दक्षिण अमेरिकामा देखिएको जिका भाइरसप्रति नेपाल सचेत, यस्तो छ लक्ष्ण

zeeka virous

दक्षिण अमेरिकी देशमा देखिएको जिका भाइरसले महामारी निम्त्याउन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को चेतावनीसँगै सरकारले नेपाली गर्भवती महिलालाई स्वदेश फर्कन आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमित देशमा रहेका नेपाली महिलालाई फर्कन भनेको हो। Continue reading “दक्षिण अमेरिकामा देखिएको जिका भाइरसप्रति नेपाल सचेत, यस्तो छ लक्ष्ण”

साउदी अबरमा बमवर्षा गर्ने पुटिनको चेतावनी

Putin

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ध्यपूर्वमा आतंकवादी संगठनलाई दिएको सहयोग बन्द नगरे साउदी अबरमाथि बमवर्षा गर्ने चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार राष्ट्रपति पुटिनले मध्यपूर्वमा आतंकवादीलाई साउदी अबरले सहयोग गरिरहेको आरोप लगाउँदै त्यो सहयोग तत्काल बन्द नगरे उसलाई बमबारी गरेर कुपोषणको युगमा पुर्याइदिने धम्की दिएको रुसी दैनिक समाचारपत्र ‘नोवाया गजेटा’लाई उद्धृग गर्दै संचारमाध्यमले उल्लेख गरेका छन्। Continue reading “साउदी अबरमा बमवर्षा गर्ने पुटिनको चेतावनी”

थारु गाउँमा महटावा चयन सकियो

Tharu Culture

सन्तोष दहित
हरेक वर्ष माघीमा चयन गरिने महटावा प्रथाको काम सवै थारु गाउँमा सकिएको छ। लोकतान्त्रिक अभ्यासले महटावा चून्ने प्रक्रिया भनिएता पनि पछिल्लो चरणमा सामन्यतया प्रस्तावकै आधारमा महटावा चयन गरिएको छ। अर्थात पहिलाकै महटवालाई नै निरन्तरता दिइएको छ। दुई चार गाउँमा लोकतान्त्रीक अभ्यासले महटावा चयन भएपनि अधिकांस गाउँमा भने वंशकै आधारमा अर्थातम पहिलाकै महटावालाई निरन्तरता दिनेगरि महटावा चयन गरिएको छ। Continue reading “थारु गाउँमा महटावा चयन सकियो”

सिकेलसलका कारण थारु समुदाय नै विनाश हुने खतरा

क्रियटिङ पोसिबिलिटिज नामक संस्थाले दाङमा आयोजना गरेको सिकेल सेल परीक्षण कार्यक्रममा रगत परीक्षण गराउँदै थारु समुदायका महिला। फाइल तस्बिर : विवेक चौधरी
क्रियटिङ पोसिबिलिटिज नामक संस्थाले दाङमा आयोजना गरेको सिकेल सेल परीक्षण कार्यक्रममा रगत परीक्षण गराउँदै थारु समुदायका महिला। फाइल तस्बिर : विवेक चौधरी

थारु समुदायमा मात्रै देखा परेको वंशाणुगत रोग सिकल सेल एनिमियाले वंश नै सकिने खतरा बढेको भन्दै वंश रक्षार्थ कैलालीका थारु अगुवाहरुले सरकारसँग माग गरेका छन्। पश्चिम तराईको नवलपरासीदेखि कञ्चनपुरसम्म बसोबास गरिरहेका अधिकांश थारु परिवारमा रोगबारे जानकारी नै नभएर ज्यान गुमाइरहेकोमा चिन्ता व्यक्त गर्दै उनीहरुले कालान्तरमा थारु जातिको वंश नै सिद्धिने खतरा बढेको बताएका छन्। अगुवाहरुले सम्पूर्ण थारुहरुको सरकारले एक पटक निःशुल्क रगत परीक्षण गर्न आवश्यक रहेको औंल्याए। Continue reading “सिकेलसलका कारण थारु समुदाय नै विनाश हुने खतरा”

