेतृत्वको टोलीमा उपेन्द्रमान सिंह, राजेश थापा, देवनारायण चौधरी, राजेश मानन्धर, उमेश प्रधान, ज्ञानु शेरचन, जीवन लामा, मणी शाह, दिपक अमात्य, बसन्त गुरुङसहितको टिमले नेपाललाई स्वर्ण पदक दिलाएको हो । नेपालले फाइनलमा बाबुमणि नेतृत्वको भारतीय टिमसँग प्रतिस्पर्धा गरेको थियो । खेलको निर्धारित समय २–२ गोलको अवस्थामा सकिन लागेको थियो । त्यही बेला नेपालका गोलकिपर उपेन्द्रमान सिंह बिट भएको अवस्थामा गोल पोस्टको नजिकै भारतीय टिमका बाबुमणिले गोल गर्न खुट्टा बलमा पु¥याउन लागेकै अवस्थामा तिव्र गतिमा आएका देवनारायण चौधरीले दुवै खुट्टाको बीचबाट गोल खोसेपछि खेल बराबरीमा सकिएर टाइब्रेकरको अवस्थामा पुगेको थियो । त्यही कारणले त्यसबेला देवनारायणको खुवै प्रशंसा भएको थियो । अहिलेको नवयुगले जस्तै सम्मान चौधरीले पाएका थिए र सञ्चारमाध्यमले पनि उनको योगदानको निकै प्रशंसा गरेका थिए ।
देवनारायणको खेलप्रति अन्य देशका क्लबहरुले पनि निकै प्रसंशा गरेका थिए । उनलाई बंगलादेश, भारत र मलेसियाका क्लबमा समेत अनुबन्धित भएर खेल्ने अवसर आए । तत्कालीन महेन्द्र पुलिस क्लबका स्थायी जागिरे उनले सन् १९९६ देखि ९८ सम्म भारतको इस्ट बंगाल क्लब, सन् २००० मा बंगलादेशको वारि क्लब, २००१ मा बंगलादेशकै फहरगन्ज क्लब, २००२ मा बंगलादेशकै मोर्डन स्पोर्टस् क्लब र सन् १९९३ को करिब ३ महिना मलेसियाको पलिस क्लबमा अनुबन्धित भएर फुटवल खेले र अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो कौसल देखाए ।
फुटबलमा गोल गर्न धेरै मेहनत गर्नुपर्ने चौधरी सम्झन्छन् । टेक्निक, टिमवर्क र हार्डवर्क नै फुटबल जित्ने उपाय भएको उनको अनुभव छ । अहिलेको नेपाली फुटबल टोलीमा पनि उनले त्यो देखेका छन् । नेपाली फुटबलको राम्रो सम्भावना देखेका चौधरी खेलाडी पलायन हुने त होइनन् भन्नेमा भने चिन्ता व्यक्त गर्दछन् ।
देवनारायणले सन् १९९८ मा विश्व कप प्रि क्वालिफाइड म्याच ओमन र जापानमा खेले भने सन् २००२ मा उज्जेकिस्तान र इराकमासमेत खेल्ने अवसर पाएका थिए । सन् १९९३ मा पाकिस्तानको लाहोरमा भएको सार्क गोल्डकप फुटबलमा चौधरीले नै गरेको गोलमा नेपालले कास्य पदक जितेको थियो । त्यसैगरी सन् १९९९ मा काठमाडौंमा सम्पन्न साग खेलकुद प्रतियोगितामा उनकै नेतृत्वमा रहेको नेपाली टोलीले रजत पदक जितेको थियो । चौधरीले सागको चौथो संस्करणदेखि आठौं संस्करणसम्म खेल्ने अवसर प्राप्त गरेका थिए ।

