तराईमा बन्दुक आतंक, धनुषामा कांग्रेस नेता यादवको गोली हानी हत्या

Gun shot

नेपाली कांग्रेस धनुषा–१ का क्षेत्रीय प्रतिनिधि राजेन्द्रप्रसाद यादवको गोली प्रहारबाट हत्या भएको छ। धनुषाको बालाबाखर–४ वैरिया टोल घर भएका यादवलाई शुक्रबार राति करिब १० बजे अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ। Continue reading “तराईमा बन्दुक आतंक, धनुषामा कांग्रेस नेता यादवको गोली हानी हत्या”

लहानमा तीन दिने प्रशिक्षण भेला सुरु, कृष्ण भट्टचन र शंकर लिम्बले प्रशिक्षण दिने

Tha Ka Sa Lahan

थारु कल्याणकारिणी सभाको तीन दिने केन्द्रीय प्रशिक्षण भेला आजदेखि लहानमा सुरु भएको छ। देश र विदेश गरी करिब एक हजार प्रतिनिधि सहभागी भएको प्रशिक्षण भेला लहानको अतिथि सदनमा सुरु भएको हो। कार्यक्रमको उद्‍घाटन सभाकै संरक्षक अमृत खाँले गरेका हुन्। Continue reading “लहानमा तीन दिने प्रशिक्षण भेला सुरु, कृष्ण भट्टचन र शंकर लिम्बले प्रशिक्षण दिने”

विजय गच्छदार थारु होइन, शासक हो : लेखी

Rajkumar Lekhi

थारु कल्यणकारिणी सभाका प्रशिक्षण विभाग प्रमुख राजकुमार लेखीले माग पुरा नभए जारी आन्दोलन ४/५ बर्षसम्म पनि लम्बिन सक्ने बताएका छन् । सिरहाको लहानमा बिहिवार आयोजित पत्रकार सम्मेलनमा लेखीले मधेसी, थारु, जनजाति लगायतका समुदायले अधिकार नपाएसम्म आन्दोलन चल्ने बताए । उनले भने, ‘वार्ता र सम्वादको माध्यमबाट माग पूरा गर्न सरकारलाई हाम्रो आग्रह छ । यदि माग पुरा नभए ४/५ बर्षसम्म पनि आन्दोलन चल्न सक्छ ।’ Continue reading “विजय गच्छदार थारु होइन, शासक हो : लेखी”

थरुहट आन्दोलनलाई राष्ट्रियकरण गर्न आमसभा : भानुराम थारू

Bhanuram Tharu

थरुहट तराई पार्टी नेपालका केन्द्रीय अध्यक्ष भानुराम थारूले थरुहट आन्दोलनलाई राष्ट्रियकरण गर्न पहलमानपुरमा आज बृहत आमसभा गर्न लागेको बताएका छन् । Continue reading “थरुहट आन्दोलनलाई राष्ट्रियकरण गर्न आमसभा : भानुराम थारू”

महिला फुटबलमा नेपालले बंगलादेशलाई हरायो

Woman Fotball

भारतमा आजदेखि सुरु भएको दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपालले बङ्गलादेशलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। भारतको सेलुङमा आज नेपालले आफ्नो पहिलो खेलमा बङ्गलादेशको महिला फुटबल टोलीलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो। Continue reading “महिला फुटबलमा नेपालले बंगलादेशलाई हरायो”

वीरगन्ज-रक्सौल नाका १ सय ३५ दिनपछि खुल्यो

Bigunj Naka

१ सय ३५ दिनदेखि बन्द वीरगञ्ज नाका शुक्रबारबाट खुलेको छ । असोज ७ गतेदेखि बन्द वीरगञ्ज नाका शुक्रबार स्थानीय व्यवसायीले खुलाएका हुन् । मितेरीपुलस्थित धर्नास्थलमा आन्दोलनकारी कम भएका बेला स्थानीय व्यवसायीले नाकाको अवरोध हटाएका थिए ।   Continue reading “वीरगन्ज-रक्सौल नाका १ सय ३५ दिनपछि खुल्यो”

नेपाल बंगलादेशसँग ६ विकेटले पराजित

Nepal Cricket

आइसीसी यु-१९ विश्वकपको पहिलो क्वाटरफाइनलमा नेपाल आयोजक बंगलादेशसँग पराजित भएको छ। बंगलादेशले नेपाललाई ६ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा सुरक्षित गरेको छ। टस जितेर ब्याटिङ गरेको नेपालले बंगलादेशसामु २ सय १२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। १ सय १२ रनको विजय लक्ष्य पछ्याएको बंगलादेशले १० बल अगावै विजय पाएको हो। Continue reading “नेपाल बंगलादेशसँग ६ विकेटले पराजित”

