हाम्रो आन्दोलन जारी छ, आन्दोलनकारीको सम्पूर्ण माग पूरा गर, आन्दोलनकारीमाथि लगाइएका सम्पूर्ण मुद्दा खारेज गर जस्ता नारा व्यवस्थापिका संसदमा नियमित दुई तीन घण्टा घन्किन थालेको आज तीन महिना पुग्न लाग्यो। सडक संघर्ष गरेको त पाँच महिना पुगिसक्यो। Continue reading “शीर्ष नेताका मुखमा राम राम बगलीमा छुरा”
Author: admin
तराईका सबै जिल्लामा विरोध सभा हुने, सभामा धनिराम चौधरीले भाषण गर्ने
थरुहट/थारुवान संयुक्त संघर्ष समितिले तराई सबै जिल्लामा बृहत् विरोध सभा गर्ने भएको छ। शुक्रबार प्रेस विज्ञप्तट्ठ जारी गर्दै पुस २२ गतेदेखि तराईका जिल्लामा विरोध सभा गर्ने जनाएको छ। समितिका संयोजक धनिराम चौधरीद्वारा जारी विज्ञप्तीअनुसार पश्चिमका जिल्ला कञ्चनपुरमा पुस २२ गते, कैलालीमा २३, बर्दियामा २४, बाँकेमा २५, दाङमा २६, कपिलबस्तु र रुपन्देहीमा (संयुक्त) २७, नवलपरासी २८ र चितवनमा २९ गते विरोध सभा आयोजना हुनेछ। Continue reading “तराईका सबै जिल्लामा विरोध सभा हुने, सभामा धनिराम चौधरीले भाषण गर्ने”
खिचरा महोत्सवको दायरा फराकिलो हुँदै
कारी महतो
खैरहनी, तेस्रो खिचरा महोत्सवको विषयमा खैरहनी उद्योग वाणिज्य संघ र स्थानीय राजनैतिक दलका प्रतिनिधिहरुसँग महोत्सव मूल आयोजक समितिले अन्तरक्रिया गरी सुझाव संकलन गर्नुका साथै सहयोग, समर्थन र सहकार्यका अपेक्षा गरेको छ। महोत्सवलाई कुनै एक समुदायको मात्र नभई समग्र खैरहनी नगरपालिकाकै गौरव र गरिमामय प्रस्तुतिमा रुपान्तर गर्नका लागि खैरहनी उद्योग वाणिज्य संघ र स्थानीय राजनैतिक दलहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। Continue reading “खिचरा महोत्सवको दायरा फराकिलो हुँदै”
सरकारी कर्मचारीकै घरमा कमलरी
प्रहरी सुरक्षासहित एक टोली बुधबार बिहान नेपालगन्जको बेलासपुरस्थित एउटा सुविधायुक्त घरमा पुग्यो। १३ वर्षीया कम्लरी रीता चौधरी बाहिरै काम गरिरहेकी थिइन्। टोलीले उनलाई उद्धार गर्न खोज्यो तर मालिकले दिएनन्। उद्धार टोली र कम्लरी मालिकबीच एक घन्टा विवाद चल्यो। अन्ततः टोली त्यत्तिकै फर्कियो। Continue reading “सरकारी कर्मचारीकै घरमा कमलरी”
थारु अधिकारको लडाइँमा साथ दिन दाङका युवाले खाए शपथ
थारु युवा स्यवंसेवकको दाङ समिति गठन भएको छ। दाङको त्रिपुरा नगरपालिका नाराणयपुरमा आयोजित जिल्ला भेलाले राजेश चौधरीको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति गठन गरेको हो। समितिको उपाध्यक्षमा नविन चौधरी, सचिवमा खोम चौधरी, सहसचिवमा सुलोचन चौधरी र कोषाध्यक्षमा उर्मिला चौधरी छन्। Continue reading “थारु अधिकारको लडाइँमा साथ दिन दाङका युवाले खाए शपथ”
सहमति विपरीत परिचय पत्र बाँडेकाे भन्दै मुक्त कमलरीकाे विराेध
मुक्त कमलरी बिकास मञ्चले साढे २ वर्ष पहिले भएको समहति विपरित सरकारले कमलरी परिचय पत्र बितरण गरेको प्रति असन्तुष्टि जनाउदै खारेज गर्न माग गरेको छ। मञ्चले आइतबार दाङको घोराहीमा पत्रकार सम्मेलन गरी २०७० साल जेठ २४ गते सरकारसँग भएको सहमति विपरित जिल्ला शिक्षा कार्यालय कन्चनपुरले विद्यार्थी परिचय पत्र वितरण गरेको प्रति असन्तुष्टि जनाउदै खारेज गर्न माग गरेको हो। Continue reading “सहमति विपरीत परिचय पत्र बाँडेकाे भन्दै मुक्त कमलरीकाे विराेध”
थारु महिला सभाद्वारा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग
थारु महिला सभाको राष्ट्रिय भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ। सिरहाको लहानमा भएको दुई दिने राष्ट्रिय भेलाले ११ बुँदे घोषणा पत्र जारी गर्दै हालको केपी ओली सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाएको छ। ‘केपी ओली सरकार देशमा शान्ति सुरक्षा, नागरिकको मानव अधिकार, जनताको अत्यावश्यक सामग्रीहरुको परिपूर्ति गर्न नसकेको तथा राज्य नै तस्करी र कालोबजारीमा संलग्न रहेकाले अवलिम्ब राजीनामाको जोडदार माग गर्दछ,’ जारी घोषणा पत्रमा उल्लेख छ। Continue reading “थारु महिला सभाद्वारा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग”
थारु महिला सभाको राष्ट्रिय भेला
महिला सभाको भेलामा नृत्य
थारु आन्दोलन सशक्त बनाउन थारु महिलाको राष्ट्रिय भेला जारी, बन्दसत्र सुरु
काठमाडौं- सिराहाको लहानमा जारी थारु महिला सभाको राष्ट्रिय भेलाको उद्घाटनसत्र सम्पन्न भएको छ। उद्घाटन सत्र सकिएलगत्तै बन्द सत्र सुरु भएको छ। बन्दसत्रमा देशभरिको १५ जिल्लाबाट महिलाहरुको प्रतिनिधित्व रहेको सभाका हरि देवीले जानकारी दिइन्। Continue reading “थारु आन्दोलन सशक्त बनाउन थारु महिलाको राष्ट्रिय भेला जारी, बन्दसत्र सुरु”






