भारतलाई हराउँदै नेपाल २३ वर्षपछि साग फुटबलको च्याम्पियन

football NEpal

नेपाल २३ वर्षपछि दक्षिण एसियाली खेलकुद (साग) फुटबलको च्याम्पियन भएको छ । गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा सोमबार भएको खेलमा भारतलाई २–१ ले हराउँदै नेपालले उपाधि उचालेको हो । नेपालका लागि नवयुग श्रेष्ठ र प्रकाश बुढाथोकीले दोस्रो हाफमा गोल गरे । Continue reading “भारतलाई हराउँदै नेपाल २३ वर्षपछि साग फुटबलको च्याम्पियन”

महिला फुटबलमा नेपाल भारतसँग ४ गोलले पराजित

keti

१२औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलको फाइनलमा नेपालले भारतसँग फराकिलो हार व्यहोरेको छ । हारसँगै स्वर्ण जित्ने नेपालको सपना अधुरै रह्यो र रजतमा चित्त बुझाएको छ । Continue reading “महिला फुटबलमा नेपाल भारतसँग ४ गोलले पराजित”

नेपाललाई दोस्रो स्वर्ण, उसुकी खत्रीले दिलाइन् पदक

Phupu lahmu khatri

१२औं दक्षिण एसियाली खेलमा नेपालले दोस्रो स्वर्ण जितेको छ। नेपालका लागि फूपू ल्हामु खत्रीले जुडोमा स्वर्ण दिलाएका हुन्। राउण्ड रोबिनमा खेलाइएको खेलमा बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतलाई उछिन्दै खत्रीले स्वर्ण पदक जितेकी हुन्।  Continue reading “नेपाललाई दोस्रो स्वर्ण, उसुकी खत्रीले दिलाइन् पदक”

सन्तान किन हुँदैन? यस्ता छन् पुरुष र महिलामा सन्तान नहुने कारण

डा. सविना श्रेष्ठ प्रधान

विवाहपछि प्रत्येक दम्पतीको एउटा स्वाभाविक सपना हुन्छ– घरमा बच्चाको हाँसो गुञ्जियोस्। तर, चाहँदाचाहँदै पनि सबैको यो सपना पूरा हुन सकिरहेको हुँदैन। कुनै–कुनै महिलाले सन्तान जन्माउन सक्दैनन्। यस्ता दम्पतीमध्ये धेरैले आफ्नो जीवन एक्लो र फिका अनुभव गर्छन्। आज पनि हाम्रो समाजमा सन्तान नहुनुलाई भगवान्को श्राप वा पूर्वजन्मको अभिशाप भन्दै हेलाँ गर्ने चलन छ। सन्तान सुखबाट वञ्चित हुनु पर्दा धेरै दम्पतीका लागि यो सुन्दर संसार कालकोठरीजस्तै बन्नपुगेको छ। आजको वैज्ञानिक युगमा आईयूआई, आईभीएफ (टेस्टट्युब बेबी), एक्सीजस्ता आधुनिक प्रविधिद्वारा कैयौँ निःसन्तान दम्पतीको सपना साकार हुनपुगेको छ।

Partner

कुनै पनि परिवार नियोजनका साधन नअपनाई नियमित सहवासपश्चात् पनि दुई वर्षभित्र गर्भधारण हुन नसकेको अवस्थालाई निःसन्तान मानिन्छ। सन्तान हुन नसक्नुमा महिला तथा पुरुष दुवै समान रूपमा जिम्मेवार मानिन्छन्।  कहिलेकाहीँ दुवैमा खराबी नहुँदानहुँदै पनि गर्भ रहन कैयौँ वर्ष लाग्न सक्छ। किनभने, गर्भ रहनु भनेको एउटा आकस्मिक घटना हो। स्वस्थ हुँदाहुँदै पनि पुरुषको शुक्रकीटले महिलाको अण्डा भेट्ने अवसर नपाएको हुन सक्छ। स्त्री राग रस वा पुरुष राग रसको कमीका कारण यस्तो हुन सक्छ।

