कोइरालाको निधनप्रति थरुहटको संवेदना

Sushil koirala sab yatra

थरुहट तराई पार्टी नेपालले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति सुशील कोइरालाको निधनप्रति संवेदनाप्रति प्रकट गरेको छ। पार्टीका अध्यक्ष भानुराम थारुद्वारा जारी विज्ञप्तीमा कोइरालाको असमायिक निधनले स्तब्ध बनाएको उल्लेख छ। Continue reading “कोइरालाको निधनप्रति थरुहटको संवेदना”

लावा डग्गरके सातौं वार्षिकोत्सव, सगुन स्मृति पुरस्कार कोपिलाहे

Chhabilal kopila

थारू साहित्यिक त्रैमासिक लावा डग्गरके सातौं बार्षिकोत्सव गोबरडिहा–६ महदेवामे साहित्यिक तथा सांस्कृतिक कार्यक्रम कैके मनागैल् बा।  माघ २३ गते हुइल कार्यक्रममे बर्का पहुना सांसद योगेन्द्र चौधरी कार्यक्रमे उद्घाटन मन्तव्यमे कलाँ– मेरमेरिक प्रदेशमे बाँट्के थारूनके उँप्पर शासन कर्ना नियत शासकलोगनके बटिन्, उहेसे थारू राजनीतिक रुपमे सचेत हुइपर्ना बा। कञ्चनपुरसे चितवनसम थरुहट प्रदेश हुइना चाही। डोसर प्रसंगमे उहाँ कलाँ–थारू भाषाके संरक्षणके लग प्राथमिक तहमे पठन–पाठनके प्रक्रिया सुरु कर्ना जरुरी बा। Continue reading “लावा डग्गरके सातौं वार्षिकोत्सव, सगुन स्मृति पुरस्कार कोपिलाहे”

सीमाङ्कनको बटमलाइन

CN Tharuसीएन थारु

संघर्षको वेला दुई विचार प्रायःजसो उठ्ने गरेको हुन्छ। पहिलो क्रान्तिकारी विचार र अर्को संशोधनवादी विचार तर सबैले आफूलाई प्रगतिशिल, क्रान्तिकारी नै सम्झने गरेको हुन्छ। थरुहट आन्दोलन चार महिना पुरा गरी पाँचौ महिनामा र मधेसी आन्दोलन पनि सोही हाराहारीमा जारी रहेको छ। नेपालमा चलेको राष्ट्रिय मुक्ति आन्दोलन मध्ये यी दुई आन्दोलन लामो समय सम्म निरन्तरता पाएको भए पनि यसको अन्त्य सिमाङ् कनमा गई टुङ्गिने पक्काछ। संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाले सिमाङ्कनलाई बटम लाईन बताइआएको बुझिए पछि थरुहट आन्दोलनको नेतृत्वकर्ता अहिले त्यसैको वरिपरि घुम्न थालेको देखिन्छ। Continue reading “सीमाङ्कनको बटमलाइन”

आकाश थारुको घाँटी रेटेर हत्या, बाबुआमा बेहोस

hatyaबाँकेको कोहलपुरमा एक बालकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। कोहलपुर नगरपालिका ९ झण्डहवाका ७ वर्षीय आकाश थारुको घाँटी काटिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। माघ २४ गते साझदेखि बेपत्ता भएका बालकको शव बुधबार बिहान घर नजिकैको परालको कुन्युभित्र फेला परेको हो। Continue reading “आकाश थारुको घाँटी रेटेर हत्या, बाबुआमा बेहोस”

सागमा राजेश चौधरीले दिलाए रजत पदक

तस्बिर : इकान्तिपुर
तस्बिर : इकान्तिपुर

भारतमा जारी १२औं सागमा उसुतर्फ राजेश चौधरीले रजत पदक जितेका छन्। उनले ५६ केजी तौलतर्फ रजत पदक जितेका हुन्। उनीसँगै नेपालले झरना गुरुङ, हरिप्रसाद गोले, सविता राई, जुनी राई, विन्दु पुन मगरले रजत पदकमा चित्त बुझाउनुर्यो। यो सँगै उसुमा नेपालको १ स्वर्ण, १० रजत र १ कांस्य पदक भएको छ। Continue reading “सागमा राजेश चौधरीले दिलाए रजत पदक”