पुलिस क्लबका देवनारायण
बुवा ठकनलाल र आमा गउदी चौधरीका ३ भाइ छोरामध्ये देवनारायण कान्छा हुन् । मोरङको सिध्रा गाविस–१ मा जन्मिएका देवनारायणका श्रीमती र एक छोरा छन् । देवनारायण सानैदेखि फुटबलमा रुची राख्ने व्यक्ति थिए । गाउँमा सानैदेखि कपडाको बल बनाएर साथीसंगीसँग फुटबल र भलिबल खेल्दै आएका चौधरी गाउँमा हुने स्थानीय प्रतियोगितामा सहभागी हुन्थे । विराटनगरमा आयोजना भएको जिल्लास्तरीय खेलमा फुटबल हेर्न आएका तत्कालिन डिएसपी (जो खेलाडी समेत थिए) रुपकराज शर्माले उनको खेलमा केही नयाँपन देखे । चौधरीको खेलकौशल देखेर लोभिएका डिएसपी शर्माले नै उनलाई काठमाडौं गएर खेल्न सुझाए । स्थानीय प्राध्यापक ध्रुव क्षेत्रीको सिफारिसमा उनी काठमाडौंमा महेन्द्र पुलिस क्लबमा अनुबन्धन हुन पुगे । उनलाई प्रहरीले फुटबल खेल्नकै लागि भर्ना गरेको थियो । उनी सन् १९९० मा भारत मद्रासको केरलामा भएको अन्डर–१९ क्वालिफाइड खेलका लागि छानिए । त्यसपछि उनी सन् १९९१ मा उत्तर कोरिया ओलम्पिक क्वालिफाइटका लागि छनोट भए र खेल्ने अवसर पाए । त्यसैगरी सोही वर्ष श्रीलंकाको कोलम्बोमा भएको पाँचौं साग गेममा समेत उनी सहभागी हुन पुगे ।

अमेरिका पलायन
सन् १९८९ देखि २००९ सम्म प्रहरी क्लबमा रहेर फुटबल खेलेका चौधरीले पेन्सन आउने बेलामा खेलजीवन त्यागेर अमेरिका भासिए । खेलबाट जीवन धान्न नसकिने निष्कर्षका साथ उनी अमेरिका भासिएका हुन् ।
फुटबलमा गोल गर्न धेरै मेहनत गर्नुपर्ने चौधरी सम्झन्छन् । टेक्निक, टिमवर्क र हार्डवर्क नै फुटबल जित्ने उपाय भएको उनको अनुभव छ । अहिलेको नेपाली फुटबल टोलीमा पनि उनले त्यो देखेका छन् । नेपाली फुटबलको राम्रो सम्भावना देखेका चौधरी खेलाडी पलायन हुने त होइनन् भन्नेमा भने चिन्ता व्यक्त गर्दछन् । खेलाडीलाई राज्यले उचित सम्मान दिए नेपालको फुटबल भविष्य उज्ज्वल रहेको उनको ठहर छ । -दैनिक नेपालबाट साभार
उनीबारे बनाइएको छोटो वृत्तचित्र हेर्नुस्
ओलीलाई दिल्लीमा कालो झन्डा

