माघीको दिन पारेर धेरै पटक लिलामीमा चढेँ : शान्ता चौधरी

Shanta Chaudhary

शान्ता चौधरी

मेरो एउटा उमेर थियो, विगतका दिनहरु थिए त्यसबेला माघी आउँदा असाध्यै खुसी भइन्थ्यो । यसकारण पनि खुसी भइन्थ्यो कि आँशु बिर्सन सकियोस् । थारु समुदायको सबैभन्दा ठूलो चाड माघी म अनि मेरो उमेरका बालबालिकाका लागि उल्लास बोकेर मात्र आउँदैनथ्यो, लिलामीमा चढ्नुपर्ने पीडा बोकेर पनि आउँथ्यो । Continue reading “माघीको दिन पारेर धेरै पटक लिलामीमा चढेँ : शान्ता चौधरी”

थारू संस्कृतिमा माघीको महत्व

Chabilal Kopilaछविलाल कोपिला
नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो। यहाँका विभिन्न जातजातिका आफ्नै मौलिक परम्परा, भाषा, कला र संस्कृति रहेका छन्। आफ्नै किसिमका लवाइखवाइ, चालचलन र चाडपर्व रहेका छन्। माघ १ गते थारू समुदायले माघी मनाउने गर्छ। माघीलाई नयाँ वर्षको रूपमा मनाइन्छ। यसलाई ठाउँअनुसार माघ, माघी, माघे संक्रान्ति, खिचडी, खिचडा पनि भनिन्छ। Continue reading “थारू संस्कृतिमा माघीको महत्व”

माघी पर्वमा सहभागी हुन लेखी दुबईमा

Magh UAE 2

थारु नेता राजकुमार लेखी माघी पर्वमा सहभागी हुन दुबई पुगेका छन्। प्रवासी थारु समाज युएईको निम्तोमा उनी दुबई पुगेका हुन्। शुक्रबार बरदुबईस्थित एभरेस्ट इन्टरनेशनल होटलमा आयोजना हुने माघी पर्वमा उनी प्रमुख अतिथि बन्ने प्रवासी थारु समाजका संरक्षक नेत्र थनेतले जानकारी दिए। लेखीसँगै गायक सन्जय थारु पनि दुबई पुगेका छन्। उनले गीतमार्फत् माघी पर्वलाई रौनकता प्रदान गर्ने आयोजकले जनाएको छ। Continue reading “माघी पर्वमा सहभागी हुन लेखी दुबईमा”

पश्चिम तराईमा माघीको चहलपहल सुरु

maghi-2

पश्चिम तराईका जिल्लामा बसोबास गर्ने चौधरी–थारु समुदायमा नयाँवर्ष आरम्भका रुपमा उल्लासका साथ मनाइने ‘माघी’ पर्वको चहलपहल सुरु भएको छ । थारु चौधरी समुदायका बस्तीमा ‘माघी’ पर्व मनाउन तीन दिनअघिबाट नै चहलपहल सुरु भएको थारु अगुवाहरुले बताएका छन् । Continue reading “पश्चिम तराईमा माघीको चहलपहल सुरु”

सप्तरीको हर्दियामा माघी महोत्सव

Maghi Saptari

थारु कल्याणकारी सभा सप्तरीले आन्दोलनकै रुपमा माघी महोत्सव मनाउन लागेका छन् । सभाले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै थारु समुदायको हक, अधिकार तथा पहिचानको संघर्ष रहेको भन्दै आन्दोलनकै रुपमा महोत्सव मनाउन लागेको जनाएका हुन् । साँस्कृतिक आन्दोलनका क्रममा माघ १ गते जिल्लाको हर्दिया गाविस वडा नम्वर–१ भेडियामा माघ १ गते शुक्रवार महोत्सव मनाउन लागेको जनाइएको छ । Continue reading “सप्तरीको हर्दियामा माघी महोत्सव”

रातो फेटा बाँधेर थारु युवाको शक्ति प्रदर्शन (फोटो फिचर)

Tharu Youth Marc Pass in Dang 09

थरु युवा स्वयंसेवक दस्ताले युवा शक्ति प्रदर्शन गरेको छ। पूर्वनिर्धारि कार्यक्रमअनुसार आज दाङको त्रिपुरा नगरपालिकामा थारु युवाहरु रातो फेटासहित शक्ति प्रदर्शन गरेका हुन्। उनीहरु त्रिपुरा नगरपालिकामा मार्च पास गरेका थिए। मार्स पासपछि कोणसभा भएर कार्यक्रम समापन भएको थियो। थारु आन्दोलनलाई प्रभावकारी बनाउन युवा शक्ति प्रदर्शन गर्नुपरेको थारु युवा स्वयंसेवकका केन्द्रीय संयोजक महावीर चौधरीले बताए। उनका अनुसार पाँच जिल्लामा मार्च पास गर्ने तयारी गरेपनि प्राविधिक कारणबस अन्य जिल्लाको कार्यक्रम पछिका लागि सारिएको बताए। Continue reading “रातो फेटा बाँधेर थारु युवाको शक्ति प्रदर्शन (फोटो फिचर)”

