एमाले दाङका कार्यकर्ताहरुबीच जिल्ला पार्टी कार्यालयमा कुटाकुट भएको छ। जिल्ला कमिटीको तीन दिनदेखि जारी बैठकका क्रममा पार्टी कार्यालय हाताभित्र जम्मा भएका नेताहरुबीच हात हालाहाल भएको हो। एमाले दाङ जिल्ला सचिवालय सदस्य विवेक श्रेष्ठ र रुकुम जिल्ला कमिटी सदस्य प्रेम बुढाबीच हात हालाहाल भएको थियो। Continue reading “दाङ एमाले कार्यालयमा कुटाकुट, मेटमणि चौधरी कुटिए”
Author: admin
प्रधानमन्त्रीसमक्ष थारुहरुको १३ बुँदे राजनीतिक माग पेस
थरुहट थारुवान संयुक्त संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसामू आन्दोलनकारी नेताहरुमाथि चलाइएको मुद्दा फिर्ता लिन माग गरेका छन् । साथै १३ बुँदे राजनीतिक माग राखेका छन् । प्रधानमन्त्री ओली र थारु आन्दोलनकारी नेताहरुबीच बिहीबार साँझ बालुवाटारमा वार्ता भएको थियो । वार्तामा थारु नेताहरुले थारु नेता कार्यकर्तामाथि लगाइएको मुद्धा फिर्ता लिन माग गरेका छन् । Continue reading “प्रधानमन्त्रीसमक्ष थारुहरुको १३ बुँदे राजनीतिक माग पेस”
पत्रकार लक्की चौधरी आनन्दीदेवी राष्ट्रिय पुरस्कारबाट सम्मान हुने
पत्रकार तथा साहित्यकार लक्की चौधरी यस वर्षको आनन्दीदेवी राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुने भएका छन्। पुस २५ गते हुने विशेष समारोहबीच चौधरीलाई पुरस्कार प्रदान गर्ने आयोजकले बताएको छ। सरस्वती राजनारायण प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिने पुरस्कार यसवर्ष पत्रकार चौधरीलाई सम्मान गर्ने निर्णय प्रतिष्ठानले गरेको हो। थारु भाषा, साहित्य तथा संस्कृतिको उत्थानका निम्ति पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको भन्दै सो प्रतिष्ठानले पत्रकार चौधरीलाई पुरस्कृत गर्न लागेको हो। पुरस्कारको राशि ५१ हजार र तामापत्र रहेको आयोजकले जनाएको छ। Continue reading “पत्रकार लक्की चौधरी आनन्दीदेवी राष्ट्रिय पुरस्कारबाट सम्मान हुने”
सरकारले थारु आन्दोलनकारीलाई वार्तामा डाक्यो
सरकारले थरुहट थारुवान संयुक्त संघर्ष समितिसँग आज बेलुकु वार्ता गर्ने भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार थारु आन्दोलनकारी र सरकारबीच बेलुका ७ बजे प्रधानमन्त्री निवास बलुवाटारमा औपचारिक वार्ता हुँदैछ।
संघर्ष समिति र सरकारको वार्ताबारे संयुक्त संघर्ष समिति, आन्दोलन परिचाल समितिका सदस्य मीनराज चौधरीले पुष्टि गरेका छन्। उनले सरकारले बेलुसा ७ बजे वार्तामा डाकेको बताए।
समितिले बनाएको ९ सदस्यीय वार्ता टोली सरकारसँगको औपचारिक छलफलमा सहभागी हुने चौधरीले बताए। तर सरकारको पत्रबारे अहिलेसम्म कुनै जानकारी नभएको नेपाली कांग्रेसका सांसद तथा वार्ता सदस्य तेजुलाल चौधरीले बताए। ‘वार्ताको सदस्यमा मेरो नाम पनि छ। तर यसको औपचारिक खबर मैले पाएको छैन,’ चौधरीले भने।
थरुहट तराई पार्टी नेपालका सांसद गोपाल दहिले पनि वार्ताबारे कुनै खबर नभएको जानकारी दिए।
संघीय लोकतान्त्रि राष्ट्रिय मञ्च थरुहटकी सांसद रुक्मिणी चौधरीले भने वार्ता नभएर अनौपचारिक छलफल भएको बताइन्। उनले हाम्रा एजेन्डा भन्दा पनि सरकारको एजेन्डा बुझ्न अनौपचारिक छलफलमा बस्न तयार भएको बताइन्।
यसअघि थारु आन्दोलनकारीहरुले वार्तामा बस्न अस्वीकार गर्दै आएका थिए। आफूहरुले प्रस्तुत गरेको माग सरकारले अहिलेसम्म सुनुवाइ नभएको भन्दै संयुक्त संघर्ष समितिले वार्ता अस्विकार गर्दै आएको थियो।
अर्का वार्ता सदस्य राजकुमार लेखीले आफू जिल्ला बाहिर भएकाले केही थाहा नभएको बताए। ‘मसँग आन्दोलनबारे सोध्नुस्। जिल्लाबारे सोध्नुस्। मलाई वार्ताबारे केही थाहा छैन,’ लेखीले भने।
खुलामञ्चमा माघी महोत्सव हुने, प्रवेश निशुल्क

विभिन्न सघसंस्था आबद्ध रहेको मूल आयोजक समितिले खुला मञ्चमा माघी महोत्सव मनाउने भएको छ। यसअघि भृकुटिमण्डप भनिएपनि मूल आयोजक समितिले खुलामञ्चमा गर्ने निर्णय गरेको छ। यसका लागि काठमाडौं महानगरपालिकासँग स्विकृति पनि लिइसकिएको मूल आयोजक समितिका संयोजक चन्द्र प्रसाद चौधरीले बताए। उनका अनुसार महोत्सवमा प्रवेश निशुल्क बनाइएको छ। बुधबार बसेको बैठकले ५२ सदस्यीय मूल आयोजक समिति पनि गठन गरेको छ। समितिमा थारु समुदायका २१ वटा सघसंस्था आबद्ध छन्। कार्यक्रम सफल पार्न विभिन्न ११ वटा उपसमिति पनि बनाइएको छ। Continue reading “खुलामञ्चमा माघी महोत्सव हुने, प्रवेश निशुल्क”