सागमा महिला भलिबललाई कास्य पदक

Mahila Vollyball

भलिबलमा महिलातर्फ कांस्य पदक जितेको छ । इन्दिरा गान्धी स्टेडियमको कोर्टमा मंगलबार तेस्रो स्थानका लागि भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै कांस्य पदक जितेको हो। माल्दिभ्सबिरुद्ध नेपालले २५–२०, २५–१३, २५–१४ को नतिजा निकालेको थियो । नेपालले महिला भलिबलमा सागको कांस्य पदक जितको यो दोस्रोपटक हो । नेपालले कोलम्बोमा सन् २००६ मा सम्पन्न १० औं संस्करणमा कांस्य जितेको थियो ।

पुरुष टोली भने बाहिरिइसकेको छ। पुरुष टोलीले भने नेपालमै सन् १९९९ मा भएको आठौं संस्करणमा कांस्य पदक जितेको थियो। नेपाली टोलीका प्रशिक्षक जगदीश भट्टले श्रीलंकासँगको हारले गर्दा नेपालले फाइनलको अवसर गुमाएको बताए । उनले भने, ‘श्रीलंकासँग हाम्रो प्राविधिक कमजोरी रह्यो । समान स्तरको टोलीलाई हराउन नसक्दा फाइनलमा पुग्न सकेनौं । त्यसले गर्दा फाइनल पुग्न लक्ष्य असफल भयो । समग्रमा महिला भलिबलको प्रर्दशन उत्कृष्ट छ ।’

महिला भलिबलले जितेको कांस्य पदक जारी सागमा टिम स्पर्धाको खेलमा पहिलो हो। टोलीलाई हौसला बढाउन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप सदस्यसचिव केशवकुमार विष्ट लगायत कोर्टमा पुगेका थिए ।

कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ हुने, बुधबार सार्वजनिक बिदा

koirala demise

सरकारले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले स्व कोइरालाको सम्मानका लागि तोप, सलामीलगायत अन्य आवश्यक व्यवस्था मिलाउन रक्षा तथा गृह मन्त्रालयलाई जिम्मा दिएको छ।

बैठकले कोइरालाको निधनमा शोक मनाउन यही माघ २७ गते सार्वजनिक बिदा दिने र माघ २६ देखि २८ गतेसम्म तीन दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि गरेको छ।

नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा, वरिष्ठ राजनीतिज्ञ, पूर्वप्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति एवं व्यवस्थापिका-संसद्का प्रमुख प्रतिपक्षी दलका नेता कोइरालाको दुःखद् निधनबाट नेपाल सरकार स्तब्ध भएको जनाउँदै बैठकले यस दुःखद् घडीमा दिवङ्गत कोइरालाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना गर्ने निर्णय गरेको छ।

बैठकको निर्णयमा भनिएको छ, ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो समय उनले निर्वाह गरेको भूमिका सदैव स्मरणीय रहनेछ। आजीवन राष्ट्र, जनता, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमान्यताका हिमायती कोइरालाले नेपालको संविधान निर्माणमा पुर्‍याएको अतुलनीय योगदान नेपाल र नेपालीले सदैव सम्झिरहने छन्।’

कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अग्निप्रसाद खरेलले बैठकका निर्णयबारे जानकारी दिँदै सरकारले दुःखको यस घडीमा शोकसन्तप्त परिवारजन, आफन्त र शुभेच्छुक एवम् नेपाली कांग्रेसप्रति हार्दिक समवेदना व्यक्त गरेको बताए।

कोइरालाको निष्ठा, त्याग र सङ्घर्षमय जीवनका उदाहरणीय पक्ष तथा सत्मार्ग सबैले आत्मसात् गर्न सक्नु नै उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने विश्वास सरकारले व्यक्त गरेको छ। त्यस्तै सरकारले माघ २६ देखि २८ गतेसम्म कुनै पनि सार्वजनिक औपचारिक कार्यक्रम नगर्ने, माघ २८ र २९ गते परराष्ट्र मन्त्रालय लगायत विदेशस्थित नेपाली दूतावास र नियोगमा शोकपुस्तिका राख्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।

राष्ट्रिय सम्मानसहितको अन्त्येष्टि कार्यको समग्र समन्वय गर्न गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई तोकिएको छ। रासस