कतिपय अवस्थामा महिनावारी भएको समय र सहवासको समय नमिलेका कारण पनि सन्तान नहुन सक्छ। युवाहरू विवाह गर्नासाथ रोजगारीका लागि विदेश गएका हुन्छन्। दुई महिनाको बिदामा आएको समयमा घर परिवारबाट बच्चा पाउने दबाब हुन्छ। छोटो समयमै सन्तानको इच्छाका कारण तनाव पर्दा सन्तान जन्माउन सकेका हुँदैनन्। श्रीमान्–श्रीमती दुवैमा कुनै खराबी नभए पनि तनावका कारण समस्या उत्पन्न हुन्छ। कतिपयले उपचारका क्रममा भन्ने गरेको पाइन्छ, ‘विवाह गरेको चारपाँच वर्ष भयो, सन्तानभएको छैन।’ यस्ता समस्या लिएर आउनेका लागि ओम अस्पतालले शुक्रकीट फ्रिज गरेर उपचार गर्ने गरेको छ। श्रीमान्को शुक्रकीट जम्मा गरेर राख्ने र श्रीमान् विदेश गइसकेपछि पनि श्रीमतीको पाठेघरमा राखी उपचार गर्ने गरिन्छ। तर, यस्तो अवस्थालाई हाम्रो समाजले श्रीमान् विदेशमा भएको समयमा पनि कसरी गर्भवती भएको भनेर नकारात्मक दृष्टिले हेर्ने चलन छ। यसमा जनचेतना जगाउन जरूरी छ। श्रीमान्को शुक्रकीट नै श्रीमतीको पाठेघरमा राखिएको हुन्छ।

‘विदेशमा काम गर्न जाने कामदारमा शुक्रकीट उत्पादनमा ५० प्रतिशतसम्म कमी भएको हुन्छ। किनभने, त्यहाँको उच्च तापक्रमले यस्तो हुन सक्छ। विशेषगरी खाडी मुलुकमा काम गर्न जाने कामदारमा यस्तो समस्या देखिने गरेको छ। शुक्रकीट सामान्य अवस्थामा फर्कन करिब तीन महिना लाग्ने गर्छ। त्यस समयसम्म उनीहरू पुनः रोजगारीका लागि फर्किनुपर्ने हुन्छ। त्यसकारण पनि सन्तान चाहेको समयमा हुन सकेको हुँदैन। उनीहरूका लागि आईयूआई प्रविधिबाट उपचार गर्नुपर्ने हुन्छ। यस विधिद्वारा ओम अस्पतालमा करिब दुई हजारले सन्तान जन्माएका छन्।

पुरुषमा सन्तान नहुने कारण

–  वीर्यमा शुक्राणुको संख्या वा गतिमा कमी

–   वीर्यमा शुक्रकीट उत्पादन नहुनु।

–   वीर्यमा संक्रमण

–   शुक्राणुको बनावटमा खराबी

–   हर्मोनमा गडबडी

–   पुरुष कुनै कारणवश सहवास प्रक्रियामा असमर्थ हुनु

–   शुक्रनली वा अन्य भागमा केही अवरोध भएमा।

महिलामा सन्तान नहुने कारण

– अण्डाशयमा अण्डा नबन्ने अथवा थुपै साना–साना डिम्ब बने पनि नबढ्ने।

– पाठेघरको नली पूरा बन्द भएमा, पिप या पानी जमेमा या अण्डा पकडिने काम नगरेमा।

–    पाठेघरको झिल्ली क्षय रोग अथवा कुनै कारणबाट पातलो हुनु।

–    हर्मोनमा गडबडी।

–    पाठेघरको झिल्लीमा मासु बढ्नु।

–    गर्भाशयको मुख ज्यादै सानो हुनु।

महिलामा गर्नुपर्ने जाँच

– पाठेघरको झिल्लीमा क्षय रोग भएको हो या होइन।

– महिनावारी भएको दोस्रो वा तेस्रो दिनमा हर्मोनको जाँच।

– रगतको सामान्य जाँच

– भित्री अल्ट्रासाउन्डद्वारा अण्डाको जाँच

– दुरबिन प्रविधिद्वारा पाठेघरको भित्री भाग तथा नलीको जाँच

– सहवासपश्चात् शुक्रकीटको जाँच

पुरुषमा गर्नुपर्ने जाँच

– रगतको सामान्य जाँच

– वीर्यको विशेष जाँच

– आवश्यकताअनुसार टेस्टिकुलर बायोप्सी गर्ने

– हर्मोनको जाँच

सबै किसिमको जाँचपश्चात् नै कुनै निष्कर्षमा पुग्न सकिन्छ। त्यसपछिमात्र उपचारको विधि अपनाउनुपर्छ।

