‘थरु युवा स्वयंसेवक’ले पुस २९ गते शक्ति प्रदर्शन गर्ने

कञ्चनपुरमा आयोजित भेला। फाइल तस्बिर
कञ्चनपुरमा आयोजित भेला। फाइल तस्बिर

थरु युवा स्वयंसेवक दस्ताले पुस २९ गते युवा शक्ति प्रदर्शन गर्ने भएको छ। दाङमा आयोजित दस्ताको केन्द्रीय संयोजक बैठकले आउँदो बुधबार दाङदेखि कञ्चपुरसम्मका पाँच जिल्लामा युवा शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो। Continue reading “‘थरु युवा स्वयंसेवक’ले पुस २९ गते शक्ति प्रदर्शन गर्ने”

लक्की चौधरीलाई ५१ हजार राशिको पुरस्कार

Lucky

गोरखापत्रका पत्रकार तथा साहित्यकार लक्की चौधरी एक समारोहकाबीच आनन्दीदेवी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । Continue reading “लक्की चौधरीलाई ५१ हजार राशिको पुरस्कार”

माघी महोत्सवको प्रमुख अतिथिमा बाबुराम भट्टराई, रेखा थापा पनि आउने

Rekha Thapa And Baburam Bhattarai

माघी मूल आयोजक समितिले डा. बाबुराम भट्टराईलाई प्रमुख अतिथि बनाउने भएको छ। शनिबार मूल आयोजक समितिले सानेपास्थित निवास पुगेर भट्टराईलाई प्रमुख अतिथिको निमन्त्रणा दिएको थियो। निमन्त्रणा स्वीकार गर्दै डा. भट्टराईले थारुको मुद्दा सबैभन्दा बढी उठाइरहेकाले महोत्सवमा आउने प्रतिबद्धता जनाए। Continue reading “माघी महोत्सवको प्रमुख अतिथिमा बाबुराम भट्टराई, रेखा थापा पनि आउने”

माघी मूल आयोजक समितिद्वारा खुलामञ्च सरसफाइ

माघी महोत्सव मूल आयोजक समितिले शनिबार खुलामञ्च सरसफाइ गरेका छन्। माघ १ गते हुने थारु माघी महोत्सवको लागि विभिन्न थारु संस्थाका युवाहरुले खुलामञ्च सरसफाइ गरेका हुन्। माघी महोत्सवको तयारी भब्यरुपमा भइरहेको मूल आयोजक समितिले जनाएको छ। Continue reading “माघी मूल आयोजक समितिद्वारा खुलामञ्च सरसफाइ”

थारु मधेसीको माग पूरा नभएसम्म बन्द खुल्दैन : लेखी

lekhi

थारु नेता राजकुमार लेखीले तराई-मधेसको माग पूरा नभएसम्म बन्द नखुल्ने दाबी गरेको छन्। ‘अहिले पनि हामी मधेसी मोर्चासँगै आन्दोलनमा छौं, जबसम्म सरकारले तराई मधेशको माग पूरा गर्दैन त्यति बेलासम्म नाकाबन्दी पनि खुल्दैन’ उनले भने।

तराई मधेसमा जे जति नागरिक मारिएका छन् त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने धारणा लेखीले राखेका छन्। मधेसी पत्रकार समाज’ले आयोजना गरेको कार्याक्रममा उनले केपी ओली, कृष्ण सिटौला, भिम रावल, लेखराज भट्ट र शेरबहादुर देउवाले हत्या गराइरहेको आरोपसमेत लगाएका छन्।

कार्यक्रममा नेता लेखीले भने- सरकारले हामीसँग पटक पटक सम्झौता गरे तर आजसम्म त्यसको कार्यन्वयन भएन, अबको हाम्रो आन्दोलन वारपारको भइरहेको छ। जससम्म तराई मधेसको माग पूरा हुँदैन त्यति बेलासम्म तराई मधेस बन्द खुल्दैन। तराई मधेशमाबसोबास गर्ने थारु, मधेसीलाई भारतीय देख्नेहरु ‘मेरो पहिलो विदेश भ्रमण दिल्ली हुन्छ’ भनेर अहिले अभिव्यक्ति दिरहेका छन्। त्यसबाट पुष्टि हुन्छ कि यो देशमा वास्तविक नेपाली को हुन् भनेर?

