इटहरीको आठ तले व्यापारिक भवनमा भीषण आगलागी

itahari1

इटहरी उपमहानगरपालिका–१ को मुख्य चोकमा रहेको आठ तले व्यापारिक भवनमा आज विद्युत् सर्ट भई सुरु भएको आगलागीबाट कम्तीमा १०० वटा थोक व्यापारिक पसल, सुविधा गेस्ट हाउसलगायतका ठूलो व्यापारिक भवनहरु जलेर नष्ट हुँदा अरबौँ रुपियाँको नोक्सानी भएको छ। बेलुका ५ बजे सुरु भएको आगोलाई इटहरी, धरान, विराटनगर, इनरुवालगायतका दमकलले नियन्त्रण गर्ने प्रयास जारी रहेको छ । आगोको मुस्लो र धुँवा नियन्त्रण बाहिर छ । आज बिहीबार इटहरीका बजार बन्द हुने भएकाले मानवीय क्षति भने भएको छैन । Continue reading “इटहरीको आठ तले व्यापारिक भवनमा भीषण आगलागी”

फिफा बरियतामा नेपाल ८ स्थान उक्लियाे

Nepal(Blue)  Vs  Bahrain(Red)Final Match 1

फिफा बरियतामा नेपालले ८ स्थान माथि उक्लिएको छ । नेपाल १८८ औं स्थानमा पुगेको छ । बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकप फुटवल प्रतियोगिताको उपाधि जितेसंगै नेपाल फिफा बरियतामा आठ स्थान माथि उक्लेर १८८ औं स्थानमा पुगेको छ । भारतमा सम्पन्न साफ च्याम्पियनसीपमा गरेको निराशाजनक प्रदर्शनसंगै नेपालले फिफा बरियतामा अहिलेसम्मकै तल १९६ औं स्थानमा पुगेको थियो । Continue reading “फिफा बरियतामा नेपाल ८ स्थान उक्लियाे”

सप्तरीमा बम विस्फोट गराउने यादव पक्राउ

विभिन्न आपराधिक घटनामा संलग्न रहेको भन्दै प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जिल्लाको फर्सेठ गाविस–३ निवासी सुरेन्द्रकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। Continue reading “सप्तरीमा बम विस्फोट गराउने यादव पक्राउ”

‘ठूला स्टारसँग काम गर्दा नर्भस भइन्छ’

Kriti-Sanon

फिल्म ‘दिलवाले’को अनुभव कस्तो रह्यो?

अनुभव रमाइलो रह्यो। हामीले फिल्मका लागि लामो सुटिङ गरेका थियौँ। आफ्नो दोस्रो फिल्ममा नै यति ठूला स्टारसँग काम गर्दा म अलि नर्भस थिएँ। किनकि, यी सबै अनुभवी कलाकार हुन्। र, म एउटा फिल्ममात्रै गरेको मान्छे उनीहरूसँग काम गर्दै थिएँ। सधैँ यही कोसिस गर्थें कि मेरा कारण कुनै समस्या नहोस् वा मेरा कारण कसैले रिटेक नदिनुपरोस्। यो मेरा लागि सिकाइ काल रह्यो। सेटमा हामी परिवारजस्तै बस्थ्यौँ। Continue reading “‘ठूला स्टारसँग काम गर्दा नर्भस भइन्छ’”

युट्युबमा स्टार बन्ने हो?

PSY

युट्युब संसारको सबैभन्दा बढी हेरिने भिडियो साइट हो। एक सय करोड मानिस युट्युब प्रयोग गर्छन्। युट्युब प्रयोग गर्ने आधा मानिसले स्मार्टफोनमा पनि भिडियो हेर्छन्। कतै तपाईंका भिडियो पनि युट्युबमा भाइरल बन्ने त होइन? यसबारे पनि तपाईंले जानकारी लिन सक्नुहुन्छ।

सन् २०१५ को अन्त्यतिर युट्युबमा हरेक मिनेट चार सय घण्टाको भिडियो अपलोड हुन्थ्यो। यदि तपाईं पनि कुनै भिडियो अपलोड गर्दै हुनुहुन्छ भने तपाईंले पनि सय करोड मानिसबीच आफ्नो सूचना प्रवाह गर्न सक्नुहुन्छ। तर, सबैमाझ छाउनलाई भिडियो एक्स्ट्रा भने हुन जरुरी छ। जसले आममानिसको मनलाई छुन सकोस्।

