नेपालले क्वाटरफाइनलमा बंगलादेशसँग भिड्ने

NEpalउन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको क्यार्टरफाइनलमा अब नेपालको भिडन्त आयोजक टोली बङ्गलादेशसँग हुने पक्का भएको छ । आज भएको समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले नामिबियालाई ८ विकेटले पराजित गर्दै उसले नेपालसँगको भेट पक्का गरेको हो । Continue reading “नेपालले क्वाटरफाइनलमा बंगलादेशसँग भिड्ने”

आन्दोलनका क्रममा हालसम्म ५८ जनाको मृत्यु

dead body saptari protestमुलुकमा नयाँ संविधान जारी भइसकेपछि सङ्घीय प्रदेशलगायतका विषय असहमति जनाउँदै सुरू भएको मधेस आन्दोलनका क्रममा सुरक्षाकर्मी, आन्दोलनकारी र सर्वसाधारण गरी हालसम्म ५८ जनाको मृत्यु भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले आयोजना गरेको प्रवक्ता–पत्रकार भेटघाटका क्रममा गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता यादवप्रसाद कोइरालाले आन्दोलनका क्रममा सुरक्षाकर्मी ११, आन्दोलनकारी र सर्वसाधारण ४७ गरी ५८ जनाको मृत्यु भएको जानकारी दिए। Continue reading “आन्दोलनका क्रममा हालसम्म ५८ जनाको मृत्यु”

लालुको दरबार पुगेर मधेसी नेताले के भने ?

IMG_4002‘नेपालमा मधेसीमाथि दोस्रो दर्जाको नागरिकसरह व्यवहार भइरहेको छ, नयाँ संविधानमा समेत मधेसीलाई दोस्रो दर्जाको नागरिक बनाइएको छ,’ भारतको राष्ट्रिय जनता दलका उपाध्यक्ष रघुवंशप्रसाद सिंहले बिहारका सहरमा आयोजना भइरहेका नेपालको मधेसबारे गरेका भाषणका केही अंश हुन् यी।

असमानता र विभेद रहेसम्म मधेसमा लडाइँ चलिरहन्छ। मधेसीको लडाइँलाई आफूले साथ दिइरहने सिंहले बताउँदै आएका छन्। ‘मधेस नेपालको मामिला हो, तपाईंहरूले किन हस्तक्षेप गर्नुपर्योा भन्ने पत्रकार जिज्ञासामा सिंहको तर्क छ, ‘हाम्रा २४ लाख छोरीचेलीको विवाह मधेसमा भएको छ। मधेसीको रगत बग्दा हाम्रो मन र मुटु दुख्छ। कारण, नाता–कुटुम्बको सम्बन्ध छ,’ उनले भने। मधेससँग भावनात्मक सम्बन्ध मात्र नभई अन्य थुप्रै सम्बन्धका कारण मधेस दुख्दा आफूहरूको मन दुख्ने सिंहको भनाइ छ।

‘हामी भारत सरकारजस्तो मधेस आन्दोलनको हकमा बेखबर रहन सक्दैनौं। दिल्ली र काठमाडौंको हवाई सम्बन्ध छ। मधेससँग हाम्रो जमिन जोडिएको छ। नाता–कुटुम्ब, सांस्कृतिक, बिहेबारीजस्ता सम्बन्ध छन्। मधेसीको दुःखबारे हामी बेखबर बस्ने सवालै आउँदैन,’ सिंह थप्छन्, ‘हामीले कुनै हस्तक्षेप गरेका छैनौं। अधिकारविहीनको पक्षमा समर्थन गरिरहेका छौं।’ उनले मधेसीले अधिकार नपाएसम्म साथ दिइरहने प्रस्ट पारे।

पहिचानवादी मुद्दामा संघर्ष गरिरहेकाबीच कार्यगत एकतामार्फत महागठबन्धन बनाउनुपर्ने सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोको धारणालाई भारत, बिहारका नेताले पनि जोडले उठाइरहेका छन्। अलग–अलग मोर्चामा रहँदा मधेसको शक्ति विभाजित भएको भन्दै राष्ट्रिय जनता दलका उपाध्यक्ष रघुवंश सिंहले मोर्चालाई महागठबन्धनको रूप दिन आग्रह गरे।

‘मिडिया फर बोर्डर हार्मोनी’ ले आइतबार मुझपरपुरमा आयोजित मधेस बहसमा भाग लिन आएका तीनै दलका शीर्ष नेतालाई राखेर सिंहले मधेस आन्दोलनमा रहेका अन्य मोर्चा र दललाई मिलाएर ‘महागठबन्धन’ बनाउन आग्रह गरे। उनले यसपालिको बिहार विधानसभा चुनावको उदाहरण दिँदै भने, ‘महागठबन्धन गर्दा नागरिकमा हौसला बढ्यो जसले नतिजा फेरिदियो। तपाईंहरू पनि मिल्नुस्, जनमत तपाईंहरूकै पक्षमा हुन्छ।’

मधेसी मोर्चाका नेताले संविधान संशोधनमार्फत पनि आफूहरूको माग पूरा नभएको बताए। मधेसी मोर्चाका शीर्ष नेताले प्रमुख तीन दलले मधेसका माग वास्तै नगरेको बिहारका सत्ताधारी राष्ट्रिय जनता दलका उपाध्यक्ष सिंहसँग गुनासो गरे।

‘सरकारले माग सम्बोधन नगरी मधेसीलाई पेलेर अगाडि बढ्ने कसम खाएजस्तो देखिन्छ,’ एक मधेसी नेताले सिंहसमक्ष भनेका थिए। सद्भावना पार्टीका अध्यक्षले आफूहरूले एउटा पनि नयाँ माग नराखेको भन्दै सरकारले मधेसी मोर्चासँग गरेको २२ र ८ बुँदे सम्झौता पालना गरिदिए झगडै सकिने बताएका थिए।