‘टीकापुर घटनामा पहिला थारुमाथि भएको अत्याचार यहाँको मिडियाहरुले नदेख्ने र पछि अरु घटना घट्दा मात्र देख्ने?,’ उनले भने, ‘टीकापुरमाथारुहरुले इट्टाको जवाफ पत्थरले दिएको हो। त्यहाँको घटना प्रतिकुनै पछुत्तो छैन।’

मधेसी मोर्चाद्वारा दस दिने आन्दोलनको घोषणा

Madhesi Morcha

प्रमुख तीन दलसँगको वार्ता साकारात्मक भएको प्रतिक्रिया दिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नाकाको धर्ना जारी राख्दै थप आन्दोलन कार्यक्रम घोषणा गरेको छ। मोर्चाको तीन दिने बैठकले माग पूरा गर्न सरकार गम्भीर नभएको आरोप लगाउँदै १० दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

‘अहिलेसम्म औपचारिक वा अनौपचारिक रूपमा करिब २५ भन्दा बढी पटक वार्ता गरे पनि सरकार गम्भीर देखिएन,’ मोर्चाको विज्ञप्तिमा भनिएको छ, ‘वार्ता र संवादबाट मधेसी, आदिवासी/जनजाति, थारु, मुस्लिम, दलितलगायत सीमान्तकृत समुदायको माग सम्बोधनप्रति स्पष्ट दृष्टिकोण अभावले वार्ता परिणाममुखी हुन नसकेको हाम्रो ठहर छ।’

मोर्चाले यसअघि पुस १९ गतेसम्मको मात्रै कार्यक्रम घोषणा गरेको थियो। ‘हामीले वार्तातर्फ ध्यान दिनका लागि एक सातासम्म कुनै नयाँ आन्दोलन घोषणा गरेनौं,’ संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘हाम्रा मागमा छलफल सुरु भएको छ, त्यो सकारात्मक हो तर लामो समयसम्म खाली बस्न नहुने तल्लो तहको सुझाव आयो।’

संविधान घोषणा हुनुअघि सुरु भएको मधेस आन्दोलन ५ महिना पुग्दै छ। शनिबारदेखि माघ ७ गतेसम्मका लागि तय गरिएको आन्दोलन कार्यक्रममा लाठी जुलुस, मसाल जुलुस, फोटो, चित्र र वृत्तचित्र प्रदर्शनलगायत छन्।

संविधान पुनर्लेखनको माग गर्दै आएको मोर्चाले संसदमा छलफलमा रहेको संविधान संशोधन विधेयकले आफ्ना माग सम्बोधन नहुने जनाएको छ। ‘यो विधेयकले विगतमा प्रयोग भइसकेको समानुपातिक समावेशीकरणको मान्यतालाई विकृत बनाई एकात्मक राज्यको चरित्रलाई नै निरन्तरता दिने षडयन्त्र गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।

मोर्चाले जारी मधेस आन्दोलनलाई सहयोग गर्ने एफएम र सरकारी कर्मचारीलाई कारबाही गर्न सरकारले सुरु गरेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ।

यसैबीच आन्दोलनलाई अझ व्यापक बनाउन मोर्चाले अन्य गठबन्धन र दलसँग वार्ता सुरु गरेको छ। ‘संघीय मोर्चा र अहिलेको सरकार विरोधमा रहेका विभिन्न दलसँगका वार्ता सुरु भएको छ,’ श्रेष्ठले भने, ‘केही दिनभित्रै आन्दोलनरत सबैलाई एकै ठाउँ ल्याउने प्रयास हुने छ।’ सहअध्यक्ष श्रेष्ठले जिपी गुप्ता, शरदसिंह भण्डारी र राजकिशोर यादवको संघीय गठबन्धन र यशोदा लामाको नेतृत्वमा रहेको दलित जनजाति पार्टीसँग छलफल भएको बताए।

थारु होमस्टे र माघी महोत्सवको मजा भादागाउँमा

tharu mahotsav kailali 01

थारू समुदायको महत्वपूर्ण पर्व माघीको पूर्व सन्ध्यामा थारूबस्ती भादागाउँमा महोत्सव सञ्चालन भएको छ। महोत्सवमा थारू समुदायका भेषभूषा, संस्कृति, खानाका परिकार आकर्षण बनेका छन्। करिब पाँच महिना लामो आन्दोलन, एक महिना कर्फ्यु र नाकाबन्दीले दिक्क भएका कैलालीवासी थारू गाउँमा चलिरहेको महोत्सवमा रमाइरहेका छन्। कैलालीको थारू गाउँमा सञ्चालन भएको महोत्सवले थारू समुदायका संस्कृति, पहिचान उजागर गर्नुका साथै समाजिक सद्भाव बढाउन सहयोग गरेको छ। Continue reading “थारु होमस्टे र माघी महोत्सवको मजा भादागाउँमा”

माघीको उल्लास र बहस

Maghi Rally

मदन चौधरी- थारुका पुर्खाहरूले माघीलाई एउटा पर्वको रूपमा मात्र मनाउँदै आएका थिए। त्यतिबेलासम्म उनीहरूले ‘यो नै हाम्रो नयाँ वर्ष हो’ भनेर बुझेका थिएनन्। तर, समुदायमा वर्षभरिको समीक्षा, बर्घर फेर्ने प्रचलन, छोराछोरीका लागि वरवधू खोज्ने प्रचलन रहँदै आएको थियो। यसैलाई आधार मानेर माघीलाई नयाँ वर्षको रूपमा मनाउन थालिएको छ। नयाँ वर्षमा रूपान्तरण भएसँगै माघीले पर्वबाट महोत्सवको स्वरूप धारण गरिसकेको छ।

थारु कल्याणकारिणी सभाले माघीलाई विस्तृत बनाउन विशेष भूमिका निर्वाह गर्योछ। राजधानीलगायत तराईका सबै जिल्लामा कमिटी विस्तार गरेको सभाले माघीलाई विशेष प्रवर्द्धन गर्योह। आजको दिनसम्म आइपुग्दा माघी राजधानीलगायत थारु बसोबास गर्ने हरेक जिल्ला/क्षेत्रमा महोत्सवको रूपमा मनाउन थालिएको छ। काठमाडौँमा पनि एउटा सानो कोठाबाट सुरु भएको माघी महोत्सव पर्यटन बोर्ड हुँदै टँुडिखेलसम्म आइपुगेको छ। थारुहरूको अथक मेहनतपश्चात् नेपाल सरकारले २०६४ सालमा माघीलाई राष्ट्रिय पर्वको मान्यता पनि दिएको छ।

सार्वजनिक बिदा माग्दाको सकस

थारुहरूले माघीलाई महान् पर्व र नयाँ वर्षको रूपमा मनाउँदै आए पनि सरकारले यसलाई बेवास्ता गर्दै आएको थियो। देशकै चौथो ठूलो जनसंख्या भएको थारु समुदायका अगुवाहरूले माघीलाई राष्ट्रिय स्तरको पर्वको मान्यता दिनुपर्ने माग गर्दै निकै संघर्ष गरेपछि माघीले राष्ट्रिय पर्वको मान्यता पाएको तत्कालीन माघी मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीले बताए। उनका अनुसार २०५९ साल पुस महिनाको अन्तिम दिन मन्त्रिपरिषद् बैठकले माघीलाई राष्ट्रिय पर्व मानेर बिदा दिने प्रचलन ल्यायो। यसका लागि उनले थारु नेता, सम्बन्धित निकायका पदाधिकारी र मन्त्रीहरूसँग समन्वय गर्दा पनि बेवास्ता गरेको बताए। ‘एक दिनअघिसम्म माघी राष्ट्रिय स्तरको पर्व र बिदा दिने व्यवस्थाबारे म स्वयं अनभिज्ञ थिएँ,’ शुक्रवारसँग उनले भने, ‘प्रधानमन्त्री कार्यालयमा धर्ना दिएरै यो प्रस्ताव पारित गराएको हुँ।’