कोरियन पपस्टारको ‘गंगनम स्टाइल’ गीत संसारभरका जनताले २ सय ५० करोडपटक हेरे। यो भिडियो युट्युबमा अहिलेसम्मकै सबैभन्दा बढी  हेरिएको भिडियो बनेको छ। त्यसअघि युट्युबमा जम्मा २ सय १४ करोडपटकमात्र गन्ती गर्न सकिन्थ्यो। तर, यो भिडियोको हिट्स एकाएक बढ्दै गएपछि युट्युबले गन्तीको सीमा बढाएको थियो। यो गीतबाट आम प्रयोगकर्ताले मजा उठाउन भन्नकै लागि युट्युबले यसको गन्ती सीमा बढाएको थियो।

म्युजिकभन्दा बाहिर सबैभन्दा बढी भ्यु हुने भिडियो दुई बच्चाको हो। यी दुई बच्चालाई देखेेर तपाईं नहाँसी बस्न सक्नुहुन्न। यो भिडियो संसारभर ८३ करोडपटक हेरिएको छ।

भिडियो सर्वाधिक हेरिएपछि युट्युबले बनाउने युजरलाई पैसा पनि प्रदान गर्छ। युट्युबले अन्जानमा तपाईंको लागि रकम पनि जम्मा गरिरहेको हुन्छ। पछिल्लो दशकमा युट्युब एउटा डेटिङ वेबसाइटको रूपमा सुरु गरेको थियो। जसको नाम ‘ट्युन इन हुक थियो।

युट्युबलाई जावेद करिम, स्टिव चेन र चैड हर्लेले सुरु गरेका हुन्। यसमा सन् २००५ को अप्रिल २३ मा पहिलेपटक भिडियो अपलोड गरिएको थियो। जुन जावेदको भिडियो थियो। एक वर्षमै युट्युबको लोकप्रियता आकाशियो। यसको लोकप्रियता देखेरै गुगलले ११ हजार करोड रुपैयाँभन्दा बढीमा किन्यो।

सन् २०१४ मा गरिएका अनुसन्धानअनुसार अमेरिकाका ७७ प्रतिशत मानिसले फेसबुक चलाउँछन् जबकि ६३ प्रतिशत मानिस युट्युब हेर्छन्। ट्वीटर र गुगल प्लस यी दुईभन्दा धेरै पछाडि छ। ब्यान्डविथको सुधारसँगै भिडियो सेयरिङको गर्नेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ।

जब ‘सेक्स डल’को उद्धारमा ठूलै टोली लागे…

सेक्स डलको उद्धारमा एउटा ठूलो ‘सर्च एन्ड रेस्क्यू टोली’ परिचालन भएको रोचक समाचार प्रकाशित भएको छ। हफिङ्टन पोस्टका अनुसार गत साता बेलायतको कोर्नवाल क्षेत्रमा एउटा सेक्स डलको उद्धारमा यति ठूलो टोली परिचालित भएको हो। Continue reading “जब ‘सेक्स डल’को उद्धारमा ठूलै टोली लागे…”

कैलालीमा बृहत् आमसभा हुने, पद्मरत्न, आङ्काजीलगायत दर्जन बढी नेता जाने

Tharu protest in kailali 03कैलालीमा एकपटक फेरि बृहत आमसभा हुने भएको छ। आउँदो शनिबार कैलालीको पहलमानपुरमा बृहत् आमसभा हुने थरुहट/थारुवान संयुक्त संघर्ष समितिका कैलाली प्रवक्ता माधव चौधरीले जानकारी दिए। उनका अनुसार आमसभामा नागरिक समाजका अगुवा, आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका अगुवा पद्मरत्‍न तुलाधर, ओम गुरुङ, नयाँ शक्तिका अभियन्ता पासाङ शेर्पा, नेकपा-माओवादीका सचिव देव गुरुङ, संघीय समाजवादी फोरम नेपालका अशोक राई, आदिवासी महासंघका पूर्वमहासचिव आङ्काजी शेर्पालगायत नेताहरु उपस्थित हुनेछन्। Continue reading “कैलालीमा बृहत् आमसभा हुने, पद्मरत्न, आङ्काजीलगायत दर्जन बढी नेता जाने”

राजेन्द्र महतोले भने- वीरगन्ज नाका पनि खोल्छौं

rajendra-mahatoसद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले महिनौंदेखि बन्द रहेको वीरगन्ज नाका तत्काल खुल्ला गर्नुपर्ने बताएका छन्। मधेस आन्दोलनप्रति समर्थन जुटाउन दुईदिने भारतको बिहार भ्रमणबाट फर्किएका महतोले नाकाबन्दीका कारण जनताले मात्र दुःख पाइरहेको बताउँदै नाका खोल्न मोर्चाका अन्य नेतालाई आग्रह गरेका छन्। Continue reading “राजेन्द्र महतोले भने- वीरगन्ज नाका पनि खोल्छौं”