प्रधानमन्त्री अाेलीलाई दिल्लीमा कालाे झन्डा

मधेशको समस्या समाधान नै नगरिकन भारत भ्रमणमा आएको भन्दै दिल्लीमा अध्ययनरत तथा काम गर्दै बसेका मधेसीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन्।
कालो झण्डा देखाउन एयरपोर्टभित्र जान लागेका थिए। तर, सुरक्षाकर्मीले जान नदिएपछि प्रधानमन्त्री ओली एयरपोर्टबाट बाहिरिने क्रममा मधेसीहरुले कालो झण्डा देखाएका हुन्।
युनाइटेड मधेश नामको संस्थामा आबद्ध मधेसीहरुले सो झण्डा देखाएको पत्रकार प्रमोद जयसवालले बताए।
विजयकुमार गच्छदार कार्यबाहक प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा अाेली भारत भ्रमणमा गएपछि उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई कार्यबाहक प्रधानमन्त्रीकाे जिम्मेवारी दिइएकाे छ। Continue reading “विजयकुमार गच्छदार कार्यबाहक प्रधानमन्त्री”
प्रधानमन्त्री दिल्ली उड्नैलाग्दा मोर्चाले भन्यो- तानाशाही शैलीमा भ्रमण
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तीनदलबाट एकतर्फी राजनीतकि संयन्त्र गठन भएको भन्दै त्यसलाई अस्वीकार गर्ने जनाएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै मोर्चाको तर्फबाट निरन्तर वार्ता र सम्वादमार्फत समाधान खोज्ने पहल हुँदाहुँदै पनि प्रमुख तीन दलले शुरु देखीनै एकतर्फी ढंगले संख्याको दम्भ र अहंकार देखाउँदै अपुरो संविधान जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा छ ‘आन्दोलन दबाउने उद्देश्यका साथ हाम्रो सरोकार र सहमति बेगर नै संविधान संशोधन त भयो तर मागलाई सम्बोधन गरिएन।’
‘षड्यन्त्रमूलक ढंगले मधेसको माग पूरा गर्नुभन्दा आफ्नो विदेश भ्रमणलाई उपलब्धिपूर्ण देखाउने मनसायका साथ सम्वाद नै बिथोल्नेगरी तानाशाही प्रवृति देखाउदै एकतर्फी ढंगले सीमांकनमा देखिएको समस्या समाधान गर्न भनि बनाएको राजनीतिक संयन्त्रले हामी आन्दोलनरत पक्षहरुको माग सम्बोधन नगर्ने भएकोले यस्तो राजनीतिक संयन्त्रलाई मोर्चा अस्विकार गर्दछ।’ विज्ञप्तिमा लेखिएको छ।
विज्ञप्तिमा मंगलसिद्धि मानन्धर, संघीय समाजवादी फोरम, नेपाल, सुरेन्द्र तिवारी, तराई–मधेस लोकतान्त्रिक पार्टी, लक्ष्मण लाल कर्ण, सद्भावना पार्टी, रामनरेश राय यादव, तराई–मधेस सद्भावना पार्टी, केशव झा, राष्ट्रीय मधेस समाजवादी पार्टी, शब्बिर खान, नेपाल सद्भावना पार्टी र परमेश साह, मधेशी जनअधिकार फोरम, (गणतान्त्रिक)ले हस्ताक्षर गरेका छन्।
भारतको अाैपचारिक निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा अोली अाजै तीनबजे नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै दिल्ली प्रस्थान गर्दैछन्। मोर्चासँगको विवाद समाधान गरेर दिल्ली जाने प्रधानमन्त्रीको योजना पूरा हुन सकेन।
मलेसियाले अब विदेशी कामदार नलिने, नेपाली कामदार पनि मारमा

मलेसिया सरकारले विदेशी कामदार भित्र्याउन तत्काललाई रोक लगाउने निर्णय गरेको छ। मलेसियाका लागि कति कामदार आवश्यक छ भन्ने निक्र्यौल नहुन्जेलसम्म स्रोत मुलुकबाट कामदार नलिने मलेसियाका उपप्रधान तथा गृहमन्त्री अहमद जाहिद हमिदीले शुक्रबार घोषणा गरेका हुन्। Continue reading “मलेसियाले अब विदेशी कामदार नलिने, नेपाली कामदार पनि मारमा”
प्रधानमन्त्री ओलीसँग कांग्रेस र मधेसी मोर्चाका नेता दिल्ली नजाने
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण टोलीमा प्रतिपक्षी नेपाली कांग्रेस र तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कोही पनि नेता सहभागी नहुने भएका छन्। भ्रमण टोलीका सदस्यबारे भारतमा रहेको नेपाली दूतावासले दिएको प्रारम्भिक नामावलीमा कांग्रेस नेतृ सुजाता कोइराला र पूर्णबहादुर खड्का, मोर्चाको घटक संघीय समाजवादी फोरमका शिवजी यादव र संघीय सद्भावना पार्टीकी डिम्पलकुमारी झाले दिल्ली नजाने बताएका छन्। Continue reading “प्रधानमन्त्री ओलीसँग कांग्रेस र मधेसी मोर्चाका नेता दिल्ली नजाने”
थारु समुदायमा प्रचलित भकारी

कञ्चनपुरको पिपलाडीका थारु समुदायले धान, मकै, गहुँलगायत अन्न राख्नका लागि माटोबाट बनाइएको भकारी मिलाउँदै। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस