संविधानले अपाङ्गलाई समान अधिकार दिएको छ : राज्यमन्त्री मञ्जु चौधरी

Manju Chaudhary

सहरी विकास तथा भौतिक पूर्वाधार राज्यमन्त्री मञ्जु चौधरीले नयाँ संविधानले अपाङ्गता भएकालाई उच्च स्थान दिएको बताएकी छन्। बौद्धिक अपाङ्गताका अभिभावक महासङ्घ नेपालको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले संविधानको कार्यान्वयन र सङ्घीयतालाई पूर्णता दिनु अबको चुनौती रहेको उल्लेख गरिन्। Continue reading “संविधानले अपाङ्गलाई समान अधिकार दिएको छ : राज्यमन्त्री मञ्जु चौधरी”

फोरमबाट २४ केन्द्रीय नेता बाहिरिए

upendra-rijwanकाठमाडौं- सङ्घीय समाजवादी फोरम नेपालको केन्द्रीय नेतृत्वबाट २४ नेता बाहिरिएका छन् । असन्तुष्ट समूहले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य रिजवान अन्सारीले पार्टी आफ्नो विचारबाट विचलित भएकाले परित्याग गर्नुपरेको बताए । ‘अध्यक्ष उपेन्द्र यादवले फरक विचार राख्नेलाई सहन नसकेका र पार्टीले एकताका नाममा समानुपातिक समावेशीकरणको सिद्धान्तलाई छोडेकाले ‘सङ्घीय नवविचार समूह’ गठन गरेका छौं’ नेता अन्सारीले भने।

पार्टी परित्याग गरी समूहमा प्रवेश गर्नेमा केन्द्रीय सदस्य एवम् ताम्सालिङ समिति इञ्चार्ज वीरबहादुर लामा, शेर्पा प्रदेशका अध्यक्ष नोर्साङ शेर्पा, केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज राजकुमार यादव, केन्द्रीय सदस्य रामेश्वरप्रसाद यादव, नवीन्द्रकुमार लामा, उपेन्द्र साह, शम्भु चौधरी, मेम्बर लोलगायत २४ जना केन्द्रीय नेता छन्।

साथै, सिन्धुपाल्चोक जिल्ला समितिका कावा अध्यक्ष टेकबहादुर जोशीलगायत १८ जना नेताले पनि एक वक्तव्य निकाली पार्टी परित्यागसँगै समूहमा प्रवेश गरेको घोषणा गरेका छन्। समूहले फागुन २९ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला गरी पार्टीलाई पूर्णताः दिने बताइएको छ। रासस

११ कक्षाको परीक्षा जेठ २ र १२ को वैशाख २० गते

SLC

उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को परीक्षा आगामी वैशाख २० गतेबाट सुरु भई जेठ १ गतेसम्म गर्ने भएको छ ।परिषद्का परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार कक्षा ११ को परीक्षा जेठ २ देखि १२ गतेसम्म सञ्चालन हुनेछ । Continue reading “११ कक्षाको परीक्षा जेठ २ र १२ को वैशाख २० गते”

मधेस, पहाड र हिमालबाट सरकारविरुद्ध एकसाथ आन्दोलन उठ्छ : यादव

Upendra-Yadav1

संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस, पहाड र हिमालबाट सरकारविरुद्ध एकसाथ आन्दोलनको आँधीबेहरी उठ्ने दाबी गरेका छन् । नाका अवरोध तत्काललाई हटेको भरमा आन्दोलन नै तुहिएको भ्रम नपाल्न भन्दै उनले संविधान पुनर्लेखन गर्न माग गरे । Continue reading “मधेस, पहाड र हिमालबाट सरकारविरुद्ध एकसाथ आन्दोलन उठ्छ : यादव”

