थारु कल्याणकारिणी सभाको अहंकारमाथि युवाहरुको हमला

Maghi Khulamanch 01दिलबहादुर चौधरी

थारु युबा र बिद्यार्थीहरुले थारु कल्याणकारिणी सभा उपत्यका समितिको अहंकारमाथि २०७२ माघ १ भीषण हमला गरे । उनीहरु हमला मात्रै होइन बिजय नै प्राप्त गरे । जब आन्दोलनमा रहेको थारु समुदायको ईच्छा र चाहनाबिपरित थाकस उपत्यका समितिले थारुबिरोधी सरकारका प्रमुखलाई माघी महोत्सवको प्रमुख अतिथि बनाउने निर्णय गर्यो तब थारु युबा बिद्यार्थीहरुले यो बर्षको माघी महोत्सव छुट्टै मनाउने घोषणा गर्यो । Continue reading “थारु कल्याणकारिणी सभाको अहंकारमाथि युवाहरुको हमला”

प्रवासी थारु समाजको आयोजनामा दुबईमा माघी पर्व (फोटो फिचर)

Maghi in UAE 05दुबईस्थित थारु समुदायले माघी पर्व मनाएका छन्। प्रवासी थारु समाज युएईको आयोजनामा माघी पर्व मनाइएको हो। शुक्रबार आयोजित समारोहमा युएईस्थित नेपाली राजदूत धन्नजय झाको उपस्थिति थियो। आदिबासी जनजाति महा संघका पूर्वअधक्ष्य एवं थारु नेता राजकुमार लेखीले समारोहको उद्‍घाटन गरेका थिए। कार्यक्रममा गायक सन्जय चौधरीले आफ्नो प्रस्तुतीसमेत दिएका थिए। कार्यक्रममा थारु परिकारको व्यवस्था आयोजकले गरेको थियो। Continue reading “प्रवासी थारु समाजको आयोजनामा दुबईमा माघी पर्व (फोटो फिचर)”

जब रेखा थापा थारु पहिरनमा झुल्किइन् (फोटो फिचर)

Rekha thapa 04 थारु युवाहरुद्वारा खुलामञ्चमा आयोजित माघी महोत्सवमा अभिनेत्री रेखा थापा पनि सहभागी भइन्। उनी थारु पहिरनमै समारोहमा उपस्थित बनिन्। अभिनेत्री थापाले महोत्सवको सम्बोधन गर्दै थारु युवाहरुलाई समाज परिवर्तनका लागि लड्न हौसला दिइन्। उनले भनिन्,‘तपाईँ हामी समाज परिवर्तनका लागि लड्नुपर्छ, कहिल्यै थाक्नु हुन्न।’ Continue reading “जब रेखा थापा थारु पहिरनमा झुल्किइन् (फोटो फिचर)”

बाबुराम भट्टराईको प्रतिज्ञा- अन्तिम समयसम्म थारुका अधिकारका लागि लड्नेछु

Baburam 01

एकिकृत माओवादी पार्टी त्यागेर नयाँ शक्ति निर्माणको अभियानमा लागेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई थारुको माघी महोत्सवमा खुलामञ्चमा देखिए। एमाओवादीमा हुँदा थारुलाई निकै पछ्याउने भट्टराई पार्टी त्याग पछि पनि थारु समुदायको माघी महोत्सवमा सरिक भए। काठमाडौंको खुलामञ्मा आयोजित राष्ट्रिय माघी महोत्सव उद्‍घाटन समारोहमा भट्टराईसँगै थारु र मधेसी नेता पनि उपस्थित थिए। Continue reading “बाबुराम भट्टराईको प्रतिज्ञा- अन्तिम समयसम्म थारुका अधिकारका लागि लड्नेछु”

संविधानले थारु समुदायलाई विभेद गरेको छैन : प्रधानमन्त्री केपी ओली

तस्बिर सौजन्य : दिनेश गोले
तस्बिर सौजन्य : दिनेश गोले

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले सबैलाई समान अधिकार र अवसर दिएको बताएका छन्। थारु कल्याणकारिणी सभा उपत्यका समितिद्वारा आयोजित माघी महोत्सवलाई सम्बोधन गर्दै उनले भने, ‘थारु समुदायलाई संविधानले कुनै पनि विभेद् गरेको छैन, अब थारु जनताको विकास, उन्नतिका लागि सरकारले सक्दो सहयोग गर्नेछ।’ Continue reading “संविधानले थारु समुदायलाई विभेद गरेको छैन : प्रधानमन्त्री केपी ओली”