थाकस प्रशिक्षण भेलाको निर्णय- काठमाडौंमा लाखौं थारु उतार्ने

Tha Ka Sa Lahan

थारु कल्याणकारिणी सभा (थाकस), प्रशिक्षण विभाग प्रमुख राजकुमार लेखीले अबको आन्दोलन सिंहदरबार हल्लाउने खालको हुने बताएका छन्। उनले अबको आन्दोलनले सरकार पनि ढल्ने र सारा एकाधिकारको पनि पतन हुने बताए। तीन दिने सभाको केन्द्रीय प्रशिक्षण सभाको निर्णय सार्वजनिक गर्न लहानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भने- ‘अब हामीले लाखौं थारुलाई काठमाडौंमा उतारेर सिंहदरबार हल्लाउने खालको आन्दोलन गर्छौं। उक्त आन्दोलन शान्तिपूर्ण हुन्छ।

उनले एक महिनाको तयारी गरेर काठमाडौंको हरेक कुना काप्चामा प्लेकार्ड बोकेर शान्तिपूर्ण प्रदर्शनमा उत्रिने बताए। उनले निरन्तर एक महिनासम्म देशभरका थारु समुदाय नुन र च्युरा खाएर भए पनि सिंहदरबार, संसद भवन र बालुवाटार घेर्ने निर्णय प्रशिक्षण सभाबाट भएको सुनाए। शान्तिपूर्ण आन्दोलनमा दमन भए प्रतिकार गर्ने उनको भनाई थियो।

उनले भने- ‘मधेसी, थारु, दलित, जनजातिलगयातका समुदायको माग अझै पूरा नभएको कुरा अन्तर्राष्ट्रिय समुदायले जानकारी पाओस् भन्ने उद्देश्यले पनि हामी काठमाडौं केन्द्रित आन्दोलन गर्न लागेका छौं।’

उनले दुईरचार नेताले आन्दोलन फिर्ता लिँदैमा आन्दोलन नतुहिने पनि बताए। उनले महागठबन्धन बनाउने पहिले पनि आह्वान गरिसकेको बताउँदै फेरि पनि आह्वान गर्न चाहेको बताए।

सभाको केन्द्रीय प्रशिक्षण विभागका प्रमुख लेखीले तीन दिने प्रशिक्षण भेला भब्यतापूर्ण सफल भएको बताए। भेलामा देश र विदेश गरी सात सय प्रतिनिधिहरु सहभागी भएको उनले बताए। ‘थारु कल्याणकारिणी सभाको इतिहासमा अहिलेसम्मै राम्रो कार्यक्रमम सम्पन्न गर्‍यौं,’ उनले भने, ‘भेलामा देश विदेशका प्रतिनिधि, महिलाको सहभागिता र व्यवस्थापनमा पनि कुनै कमजोरी हुन दिएनौं।’

भेलामा प्रध्यापक डा. कृष्ण भट्टचन, अधिवक्ता शंकर लिम्ब, वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो, राजनीतिक विश्लेषक सीके लाल, पूर्व राजदूत विजयकान्त कर्ण र अधिकारकारकर्मी ज्योति दनुवारले प्रशिक्षण दिएका थिए।

भेलाको व्यवस्थापन सभाको सिरहा सप्तरी र उदयपुरले गरेको थियो।

यो पनि पढ्नुस्:

संघीयतामा रुप, सार र जान केही छैन : सुरेन्द्र महताे 

नामको अगाडि राजदूत जोडिँदा पीडाबोध हुन्छ : विजयकान्त कर्ण

शंकर लिम्बुको कटाक्ष- थारू आयोग होइन, दारू आयोग बनाइएको हो 

सीके लालले भने- थारु नेताहरु भ्रममा छन्

Tha Ka Sa Press Release

राजेन्द्र महतोलाई मोर्चाको कारबाही

rajendra mahatoसंयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले मोर्चा घटक सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई अघोषित रूपमा कारबाही गरेको छ। मोर्चाको औपचारिक निर्णयबिनै नाकाबन्दी खोल्ने जानकारी दिएको भन्दै महतोलाई मोर्चाको बैठकले अघोषित रूपमा कारबाही गरेको हो। Continue reading “राजेन्द्र महतोलाई मोर्चाको कारबाही”