निर्देशिका कुल्चँदै प्रधानमन्त्रीको भारत भ्रमणमा ४६ सदस्यीय टोली

kp oli

राष्ट्रप्रमुख र सरकारप्रमुखको भ्रमणलाई मितव्ययी र व्यवस्थित बनाउन सरकारले जारी गरेको निर्देशिका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमणमै उल्लंघन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारबाट हुने आफ्नो भारत भ्रमणमा सहभागी टोली निर्देशिकाविपरीत ४६ सदस्यीय बनाएका छन्। मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले ओलीको छदिने भ्रमण टोलीमा रहने ४६ जनाको नाम तय गरेको हो । सरकारी खर्चबाहेक जानेको संख्या जोड्दा एक सय नाघ्ने आँकडा छ। सुशील कोइराला नेतृत्व मन्त्रिपरिषदले साउन १४ मा पारित गरेको निर्देशिकामा प्रधानमन्त्री वा राष्ट्रपतिको विदेश भ्रमण टोली १९ सदस्यीय हुने, अति आवश्यक परे २२ जनासम्म बनाउन सकिने उल्लेख छ । Continue reading “निर्देशिका कुल्चँदै प्रधानमन्त्रीको भारत भ्रमणमा ४६ सदस्यीय टोली”

सन्दीप लामिछाने विश्वकपको उत्कृष्ट ११ मा

Sandip-Lamichhaneनेपालका स्पिनर सन्दीप लामिछाने बंगलादेशमा सम्पन्न यू-१९ विश्वकप क्रिकेटको उत्कृष्ट- ११ भित्र परेका छन् । प्रतियोगितामा १४ विकेट लिँदै उनी सर्वाधिक विकेट लिनेको सुचीमा दोस्रो स्थानमा रहेका थिए । आईसीसीले ‘फ्युचर स्टार’ भनेर बनाएको सूचीमा उनलाई ११ औं नम्बरमा राखिएको हो । Continue reading “सन्दीप लामिछाने विश्वकपको उत्कृष्ट ११ मा”

पूर्वसांसाद चौधरीको निधनमा शोक प्रस्ताव पारित

CA Nepalव्यवस्थापिका–संसद्को आजको बैठकले नेकपा (एमाले)का पूर्वसांसद सोहनप्रसाद चौधरीको असामयिक निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। नेता चौधरी २०४८ र २०५६ को प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए।

चौधरीको ६९ वर्षको उमेरमा गत माघ २६ गते मिर्गाैला रोगको उपचारका क्रममा निधन भएको थियो। शोक प्रस्ताव पारितसँगै संसद्को बैठक १५ मिनेटका लागि स्थगन गरिएको थियो।

असई हत्या काण्डमा मुछिने डरले महोतरीमा भागभाग

Thaman Bdr Bk

घटना भएको पाँच महिनापछि सशस्त्र प्रहरीका असई थमन बहादुर विश्वकर्माको हत्यामा संलग्नलाई महोत्तरी प्रहरीले पक्राउ गर्न थालेपछि सदरमुकाम जलेश्वरमा भागभाग भएको छ। महोत्तरी प्रहरीले माघ २९ गते शुक्रबार जलेश्वरनगरपालिका–२ का ३० वर्षीय प्रदीप साह माझी, जलेश्वरनगरपालिका–३ का २५ वर्षीय सजयकुमार साह र जलेश्वरनगरपालिका– १७ का ५५ वर्षीय मोहन ठाकुरलाई पक्राउ गरी अनुसन्धान थालेपछि सदरमुकाम जलेश्वरमा भागभागको स्थिति सृजना भएको हो। Continue reading “असई हत्या काण्डमा मुछिने डरले महोतरीमा भागभाग”

थरूहट आन्दोलनको उपलब्धि

 Tharu-Masal-Juluss

मनोज थारु।

तराईको समथर भूभागमा हजारौँ वर्षदेखि बस्दै आएका आदिवासी अर्थात् मूलबासी थारू सामुदाय हुन्। आफ्नो छुट्टै भाषा, साँस्कृति, रहनसहन रीतिरिवाजसँगै मलेरियासँग जुध्ने क्षमता रहेको तराईका उत्तराधिकारी थारू हुन् भनी प्रसिद्ध साहित्यकार ब्रायन हुडसनले लेखेका छन्। जुन कुरालाई नकार्न सकिँदैन। Continue reading “थरूहट आन्दोलनको उपलब्धि”