थारु युवाहरुले २३ गते कैलालीमा मार्च पास गर्ने

Tharu Youth Marc Pass in Dang 08

थारु युवा स्यंवसेवकले कैलालीमा मार्च पास गर्ने भएको छ। माघ २३ गते शनिबार आदिवासी जनजाति आन्दोलनका अगुवाहरुले आयोजना गरेको बृहत् आमसभामा थारु युवाहरुले मार्च पास गर्ने भएका हुन्। कैलालीमा बसेको बैठकले सोही दिन कैलालीको पहलमानपुरमा मार्च पास गर्ने निर्णय गरेको थारु युवा स्यंवसेवकका केन्द्रीय सदस्य इन्दु चौधरीले जानकारी दिइन्। उनका अनुसार पाँस सय बढी युवाहरुले फेटा बाँधेर मार्च पास गर्नेछन्।

मार्च पासको नेतृत्व कैलालीका संयोजक करन चौधरीले गर्ने उनले बताइन्। करन चौधरीकै नेतृत्वमा पाँस सयभन्दा बढी युवाहरु मार्च पासमा सहभागी हुनेछन्। युवाहरुले पहलमानपुर बजारमा मार्च पास गरेर आमसभास्थलमा जम्मा हुनेछन्।

त्यस्तै थारु युवा स्यवंसेवकको बैठक माघ २५ गते बस्ने भएको छ। दाङदेखि कञ्चनपुरसम्मका केन्द्रीय प्रतिनिधिहरुको सहभागिता बैठकमा रहने इन्दु चौधरीले बताइन्। थारु आन्दोलनलाई थारु युवाहरुले कसरी सघाउन सकिन्छ भन्नेबारे छलफल हुने उनले जानकारी दिइन्।

एक सय अभियानमा २० हजार संकलन

थारु युवा स्यंवसेवकले चलाएको एक ब्यक्ति एक सय अभियानमा करिब २० हजार संकलन भएको छ। थरुहट आन्दोलनका घाइतेहरुलाई सहयोग गर्न र राजनीतिक जनचेतनाका अभियान, प्रशिक्षण, तालिम पनि सञ्चालन गर्न अभियानको थालनी गरेको इन्दुले बताइन्। यो अभियानमा देश विदेशबाट सहयोग प्राप्त भइरहेको उनले बताइन्। उनले यो अभियानमा सहभागी हुन सबैमा अपिलसमेत गरिन्। सहभागी हुने चाहनेहरु यहाँ विस्तृत हेर्नुस्

राष्ट्रपति भण्डारीद्वारा सल्लाहकारमा छ जनाको नियुक्ति

1446035941316_Pro_Ktm_ President Bidhya davi bhandari (1)

राष्ट्रपति विद्यादेवी भण्डारीले आज आफ्ना विभिन्न विज्ञ (सल्लाहकार) मा छ जनालाई नियुक्त गरेकी छन्। नियुक्त भएका विज्ञमा धनहर्क राई (होमटाङ–८, भोजपुर), सुशील प्याकुरेल (कलङ्की, काठमाडौँ), डा मदनकुमार भट्टराई (कालिकास्थान, काठमाडौँ), डा मीना आचार्य (कामपा–१०, बानेश्वर काठमाडौँ), जगन्नाथ महासेठ (जनकपुर–९ धनुषा) र माधव शर्मा (पोखरा–७, कास्की) रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता खडानन्द ढकालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। रासस Continue reading “राष्ट्रपति भण्डारीद्वारा सल्लाहकारमा छ जनाको नियुक्ति”

उडिरहेको विमानबाट एक यात्री झरेको आशपछि…

biman

सोमालियामा एक यात्रुको उडिरहेको विमानबाट खसेर मृत्यु भएको छ। राजधानी मोगादिशुबाट जिबूती गइरहेको विमानमा अचानक प्वाल परेपछि एक यात्रु झरेको बताइएको छ। अधिकारीहरुले यो घटनाको पुष्टी गरेका छैनन् तर विमान कम्पनीका अधिकारीहरुले एक यात्रु हराइरहेको जनाएका छन्। प्रहरीले भने एउटा शव बरामद गरेको जानकारी दिएको छ। Continue reading “उडिरहेको विमानबाट एक यात्री झरेको आशपछि…”