वाणिज्य बैंकका रिटायर्ड कर्मचारीद्वारा कमलरीमाथि यौन दुर्व्यवहार

लक्की चौधरी
“घरमा सुनसान भयो कि छोप्न खोज्छ, कहिले पछाडिबाट समात्छ, कहिले लोभ देखाउँछ, हैरान भएर मुख खोलेकी हुँ” लामो समयदेखि यौन दूव्र्यवहारमा परेकी एक १८ वर्षिया चौधरी थरकी कमलरी कालीमाटी प्रहरीबृत्तको महिला तथा बालबालिका सेवा केन्द्र (महिला सेल) मा बुधबार बयान दिंदैथिइन् । ती कमलरी मिना (नाम परिवर्तन) उन्नाइस महिना अघि ०७१ जेठ ७ गते कैलालीको अत्तरियास्थित मालाखेती गाउँबाट कमलरी बस्न काठमाडौं आएकी हुन् । घरको आर्थिक अवस्था निकै कमजोर रहेको एक पूर्वकमैया परिवारकी उनी माइली छोरी हुन् । काठमाडौंमा बस्ने, घरको सानोतिनो कामगर्ने र विद्यालय पढाइदिने गरी उनलाई कलंकी –६, तीनथानाका बेलबहादुर थापामगर (६०) ले काठमाडौं ल्याइएका थिए । Continue reading “वाणिज्य बैंकका रिटायर्ड कर्मचारीद्वारा कमलरीमाथि यौन दुर्व्यवहार”

झापा, मोरङ, सुनसरी दुई नम्बरमा गाभ्ने मोर्चाको योजना सफल हुँदैनः गच्छदार

Bijay kumar Gachhadarउपप्रधानमन्त्री विजयकुमार गच्छदारले प्रमुख ठूला दल र आन्दोलनरत मधेसी मोर्चाले तराईमा तीन प्रदेशको विकल्प नमानेसम्म तराईमा देखिएको समस्या समाधान नहुने बताएका छन् । बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी गच्छदारले तीनप्रदेशको विकल्प नमानेसम्म समस्या यथवत रहने बताएका हुन्। Continue reading “झापा, मोरङ, सुनसरी दुई नम्बरमा गाभ्ने मोर्चाको योजना सफल हुँदैनः गच्छदार”

प्रकृतिका पुजारी थारु र माघी पर्वको महत्व

Radheshyam Chaudharyराधेश्याम चौधरी (थारु)

थारुहरु प्रकृति पुजारी हुन्। किन भने थारुहरु परापुर्वकाल देखिनै प्रकृति लाई पुजा गर्दै आएको हुनाले थारुहरु प्रकृति पुजारी हुन्। जस्तै वन जंगल , सूर्य ,चन्द्रमा, आकाश, पहाड, माटो, आगो, पानी लाई पुजागर्ने र जंगली जनावरहरु हात्ती, घोडा आदी लाई पुजा गर्दै आएको हुनाले थारुहरु लाई प्रकृति पुजारी भनिएको हो। थारुहरु गुम्बा बनाएर गुम्बा र ढिस्का लाई पुजा गर्ने र गर्दै आएको हुनाले थारुहरु प्रकृति पुजारी हुन्। अहिले पनि थारुहरु प्रकृति लाई नै पुजा गर्दै आएकाछन्। जस्तै कोटही, दहर चंडी , डिउहार , ब्रम्हथान ( डिउहार), सातो वहिनवार, ब्रम्ह , मलङ्ग , महावीर , अस्थुल ,चंडी (डहर चंडी), चमरही, कालिका, ललिता, फुलमती, बाइसी, ओवहीया र सहिजदवा(ललमनवा), सवधिर, करताल, कुवरवर्ती, बघेसरी, विअही, म्कारुबहारु, सपहेरीया, रेघवाभण्डार, टीकधारी, गुन्नी आदि। थारुहरुको विवाह हुदा , बच्चाहरुको जन्म हुदा ईनारलाई पुजा गर्ने गर्दछन्। त्यसतै पहिले थारुहरु लाई कुनै रोग लाग्दा विरामी पर्दा सोखा, गुरुवाहरु लाई बोलाएर म्कारफुक गरेर उपचार गर्ने गर्दथे अनि आौषधीको रुपमा खानलाई प्रकृतिक जडिबुटीहरु प्रयोग गर्ने गर्दथे। त्यस कारण प्रकृति माथि विश्वास गरी प्रकृतिलाई नै पुजा गर्ने भएकोले थारुहरु प्रकृति पुजारी हुन्। Continue reading “प्रकृतिका पुजारी थारु र माघी पर्वको महत्व”