मधेसमा आन्दोलन जारी रहनुमा मधेसीसँग सरकारले गरेको सम्झौता पालना नगर्नु नै कारक रहेको मधेसी नेताले भारतीय नेतालाई ‘बिफ्रिङ’ गरेका थिए।

मधेसमा जारी आन्दोलनमा आन्तर्राष्ट्रिय समुदायको सहानुभूति भएको भन्दै संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्› यादवले भारतीय नेतासमक्ष मधेसका माग सम्बोधननिम्ति दबाब सिर्जना गरिदिने आग्रह गरेका थिए।

सद्भावना अध्यक्ष महतोले सरकारले मधेसलाई अवसर र विकास दुवैबाट वञ्चित गर्दै आएको विचार भारतीय नेतासमक्ष राखेका थिए।

भारतका अधिकांश नेताले नेपालको मधेस समस्या समाधाननिम्ति भारतको हस्तक्षेप आवश्यक रहेको औंल्याएका थिए। ‘६ महिनादेखि मधेसमा आन्दोलन चलिरहेको छ तर सरकारले कुनै सुनुवाइ गरेको छैन,’ नेता सिंहले भने, ‘भारत सरकारले निकास खोज्न निष्पक्ष भएर मध्यस्थ भूमिका खेल्नुपर्छ।’ आन्दोलन कमजोर पार्न मात्र संविधान संशोधन गरेजस्तो गरिएको उनको जिकिर थियो।

मिथिलेश यादव/नागरिक दैनिक

मुसाको मासु कति सुरक्षित ?

musaलखन चौधरी / कैलाली
पश्चिम नेपालको थारू समुदायमा मुसाको मासु खाने प्रचलन उहिल्यैदखि चल्दै आएको छ । तर प्रमुख परिकार मध्ये एक मानिने मुसाको परिकार अब कतिको सुरक्षित तथा खान योग्य छ ? भन्ने कुरा बहसमा तानिएको छ । पछिल्लो समय सुदूरपश्चिमाञ्चल क्षेत्रमा मुसाबाट सर्ने ’स्कर्ब टाइफस“ नामको रोगको सङ्क्रमणको समस्या बढ्दै गएपछि सबैको ध्यान केन्द्रीत भएको हो । Continue reading “मुसाको मासु कति सुरक्षित ?”

Tarai protest has no relevance: DPM Gachchhadar

Bijay Gachhadar

Deputy Prime Minister and chairman of the Madhesi People’s Rights Forum (Democratic) Bijay Kumar Gachchhadar has said that the ongoing Tarai protest organized by some Tarai centric parties has no meaning as their demands were already addressed by the amendment to the constitution. Continue reading “Tarai protest has no relevance: DPM Gachchhadar”

सातामा ९१ घण्टा लोडसेडिङ (तालिकासहित)

सरकारले एक बर्षभित्र लोडसेडिङ हटाउने भनिरहे पनि नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङ बढाएर साताको ९१ घण्टा पुर्‍याएको छ । प्राधिकरणको नयाँ तालिका अनुसार सोमबारदेखि दैनिक १३ घण्टा लोडसेडिङ हुनेछ । यसअघि दैनिक १२ घण्टा लोडसेडिङ हुँदै आएको थियो । Continue reading “सातामा ९१ घण्टा लोडसेडिङ (तालिकासहित)”

प्रहरीमा ५ हजार ४४४ जनाका लागि भर्ना खुल्यो

Woman-Police

जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग भर्ना तथा छनौट शाखाका अनुसार ५ हजार ४४ जनाका लागि भर्ना खुलेको हो । Continue reading “प्रहरीमा ५ हजार ४४४ जनाका लागि भर्ना खुल्यो”

नेपाल यु-१९ विश्वकपको क्वाटरफाइनलमा

 NEpal
नेपाल बंगलादेशमा जारी यु-१९ विश्वकपको क्वाटरफाइनलमा पुगेको छ। लगादार दोस्रो जित दर्ता गरेको नेपालले न्युजिल्यन्डको पराजयसँगै क्वाटरफाइनल यात्रा सुरक्षित गरेको हो। नेपालले पहिलो खेलमा न्युजिल्यान्डमाथि ३२ रनको विजयी हासिल गरेको थियो। दोस्रो खेलमा आज नेपालले आयरल्यान्डलाई ८ विकेटको शानदार जित निकालेको हो।

आजै भएको समूह चरणको अर्को खेलमा भारतले न्युजिल्यान्डलाई १ सय २० रनले हरायो। नेपालले समूहचरणको अन्तिम खेलमा भारतको सामना गर्दैछ। खेल सोमबार हुनेछ।

आयरल्यान्डसँगको विजयीमा सन्दीपको ह्याट्रिक

Nepal Criket

बंगलादेशमा जारी आईसीसी यू-१९ विश्वकपमा नेपालले आयरल्यान्डमाथि ८ विकेटले सहज जित हासिल गरेको छ । टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले नेपाल सामू १३२ रनको चुनौति दिएको थियो । दोस्रो इनिङमा नेपालले २५ ओभर ३ बलमा २ विकेट गुमाइ उक्त लक्ष्य पूरा गरेको हो । खराब सुरुवात गरेको नेपालले पहिलो बलमै सन्दिप सुनारलार्इ गुमाएको थियो । Continue reading “आयरल्यान्डसँगको विजयीमा सन्दीपको ह्याट्रिक”