तीन महिनाभित्र अज्ञात रोगका कारण एकै टोलका २६ जनाको मृत्यु भएपछि पर्साको पोखरिया नगरपालिका–४ सतवरिया टोलका बासिन्दा त्रासको जीवन यापन गर्न बाध्य भएका छन्। जरो, खोकी, पखालाजस्ता सामान्य रोग लागेर तीन महिनाभित्र २६ जना व्यक्तिको मृत्यु भएपछि टोलका बासिन्दा महामारी वा दैव्यप्रकोप परेको भन्दै चिन्तित भएका हुन्। Continue reading “अज्ञात रोगले पर्सामा एकै टोलका २६ जनाको मृत्यु”
Author: admin
यी हुन् तीन लाख बराबरको छात्रवृत्ति पाउने १२ मेधावी विद्यार्थी
थारु एण्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले १२ जना थारु विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। आवेदन दिएका ८३ जनामध्ये उत्कृष्ट १२ जना मधेवी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको टिएफएका हेमनारायण चौधरीले जानकारी दिए। उनका अनुसार संस्थाले वार्षिक तीन लाखको छात्रवृत्ति प्रदान गर्दै आएको छ। Continue reading “यी हुन् तीन लाख बराबरको छात्रवृत्ति पाउने १२ मेधावी विद्यार्थी”
सिरहा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टरको भूकम्प
सिरहा केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले बुधबार बिहान ६ बजेर ४७ मिनेटमा सिरहा केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । केन्द्रले यसलाई वैशाख १२ गते गोरखाको वारपाक केन्द्रविन्दु बनाएर गएको भूकम्पको परकम्प नभइ नयाँ भएको जनाएको छ । Continue reading “सिरहा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टरको भूकम्प”
कतारका थारुले मनाए माघी पर्व
थारु कल्याणकारिणी सभा कतार च्याप्टरले माघी पर्व– २०१६ भव्यताका साथ मनाएको छ । सल्वारोड स्थित क्वालिटी हाईफर मार्केटको सभाहलमा नेपालबाट आएका तिन कलाकारहरुको साथमा माघी महोत्सव सम्पन्न भएको छ । अन्जनी कुमार थारुको सभापतित्वमा सम्पन्न कार्यक्रममा कतार स्थित नेपाली दुतावासका द्वितिय सचिव हरिप्रसाद अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । अर्यालले संस्कारलाई परिस्कृत गर्ने उद्धेश्यका साथ यस्ता कार्यक्रमको आयोजना गरिनु पर्ने बताउदै शुभकामना दिए । कार्यक्रममा उनलाई थारुहरुको सँस्कार अनुरुप पगडी गुताएर आयोजकले स्वागत गरेका थिए । Continue reading “कतारका थारुले मनाए माघी पर्व”
उदित नारायणलाई भारतको ‘पद्मभूषण’
गायक उदित नारायणलाई भारतीय सरकारले आज ‘पद्मभूषण’ सम्मान दिने घोषणा गरेको छ । सप्तरी भारदहका उदित नारायण नेपाली फिल्म र संगीत हुँदै बलिउड पुगेर स्थापित भएका थिए । बलिउडमा निकै सफल भए पनि भारतीय सरकारले दिने राष्ट्रिय पुरस्कार पाउन उनलाई निकै वर्ष लागेको थियो । सोमबार घोषणा गरिएको पुरस्कारमा अरु पनि कलाकारहरु परेका छन् । चर्चित अभिनेता रजनीकान्त, मिडिया उद्योगी रामोजी राव र अध्यात्मीक गुरु रविशंकरलाई पद्म विभूषण दिइएको छ । उद्योगी धिरुभाई अम्बानीले पनि मरणोपरान्त पद्म विभूषण पाएका छन् । Continue reading “उदित नारायणलाई भारतको ‘पद्मभूषण’”
सबैभन्दा भ्रष्ट नेता र कर्मचारी, दोस्रोमा प्रहरी, वकिल र तेस्रोमा न्यायाधीश
शासनसत्ताको केन्द्रबिन्दुमा रहेका राजनीतिकर्मी (नेता–कार्यकर्ता) र निजामती कर्मचारीबाटै मुलुकमा सबैभन्दा धेरै भ्रष्टाचार भइरहेको एक अध्ययनले औंल्याएको छ। नागरिक दैनिकअन्तर्गत रिसर्च ब्युरो (एनआरबी) ले मुलुकका ३३ जिल्लाका १ हजार ७० जना विभिन्न क्षेत्रका नागरिकबीच गरेको सर्वेक्षणले राजनीतिकर्मी र सरकारी कर्मचारी सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त रहेको देखाएको हो। नेता र कर्मचारीपछि शान्ति–सुरक्षाको जिम्मेवारी लिएका प्रहरी दोस्रो नम्बरका भ्रष्टाचारी हुन्। अध्ययन नतिजाले न्यायसम्पादन क्षेत्रका न्यायाधीश र उनीहरुलाई न्यायकर्ममा सघाउने वकिललाई तेस्रो नम्बरमा भ्रष्ट देखाएको छ। Continue reading “सबैभन्दा भ्रष्ट नेता र कर्मचारी, दोस्रोमा प्रहरी, वकिल र तेस्रोमा न्यायाधीश”
संसारकै सबैभन्दा कालो बच्चा भनेर झुक्किएपछि…
सोसल साइटहरुमा एकजना निकै कालो वर्णको बच्चाको फोटो भाइरल बनिरहेको छ, जसलाई दुनियाकै सबैभन्दा कालो बच्चा दाबी गरिएको छ । विश्वको सबैभन्दा कालो बच्चा भनेपछि धेरै भन्दा धेरै मानिसको ध्यान नजाने कुरै भएन ।
तर यो तस्वीरको गुह्य रहस्य बल्ल पत्ता लागेको छ । यो तस्वीर न त कुनै गोरिल्ला वा ढेँडुको मान्छे जस्तै देखिने बच्चाको हो, न त दक्षिण अफ्रिकामा जन्मिएको दुनियाकै कालो बच्चाको हो । वास्तवमा यो त एकजना कलाकारको सिर्जना पो रहेछ, जुन अनलाइनमा खुबै लोकप्रिय बनिरहेको छ ।
ह्वाट्सएप तथा फेसबुकमा तस्वीर भाइरल भएसँगै यो बच्चा दक्षिण अफ्रिकामा जन्मिएको र यो बच्चालाई गिनिज बुकले दुनियाको सबैभन्दा कालो बच्चाको रुपमा दर्ज गरेको दाबी गरिएको थियो । साथै यो बच्चालाई विश्वको आठौँ आश्चर्यको रुपमा पनि सूचिकृत गर्ने होडबाजी चल्न थालेको थियो । तर यो कुनै जिवित बच्चा होइन रहेछ । पोलिमर क्ले आर्टबाट बनाइएको एउटा गुडिया रहेछ जसलाई इ कमर्श वेबसाइट इ बे ले भ्यालेन्टाइन उपहारको रुपमा बिक्रिमा राखेको हो ।
इ बे मा यस्तै गुडियाहरु ५० देखि ८० डलर सम्ममा उपलब्ध छन् । यसलाई ओक बेबी गोरिल्ला मंकी क्ले डल नाम दिइएको छ र विभिन्न मोडल तथा रंगमा उपलब्ध छन् । यो गुडिया यतिधेरै दुरुस्त छ की त्यसको तस्वीर हेर्दा साँच्चीकै मान्छेको जिवित बच्चा जस्तो देखिन्छ । त्यसैले पनि यो तस्वीर एकाएक अनलाइनमा भाइरल बन्यो र विभिन्न खालका दाबीहरु छरपस्ट भए ।
यो विचित्र गुडिया बनाउने कलाकारको नाम हो लिला पियरसन । उनले सन् २००५ देखि नै यसको स्केच बनाउन सुरु गरेकी थिइन् र सन् २००६ देखि उनका गुडियाहरु अनलाइनमार्फत बिक्रि हुन सुरु भएका थिए । तर पछिल्लो समयमा उनको कालो रंगको गुडियाको तस्वीर दुनियाकै सबैभन्दा कालो बच्चाको तस्वीर भनेर सोसल साइटमा भाइरल बनेपछि उनी अचम्ममा परिन् र निकै रिसाइन् पनि । तर अन्ततः यो तस्वीर दुनियाको सबैभन्दा कालो भनिएको बच्चाको नभै उनै लिलाले बनाएको कालो गुडियाकेा भएको खुलासा भएको छ ।





