पुरुष तयार नभएपछि टीकापुरमा मुक्त कमैया हेमा बनिन् बडघर

Hemadevi Chaudhary

एक मुक्त कमैया महिला गाउँको बडघर (अगुवा) बनेकी छन् । टीकापुरको हिंसात्मक घटनापछि थारू समुदाय बडघर बन्न तयार नभइरहेका बेला पहिलोपटक मुक्त कमैया महिलाले गाउँको अगुवाइको मौका पाएकी हुन् ।  Continue reading “पुरुष तयार नभएपछि टीकापुरमा मुक्त कमैया हेमा बनिन् बडघर”

थारु कला र संस्कृति जगेर्ना गर्दै चम्पन सांस्कृति समूह

Champan Sanskritik Samuh

थारुहरु कला संस्कृतिमा निकै धनी मानिन्छ। तर यसको प्रवर्द्धन र जगेर्ना गर्न नसक्दा थारुका परम्परागत कला संस्कृतिहरु लोप हुने अवस्थामा पुगेको छ। त्यही कला संस्कृतिलाई प्रवर्द्धन र जगेर्ना गर्ने उद्देश्यका साथ चम्पन सांस्कृतिक समूहको स्थापना भएको छ। यो समूहले विगत दुई वर्षदेखि थारुहरुको कला संस्कृतिलाई विभिन्न माध्यमबाट प्रवर्द्धन गर्ने काम गरिरहेको छ। Continue reading “थारु कला र संस्कृति जगेर्ना गर्दै चम्पन सांस्कृति समूह”

आजदेखि सबै पेट्रोल पेम्पबाट तेल

http://www.dreamstime.com/royalty-free-stock-photography-petrol-pump-image2972037

नेपाल आयल निगमले शुक्रबारदेखि इन्धन वितरण नियमित गर्ने बताएको छ। सरकारले राजधानीका सबै पेट्रोल पम्पबाट शुक्रबारदेखि दैनिक साढे ३ लाख लिटर पेट्रोल र साढे चार लाख लिटर डिजेल वितरण गर्ने निर्णय गरेको छ। तर, नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार मोटरसाइकल र स्कुटरहरुलाई एकपटकमा ५ लिटरभन्दा बढी पेट्रोल दिइने छैन। चारपांग्रे गाडीले एकपटकमा १५ लिटरभन्दा बढी पाउने छैनन्। Continue reading “आजदेखि सबै पेट्रोल पेम्पबाट तेल”

नेपाली फिल्म लावाजुनीमा कमलरी बन्दै वर्षा लम्साल

Barsa

पश्चिम ने पालका थारु समुदायमा कुप्रथाको  रुपमा र हे को  कमलरी प्रथाको विषयमा निर्माण हुन लागे को  ने पाली कथानक चलचित्र लावाजुनीको  शीर्ष भूमिकामा वर्षा लम्साल चयन भएकी छन्। कमलरी बालिकाको  भूमिकामा चयन भएकी वर्षा दाङको घोराही निवासी हुन्। करिब दुई सय कलाकार हरुको  अडिनसनबाट उनी चयन भएको  निर्दे शक के एल पीडितले  जानकारी दिए। Continue reading “नेपाली फिल्म लावाजुनीमा कमलरी बन्दै वर्षा लम्साल”

मोर्चामा थपिए तीन मधेसी दल, जेपी गुप्ता अटाएनन्

Jp-Sarat-sing-Raj-kishor-and-Anil-jha

नयाँ संविधानप्रति बिमति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा तराई–मधेस केन्द्रित साना तीन संसदीय पार्टीहरु थपिने भएका छन्। बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा मोर्चा र संघीय समावेशी मधेसी गठबन्धनबीच भएको छलफल पछि गठबन्धनमा आवद्ध तीन संसदीय दल मोर्चामा थपिने भएका हुन्। ‘शुक्रबार पत्रकार सम्मेलन गरेर त्यसको औपचारिक घोषणा गरिनेछ, मोर्चा भित्र नै नै तीन दल थपिने निर्णय बिहीबार भएको छ’, सहभागी स्रोतले भन्यो। तराई–मधेसमा आन्दोलनरत महागठबन्धनको प्रयास भइरहेको बेला मोर्चा भित्रै नै तीन दल समावेश हुन सहमत भएका हुन्। Continue reading “मोर्चामा थपिए तीन मधेसी दल, जेपी गुप्ता अटाएनन्”

फुटबल, क्रिकेट दुबैमा नेपाल पराजित, महिला टोली फाइनलमा

NEpal

१२औँ दक्षिण एसियाली खेलकुद(साग)अन्तर्गतको फुटबलमा आज नेपाल बङ्गलादेशसँग पराजित भएको छ । प्रतियोगिताको समूह चरणमा बङ्गलादेशले नेपाललाई २–१ ले हराएको हो । शाही रङ्गशाला गुहावटीमा भएको खेलमा पराजय भोगे पनि नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले अब हुने खेलमा मालदिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।  Continue reading “फुटबल, क्रिकेट दुबैमा नेपाल पराजित, महिला टोली फाइनलमा”

पूर्वसांसद सोहनप्रसाद चौधरीको निधन

पूर्वसांसद सोहनप्रसाद चौधरीको निधन भएको छ । उनले उपचारका क्रममा काठमाडौंमा निधन भएको हो । चौधरीको मधुमेह रोगबाट पीडित भई लामो समयदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको थियो । Continue reading “पूर्वसांसद सोहनप्रसाद चौधरीको निधन”

सेल्फी लिएर प्रेमिकाको हत्या

Selfieभारतको देहरादुनका एक व्यक्तिले गत साता प्रेमिकासँग सेल्फी लिए र त्यसपछि घाँटी रेटेर उनको हत्या गरिदिए। २७ वर्षीय आशिष कुमारले देहरादुनको एउटा चिया बगानमा प्रेमिकाको यस्तो बर्बर तरिकाले हत्या गरेका हुन्। Continue reading “सेल्फी लिएर प्रेमिकाको हत्या”

केशरी चाैधरीले जितिन् कास्य पदक

एथलेटिक्स खेलाडी केशरी चौधरी। फाइल तस्बिर
एथलेटिक्स खेलाडी केशरी चौधरी। फाइल तस्बिर

एथ्लेटिक्स खेलाडी केसरी चौधरीले जारी दक्षिण एसियाली खेलकुदमा कास्य पदक जितेकी छन् । महिलातर्फको ट्रिपल जम्मा उनले कास्य जितेकी हुन् । Continue reading “केशरी चाैधरीले जितिन् कास्य पदक”