थारू समुदायमा लोकतन्त्रको उज्यालो

tharu dance

‘माघी’ आयो भने वर्ष दिनको ‘करार’ सकिन्थ्यो। वार्षिक सम्झौता सकिएपछि साहुले घर पठाइदिन्थे। साहुको ‘शासन’ बाट उम्कन पाउँदा कमलरी दासताबाट मुक्ति मिलेझैँ लाग्थ्यो, मन फुरुंग बन्थ्यो। साहुसँगको श्रम करार पूरा गरेर ‘माघी’ मनाउन घर फिर्ने दाङ, रामपुरकी शान्ताको मुक्ति अनुभव दुई–तीन दिनभन्दा बढी टिक्दैनथ्यो। माघमा दैलो टेकेसँगै नयाँ साहुसँग सम्झौता भइसक्थ्यो। शान्तालाई थाङ्ना च्यापेर फेरि साहुकै शासन पालन गर्न पुग्नैपर्थ्यो। Continue reading “थारू समुदायमा लोकतन्त्रको उज्यालो”

पर्साका थारुले राजनीतिक दललाई बहिष्कार गरेर मनाए माघी

maghi mahotsaw-3

पर्साका थारु समुदायले माघी पर्ब राजनीतिक दललाइ बहिष्कार गरेर मनाएका छन् । शुक्रबार माघे सङ्क्रान्तिको अवसरमा वीरगन्जमा आयोजना गरिएको माघी समारोहमा थारु समुदायले राजनीतिक दल र नेताहरुलाइ बहिष्कार गरेका हुन् । Continue reading “पर्साका थारुले राजनीतिक दललाई बहिष्कार गरेर मनाए माघी”

नयाँ वर्ष माघी र थारू आन्दोलन

कृष्णराज सर्वहारी/शत्रुघन चौधरीKrishna Sarbahari And Satrughan  Chaudhary

संविधानमा अधिकारको लागि आन्दोलनरत थरुहट/थारूवान संयुक्त संघर्ष समितिले “मेची महाकाली जनपरिचालन अभियान”को नाउँ दिएर यस बर्ष राष्ट्रिय पर्व माघीलाई आन्दोलनको रूपमा देशव्यापी रूपमा मनाउने निर्णय गरेको छ। थरुहट/थारूवान मागको विरोधी नेता तथा सरकारमा रहेका मन्त्रीहरुलाई सामाजिक तथा राजनीतिक बहिष्कार गर्दै कालोझण्डा प्रदर्शन गर्दै बिरोध गर्ने संघर्ष समितिको निर्णय भनिए पनि यसपालीको राजधानीको माघी महोत्सवमा प्रधानमंत्री केपी ओलीले प्रमुख आतिथ्यताको पगरी गुथाइदै छ। यस घटनाले पनि थरुहट आन्दोलनको उचाइको थर्मामिटरको पारो अब उकालिने छाँट देखिदैन। Continue reading “नयाँ वर्ष माघी र थारू आन्दोलन”

ऐतिहासिक थारु माघी

Geeta Chaudharyगिता दृष्टि
सबै कुराको कार्यमूल्यांकन गरिन्छ र मूल्यांकन गर्ने सबैको आफ्नै तरिका हुन्छ। कसैले पर्व मानाएर गर्छन्, कसैले गुपचुपमा। तर यो कार्य सबै व्यक्ति, परिवार, संस्था समुदायले गर्छन्। कार्यमूल्यांकनले सबैको जीवनमा विषेश अर्थ राख्छ, त्यसैले यो धेरै महत्वपूर्ण छ। त्यसैगरी थारु समुदायमा माघ १ गतेले विशेष महत्व राख्छ। यसर्थमा कि कार्यमूल्यांकन, नयाँ कार्यको थालनी, खोजीनीति गर्ने र सफल–असफल पक्ष केलाउने, पुराना रिसराग बिर्सिएर पुनः सुमधुर सम्बन्धका लागि भातृत्व कायम गर्ने र वर्षभरिको दुःख–सुख साटेर रमाइलो गर्ने। Continue reading “ऐतिहासिक थारु माघी”