रे मधेशिया क्या तु हार गया ?

Bp-Sahबीपी साह

रूपन्देही जिल्लामा नेपाली सुरक्षाकर्मीबाट मारिएका दश जनामध्ये दुई जना युवाको ‘गौना’ भएको थिएन । अर्थात केही वर्ष पहिले विवाह भएपनि बेहुलीलाई घरमा भित्रियाइएको थिएन । ती बेहुलीहरूको श्रीमानसँग र ससुरालीमा समय बिताउने सपना साकार भएन । उनीहरूको सपना मधेश आन्दोलनले समाप्त पार्यो । ती दुई बेहुलीमध्ये एक जना चार कक्षा पढेर अध्ययन छाडेकी १३ वर्षिया छिन् भने अर्की एमए अध्ययन गरिरहेकी २५ वर्षीया छिन् । Continue reading “रे मधेशिया क्या तु हार गया ?”

तराईमा दुई प्रदेशको अडानपछि मोर्चाको सहमतिबिनै राजनीतिक संयन्त्र

barta

राजनीतिक संयन्त्र गठन गर्न मधेसी मोर्चालाई सहमतिमा ल्याउने तीन दलीय कार्यदलको प्रयास असफल भएको छ। तीनदल–मोर्चा कार्यदलको बिहीबार सिंहदरबारमा बसेको बैठकमा मधेसी मोर्चाले तराईमा दुई प्रदेश बनाउनुपर्ने अडान नछोडेपछि कार्यदल बैठक निष्कर्षविहीन भएको हो। Continue reading “तराईमा दुई प्रदेशको अडानपछि मोर्चाको सहमतिबिनै राजनीतिक संयन्त्र”

वञ्चरोले हानेर आमाको हत्या

maderजिल्लाको शिखरपुर गाविस–८ गिगडीका ३५ वर्षीय अन्तराम बोहराले बञ्चरो प्रहार गरी आमा नन्दा बोहराको हत्या गरेका छन् । बुधबार राति अन्तरामले ६० वर्षीया आमा नन्दाको हत्या गरेका हुन् । मानसिक अवस्था ठीक नभएका उनले वञ्चरोले आमाको खुट्टा र टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण साउदले जानकारी दिए । Continue reading “वञ्चरोले हानेर आमाको हत्या”

थरुहट तराई पार्टीले वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने

Tharuhat Terai Party Nepal CC Meeting

थरुहट तराई पार्टी नेपालले वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ। बर्दियाको जोतपुरमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले वैशाख १७ र १८ गते नवलपँसीमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो। पार्टीले फागुन मसान्तसम्म गाउँ/नगर समितिको अधिवेशन, चैत १५ गतेभित्र क्षेत्रीय अधिवेशन र चैत मसान्तसम्म जिल्ला असधवेशन गरिसक्नुपर्ने अध्यक्ष भानुराम थारुद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। Continue reading “थरुहट तराई पार्टीले वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने”

सन्जय चौधरीको ‘हिजोआज किन किन’ सार्वजनिक (भिडियो)

Sanjayपपगायक सन्जय चौधरीको ‘हिजोआज किन किन किन’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। एसियन म्युजिकले बजारमा ल्याएको उक्त बोलको गीतको छाँयाकन दुबईमा गरिएको छ। Continue reading “सन्जय चौधरीको ‘हिजोआज किन किन’ सार्वजनिक (भिडियो)”

चानेलको बारुली कम्मर

X158332_TK1_02224मोडल चानेल इमामले आफ्नो बारुली कम्मर प्रदर्शन गरेको कुरालाई अहिले विभिन्न सञ्चारमाध्यमले समाचार बनाइरहेका छन्। यसअघि समुद्री तटमा नुहाउने बहानामा ‘रिभिलिङ’ पहिरन लगाएर उनले आफ्नो छिनेको कम्मर र पुष्ट स्तनका आकार प्रदर्शन गर्ने गर्थिन्। यसपालि एउटा पत्रकार सम्मेलनमै उनले छिनेको कम्मर रिभिल हुने पहिरनमा आफूलाई प्रस्तुत गरेकी हुन्। Continue reading “चानेलको बारुली कम्मर”

तीन दिने प्रशिक्षण भेलाको खर्च सार्वजनिक

Tha Ka Sa

थारु कल्याणकारिणी सभाको केन्द्रीय प्रशिक्षण विभागले आयोजना गरेको तीन दिने राष्ट्रिय भेलाको खर्च विवरण सार्वजनिक गरेको छ। सिरहाको लहानमा माघ २३, २४ र २५ गते भएको भेलामा ५ लाख ३५ हजार ८ सय ४१ रुपैयाँ खर्च भएको देखाएको छ। बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले सो खर्च विवरण सार्वजनिक गरेको छ।  Continue reading “तीन दिने प्रशिक्षण भेलाको खर्च सार्वजनिक”

भूकम्पको सूचना दिने एप

Vukampa appअमेरिकाका वैज्ञानिकहरूले भूकम्प आउनुअगावै सूचना दिने एपको विकास गरेका छन्। भूकम्पका कारण धेरैले ज्यान गुमाउने खतरालाई मध्यनजर गर्दै उक्त एपको विकास भएको हो। ‘माइसेक’ नामको उक्त एपले भूकम्प आउनुअगावै सन्देश प्रवाह गर्ने वैज्ञानिहरूले बताएका छन्। यसले थोरै भए पनि धनजनको क्षति कम गर्न सकिने उनीहरूले दाबी गरेका छन्। Continue reading “भूकम्पको सूचना दिने एप”

स्वर्ण विजेता टोलीलाई भब्य स्वागत, सरकारले जनही पाँच लाख दिने

तस्बिर : विजय राई/नागरिक दैनिक
तस्बिर : विजय राई/नागरिक दैनिक

१२औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा स्वर्ण पदक विजेता टोलीका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई सरकारले जनही रु पाँच लाख पुरस्कार दिने घोषणा गरेको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा दशरथ रङ्गशालामा आज आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले नगद पुरस्कारको घोषणा गरेका हुन्। विजेता टोलीमा २० खेलाडी र तीन पदाधिकारी छन्।  Continue reading “स्वर्ण विजेता टोलीलाई भब्य स्वागत, सरकारले जनही पाँच लाख दिने”