माघीको छुट्टै मूल आयोजक समिति गठन, भृकुटिमण्डपमा माघी महोत्सव मनाइने

Maghi-at-Tudikhel-2

थारु कल्याणकारिणी सभा (थाकस) उपत्यका समितिको नेतृत्वमा हुँदै आएको माघी महोत्सवमा चर्को मतभेद भएपछि विभिन्न संघसंस्थासँग आबद्ध थारु युवाहरुले छुट्टै माघी मूल आयोजक समिति गठन गरेको छ। आइतबार राजधानीमा बसेको बैठकले थारु विद्यार्थी समाजका महासचिव चन्द्र प्रसाद चौधरीको केन्द्रीय संयोजकत्वमा मूल आयोजक समति गठन गरेको हो। समितिले माघ १ गते राजधानीको भृकुटिमण्डपमा माघी महोत्सव मनाउने तयारी गरेको हो। Continue reading “माघीको छुट्टै मूल आयोजक समिति गठन, भृकुटिमण्डपमा माघी महोत्सव मनाइने”

राधेश्याम थारूको प्रश्न- कस्तो साझा फूलबारी?

radheshyam tharuराधेश्याम थारू

राष्ट्रिय जनगणना २०६८ को तथ्यांकले तराईमा पहाडीमूलका ५३ लाख ८ हजार भन्दा बढीको बसोबास रहेको देखायो। मधेसी जनसंख्या ५१ लाख ५५ हजार र थारू २५ लाख ८३ हजार देखाएको थियो। मुस्लिम ११ लाख ७ हजार र बाँकी अन्य रहेका थिए। तराईका २० जिल्ला झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, घनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुरमा थारू बसोबास छ। यिनको मुख्य पेशा अर्काको खेत अधियामा जोत्नु र मजदुरी गर्नु रहेको छ। Continue reading “राधेश्याम थारूको प्रश्न- कस्तो साझा फूलबारी?”

माघीको तयारी बैठकमा झन्डै कुटाकुट [भिडियोसहित]

Maghi meetingराजधानीमा मनाइने थारु माघी महोत्सवको मूल आयोजक समितिमा चर्को मतभेद सिर्जना भएको छ। थारु कल्याणकारिणी सभा उपत्यका समिति र युवा विद्यार्थीहरुबीच मतभेद सिर्जना भएको हो। शनिबार बसेको तयारी बैठकमा यी दुई पक्षबीच झन्डै हात हालाहाल भएको थियो। Continue reading “माघीको तयारी बैठकमा झन्डै कुटाकुट [भिडियोसहित]”

मधेसी मोर्चामा चर्को विवाद, राजेन्द्र महतोको पार्टीले गर्‍यो छुट्टै आन्दोलनको घोषणा

rajendra mahatoसंयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा विवाद देखिएको छ। लामो समयदेखि मधेसीको अधिकारको लागि भन्दै तराई मधेसमा जारी आन्दोलन निश्कर्षमा नपुग्दै मोर्चामा तीब्र विवाद देखिएको हो। विवादकै कारण राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले छुट्टै आन्दोलनको घोषणा गरेको छ। सद्भावनाले एक पत्रकार सम्मेलनको आयोजना गरि छुट्टै आन्दोलनको घोषणा गरेको हो। Continue reading “मधेसी मोर्चामा चर्को विवाद, राजेन्द्र महतोको पार्टीले गर्‍यो छुट्टै आन्दोलनको घोषणा”

कैलालीमा भादा गाउँ होम स्टे महोत्सव

vada-3

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कैलाली जिल्लाको साविक उर्मा गाविस, भादा गाउँमा शुक्रबारदेखि ‘भादा होम स्टे महोत्सव’ सुरु भएको छ। यही पुस २१ गतेसम्म सञ्चालन हुने महोत्सव सञ्चालनका लागि भादा गाउँलाई झकिझकाउ पारिएको छ। थारु परम्परामा निर्माण भएका घरमा महोत्सव अवलोकन गर्न आउने पाहुनाको बसोबासको व्यवस्था गरिएको छ। Continue reading “कैलालीमा भादा गाउँ होम स्टे महोत्सव”

