शंकर लिम्बुको कटाक्ष- थारू आयोग होइन, दारू आयोग बनाइएको हो

 Shankar Limbu

अधिवक्ता शंकर लिम्बुले नेपालको संविधान २०७२ ले आदिवासी थारु मधेसी दलित मुस्लिमहरुलाई विभेद गरेको बताएका छन्। थारु कल्याणकारिणी सभाको केन्द्रीय प्रशिक्षण भेलामा बोल्दै उनले संविधानमा उल्लेखित आयोगहरूमा विभेद् गरिएको बताए। उनले खस आर्य पुग्ने आयोगहरू संवैधानिक तर दलित, मधेसी, थारू, आदिवासी आयोगहरू कानुन बमोजिम हुने कुराहरू भ्रममा राखेको बताए। उनले थारुहरुका लागि बनाइएको आयोग थारू आयोग नभई दारू आयोग भएको बताए। Continue reading “शंकर लिम्बुको कटाक्ष- थारू आयोग होइन, दारू आयोग बनाइएको हो”

नक्कली प्रमाणपत्रधारी १२ डाक‍टर पक्राउ

nakkali doctor

नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सक भएका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रवेशिका र प्रमाणपत्र तह नै उत्तीण नगरी नक्कली प्रमाणपत्रको आधारमा एमबिबिएस अध्ययन गरेका उनीहरुलाई केन्द्रीय अनुसन्धान विभागको टोलीले उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा झापा अनारमनी गाविस घर भई बिएनसी हस्पिटल बिर्तामोड झापामा कार्यरत रामबाबु गिरी, मोरङ कटहरी गाविस घर भई पशुपति मोडेल अस्पताल इटहरीको प्रमुख भई कार्य गर्दै आएका पशुपति चौधरी, सप्तरी कल्याणपुर गाविस घर भई गोल्डेन अस्पताल विराटनगरमा कार्यरत मोहम्मद कमरुल हक, सप्तरी बैरवा गाविस घर भई कोसी अञ्चल अस्पताल मोरङमा कार्यरत तुलसीकुमार महतो रहेका छन् ।

यसैगरी धनुषा लोहना गाविस घर भई ग्लोवल अस्पताल मिर्चैया सिराहामा कार्यरत मोहम्मद अहमद सिद्धिकी, महोत्तरी हात्तीसर्वा गाविस घर भई जनकपुर अञ्चल अस्पताल जनकपुरमा कार्यरत सन्तोषकुमार यादव, धनुषा जिल्ला जनकपुर नगरपालिका घर भई चानसी मेडिकल हल जनकपुरमा कार्यरत कल्याण विश्वास रहेका छन् ।

त्यस्तै सिराहा विष्णुपुर गाविस घर भई कलेज अफ मेडिकल साइन्स कलेज भरतपुर, चितवनमा कार्यरत विनिता यादव, धनुषा जिल्ला जनकपुर नगरपालिका घर भई अजित मेडिकल हल जनकपुरमा कार्यरत भगवान केवट मल्लाह, धनुषा सत्तोखर गाविस घर भई रामजानकी डेन्टल क्लिनिक जनकपुरमा कार्यरत शैलेन्द्रकुमार महतो, कपिलवस्तु तौलिहवा नगरपालिका घर भई स्वास्थ्य सेवा क्लिनिक तौलिहवा कपिलवस्तुमा कार्यरत अफजल हुसैन, महोत्तरी औरही गाविस घर भई ग्लोवल अस्पताल ग्वार्को ललितपुरमा कार्यरत श्यामबाबु साह रहेका छन् ।

प्रमुख चिकित्सकहरुको दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएका परीक्षार्थीहरुले नक्कली प्रमाणपत्रहरुको आधारमा अध्ययन गरी सोही आधारमा चिकित्सक दर्ता प्रमाणपत्र लिई चिकित्सक बनी काम कार्य गरेको, चिकित्सक दर्ता परीक्षा उत्तीर्ण नै नभई बिना दर्ता प्रमाणपत्र रजिस्टर्ड चिकित्सक भनी ठगी गर्नेहरुको अनुसन्धानका क्रममा उनीहरु पक्राउ परेको ब्युरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक हेमन्त मल्लले जानकारी दिनुभयो ।

