
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको छ । सोमबार राति १२ः५० मा महाराजगञ्जस्थित निवासमै कोइरालाको निधन भएको कांग्रेस महामन्त्री प्रकाशमान सिंहले अनलाइनखबरलाई जानकारी दिए । उनी केहि दिनदेखि निमोनिया र ज्वरोका कारण अस्वस्थ थिए । कोइरालाले काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम थियो । तर, अवस्थ भएका कारण उनी जान सकेनन् । Continue reading “कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन”
आन्दोलनरत मधेसी मोर्चाले आम अड्ताल, नाकामा अबरोध र सरकारी कार्यलय बन्दजस्ता कार्यक्रम स्थगित गरेको छ। मोर्चाको सोमबार बसेको बैठकले मुख्य नाकाको अबरोध आम हड्तालसहितका कार्यक्रम स्थगित गरे पनि अन्य आन्दोलन कार्यक्रम यथावत राख्ने निर्णय गरेको छ। ‘जनताका आश्यवकता र प्राप्त सुझावलाई ध्यानमा राख्दै घोषित कार्यक्रममध्ये नाका अवरोध, आमहड्ताल र सरकारी कार्यलय बन्द गर्ने कार्यक्रम स्थगित गरिएको छ,’ मोर्चा नेता महेन्द्र रायले भने, ‘आन्दोलनका क्रममा भएका कमी कमजोरी र त्रुटि समीक्षा गर्दै आन्दोलनलाई अझ शसक्त र व्यापक बनाउने तयारीमा छौं।’



दक्षिण कोरियामा बसोबास गर्ने थारुहरुले थारु कल्याणकारिणी सभाको च्याप्टर विस्तार गरेको छ। आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका उपाध्यक्ष एवं कार्यबाहक पवन राईको प्रमुख आतिथ्यमा सम्पन्न प्रथम अधिवेशनले पुष्प चौधरी (सप्तरी)को अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ। 
विश्वका नजरमा २०११ मा अमेरिकाको विशेष सुरक्षा बलको आक्रमणमा मारिएका अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा प्रमुख बिन लादेन जिवितै भएको खबर छ। अमेरिकी गुप्तचर एजेन्सी सीआइएका पूर्व कर्मचारी एडवर्न स्नोडेनले लादेन जिवितै रहेको दाबी गरेका हुन्।
भारतमा भइरहेको १२ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नीमा घर्ती मगरले नेपालका लागि पहिलो स्वर्ण पदक दिलाएकी छिन्। उनले उसुमा ८.४६ अङ्क ल्याउँदै स्वर्ण पदक जितेकी हुन्। सागको दोस्रो दिनसम्म हिजो नेपालले तीन रजत र छ कास्य पदक जितेको थियो।
नयाँ शक्ति अभियानको अन्तरिम केन्द्रिय परिषद बैठकले जिम्मेवारी विभाजन गरेको छ। दुई दिनसम्म चलेको बैठकले ५१ सदस्यीय सचिवालयको समेत गठन गरेको छ। अभियानले आज पत्रकार सम्मेलन गर्दै बैठकका निर्णयहरु सार्वजनिक गरेको छ।
नयाँ संविधानले मधेसको मुद्दा सम्बोधन नगरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच तीव्र विवाद उत्पन्न भएको छ। मधेस कन्द्रीत चार राजनीतिक दल सम्मिलित मोर्चाभित्र विवाद बढेपछि शनिबार बस्ने भनिएको बैठक बस्न सकेको छैन। जसलाई नेताहरुले कार्यव्यस्तताको संज्ञा दिएका छन्।