तराईमा सेना परिचालन गर्नुपर्छ : विजुक्छे

narayan-man-bijukchheनेपाल मजदर किसान पार्टीका अध्यक्ष नारायणमान विजक्छेंले तराई समस्या समाधानका लागि आवश्यक परे सेना परिचालन गर्नपर्नेमा जोड दिएका छन्। बुधबार सञ्चारकर्मीहरुसँंग कुरा गर्दै उनले तराईमा रहेका प्रहरी चौकीहरुलाई कनै हालतमा हटाउन नहुने बताए। तराईको वास्तविक समस्या समाधानका लागि त्यहाँंका गरिव मजदुर किसानलाई योग्यता अनुसारको काम र काम अनुसारको दाम दिनपर्ने उनले बताए । Continue reading “तराईमा सेना परिचालन गर्नुपर्छ : विजुक्छे”

मधेसी नेताहरु लालुको अगाडि ‘लम्पसार’ पर्नु लाजमर्दो : गच्छदार

Bijay Gachhadar

मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेसी मोर्चाका नेताहरुको बिहार भ्रमणको आलोचना गरेका छन् । उनले बिहारका नेताहरुका अगाडि लम्पसार पर्नु लाजमर्दो भएको बताए । मोर्चाका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादव अन्दोलनमा समर्थन जुटाउन पटनामा त्यहाँका नेताहरुसँग भेटघाटमा छन् । उनले मधेसी वा थारुलाई अधिकार समपन्न बनाउन अरु देशबाट जनता ल्याएर नहुने टिप्पणी गरे ।

‘मधेसी नेताहरु बिहार गएका छन्, फोटोमा लालुप्रसाद गद्दीमा बसेका छन्, हाम्रा क्रान्तिकारी मधेसी नेताहरु उनको अगाडि लम्पसार छन् । के यो लाजमर्दो होइन् ?’ गच्छदारले भने । विराटनगरमा एक कार्यक्रममा बोल्दै उनले मोर्चाका नेताहरुको तिखो आलोचना गरे ।

सद्‍भावनाका अध्यक्ष राजेन्द्र महतो अहिले आफूविरुद्ध रहेको बताउँदै गच्छदारले भने, ‘राजेन्द्र महतो अहिले मेरा पछाडि लागेका छन्, घरघर जान्छन्, चिया पिउछन्, भात खान्छन् र मेरो विरुद्धमा बोल्छन् ।’ उनले महतो राजनीतिमा आफूभन्दा निक्कै पछाडि रहेको बताए । गच्छदारले भने–‘म राजनीति सुरु गरेर ०२७ सालमा जेल पर्दा उनी कसै कहाँ नोकरी गर्थे, ठेक्कापटाको काम गर्थे, अहिले आएर मेरो रिस गरेर हुन्छ ?’

मधेसवादी दलका नेताहरू एक अर्कालाई सिध्याउने खेलमा लागेको आरोप लगाउँदै गच्छदारले को ठूलो पार्टी र को ठूलो नेता भन्ने होडवाजी चलेको आरोप लगाए । आन्दोलनको नाममा मधेसी जनतालाई अहिले गुमराह पार्ने कार्य भइरहेको उनले बताए। आफू आन्दोलनबाट फिर्ता नभएको बताउँदै उनले आन्दोलनको माग स्थापित गराउनेका लागि सरकारमा गएको कार्यकर्तालाई प्रष्टोक्ति दिए ।

०६३ साल माघ १ गते अन्तरिम संबिधान जारी हुँदा आफूले नै मधेस आन्दोलनको बिगुल फुकेको गच्छदारले दावी गरे । उनले भने–‘थारु, मधेसी, मसुसलमान, आदीवासी जनजाती लगायतको अधिकार छैन्, अन्तरिम संविधान अपुरो छ अधुरो छ त्रुटिपूर्ण छ भन्दै मैले बिगुल फुकेँ, माघ २ गते मैले पठाएको कार्यकर्ताको सहयोगमा उपेन्द्र यादवले माइतीघर मण्डलामा संबिधान जलाए, राज्य असहिष्णु भएर जलाउनेहरुलाई पक्राउ गर्‍यो, लहान घटना भयो र मधेस आन्दोलन सुरुवात भयो ।’

उनले चक्काजाम, ढुंगामुढा र तोडफोड गरेर मात्र आन्दोलन नहुने बताउँदै सहमतिका आधारमा पनि माग पूरा गराउन सकिने बताए ।