ब्युरो, नेपाल मेडिकल काउन्सिल, उच्च माध्यमिक शिक्षा परिषद्द्वारा संयुक्त रुपमा ‘अपरेसन क्वाक’ प्रारम्भ गरी छानबिन अनुसन्धान हुँदा विभिन्न तहका नक्कली प्रमाणपत्र पेस गरेका उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमध्ये नेपालबाट प्रवेशिका र प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र सार्वजिक गर्ने एकजना, भारतबाट प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेस गर्ने, १० जना र भारतबाट प्रवेशिका परीक्षा र प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेस गर्ने एकजना रहेका छन् ।

उनीहरुमध्ये रसियाबाट एमबिबिएस गर्ने एकजना, चीनबाट पाँचजना, भारतबाट एकजना, पाकिस्तानबाट एकजना, बङ्गलादेशबाट एकजना र पाकिस्तानबाट एकजना रहेका छन् । तीमध्ये बिएनसी हस्पिटल बिर्तामोड झापामा कार्यरत रामबाबु गिरीले फिलिपिन्सबाट एमडीसमेत गरेको खुलेको छ ।

चिकित्सा पेसामा संलग्न १५० भन्दा बढी व्यक्तिहरुको शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूको पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा उच्चमाध्यमिक शिक्षा परिषद्का सदस्यसचिव नारायणप्रसाद कोइराला, नेपाल मेडिकल काउन्सिलका सदस्य डा कृष्णप्रसाद अधिकारीले जन मानसको स्वास्थ सेवाजस्तो गम्भीर विषयमा नक्कली चिकित्सक भई काम गर्नु जघन्य अपराध भएको बताउँदै प्रहरीलाई आफ्नो तर्फबाट सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल चिकित्सक सङ्घको ध्यानाकर्षण

नेपाल चिकित्सक सङ्घले चिकित्सा शास्त्रसम्बन्धी पढाइ सकेर देशका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सकलाई नक्कली चिकित्सक भएको आशङ्कामा पक्राउ गरिएको बारे जतिसक्दो चाँडो छानबिन गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गरेको छ ।

देशभरिका स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सकहरूमा त्रास र भयको वातावरण सिर्जना भएको भन्ने गुनासो रहेकाले यस सम्बन्धमा पक्राउ परेका चिकित्सकउपर निष्पक्ष छानबिन गरी सत्यतथ्य पत्ता लगाउन सरकारसमक्ष महासचिव डा मुक्तिराम श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा अनुरोध गरिएको छ । रासस

सीके लालले भने- थारु नेताहरु भ्रममा छन्

CK lal

राजनीतिक विश्लेषक सीके लालले थारु नेताहरु भ्रममा रहेको बताएका छन्। उनले केही नबोलिकन सबकुछ पाइने भ्रम थारु नेताहरुमा रहेको प्रष्ट पारे। थारु कल्याणकारिणी सभाको केन्द्रीय प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा लालले भने- ‘आफैँ नबोली केही कुरा पाइँदैन, तसर्थ बोल्नुपर्छ। थारूहरू बोल्ने स्वाभावका हुँदैन, उसको स्वाभाव अरूले बुझिदिओस् भन्ने हुन्छ। अहिले विभिन्न दलमा लागेका थारू नेताहरू यही भ्रममा छन्। तसर्थ उनीहरु अगुवा बन्ने प्रयास गर्नुपर्छ।’  Continue reading “सीके लालले भने- थारु नेताहरु भ्रममा छन्”

वीरगन्ज नाकाबाट तीन बुलेट ग्यास भित्रियो

Parsa-gas bulet

वीरगन्ज नाकाबाट आज तीन बुलेट खाना पकाउने एलपी ग्यास नेपाल भित्रिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नाका केन्द्रित आन्दोलन थालेपछि रोकिएकामा आज पहिलोपटक वीरगन्ज नाकाबाट खाना पकाउने ग्यास बुलेट नेपाल भित्रिएको हो । विगत चार महिनादेखि रक्सौलको लक्ष्मीपुरमा थिन्किएर रहेको ग्यास बुलेट सर्वसाधारणले नाका खुलाएपछि वीरगन्ज भित्र्याइएको नेपाल आयल निगम वीरगन्ज वितरण केन्द्रले जनाएको छ । Continue reading “वीरगन्ज नाकाबाट तीन बुलेट ग्यास भित्रियो”

थरुहट आन्दोलन सातौं महिनामा

Tharuhat-Birodh-Sabha
फाइल तस्बिर

कैलाली र कन्चनपुरसहितको थरुहट प्रदेशको माग गर्दै सुरु भएको आन्दोलन सात महिनामा पुगेको छ । सुरुमा आमसभा, र्‍या ली जुलुश, अन्तर्क्रिया लगायतका विभिन्न कार्यक्रम गर्दै आएका थरुहट आन्दोलनकारीले साउन २२ देखि पहिचान र थहरुटको माग गरी आन्दोलन गर्दै आएका छन् । Continue reading “थरुहट आन्दोलन सातौं महिनामा”