उपचार विधि

– सबै जाँचपश्चात् श्रीमान्–श्रीमतीको सामान्य उपचार गर्ने

– आर्टिफिसियल इन्सेमिनेसनविद पार्टनर्स स्पर्म

– आर्टिफिसियल इन्सेमिनेसनविद डोनर्स स्पर्म

– टेस्टट्युब बेबी

– आईएभीएफविद डोनर स्पर्म

– एग डोनेसन

– सिमेन एन्ड एम्ब्रियो बैंक

– डोनर एम्ब्रियो ट्रान्सफर

– इन्ट्रासाइटोप्लाज्मिक स्पर्म इन्जेक्सन

सामान्य उपचारअन्तर्गत महिनावारी भएको तेस्रो दिनबाट अण्डा बन्ने औषधि दिएर महिनावारी भएको नौ दिनबाट ‘ट्रान्सभ्यागिनल सोनोग्राफी’बाट अण्डा बनेको गतिविधि हेरिन्छ। कसैकसैलाई हर्मोनको इन्जेक्सन पनि दिनुपर्ने हुन्छ। अण्डा फुटेपछि प्राकृतिक सहवासको सल्लाह दिइन्छ र यसबाट गर्भधारण गर्ने अवसर बढ्न जान्छ।

आईयूआई प्रविधिमा महिनावारी भएको दोस्रो दिनबाट अण्डा बन्ने औषधि दिएर नौ दिनबाट टीभीएसबाट अण्डा बनेको गतिविधि हेरिन्छ। कसैकसैलाई हर्मोनको इन्जेक्सन पनि दिनुपर्ने हुन्छ। महिनावारी भएको १४–१५ दिनमा जब अण्डा फुट्छ तब श्रीमान्को वीर्य संकलन गरी आईभीएफ मिडियामा हेरेर मसिनो नलीको माध्यमबाट श्रीमतीको पाठेघरमा राखिन्छ। यो प्रक्रिया पीडादायक हुँदैन। यसमा बिरामीलाई अस्पताल पनि भर्ना हुनुपर्ने आवश्यकता पर्दैन।

श्रीमान्को वीर्य संख्या निकै कम भएको या शुक्राणुको अभाव भएको अवस्थामा श्रीमान्–श्रीमती दुवैको सहमति बमोजिम दाताको शुक्राणु लिएर यो प्रविधि अपनाइन्छ। आईयूआई प्रविधिका लागि पाठेघरको एउटा नली भए पनि खुल्ला भएको हुनुपर्छ र पाठेघरको झिल्ली पनि स्वस्थ हुनुपर्छ। यदि महिलाको पाठेघरको दुवै नली बन्द भएमा, नलीहरू शल्य क्रियाद्वारा निकालिएमा, छपटकसम्म आईयूआई सफल नभएमा, बाँझोपनको कुनै कारण पत्ता नलागेमा आईभीएफ (टेस्टट्युव बेबी) विधि अपनाइन्छ। सर्वप्रथम निःसन्तान हुनुको कारण निर्क्याेल गर्नु जरुरी हुन्छ।

निःसन्तान विशेषज्ञ, ओम अस्पताल

शुक्रवार साप्ताहिकबाट साभार

आमा, बाबु र छोरा एउटै कक्षामा

India

आमा, बाबु र छोरा एउटै कक्षामा पढेको सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। यस्तो आश्चर्यलाग्दो घटना भारतमा भएको छ।
भारतीय राज्य पश्चिम बंगालको नाजिया क्षेत्रमा बस्ने मण्डल थरका एउटा परिवारका बाबु, आमा र छोरा एउटै कक्षामा पढ्छन्। सबैजना स्थानीय शैक्षिक संस्थामा कक्षा ११ मा पढ्छन्। कलेज युनिफर्ममा सजिएर तीनजना आ–आफ्ना साइकलमा बिहान कलेज जान्छन् र साँझ घर फर्कन्छन्। Continue reading “आमा, बाबु र छोरा एउटै कक्षामा”

भारतलाई हराउँदै यु-१९ विश्वकपको उपाधि वेस्ट इन्डिजलाई

west indies cricket

आइसीसी यु-१९ विश्वकपको उपाधि वेस्ट इन्डिजले जितेको छ। आइतबार बंगलादेशमा भएको फाइनलमा खेलमा भारतलाई ५ विकेटले हराउँदै उपाधि जितेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ४५.१ ओभरमा अलआउट भएर १ सय ४६ रनको चुनौति पेस गरेको थियो। जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले ३ बल अगावै लक्ष्य भेट्टायो।