थारू मधेसी कसैकाे गुलाम भएर बस्दैन : लेखी
थारु नेता राजकुमार लेखीले तीन दलका शीर्ष नेताहरुका कारण देश २० वर्ष पछाडि धकेलिएको आरोप लगाएका छन् । सप्तरीमा थारु मधेसीको संयुक्त आयोजनामा भएको लाठी जुलुसपछि बोल्दै लेखीले सुशील कोइराला, केपी ओली र पुष्पकमल दाहालका कारण देश झनझनै पछाडि धकेलिँदै गएको बताए। Continue reading “थारू मधेसी कसैकाे गुलाम भएर बस्दैन : लेखी”
दुबईमा माघी मनाइने, माघीमा सन्जय चौधरीले प्रस्तुती दिने
दुबईमा बस्ने प्रवासी थारुहरुले यस वर्ष पनि माघी पर्व मनाउने भएका छन्। प्रवासी थारु समाज युएईको आयोजनामा हुने माघी सम्बन्धी कार्यक्रममा थारु नेता राजकुमार लेखी सहभागी हुनेछन्। उनीसँगै थारु गायक सन्जय चौधरी पनि कार्यक्रममा सहभागी हुने प्रवासी थारु समाजका संरक्षक नेत्र थनेतले जानकारी दिए। कार्यक्रम युएईको बरदुबईस्थित एभरेष्ट इन्टरनेशनल होटलमा माघ १ गते आयोजना हुनेछ। Continue reading “दुबईमा माघी मनाइने, माघीमा सन्जय चौधरीले प्रस्तुती दिने”
आन्दोलनकारीका माग सहमति नजिक : मन्त्री चौधरी
स्वास्थ्यमन्त्री एवम् मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले देशको विद्यमान समस्याको राजनीतिक रुपमा छिटो समाधान गरिने बताएका छन्। मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), कास्कीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले तराई मधेस आन्दोलनसम्बन्धी धेरै मागका सम्बन्धमा लगभग सहमतिमा पुगेको र सीमाङ्कनको विषयलाई राजनीतिक संयन्त्र निर्माण गरी छिट्टै टुङ्ग्याउने गरी छलफल जारी रहेको बताए। उनले जारी समस्या चाँडै नै समाधान भई मुलुकले निकास पाउने विश्वास व्यक्त गरे। Continue reading “आन्दोलनकारीका माग सहमति नजिक : मन्त्री चौधरी”
तेस्रो खिचरा महोत्सवको स्थान परिवर्तन
कारी महतो
विगत दुई वर्षदेखि सुल्ताना स्कुलको चौरमा पुस २९ देखि माघ ३ गतेसम्म हुँदै आएको खिचरा महोत्सव यस वर्षदेखि खैरहनी उच्च मा.वि. खैरहनी मा हुने भएको छ । विभिन्न सहयोगी संस्थाहरुको माग र दर्शकहरुको सुविधालाई मध्यनजर गरी यसवर्षको तेश्रो खिचरा महोत्सव महेन्द्र राजमार्गदेखि करीब आधा किलोमिटर दक्षिणमा रहेको खैरहनी उमाविको चौरमा हुने निधो भएको हो । विगत दुई वर्षमा भएको खिचरा महोत्सव राजमार्गदेखि तीन किलोमिटर दक्षिणमा रहेको निमावि सुल्तानामा भएको थियो । तर यसवर्ष नाकाबन्दीले गर्दा इन्धन अभावका कारण दर्शकहरुलाई सुविधा होस् भनी पर्सा बजार नजिक महोत्सव गर्न लागेको कुरा मूल आयोजक समितिका संयोजक नारायण प्रसाद महतोले बताउनु भयो । वहाँले सुल्ताना गाउँवासीहरुलाई चित्त नदुखाउन अनुरोध समेत गर्नुभयो । Continue reading “तेस्रो खिचरा महोत्सवको स्थान परिवर्तन”
लोडसेडिङ फेरि बढ्यो, अब दिनको १५ घण्टासम्म बत्ति जाने
नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङ बढाएको छ । प्रधानमन्त्री र सरकारका मन्त्रीहरुले एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने भाषण गरेर हिँडिरहँदा विद्युत प्राधिकरणले भने फेरि लोडसेडिङ हो । नेपाल विद्युत प्राधिकरणले भोलि सोमबारदेखि लोडसेडिङ थप हप्ताको ९ घण्टा बढाउने गरी नयाँ तालिका सार्वजनिक गरेको छ । र अब दिनमा १५ घण्टासम्म वत्ति आउने छैन ।
यसअघि सातामा ७७ घण्टा रहेको लोडसेडिङ बढाएर ८६ घण्टा पुर्याइएको छ । नयाँ तालिका अनुसार अब साताको ३ दिन १३ घण्टा, एकदिन १५, एकदिन १४, एक दिन १० र एक दिन ८ घण्टा बत्ति आउने छैन । भोलिदेनि नयाँ लेडसेडिङ तालिका लागू हुनेछ । नदीमा पानीको बाहाब न्युन रहेको र औद्योगिक क्षेत्रमा पनि बिजुली खपत बढेका कारण प्राधिकरणले लोडसेडिङ बढाएको हो ।