७ नम्बर प्रदेशमा मुख्यमन्त्री र सभामुखमध्ये एकमा थारु अनिवार्य : माधव नेपाल

Madhav Kumar Nepal

एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कैलाली र कञ्चनपुरलाई पहाडबाट अलग्याउन नसकिने बताएका छन्। सात नम्बर प्रदेशमा मुख्यमन्त्री, सभामुखलगायत पदमा अनिवार्य थारू हुनेगरी विशेष अधिकारको व्यवस्था गर्न सकिने उनको भनाइ छ। Continue reading “७ नम्बर प्रदेशमा मुख्यमन्त्री र सभामुखमध्ये एकमा थारु अनिवार्य : माधव नेपाल”

दुलही आमा बनेपछि डाक्टर बने जन्ती, बच्चा भयो साक्षी

wedding_handsपटनास्थित दानापुरमा एक अनौठो बिहेको घटना सार्वजनिक भएको छ । उक्त विवाह अनौठो यसकारण भयो की कुमारी आमाको बिहेमा अस्पतालका डाक्टर तथा नर्सहरु जन्ती बनेका छन् भने कुमारी आमाले जन्माएको शिशुले आफ्नै बाउआमाको बिहे देखेको छ अर्थात् बाउआमाको बिहेमा साक्षी बसेको छ ।  Continue reading “दुलही आमा बनेपछि डाक्टर बने जन्ती, बच्चा भयो साक्षी”

विश्वकपमा नेपालको पहिलो जित, न्युजिल्याण्ड ३२ रनले पराजित

Nepal Cricketबंगलादेशमा भइरहेको आईसीसी यू–१९ विश्वकपको समूह डीमा रहेको नेपालले न्यूजिल्यान्डलाई ३२ रनले पराजित गरेको छ । टस हारी पहिलो ब्यटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २३८ रन बनाएको थियो ।

२३९ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको न्यूजिल्यान्डले ५० ओभरमा सबै विकेट गुमाएर मात्र २०६ रन बनाउन सक्यो । नेपाली बलर दिपेन्द्र ऐरील ३ र प्रेम तामाङले २ विकेट लिए भने सुनिल धमला र सन्दिप लामिछानेको खातामा पनि १–१ विकेट परेको छ । Continue reading “विश्वकपमा नेपालको पहिलो जित, न्युजिल्याण्ड ३२ रनले पराजित”

नेपाल दक्षिण एसियाको तेस्रो र विश्वको पन्ध्रौं भ्रष्ट देश

transparency-internationalनेपालमा भ्रष्टाचारजन्य गतिविधि बढिरहेको एक अन्तर्राष्ट्रिय अध्ययनले औंल्याएको छ। भ्रष्टाचार नियन्त्रण क्षेत्रमा क्रियाशील ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाललाई विश्वमा १५ औं भ्रष्ट मुलुक रहेको प्रतिवेदन सार्वजनिक गरेको हो। ट्रान्सपरेन्सीले बुधबार सार्वजनिक गरेको ‘करप्सन पर्सेप्सन्स इन्डेक्सभ २०१५’ मा नेपाललाई दक्षिण एसियामा बढी भ्रष्टाचार हुने तेस्रो मुलुक भनिएको छ। अफगानिस्तान एक नम्बर र बंगलादेश दुई नम्बरमा परेका छन्। Continue reading “नेपाल दक्षिण एसियाको तेस्रो र विश्वको पन्ध्रौं भ्रष्ट देश”

कैलालीको भैंसासुरमा बृहत थारू सांस्कृतिक महोत्सव हुने

Saidan Namuna Tharu Gram_Dang-5कैलालीको उदासीपुर–२ भैंसासुरमा बृहत थारू साँस्कृतिक महोत्सव २०७२ हुने भएको छ । मसुरिया, उदासीपुर, बसौटी र गदरिया गाविस स्तरीय महोत्सव मुल आयोजक समितिको संयुक्त आयोजनामा माघ २४ गतेदेखि २६ गतेसम्म हुने भएको छ । Continue reading “कैलालीको भैंसासुरमा बृहत थारू सांस्कृतिक महोत्सव हुने”

रङ्गेली घटनाका मृतकका सन्तानलाई सहयोग

Rangeli Ghatna-

मोरङको रङ्गेली र डाइनियामा यही माघ ७ गते मधेसी मोर्चाको प्रदर्शनका क्रममा आफ्ना अभिभावक गुमाएका दुई परिवारका सात बालबालिकाको पठनपाठनका लागि आज साइसेवा समाज निधिले छात्रवृत्तिस्वरुप आर्थिक सहायता प्रदान गरेको छ। Continue reading “रङ्गेली घटनाका मृतकका सन्तानलाई सहयोग”