उपाधि दिलाउन वेस्ट इन्डिजका किसी कार्टी र किमो पलले उत्कृष्ट साझेदारी खेले। उनीहरुले ६९ रनको साझेदारी बनाउन कार्टीले ५२ र पलले ४० रनको अविजित योगदान दिए। त्यस्तै सिम्रोन हेटमेयरले २३ र टेभिन इम्लाचले १५ रन बनाए।

भारतलाई कम रनमै समेट्न वेस्ट इन्डिजका लागि अल्जारी जोसेफ र रेयान जोह्नले तीन तीन विकेट लिएका थिए। त्यस्तै किमो पलले २ विकेट लिए।

यसअघि भारतका लागि सर्फराज खानले ५१ रन बनाएका थिए।

एउटा प्रेमको अन्त्य

Indu Tharuइन्दु थारु

भ्यालेनटाइन डे प्रेम गर्नेहरुको दिन। धेरैलाई खुसी अनि धेरैलाई आशु दिने दिन। धेरैलाई प्रेम सम्बन्धमा बाँध्ने अनि धेरैको प्रेम बिछोड हुने दिन पनि सायद। हुन त प्रेम सम्बन्धमा बाँधिन वा बिछोड हुनका लागि भ्यालेनटाइन कुरिरहन पर्दैन, देउसी भैलो खेल्नलाई तिहारै कुरेजसरी। प्रेमीहरुका लागि कुनै समय हुँदैन, कुनै मौसम हुँदैन। तर जे होस् प्रेम गर्नेहरुका लागि भ्यालेनटाइन डे एउटा विशेष दिन। Continue reading “एउटा प्रेमको अन्त्य”

बलिउड जोडी जो टुट्ने संघारमा छन्

सन् २०१६ को सुरुवातसँगै बलिउडका ठूला स्टारहरूको ब्रेकअपका समाचार आउन थालेका छन्। यो वर्ष फिल्मका लागि नभई सम्बन्ध टुट्नुका कारण बलिउड चर्चामा रहने धेरैले अन्दाज लगाइरहेका छन् । फेबु्रअरी १४ नजिकिँदै गर्दा जनवरीको हरेक साता बलिउडमा ब्रेकअपका खबर आए । यसपालि बलिउडका यस्ता सम्बन्ध टुटे, जसको कसैले अनुमान पनि गरेको थिएन । बलिउडमा ‘पर्फेक्ट कपल’का नामले चिनिने जोडी पनि छुट्टिएका समाचार आइरहेका छन् । तर, कुनै पनि सेलिब्रिटी आफ्नो सम्बन्धको सत्य बताइरहेका छैनन् ।

virat-anushka

अनुष्का शर्मा–विराट कोहली

हालै खबर आएको थियो, बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहलीको सम्बन्ध चिसिन लागेको छ । अब विराट र अनुष्का छुट्टिने खबरले उनीहरूका प्रशंसकलाई छक्क पारेको छ । मिडियामा आएका समाचारअनुसार विराट र अनुष्काले इन्स्टाग्राममा एकअर्कालाई अनफलो गर्न थालिसकेका छन् । यो जोडी यस वर्ष बिहे बन्धनमा बाँधिने भन्ने गरिएको थियो । तर, अहिले यो जोडी टुटेको खबरले सबैलाई अचम्ममा पारेको छ । केही वर्षयता यी दुईले डेट गरिरहेका थिए ।

अर्को खबरअनुसार विराटको ‘फ्यान अकाउन्ट’ चलाउने एकजना प्रशंसकले केही समययता विराटको इन्स्टाग्राम अकाउन्टमा प्राविधिक गडबडी भइरहेको खुलासा गरेका छन् । त्यसैले अकाउन्टबाट मानिसहरू अनफलो र ब्लक भइरहेका उनले बताएका छन् । विराट र अनुष्काले भने अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

Malaika-Arbaaz

अरबाज खान-मलाइका अरोडा खान

बलिउडका पर्फेक्ट जोडीमध्ये एक भनिने अरबाज खान र मलाइका अरोडाको बाटो पनि फरक हुने भएको छ । जनवरी महिनाको अन्तिमतिर आएका समाचारअनुसार मलाइका र अरबाज सम्बन्ध विच्छेद गर्दै छन् । एउटा अंग्रेजी वेबसाइटका अनुसार हालै मलाइका अरबाजको बान्द्रास्थित घर छोडर खारस्थित एउटा अपार्टमेन्टमा सरेकी छिन् । तर, मलाइकाका म्यानेजरले यो कुरा अस्वीकार गरेका छन् । अरबाज र मलाइका सँगै रहेको र दुवै आफ्नो सम्बन्धबाट खुशी भएको उनले बताएका छन् ।