हटेन कमैया-कमलरी प्रथा

माघीसँग थारु समदायका सुखद पाटा मात्रै छैनन्, केही दुःखद प्रसंग पनि जोडिन्छन्। थारु समुदायमा माघीकै दिन कमैया–कमलरी राख्ने प्रथाको विकास भएको थियो। यही दिन जमिन्दारको घरमा कमैयाहरू दुई छाक टार्नकै लागि दासी बन्न जान्थे। यही दिन थारुका छोराछोरीलाई शहरिया बाबुहरूले मोलमोलाइ गर्थे। मन परेपछि न्यूनतम शुल्क तिरेर थारुका सन्ततिलाई आफ्नो घर लगेर काममा दलाउने गर्थे।

नेपाल सरकारले मुक्त कमैया घोषणा गरेको पनि १४ वर्ष बितिसकेको छ। मुक्त कमैयाहरूको ठूलो संघर्षले यो परिवर्तन ल्याएको थियो। यही हालत थारुका छोरीहरू (कमलरी)ले पनि भोग्न पर्योै। राजधानीमा ठूलो संघर्षपछि डेढ वर्षअघि सरकारले मुक्त कमलरीसमेत घोषणा गर्योर। तर, उनीहरू कागजी रूपमा मात्रै मुक्त भएका छन्। व्यावहारिक रूपमा आजका दिनसम्म यो प्रथा कायमै छ। मध्य तथा सुदूरपश्चिम तराईका जिल्लामा अझै पनि थुप्रै कमैया देख्न सकिन्छ। यता राजधानीलगायत शहरमा तिनकै छोराछोरीहरू हुनेखानेका घरमा दासी जीवन बिताइरहेका पनि भेटिन्छन्। कमलरीहरूको साझा संस्था मुक्त कमलरी विकास मञ्चकै तथ्यांकअनुसार पनि सयौँ कमलरी अझै शहरका गल्लीमा दासी भएर बाँचिरहेका छन्। बलात्कृत भएर कतिले मानसिक सन्तुलन गुमाएका छन्। कति कुमारी आमाबाट जन्मिएका बच्चाहरूलाई शिक्षा–दीक्षा लिन गाह्रो भइरहेको स्थिति छ। यस्तो प्रथालाई निर्मूल पार्न सरकारले व्यावहारिक नीति नल्याएसम्म माघीले सबैका लागि उल्लास नल्याउने थारु अगुवाहरू बताउँछन्।

 बौद्धिक बहस जरुरी

पछिल्लो समय थारु अगुवाहरूले नयाँ वर्ष माघीमा बौद्धिक बहस हुन जरुरी रहेको औँल्याएका छन्। धेरैलाई माघीबारे थाहा नभएको र माघीलाई कुन रूपले सार्थक बनाउने भन्दै बौद्धिक बहस हुनुपर्ने उनीहरूको धारणा छ। थारु भाषाविद् तथा साहित्यकार कृष्ण सर्वहारीले बौद्धिक बहसले माघीलाई अन्य समुदायमाझ प्रवर्द्धन गर्नुका साथै आगामी दिनको कार्यदिशासमेत तयार हुने बताए। ‘माघीलाई हामीले जुन रूपमा मनाउँदै आइरहेका छौँ, त्यो ठीक छ कि छैन? माघीसँग जोडिएका कमैया–कमलरी प्रथा आजका दिनसम्म किन निर्मूल हुन सकेनन्? यी प्रश्नमाथि बहस हुन जरुरी छ,’ उनले भने, ‘जसले अन्य समुदायमा मात्र नभएर सरकारमाथि दबाब सिर्जना गर्छ।’ उनले हरेक साल आउने माघीलाई सार्थक बनाउँदै लानुपर्नेमा जोड दिए।

यो  पनि पढ्नुस्:

माघीमा थारु परिकार