देवीकुमारी चौधरीले जिताइन् नेपालको लागि पहिलो पदक

  1. Devi Chaudhary 02

भारोत्तोलन खेलाडी देवीकुमारी चौधरीले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई पहिलो पदक दिलाएकी छिन्। ५३ केजी स्पर्धामा कास्यपदक जित्दै उनी यो सागमा पदक जित्ने पहिलो नेपाली भएकी हुन्। ३१ बर्षीय उनले स्न्याचमा ५४ केजी र क्लिन एन्ड जर्कमा ७५ गरी कुल १ सय २९ केजी उचालिन्। पाँच खेलाडी सहभागी यस खेलमा उनले पाकिस्तान र बंगलादेशीलाई उछिनेकी हुन्। यसमा भारतले स्वर्ण र श्रीलंकाले रजत पदक जिते। सागमा महिला भारोत्तोलन यसैपाली समावेश गरिएको हो। Continue reading “देवीकुमारी चौधरीले जिताइन् नेपालको लागि पहिलो पदक”

नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा ८ सैनिकको मृत्यु

Nuwakot Mapकाठमाडौंबाट त्रिशुलीतर्फ आउँदै गरेको माइक्रोबस नुवाकोटको मदानपुर–८ केउरेनीमा दुर्घटना हुँदा नेपाली सेनाका ८ जना सैनिकको मृत्यु भएको छ। शनिबार भएको उक्त दुर्घटनामा ६ जना घाइतेको उद्दार पछि उपचारका लागि काठमाडाैं पठाइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए। बसमा १६ जना सवार रहेका र केही हराइरहेका जानकारी अाएको प्रजिअ ढकालले बताए। Continue reading “नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा ८ सैनिकको मृत्यु”

कैलालीको पहलमानपुरमा बृहत् आमसभा

THaru Photoकैलालीको पहलमानपुरमा थरुहट/थारुवान संयुक्त संघर्ष समितिको आमसभा आज (शनिवार) भर्खरै सुरु भएको छ । सभालाई सम्बोधन गर्न एक दर्जन भन्दा वढी पहिचान पक्षधरका शिर्ष नेताहरु पहलमानपुरमा पुगेको जनाइएको छ । Continue reading “कैलालीको पहलमानपुरमा बृहत् आमसभा”

चर्चित रकब्यान्ड ‘कोल्डप्लेज’को गीतमा सोनम

Sonam Kapoor

बलिउड अभिनेत्री सोनम कपुर चर्चित रकब्यान्ड ‘कोल्डप्लेज’को नयाँ गीतमा देखापरेकी छिन्। ‘हाइम फर द विकेन्ड’ बोलको गीतको म्युजिक भिडियोमा उनी देखापरेकी हुन्। यो गीत यति चर्चा भयो कि युट्युबमा रिलिज गरेको २४ घण्टाभित्रैमा यसलाई २८ लाखभन्दा बढी मानिसले हेरे।
यति चर्चित गीतमा सोनम भने गुमनामजस्तै छिन्। गीतको म्युजिक भिडियोमा उनलाई फेला पार्न दर्शकले मिहिनेत नै गर्नुपर्छ। केही सेकेन्डसम्म मात्रै सोनम म्युजिक भिडियोमा देखापरेकी छिन्। गायिका बियोन्सले यो गीत गाएकी हुन्। गीतको म्युजिक भिडियो भारतमा छायांकन गरिएको हो र यसमा भारतीय संस्कृति देखाउन खोजिएको छ।

भिडियो हेर्नुस्:

एक विद्रोही जब बिकिनी देखिन्…

PAY-Debauchery-in-the-jungleकोलम्बियाली सेनाले त्यहाँको विद्रोही समूह नेसनल लिबरेसन आर्मीले आश्रय लिइरहेको ठाउँमा अचानक घेराउ गरी धरपकड गर्दा केही विद्रोही पक्राउ परेका छन्। पक्राउ परेका विद्रोहीहरू बिकिनी लगाइरहेको अवस्थामा फेला परेको बेलायती पत्रिका ‘द मिरर’ले जनाएको छ। Continue reading “एक विद्रोही जब बिकिनी देखिन्…”