Farhan And Adhuna

फरहान अख्तर–अधुना

हालै खबर आएको छ कि फिल्म निर्माता÷निर्देशक र अभिनेता फरहान अख्तर श्रीमती अधुनाबाट छुट्टिएका छन् । फरहान र अधुनाको बिहे भएको १५ वर्ष भइसक्यो । जनवरी २० मा यी दुई छुट्टिने समाचारले उनका प्रशंसकलाई अचम्मा पारेको छ । यो जोडी छुट्टिने कारण चाहिँ अहिलेसम्म बाहिर आएको छैन । तर, खबरअनुसार यी दुईबीच लामो समयदेखि दूरी बढिरहेको थियो । त्यसैले दुवै टाढिएका हुन् । अर्कोतिर यो पनि भनिँदै छ कि आफ्ना को–स्टारसँग नजिकिँदै गएका फरहानका कारण यो सम्बन्ध टुटेको हो ।

ranbir and katrina

रणवीर कपुर- कट्रिना कैफ

बलिउडको लोकप्रिय जोडी भनिने रणवीर कपुर र कट्रिनाको ब्रेकअपको समाचारले सबैलाई छक्क पारेको छ । जनवरी १५ मा आएको खबर अनुसार यो जोडी अलग्गिएको छ । रणवीर र कट्रिना छ महिनायता लिभ–इन–रिलेसनसिपमा थिए । ब्रेकअपपछि रणवीर नयाँ घरमा सरेका छन् । यी दुईले आफ्नो सम्बन्धबारे मिडियासामु मुख खोलेका थिएनन् । हालै फिल्म ‘फितुर’को प्रमोसनका क्रममा कट्रिनालाई रणवीरबारे प्रश्न गर्दा उनले भनेकी थिइन्– ‘मानिसहरूलाई आफ्नो कामसित मतलब हुनुपर्छ । अहिले मसँग ‘फितुर’बारे सोध्नु राम्रो होला ।’ यस्तै एक प्रेस मिटमा रणवीरसँगको सम्बन्धमा आएको दूरीबारे सोध्दा उनले हैरान पार्ने जबाफ दिइन्, ‘रणवीरसँग न मेरो ब्रेकअप भएको छ, न म उनीसँग रिलेसनमा थिएँ ।’

मधेस समस्या समाधान नगरे प्रधानमन्त्रीको भारत भ्रमण सफल हुँदैन : महतो

Rajendra Mahatoसदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस समस्या समाधान गरेर भारत गएमात्रै भ्रमण सफल हुने दाबी गरेका छन् । ‘प्रधानमन्त्रीको भारत यात्रा यसै छाडेर फलदायी हुँदैन,’ काठमाडौंमा शनिबार भएको साक्षात्कारमा महतोले भारतीय जनताको समर्थन मधेस आन्दोलनमा रहेको दाबी गर्दै भने, ‘मधेस आन्दोलन समाधान गर्ने संकेत गरेर भ्रमणमा गए भारतीय जनताको सद्भाव पाउँछन् ।’ Continue reading “मधेस समस्या समाधान नगरे प्रधानमन्त्रीको भारत भ्रमण सफल हुँदैन : महतो”

भ्यालेनटाइन्स डेमा प्रेम पत्र

Geeta Chaudharyहे प्राण प्रिय,

न्यानो माया र अगाध सम्झना

पत्थर भन्थे सबै मेरो मनलाई, बालुवाझैँ कणकण बनायौँ।।

काँडा देख्थे सबै मेरो जीवनलाई, गुलाबझैँ पत्रपत्र बनायौँ।।।

प्रिय, तिम्रो र मेरो भेटघाट नभएको नि धेरै भयो है। भेटघाट नभए पनि अधुनिक युगमा सञ्चार र प्रविधिको अधिकतम प्रयोग गरिरहँदा तिमी र म पनि अछुतो त कहाँ छौँ र। मोबाइलबाट प्रत्येक दिन गफिँदा आराम कुलताको जानकारी त भइहाल्छ र पनि यो विशेष पत्रमार्फत आराम रहेको र आरामै होला भन्ने अपेक्षा गर्दै यो पत्र तिम्रो नाममा समर्पित गर्दै कोरेको छु। स्विकार ल प्रिय… Continue reading “भ्यालेनटाइन्स डेमा प्रेम पत्र”