आन्दोलन नलम्ब्याउनुस्, वार्ताबाट निकास खोजौं : गच्छदार

Bijay Gachhadar

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेसमा आन्दोलनरत दललाई मुलुकको गम्भीरतालाई ध्यानमा राखी वार्ता र छलफलबाट समस्या समाधान गर्न आग्रह गरेका छन् । झापाको भद्रपुरस्थित मेची नदीमा निर्माणाधीन मेची पुलको स्थलगतपछि पत्रकारसँगको भेटघाटमा गच्छदारले नेपाली जनतालाई दुःख, कष्ट र पीडामा धकेलेर आन्दोलन गरिरहनु नेपाली जनताप्रतिको जिम्मेवारी हुन नसक्ने बताए । Continue reading “आन्दोलन नलम्ब्याउनुस्, वार्ताबाट निकास खोजौं : गच्छदार”

केपी ‌ओली ‘आउट’, विद्या भण्डारी ‘इन’

Kp oli And Bidhya Bhandari

सर्वत्र विरोध भएपछि माघी मूल आयोजक समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहिष्कार गर्ने भएको छ। प्रधानमन्त्री ओलीको सट्टा थारु माघी महोत्सवको उद्‍घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने माघी मूल आयोजक समितिले जनाएको छ। शनिबार राजधानीमा बसेको बैठकले राष्ट्रपति भण्डारीलाई प्रमुख अतिथिको निमन्त्रणा दिने निर्णय गरेको हो। यसअघि महोत्सवको प्रमुख अतिथि तथा उद्घाटन प्रधानमन्त्रीले गर्दै आएका थिए। Continue reading “केपी ‌ओली ‘आउट’, विद्या भण्डारी ‘इन’”

टीकापुर घटनाका कैदीहरु चिसोमा कठ्याङ्ग्रिदै

tikapur suspect 01
फाइल तस्बिर

घटनामा थुना परेका थारु कैदीहरुको विजोग भएको छ। पक्राउ परेकाहरु कैलालीको करागारमा छन्। पुसको जाडोमा पनि करागारले ओढ्ने कुराको व्यवस्थापन नगर्दा जाडोमा रात काट्न बाध्य भएको थारु युवा स्वयंसेवकका केन्द्रीय संयोजक महावीर चौधरीले बताए। Continue reading “टीकापुर घटनाका कैदीहरु चिसोमा कठ्याङ्ग्रिदै”

थारु कलाकारहरु सम्मानित, थारुउड स्थापना गर्नुपर्ने जोड

Tharu Kalakar Samman 03

सिरहाको देवीदहमा थारु कलाकारहरु सम्मानित भएका छन्। रिकेश म्युजिक प्रालिलले आयोजना गरेको सम्मान कार्यक्रममा अभिनेता परशुराम चौधरी र थारु गीतकार भगवति चौधरीलगायत थारु कलाकारहरु सम्मानित भएका हुन्। कार्यक्रममा थारु कलाकारहरुले विभिन्न थारु संस्कृति झल्किने नृत्य/गीत प्रस्तुत गरेका थिए। Continue reading “थारु कलाकारहरु सम्मानित, थारुउड स्थापना गर्नुपर्ने जोड”

थारु एल्बम ‘हमर लाल सारी’को म्युजिक भिडियो अन्तिम चरणमा

Tharu Song

थारु भाषाको गिती एल्बम ‘हमर लाल सारी’को सम्पूर्ण गीतहरुको छायाङ्कन सकिएको छ। ६ वटा गीत रहेको उक्त एल्बमको छायाङ्कन केही साताअघि सकिएको हो। गोपाल चौधरीको निर्देशनमा बजारमा आउने लागेको उक्त एल्बमको चार वटा गीतको सम्पादनसमेत प्रिया सिंह थारुले बताए। एल्बममा चर्चित गायक गायिकाहरुको स्वर छ। Continue reading “थारु एल्बम ‘हमर लाल सारी’को म्युजिक भिडियो अन्तिम चरणमा”